Marcos 9

npioncb (NPIONCB) vs NVI

Sair da comparação
NVI Nova Versão Internacional
1 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, यो ठाउँमा उपस्थित भएकाहरूमध्ये कतिले परमेश्‍वरको राज्य शक्तिसित आएको नदेखुन्जेल मृत्यु चाख्नेछैनन्।”
1 E lhes disse: "Garanto-lhes que alguns dos que aqui estão de modo nenhum experimentarão a morte, antes de verem o Reino de Deus vindo com poder".
2 छ दिनपछि येशूले आफूसित पत्रुस, याकोब र यूहन्‍नालाई लिनुभयो; अनि तिनीहरूलाई एउटा अग्लो पहाडमा लैजानुभयो, जहाँ उहाँहरू मात्र हुनुहुन्थ्यो। त्यहाँ तिनीहरूका सामु उहाँको रूप परिवर्तन भयो।
2 Seis dias depois, Jesus tomou consigo Pedro, Tiago e João e os levou a um alto monte, onde ficaram a sós. Ali ele foi transfigurado diante deles.
3 उहाँको वस्त्र चहकिलो सेतो भयो; अर्थात् संसारमा कसैले धोएर सेतो बनाउनै नसक्ने गरी सेतो भयो।
3 Suas roupas se tornaram brancas, de um branco resplandecente, como nenhum lavandeiro no mundo seria capaz de branqueá-las.
4 अनि त्यहाँ तिनीहरूका सामु एलिया र मोशा देखा परे; उनीहरू येशूसित कुरा गरिरहेका थिए।
4 E apareceram diante deles Elias e Moisés, os quais conversavam com Jesus.
5 पत्रुसले येशूलाई भने, “गुरुज्यू, हामीलाई यहीँ रहनु असल छ। हामी तीन वटा वासस्थान बनाऔँ; एउटा तपाईंका लागि, एउटा मोशाका लागि र एउटा एलियाका लागि।”
5 Então Pedro disse a Jesus: "Mestre, é bom estarmos aqui. Façamos três tendas: uma para ti, uma para Moisés e uma para Elias".
6 तिनीहरू यति साह्रो डराएका थिए कि, के भन्‍ने हो, सो तिनले जानेनन्।
6 Ele não sabia o que dizer, pois estavam apavorados.
7 तब बाक्लो बादल आएर तिनीहरूलाई ढाकिदियो; अनि बादलबाट यसो भन्‍ने एउटा आवाज आयो: “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु; यिनको कुरा सुन!”
7 A seguir apareceu uma nuvem e os envolveu, e dela saiu uma voz, que disse: "Este é o meu Filho amado. Ouçam-no! "
8 झट्टै जब तिनीहरूले चारैतिर हेरे, तब तिनीहरूले आफूसित येशूबाहेक अरू कसैलाई पनि देखेनन्।
8 Repentinamente, quando olharam ao redor, não viram mais ninguém, a não ser Jesus.
9 उहाँहरू जब पर्वतबाट ओर्लँदैहुनुहुन्थ्यो, तब येशूले तिनीहरूलाई तिनीहरूले देखेका कुराहरू, मानिसको पुत्र मृत्युबाट जीवित भई नउठेसम्म कसैलाई नभन्‍नू भनी आज्ञा दिनुभयो।
9 Enquanto desciam do monte, Jesus lhes ordenou que não contassem a ninguém o que tinham visto, até que o Filho do homem tivesse ressuscitado dos mortos.
10 तिनीहरूले “मरेकाबाट जीवित हुनु” भनेको के हो भन्‍ने विषयमा छलफल गर्दै, त्यो कुरा आफूभित्र राखे।
10 Eles guardaram o assunto apenas entre si, discutindo o que significaria "ressuscitar dos mortos".
11 अनि तिनीहरूले उहाँलाई सोधे, “किन व्यवस्थाका शिक्षकहरू एलिया पहिला आउनुपर्छ भनी भन्छन्?”
11 E lhe perguntaram: "Por que os mestres da lei dizem que é necessário que Elias venha primeiro? "
12 येशूले जवाफ दिनुभयो, “अवश्य एलिया पहिला आउनेछन्; र सबै कुरा पुनर्स्थापना गर्नेछन्। त्यसो भए किन मानिसको पुत्रले धेरै कष्‍ट भोग्नुपर्छ र तिरस्कृत हुनुपर्छ भनी लेखिएको?
12 Jesus respondeu: "De fato, Elias vem primeiro e restaura todas as coisas. Então, por que está escrito que é necessário que o Filho do homem sofra muito e seja rejeitado com desprezo?
