Marcos 7
npioncb (NPIONCB) vs NAA
1 एक दिन यरूशलेमबाट आएका फरिसी र व्यवस्थाका केही शिक्षकहरू येशूका चारैतिर भेला भए।
1 Os fariseus e alguns escribas, vindos de Jerusalém, reuniram-se em volta de Jesus.
2 अनि उहाँका केही चेलाहरूले अशुद्ध हात, अर्थात् हात नधोई भोजन गरिरहेका देखे।
2 Eles viram que alguns dos discípulos de Jesus comiam pão com as mãos impuras, isto é, sem lavar.
3 (फरिसीहरू र सारा यहूदीहरू पुर्खाहरूका परम्पराको विधिअनुसार हात नधोई भोजन गर्दैनन्।
3 Porque os fariseus e todos os judeus, observando a tradição dos anciãos, não comem sem lavar cuidadosamente as mãos.
4 जब तिनीहरू बजारबाट आउँछन्, तिनीहरू स्नान नगरी खाँदैनन्। अनि तिनीहरू कचौरा, जग, कित्लीहरू पखाल्नेजस्ता अरू धेरै किसिमका परम्परा मान्दछन्।)
4 Quando voltam da praça, não comem sem se lavar. E há muitas outras coisas que receberam para observar, como a lavagem de copos, jarros e vasos de metal e camas.
5 यसकारण फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले येशूलाई सोधे, “तपाईंका चेलाहरू किन पुर्खाहरूको परम्पराअनुसार चल्दैनन्, तर अशुद्ध हातले भोजन खान्छन्?”
5 Os fariseus e os escribas perguntaram a Jesus: — Por que os seus discípulos não vivem conforme a tradição dos anciãos, mas comem com as mãos impuras?
6 उहाँले जवाफ दिनुभयो, “तिमी कपटीहरूको विषयमा अगमवाणी गर्दा यशैयाले ठिकै भनेका थिए; जस्तो लेखिएको छ:
6 Jesus respondeu:
7 तिनीहरूले व्यर्थमा मेरो आराधना गर्छन्,
7 E em vão me adoram,
8 तिमीहरू परमेश्वरका आज्ञाहरू त्यागेर मानिसहरूको परम्परामा लागिरहन्छौ।”
8 — Rejeitando o mandamento de Deus, vocês guardam a tradição humana.
9 अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरूसित आफ्नै परम्पराको निम्ति परमेश्वरका आज्ञाहरू पन्छाउने चतुर उपाय छ!
9 E disse-lhes ainda:
10 किनकि मोशाले भने, ‘आफ्ना बुबाआमालाई आदर गर,’ अनि, ‘जसले आफ्ना बुबा वा आमालाई सराप्छ, त्यो मारिनुपर्छ।’
10 Pois Moisés disse: “Honre o seu pai e a sua mãe.” E: “Quem maldisser o seu pai ou a sua mãe seja punido de morte.”
11 तर तिमीहरू भन्दछौ, कुनै मानिसले आफ्ना बुबा वा आमालाई ‘तपाईंले मबाट जुन सहायता पाउनुपर्ने हो, त्यो कुर्बान हो’ अर्थात् परमेश्वरलाई चढाइसकिएको भेटी भन्यो भने,
11 Vocês, porém, dizem que, se alguém disser ao seu pai ou à sua mãe: “A ajuda que você poderia receber de mim é Corbã, isto é, oferta ao Senhor”,
12 तिमीहरू त्यसलाई आफ्ना बुबा वा आमाका लागि केही गर्न दिँदैनौ।
12 então vocês o dispensam de fazer qualquer coisa em favor do seu pai ou da sua mãe,
13 यसरी तिमीहरूले चलिआएको आफ्ना परम्पराद्वारा परमेश्वरको वचनलाई व्यर्थको तुल्याउँछौ। तिमीहरूले यस्ता धेरै कुराहरू गर्दछौ।”
13 invalidando a palavra de Deus por meio da tradição que vocês mesmos passam de pai para filho. E fazem muitas outras coisas semelhantes.
14 येशूले भीडलाई आफूकहाँ बोलाएर भन्नुभयो, “तिमीहरू हरेकले मेरो कुरा सुन, र त्यसलाई बुझ।
14 E, convocando outra vez a multidão, Jesus disse:
15 मानिसको बाहिरबाट कुनै पनि कुरा ऊभित्र पसेमा उसलाई अशुद्ध बनाउन सक्दैन। बरु उसको हृदयबाट जे बाहिर निस्कँदछन्, ती कुराहरूले चाहिँ उसलाई अशुद्ध बनाउँदछन्।
15 Não existe nada fora da pessoa que, entrando nela, possa contaminá-la; mas o que sai da pessoa é o que a contamina.
16 जसको सुन्ने कान छ, त्यसले सुनोस् र बुझोस्।”
16 [Se alguém tem ouvidos para ouvir, ouça.]
