Marcos 8

npioncb (NPIONCB) vs NTLH

Sair da comparação
NTLH Nova Tradução na Linguagem de Hoje 2000
1 ती दिनहरूमा फेरि अर्को एउटा ठूलो भीड जम्मा भयो। तिनीहरूसित खानेकुरा केही नभएकोले, येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर भन्‍नुभयो,
1 Pouco tempo depois, ajuntou-se outra vez uma grande multidão. Como eles não tinham nada para comer, Jesus chamou os discípulos e disse:
2 “म यी मानिसहरूलाई टिठ्याउँछु; तिनीहरू हामीसित तीन दिनदेखि सँगै छन्। तिनीहरूसित खानेकुरा केही पनि छैन।
2 — Estou com pena dessa gente porque já faz três dias que eles estão comigo e não têm nada para comer.
3 यदि मैले तिनीहरूलाई भोकै घर पठाएँ भने तिनीहरू बाटैमा मूर्च्छा पर्नेछन्; किनकि तिनीहरूमध्ये कोही धेरै टाढाबाट आएका छन्।”
3 Se eu os mandar para casa com fome, eles vão cair de fraqueza pelo caminho, pois alguns vieram de longe.
4 उहाँका चेलाहरूले जवाफ दिए, “तर यस निर्जन ठाउँमा तिनीहरूलाई खुवाउन प्रशस्त रोटी कहाँ पाउन सकिएला र?”
4 Os discípulos perguntaram: — Como vamos encontrar, neste lugar deserto, comida que dê para toda essa gente?
5 येशूले सोध्नुभयो, “तिमीहरूसित कति वटा रोटी छन्?”
5 — Quantos pães vocês têm? — perguntou Jesus. — Sete! — responderam eles.
6 उहाँले भीडलाई भुइँमा बस्‍न लाउनुभयो। जब उहाँले ती सात वटा रोटी लिएर परमेश्‍वरलाई धन्यवाद दिनुभयो, तब उहाँले ती भाँचेर मानिसहरूमा बाँडिदिनका लागि चेलाहरूलाई दिनुभयो, अनि तिनीहरूले त्यसै गरे।
6 Aí Jesus mandou o povo sentar-se no chão. Depois pegou os sete pães e deu graças a Deus. Então os partiu e os entregou aos discípulos, e eles os distribuíram ao povo.
7 तिनीहरूसित केही साना माछाहरू पनि थिए; उहाँले माछाको लागि पनि धन्यवाद दिएर ती माछाहरू पनि चेलाहरूलाई बाँडिदिन अह्राउनुभयो।
7 Eles tinham também alguns peixinhos. Jesus deu graças a Deus por eles e mandou que os discípulos os distribuíssem.
8 मानिसहरूले पेटभरि खाए। त्यसपछि चेलाहरूले उब्रेका टुक्राहरू सात डालाभरि बटुले।
8 Todos comeram e ficaram satisfeitos; e os discípulos ainda encheram sete cestos com os pedaços que sobraram.
9 त्यहाँ प्रायः चार हजार मानिसहरू उपस्थित थिए। त्यसपछि तिनीहरूलाई बिदा गरी पठाउनुभयो।
9 As pessoas que comeram eram mais ou menos quatro mil. Jesus mandou o povo embora,
10 अनि उहाँ आफ्ना चेलाहरूसित डुङ्गामा चढेर दलमनुथाका क्षेत्रमा जानुभयो।
10 e, logo depois, subiu no barco com os seus discípulos, e foi para a região de Dalmanuta.
11 फरिसीहरू आएर येशूसँग बहस गर्न लागे। उहाँलाई जाँच गर्नको लागि तिनीहरूले उहाँसित स्वर्गबाट एउटा चिन्ह मागे।
11 Alguns fariseus chegaram e começaram a falar com Jesus. Eles queriam conseguir alguma prova contra ele e por isso pediram que ele fizesse um milagre para mostrar que o seu poder vinha mesmo de Deus.
