Malaquias 2

npioncb (NPIONCB) vs ARA

Sair da comparação
ARA Almeida Revista e Atualizada 1993
1 “अब, हे पुजारीहरू हो, यो चेतावनी तिमीहरूका निम्ति हो।
1 Agora, ó sacerdotes, para vós outros é este mandamento.
2 यदि तिमीहरूले मेरा कुरा सुनेनौ र मेरो नामलाई आदर गर्नमा मन लगाएनौ भने,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ, “म तिमीहरूलाई श्राप दिनेछु, र तिमीहरूका आशिष्‌हरूमाथि श्राप पठाउनेछु। हो, मैले तिनलाई श्राप दिइसकेको छु; किनकि तिमीहरूले मलाई आदर गर्नमा मन लगाएनौ।
2 Se o não ouvirdes e se não propuserdes no vosso coração dar honra ao meu nome, diz o Senhor dos Exércitos, enviarei sobre vós a maldição e amaldiçoarei as vossas bênçãos; já as tenho amaldiçoado, porque vós não propondes isso no coração.
3 “तिमीहरूको कारणले म तिमीहरूका भावी सन्तानलाई हप्काउनेछु; तिमीहरूका चाडमा बलि चढाइएका पशुहरूको गोबर म तिमीहरूका अनुहारमा दलिदिनेछु, र तिमीहरू गोबरसँगै बाहिर फालिनेछौ।
3 Eis que vos reprovarei a descendência, atirarei excremento ao vosso rosto, excremento dos vossos sacrifícios, e para junto deste sereis levados.
4 अनि मैले लेवीसित गरेको करार स्थिर रहिरहोस् भनेर, यो चेतावनी तिमीहरूलाई दिएको हुँ भनी तिमीहरूले थाहा पाउनेछौ,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ।
4 Então, sabereis que eu vos enviei este mandamento, para que a minha aliança continue com Levi, diz o Senhor dos Exércitos.
5 “मेरो करार, जीवन र शान्तिको करार लेवीसँग थियो; अनि मैले त्यो त्यसलाई दिएँ। त्यो मेरो आदरको निम्ति थियो; अनि त्यसले मलाई आदर गर्‍यो, र मेरो नामलाई श्रद्धापूर्ण डर मान्यो।
5 Minha aliança com ele foi de vida e de paz; ambas lhe dei eu para que me temesse; com efeito, ele me temeu e tremeu por causa do meu nome.
6 त्यसको मुखमा अर्तीका साँचो कुराहरू थिए, र ओठबाट कुनै झूटो कुरो निस्केको भेट्टाइएन। त्यो मसँग शान्ति र न्यायमा हिँड्यो, र त्यसले धेरैलाई पापबाट फर्काएर ल्यायो।
6 A verdadeira instrução esteve na sua boca, e a injustiça não se achou nos seus lábios; andou comigo em paz e em retidão e da iniquidade apartou a muitos.
7 “पुजारीका ओठले ज्ञानका कुराको रक्षा गर्नुपर्दछ; किनकि त्यो सेनाहरूका याहवेहको समाचारवाहक हो, र मानिसले त्यसैका मुखबाट अर्तीका कुरा लिनुपर्दछ।
7 Porque os lábios do sacerdote devem guardar o conhecimento, e da sua boca devem os homens procurar a instrução, porque ele é mensageiro do Senhor dos Exércitos.
8 तर तिमीहरू आफ्नो बाटो छोडेर बरालिएका छौ, र तिमीहरूका शिक्षाले धेरैलाई ठक्‍कर खुवाएका छौ; तिमीहरूले लेवीसित बाँधेको करारलाई उल्‍लङ्घन गरेका छौ,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ।
8 Mas vós vos tendes desviado do caminho e, por vossa instrução, tendes feito tropeçar a muitos; violastes a aliança de Levi, diz o Senhor dos Exércitos.
9 “यसैकारण मैले तिमीहरूलाई सबै मानिसहरूका सामु निन्दित र अपमानित तुल्याएको छु; किनकि तिमीहरूले मेरो बाटो पछ्याएका छैनौ, तर व्यवस्थाका कुराहरूमा पक्षपात गरेका छौ।”
9 Por isso, também eu vos fiz desprezíveis e indignos diante de todo o povo, visto que não guardastes os meus caminhos e vos mostrastes parciais no aplicardes a lei.