13 तर म तिमीहरूलाई भन्दछु, एलिया आइसकेका छन्, र जसरी तिनको विषयमा धर्मशास्त्रमा लेखिएको छ, तिनीहरूले तिनीप्रति इच्छा लागेका सबै थोक गरेका छन्।”
13 Mas eu lhes digo: Elias já veio, e fizeram com ele tudo o que quiseram, como está escrito a seu respeito".
14 जब उहाँहरू अरू चेलाहरू भएको ठाउँमा आउनुभयो, तब उहाँहरूले तिनीहरूका चारैतिर एउटा ठूलो भीडसित व्यवस्थाका शिक्षकहरूले बहस गरिरहेका देख्नुभयो।
14 Quando chegaram onde estavam os outros discípulos, viram uma grande multidão ao redor deles e os mestres da lei discutindo com eles.
15 सबै मानिसहरूले जब येशूलाई देखे, तिनीहरू आश्‍चर्यचकित भए, र उहाँलाई अभिवादन गर्न दगुरे।
15 Logo que todo o povo viu Jesus, ficou muito surpreso e correu para saudá-lo.
16 उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू यिनीहरूसित कुन विषयमा बहस गर्दैछौ?”
16 Perguntou Jesus: "O que vocês estão discutindo? "
17 तब भीडबाट एक जना मानिसले जवाफ दियो, “हे गुरु, मैले तपाईंकहाँ मेरो छोरा लिएर आएको छु, जसलाई दुष्‍ट आत्मा लागेको छ र बोल्न नसक्ने पारिदिएको छ।
17 Um homem, no meio da multidão, respondeu: "Mestre, eu te trouxe o meu filho, que está com um espírito que o impede de falar.
18 जब त्यसले उसलाई पक्रन्छ, उसलाई भुइँमा पछारिहाल्छ; उसले मुखबाट फिँज काढ्छ, दाह्रा किट्छ र अरट्ठै पर्छ। मैले तपाईंका चेलाहरूलाई यस आत्मालाई धपाइदिनुहोस् भनी बिन्ती गरेँ, तर तिनीहरूले सकेनन्।”
18 Onde quer que o apanhe, joga-o no chão. Ele espuma pela boca, range os dentes e fica rígido. Pedi aos teus discípulos que expulsassem o espírito, mas eles não conseguiram".
19 येशूले जवाफ दिनुभयो, “ए अविश्‍वासी पुस्ता, म कहिलेसम्म तिमीहरूका साथमा रहुँला र तिमीहरूलाई सहूँ? त्यस केटोलाई मकहाँ ल्याओ।”
19 Respondeu Jesus: "Ó geração incrédula, até quando estarei com vocês? Até quando terei que suportá-los? Tragam-me o menino".
20 यसकारण तिनीहरूले त्यसलाई ल्याए। जब त्यस आत्माले येशूलाई देख्यो, तब त्यसले तुरुन्तै त्यस केटोलाई लछारपछार पार्‍यो। त्यो भुइँमा लडीबुडी गर्न थाल्यो; अनि मुखबाट फिँज काढ्न थाल्यो।
20 Então, eles o trouxeram. Quando o espírito viu Jesus, imediatamente causou uma convulsão no menino. Este caiu no chão e começou a rolar, espumando pela boca.
21 येशूले केटाको बुबालाई सोध्नुभयो, “यसलाई कहिलेदेखि यस्तो भइरहेको छ?”
21 Jesus perguntou ao pai do menino: "Há quanto tempo ele está assim? " "Desde a infância", respondeu ele.
22 त्यसले यसलाई मार्न घरी-घरी पानीमा अथवा आगोमा फ्याँकिदिन्छ। यदि तपाईंले केही गर्न सक्नुहुन्छ भने हामीमाथि दया गरेर सहायता गरिदिनुहोस्।”
22 "Muitas vezes o tem lançado no fogo e na água para matá-lo. Mas, se podes fazer alguma coisa, tem compaixão de nós e ajuda-nos. "
23 येशूले भन्‍नुभयो, “यदि तपाईंले ‘सक्नुहुन्छ भने’ भन्‍नुको अर्थ के हो? विश्‍वास गर्नेका लागि हरेक कुरा सम्भव हुन्छ।”
23 "Se podes? ", disse Jesus. "Tudo é possível àquele que crê. "
24 तुरुन्तै त्यस केटाको बुबाले भने, “म विश्‍वास गर्दछु; मेरो अविश्‍वासमाथि विजय पाउन मलाई सहायता गर्नुहोस्!”