12 उहाँले लामो सास लिएर भन्‍नुभयो, “किन यस पुस्ताले चमत्कारी चिन्ह माग्छ? म तिमीहरूलाई साँच्‍चै भन्दछु, यस पुस्तालाई कुनै चिन्ह दिइनेछैन।”
12 Jesus deu um grande suspiro e disse:
13 तब उहाँ तिनीहरूलाई छोडेर डुङ्गामा चढी पारिपट्टि जानुभयो।
13 Então Jesus foi embora. Ele subiu no barco e voltou para o lado leste do lago.
14 आफूसित भएको एउटा मात्र रोटीबाहेक चेलाहरूले अरू रोटी डुङ्गामा ल्याउन बिर्सेका थिए।
14 Os discípulos haviam esquecido de levar pão e só tinham um pão no barco.
15 “सावधान होओ!” येशूले तिनीहरूलाई चेतावनी दिनुभयो, “फरिसीहरू र हेरोदको खमिरदेखि होसियार रहो।”
15 Jesus chamou a atenção deles, dizendo:
16 तिनीहरूले यसबारे आपसमा छलफल गरेर भने, “यो त हामीसित रोटी छैन भनेर भन्‍नुभएको हो।”
16 Aí os discípulos começaram a dizer uns aos outros: — Ele está dizendo isso porque não temos pão.
17 तिनीहरूको बहस थाहा पाएर येशूले तिनीहरूलाई सोध्नुभयो: “तिमीहरू किन रोटी छैन भनेर कुरा गर्छौ? तिमीहरू अझै देख्दैनौ वा बुझ्दैनौ? के तिमीहरूको हृदय कठोर भएको छ?
17 Jesus ouviu o que eles estavam dizendo e perguntou:
18 के तिमीहरूका आँखा भएर पनि देख्दैनौ र कान भएर पनि सुन्दैनौ? र के तिमीहरूलाई सम्झना छैन?
18 Vocês têm olhos e não enxergam? Têm ouvidos e não escutam? Não lembram
19 जब मैले पाँच रोटीहरू पाँच हजारका निम्ति भाँचेको थिएँ, तिमीहरूले कति डालाभरि टुक्राटाक्रीहरू उठायौ?”
19 dos cinco pães que eu parti para cinco mil pessoas? Quantos cestos cheios de pedaços vocês recolheram? Eles responderam: — Doze.
20 “अनि जब मैले चार हजारका निम्ति सात वटा रोटीहरू भाँचेको थिएँ, तिमीहरूले कति डालाभरि टुक्राटाक्रीहरू उठायौ?”
20 Jesus perguntou outra vez: Eles responderam: — Sete.
21 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू अझै बुझ्दैनौ?”
21 Então Jesus perguntou:
22 उहाँहरू बेथसेदामा आउनुभयो; अनि केही मानिसहरूले एक जना दृष्‍टिविहीनलाई येशूकहाँ ल्याएर त्यसलाई छोइदिन बिन्ती गरे।
22 Depois Jesus e os discípulos chegaram ao povoado de Betsaida. Algumas pessoas trouxeram um cego e pediram a Jesus que tocasse nele.
23 येशूले त्यस दृष्‍टिविहीन मानिसलाई आफ्नो हातमा समातेर गाउँदेखि बाहिर लानुभयो। जब उहाँले त्यसको आँखामा थुकेर आफ्ना हात त्यसमाथि राख्नुभयो, र सोध्नुभयो, “के तिमीले केही देख्यौ?”
23 Ele pegou o cego pela mão e o levou para fora do povoado. Então cuspiu, passou a saliva nos olhos do homem, pôs a mão sobre ele e perguntou:
24 त्यसले मास्तिर हेरेर भन्यो, “म मानिसहरूलाई रूखहरूजस्तै हिँडिरहेको देख्छु।”
24 O homem olhou e disse: — Vejo pessoas; elas parecem árvores, mas estão andando.
25 येशूले आफ्ना हात फेरि एकपल्ट त्यस मानिसको आँखामा राख्नुभयो। तब त्यसका आँखाहरू खोलिए, त्यसको दृष्‍टि फर्केर आयो; अनि त्यसले सबै थोक स्पष्‍टसँग देख्यो।
25 Jesus pôs outra vez as mãos sobre os olhos dele. Dessa vez o cego olhou firme e ficou curado; aí começou a ver tudo muito bem.