10 के हामी सबैका एउटै पिता हुनुहुन्‍न र? के एउटै परमेश्‍वरले हामीलाई बनाउनुभएको होइन र? किन हामी एक-आपसमा विश्‍वासघात गरेर हाम्रा पितापुर्खाको करारलाई भङ्ग गर्दछौँ?
10 Não temos nós todos o mesmo Pai? Não nos criou o mesmo Deus? Por que seremos desleais uns para com os outros, profanando a aliança de nossos pais?
11 यहूदाले विश्‍वासघात गरेको छ। इस्राएल र यरूशलेममा घिनलाग्दो काम भएको छ: विदेशी देवताको पूजा गर्ने स्त्रीहरूहरूलाई विवाह गरेर, याहवेहले प्रेम गर्नुभएको उहाँको पवित्र भवनलाई यहूदाले अपवित्र तुल्याएको छ।
11 Judá tem sido desleal, e abominação se tem cometido em Israel e em Jerusalém; porque Judá profanou o santuário do Senhor , o qual ele ama, e se casou com adoradora de deus estranho.
12 त्यसो गर्ने मान्छे, त्यो जोसुकै होस्, त्यसले सेनाहरूका याहवेहकहाँ भेटी चढाएको भए तापनि त्यसलाई याहवेहले याकोबको पालबाट बहिष्कृत गरिदेऊन्।
12 O Senhor eliminará das tendas de Jacó o homem que fizer tal, seja quem for, e o que apresenta ofertas ao Senhor dos Exércitos.
13 तिमीहरूको अर्को काम भनेको: याहवेहको वेदी आफ्ना आँसुले भिजाइदिन्छौ। तिमीहरू रुन्छौ र विलाप गर्छौ; किनकि तिमीहरूका भेटीतिर उहाँले कहिल्यै पनि ध्यानै दिनुहुन्‍न, न त उहाँले ती भेटीहरू तिमीहरूका हातबाट खुशीसाथ ग्रहण नै गर्नुहुनेछ।
13 Ainda fazeis isto: cobris o altar do Senhor de lágrimas, de choro e de gemidos, de sorte que ele já não olha para a oferta, nem a aceita com prazer da vossa mão.
14 तिमीहरू सोध्दछौ, “किन?” किनभने याहवेह तिमीहरू र तिमीहरूका युवावस्थाकी पत्नीबीच साक्षी हुनुहुन्छ; किनकि तिमीले आफ्नी पत्नीलाई धोका दिएका छौ; यद्यपि ऊ तिम्रो जीवन साथी र वैवाहिक करारमा बाँधिएकी पत्नी हो।
14 E perguntais: Por quê? Porque o Senhor foi testemunha da aliança entre ti e a mulher da tua mocidade, com a qual tu foste desleal, sendo ela a tua companheira e a mulher da tua aliança.
15 के परमेश्‍वरले ती दुईलाई बनाउनुभएको होइन र? तिनीहरू दुवै शरीर र आत्मामा उहाँकै हुन्। अनि तिनीहरूबाट एक मात्र परमेश्‍वरले के खोज्नुहुन्छ र? ईश्‍वरभक्त सन्तानको चाहना गर्नुहुन्छ। यसकारण आफ्नो आत्मामा सचेत रहो र आफ्नो युवावस्थाकी पत्नीसित विश्‍वासघात नगर।
15 Não fez o Senhor um, mesmo que havendo nele um pouco de espírito? E por que somente um? Ele buscava a descendência que prometera. Portanto, cuidai de vós mesmos, e ninguém seja infiel para com a mulher da sua mocidade.
16 याहवेह इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ, “यदि कसैले पत्नीलाई घृणा गरेर सम्बन्ध-विच्छेद गर्छ र आफूले सुरक्षा दिनुको साटो हिंसा गर्छ भने म त्यसलाई घृणा गर्छु,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ।
16 Porque o Senhor , Deus de Israel, diz que odeia o repúdio e também aquele que cobre de violência as suas vestes, diz o Senhor dos Exércitos; portanto, cuidai de vós mesmos e não sejais infiéis.
17 तिमीहरूले आफ्ना कुराले याहवेहलाई दिक्‍क बनाएका छौ।
17 Enfadais o Senhor com vossas palavras; e ainda dizeis: Em que o enfadamos? Nisto, que pensais: Qualquer que faz o mal passa por bom aos olhos do Senhor , e desses é que ele se agrada; ou: Onde está o Deus do juízo?

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Malaquias 2, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.