24 Imediatamente o pai do menino exclamou: "Creio, ajuda-me a vencer a minha incredulidade! "
25 जब येशूले त्यस ठाउँमा एउटा भीड दौडेर आइरहेका देख्नुभयो, तब उहाँले त्यस अशुद्ध आत्मालाई यसो भनेर हकार्नुभयो, “तँ बहिरो र लाटो आत्मा, तँलाई म आज्ञा दिन्छु, त्यसबाट बाहिर आइज र त्यसमा फेरि कहिल्यै नपस्।”
25 Quando Jesus viu que uma multidão estava se ajuntando, repreendeu o espírito imundo, dizendo: "Espírito mudo e surdo, eu ordeno que o deixe e nunca mais entre nele".
26 तब त्यो आत्मा चिच्याएर त्यसलाई जोडसित पछारेर बाहिर निस्क्यो। त्यो केटो मरेजस्तै भयो। यतिसम्म कि धेरै जनाले “त्यो त मरेछ” भन्ठाने।
26 O espírito gritou, agitou-o violentamente e saiu. O menino ficou como morto, a ponto de muitos dizerem: "Ele morreu".
27 तर येशूले त्यसको हात समातेर त्यसलाई आफ्नो खुट्टामा उभ्याउनुभयो, र त्यो ठिङ्ग उभियो।
27 Mas Jesus tomou-o pela mão e o levantou, e ele ficou em pé.
28 येशू भित्र पस्‍नुभएपछि उहाँका चेलाहरूले उहाँलाई गुप्‍तमा सोधे, “हामीले किन त्यसलाई निकाल्न सकेनौँ?”
28 Depois de Jesus ter entrado em casa, seus discípulos lhe perguntaram em particular: "Por que não conseguimos expulsá-lo? "
29 उहाँले जवाफ दिनुभयो, “यस्तो किसिमको चाहिँ प्रार्थनाद्वारा मात्र निस्कन सक्छ।”
29 Ele respondeu: "Essa espécie só sai pela oração e pelo jejum".
30 उहाँहरू त्यो ठाउँ छोडेर गालील भएर जानुभयो। यो कुरा कसैले पनि थाहा नपाओस् भन्‍ने उहाँले चाहनुहुन्थ्यो।
30 Eles saíram daquele lugar e atravessaram a Galiléia. Jesus não queria que ninguém soubesse onde eles estavam,
31 किनकि उहाँले आफ्ना चेलाहरूलाई शिक्षा दिँदैहुनुहुन्थ्यो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसको पुत्रलाई पक्रेर मानिसहरूका हातमा सुम्पिइनेछ। तिनीहरूले उसलाई मार्नेछन्; र तीन दिनपछि ऊ फेरि जीवित भई उठ्नेछ।”
31 porque estava ensinando os seus discípulos. E lhes dizia: "O Filho do homem está para ser entregue nas mãos dos homens. Eles o matarão, e três dias depois ele ressuscitará".
32 तर यसको अर्थ के हो, सो तिनीहरूले बुझ्न सकेनन्, र त्यस विषयमा उहाँलाई सोध्न डराए।
32 Mas eles não entendiam o que ele queria dizer e tinham receio de perguntar-lhe.
33 उहाँहरू कफर्नहुममा आउनुभयो। उहाँ घरभित्र हुनुहुँदा उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू बाटोमा के विषयमा वाद-विवाद गर्दैथियौ?”
33 E chegaram a Cafarnaum. Quando ele estava em casa, perguntou-lhes: "O que vocês estavam discutindo no caminho? "
34 तर तिनीहरू चुप रहे; किनकि बाटोमा तिनीहरूले सबैभन्दा ठूलो को हो भनी विवाद गरेका थिए।
34 Mas eles guardaram silêncio, porque no caminho haviam discutido sobre quem era o maior.
35 येशू बसिरहनुभएका बेला बाह्र जनालाई बोलाएर भन्‍नुभयो, “यदि कोही पहिलो हुन चाहन्छ भने ऊ सबैभन्दा पछि र सबैको सेवक हुनुपर्छ।”
35 Assentando-se, Jesus chamou os Doze e disse: "Se alguém quiser ser o primeiro, será o último, e servo de todos".
36 तब उहाँले एउटा सानो बालकलाई लिएर त्यसलाई तिनीहरूका बीचमा उभ्याउनुभयो। अनि त्यसलाई काखमा लिएर उहाँले तिनीहरूलाई भन्‍नुभयो,
36 E, tomando uma criança, colocou-a no meio deles. Pegando-a nos braços, disse-lhes:
37 “जसले यस्ता साना बालकहरूलाई मेरो नाममा स्वागत गर्छ, त्यसले मलाई स्वागत गर्छ; अनि जसले मलाई स्वागत गर्छ, त्यसले मलाई होइन, तर मलाई पठाउनुहुनेलाई स्वागत गर्छ।”
37 "Quem recebe uma destas crianças em meu nome, está me recebendo; e quem me recebe, não está apenas me recebendo, mas também àquele que me enviou".