26 येशूले त्यसलाई यसो भनेर घर पठाउनुभयो, “गाउँमाचाहिँ जाँदै नजाऊ।”
26 Em seguida, Jesus mandou o homem para casa e ordenou:
27 येशू र उहाँका चेलाहरू कैसरिया फिलिप्पीका गाउँहरूतिर जानुभयो। बाटोमा उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “मानिसहरूले म को हुँ भनी भन्छन्?”
27 Depois Jesus e os seus discípulos foram para os povoados que ficam perto de Cesareia de Filipe. No caminho, ele lhes perguntou:
28 तिनीहरूले जवाफ दिए, “कसैले बप्‍तिस्मा दिने यूहन्‍ना भन्छन्, कसैले एलिया भन्छन्; अनि कतिले चाहिँ अगमवक्ताहरूमध्ये एक हुन् भनी भन्छन्।”
28 Os discípulos responderam: — Alguns dizem que o senhor é João Batista; outros, que é Elias; e outros, que é um dos
29 उहाँले सोध्नुभयो, “तिमीहरूले नि? तिमीहरूचाहिँ मलाई म को हुँ भन्छौ?”
29 — E vocês? Quem vocês dizem que eu sou? — perguntou Jesus. — O senhor é o
30 येशूले तिनीहरूलाई आफ्नो विषयमा कसैलाई केही नभन्‍नू भनी कडा आज्ञा दिनुभयो।
30 Então Jesus proibiu os discípulos de contarem isso a qualquer pessoa.
31 तब उहाँले तिनीहरूलाई मानिसको पुत्रले धेरै दुःखहरू सहनुपर्छ; अनि प्रधानहरू, मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूबाट तिरस्कृत हुनुपर्छ; मारिनुपर्छ र तेस्रो दिनमा जीवित भई उठ्नुपर्छ भनी सिकाउन थाल्नुभयो।
31 Jesus começou a ensinar os discípulos, dizendo: — O
32 उहाँले यस विषयमा स्पष्‍ट रूपले भन्‍नुभयो। अनि पत्रुसले उहाँलाई एकातिर लगेर हकार्न लागे।
32 Jesus dizia isso com toda a clareza. Então Pedro o levou para um lado e começou a repreendê-lo.
33 तर येशूले फर्केर आफ्ना चेलाहरूतिर हेरेर पत्रुसलाई हकार्नुभयो, “ए शैतान! मबाट टाढा होइजा,” उहाँले भन्‍नुभयो, “तेरो मनमा परमेश्‍वर सम्बन्धी विचारहरू होइनन्, तर मानिसहरू सम्बन्धी विचारहरू छन्।”
33 Jesus virou-se, olhou para os discípulos e repreendeu Pedro, dizendo:
34 तब उहाँले आफ्ना चेलाहरूसित भीडलाई पनि आफूकहाँ बोलाएर भन्‍नुभयो: “यदि कोही मेरो चेला बन्‍न चाहन्छ भने उसले आफैँलाई इन्कार गरोस्, र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्।
34 Aí Jesus chamou a multidão e os discípulos e disse:
35 किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्दछ, उसले त्यो गुमाउनेछ, तर जसले मेरो र सुसमाचारका निम्ति आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो बचाउनेछ।
35 Pois quem põe os seus próprios interesses em primeiro lugar nunca terá a vida verdadeira; mas quem esquece a si mesmo por minha causa e por causa do
36 कुनै मानिसले सारा संसार हात पारेर पनि आफ्नो प्राणचाहिँ गुमाउँछ भने उसलाई के फाइदा हुन्छ?
36 O que adianta alguém ganhar o mundo inteiro, mas perder a vida verdadeira?
37 अथवा मानिसले आफ्नो प्राणको बदलामा के दिन सक्छ र?
37 Pois não há nada que poderá pagar para ter de volta essa vida.
38 यस व्यभिचारी र पापी पुस्तामा यदि कोही म र मेरो वचनदेखि शर्माउँछ, मानिसको पुत्र पनि आफ्ना पिताको महिमामा पवित्र स्वर्गदूतहरूसँग आउँदा त्यसदेखि शर्माउनेछ।”
38 Portanto, se nesta época de incredulidade e maldade alguém tiver vergonha de mim e dos meus ensinamentos, então o Filho do Homem, quando vier na

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Marcos 8, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.