38 यूहन्‍नाले भने, “हे गुरु, हामीले एक जना मानिसलाई तपाईंको नाममा भूतहरू धपाइरहेको देख्यौँ र हामीले त्यसलाई रोक्यौँ; किनकि ऊ हाम्रो समूहको थिएन।”
38 "Mestre", disse João, "vimos um homem expulsando demônios em teu nome e procuramos impedi-lo, porque ele não era um dos nossos. "
39 येशूले भन्‍नुभयो, “त्यसलाई नरोक। मेरो नाममा शक्तिशाली काम गर्नेहरू कसैले पनि तुरुन्तै मेरो विषयमा केही खराब कुरा भन्‍न सक्दैन।
39 "Não o impeçam", disse Jesus. "Ninguém que faça um milagre em meu nome, pode falar mal de mim logo em seguida,
40 किनकि जो हाम्रो विरुद्धमा छैन, त्यो हाम्रो पक्षमा छ।
40 pois quem não é contra nós está a nosso favor.
41 म तिमीहरूलाई साँच्‍चै भन्दछु, कसैले तिमीहरू ख्रीष्‍टका हौ भनेर मेरो नाममा तिमीहरूलाई एक गिलास पानी पिउन दिन्छ भने निश्‍चय नै उसले आफ्नो इनाम गुमाउनेछैन।
41 Eu lhes digo a verdade: Quem lhes der um copo de água em meu nome, por vocês pertencerem a Cristo, de modo nenhum perderá a sua recompensa. "
42 “यदि कसैले ममाथि विश्‍वास गर्ने यी सानाहरूमध्ये एक जनालाई पनि पाप गर्न लगाउँछ भने उसलाई त एउटा ठूलो जाँतो घाँटीमा बाँधेर समुद्रमा फालिदिनु असल हुनेथियो।
42 "Se alguém fizer tropeçar um destes pequeninos que crêem em mim, seria melhor que fosse lançado no mar com uma grande pedra amarrada no pescoço.
43 यदि तिमीहरूका हातले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेओे। दुई हात लिएर कहिल्यै ननिभ्ने नरकको आगोमा जानुभन्दा, बरु हातविहीन भएर अनन्त जीवनमा प्रवेश गर्नु तिमीहरूका लागि असल हुन्छ।
43 Se a sua mão o fizer tropeçar, corte-a. É melhor entrar na vida mutilado do que, tendo as duas mãos, ir para o inferno, onde o fogo nunca se apaga,
44 नरकमा
44 onde o seu verme não morre, e o fogo não se apaga.
45 यदि तिमीहरूका खुट्टाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेओ। दुवै खुट्टा लिएर नरकमा फालिनुभन्दा त खुट्टाविहीन भएर जीवनमा प्रवेश गर्नु तिमीहरूका लागि असल हुन्छ।
45 E se o seu pé o fizer tropeçar, corte-o. É melhor entrar na vida aleijado do que, tendo os dois pés, ser lançado no inferno.
46 नरकमा
46 onde o seu verme não morre, e o fogo não se apaga.
47 यदि तिमीहरूका आँखाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई झिकेर फालिदेओ। दुवै आँखा लिएर नरकमा फालिनुभन्दा त एउटा आँखा मात्र लिएर परमेश्‍वरको राज्यमा प्रवेश गर्नु तिमीहरूका लागि असल हुन्छ।
47 E se o seu olho o fizer tropeçar, arranque-o. É melhor entrar no Reino de Deus com um só olho do que, tendo os dois olhos, ser lançado no inferno,
48 नरकमा
48 onde ‘o seu verme não morre, e o fogo não se apaga’.
49 हरेकलाई नुनमा हालेझैँ आगोमा हालिनेछ।
49 Cada um será salgado com fogo.
50 “नुन असल हो, तर यदि यसले आफ्नो नुनिलोपन गुमायो भने तिमीहरूले यसलाई फेरि कसरी नुनिलो बनाउने? तिमीहरू हरेकमा नुनको गुण छ, त्यसैले आपसमा मिलापमा रहो।”
50 "O sal é bom, mas se deixar de ser salgado, como restaurar o seu sabor? Tenham sal em vocês mesmos e vivam em paz uns com os outros".

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Marcos 9, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.