17 उहाँ भीडलाई छोडेर घरभित्र पस्नुभयो, तब उहाँका चेलाहरूले उहाँलाई त्यस दृष्टान्तको विषयमा सोधे।
17 Quando entrou em casa, deixando a multidão, os seus discípulos o interrogaram a respeito da parábola.
18 उहाँले सोध्नुभयो, “के तिमीहरू यतिका अबुझ छौ? बाहिरबाट मानिसभित्र पसेको कुनै कुराले पनि उसलाई अशुद्ध बनाउन सक्दैन भनी तिमीहरू जान्दैनौ?
18 Jesus lhes disse:
19 किनकि त्यो त उसको हृदयमा होइन, तर पेटमा पस्छ, र शरीरबाट बाहिर निस्कन्छ।” त्यसो भनेर येशूले सबै भोजन शुद्ध छन् भनी घोषणा गर्नुभयो।
19 porque não entra no coração dela, mas no estômago, e depois é eliminado? E, assim, Jesus considerou puros todos os alimentos.
20 उहाँले अझ भन्नुभयो: “मानिसबाट जे बाहिर निस्कन्छ, त्यसले उसलाई ‘अशुद्ध’ बनाउँछ।
20 E dizia:
21 किनकि मानिसको हृदयबाट दुष्ट विचारहरू आउँछन्; अनैतिकता, चोरी, हत्या,
21 Porque de dentro, do coração das pessoas, é que procedem os maus pensamentos, as imoralidades sexuais, os furtos, os homicídios,
22 व्यभिचार, लोभ, ईर्ष्या, छल, कामुकता, डाह, निन्दा, घमण्ड र मूर्खता।
22 os adultérios, a avareza, as maldades, o engano, a libertinagem, a inveja, a blasfêmia, o orgulho, a falta de juízo.
23 यी सबै दुष्ट कुराहरू भित्रबाट नै निस्कन्छन्, र मानिसलाई अशुद्ध बनाउँछन्।”
23 Todos estes males vêm de dentro e contaminam a pessoa.
24 येशू त्यो ठाउँ छोडेर टायरका छेउछाउका इलाकाहरूतिर जानुभयो। उहाँ एउटा घरमा पस्नुभयो, र यो कुरा कसैलाई थाहा नभएको चाहनुहुन्थ्यो; तरै पनि उहाँले आफ्नो उपस्थिति गुप्त राख्न सक्नुभएन।
24 Levantando-se Jesus, saiu dali e foi para as terras de Tiro e Sidom. Tendo entrado numa casa, não queria que ninguém soubesse onde ele estava. No entanto, não pôde ocultar-se,
25 वास्तवमा अशुद्ध आत्माले सताएकी एउटी केटीकी आमा येशूको विषयमा सुन्नसाथ आइन्, र उहाँको पाउमा परिन्।
25 porque uma mulher, cuja filhinha estava possuída de espírito imundo, logo ouviu falar a respeito de Jesus. Ela veio e se ajoelhou aos pés dele.
26 ती स्त्री सिरियाको फोनिकेमा जन्मेकी ग्रीक थिइन्। तिनले येशूलाई आफ्नी छोरीबाट भूत निकालिदिन बिन्ती गरिन्।
26 Essa mulher era estrangeira, de origem siro-fenícia, e pedia a Jesus que expulsasse o demônio da sua filha.
27 उहाँले तिनलाई भन्नुभयो, “पहिला बालबच्चालाई पेटभरि खान देऊ; किनकि तिनीहरूको रोटी लगेर कुकुरहरूलाई फालिदिनु उचित होइन।”
27 Mas Jesus lhe disse:
28 तिनले जवाफ दिइन्, “हो प्रभु, तर कुकुरहरूले पनि त टेबुलमुनि बालबच्चाले खसालेका टुक्राहरू खान्छन्।”
28 A mulher respondeu a ele: — Senhor, os cachorrinhos, debaixo da mesa, comem das migalhas das crianças.
29 तब उहाँले तिनलाई भन्नुभयो, “तिमीले यस्तो जवाफ दिएको हुनाले तिमी घरमा जाऊ; तिम्री छोरीलाई भूतले छोडिसकेको छ।”
29 Então Jesus disse à mulher:
30 तिनी घर फर्केर गइन्, र आफ्नी छोरीलाई ओछ्यानमा ढल्किएकी र भूत निस्किसकेको भेट्टाइन्।
30 Quando a mulher voltou para casa, achou a menina sobre a cama, pois o demônio tinha saído dela.
31 तब येशू टायर वरपरको ठाउँ छोडेर सीदोन हुँदै गालीलको समुद्र र डेकापोलिसको क्षेत्रतिर जानुभयो।
31 De novo, Jesus se retirou das terras de Tiro e foi por Sidom até o mar da Galileia, através do território de Decápolis.
32 त्यहाँ केही मानिसहरूले एक जना बहिरो र लाटो मानिसलाई उहाँकहाँ ल्याए। अनि त्यसमाथि हात राखिदेऊन् भनी येशूलाई बिन्ती गरे।
32 Então lhe trouxeram um surdo e gago e lhe suplicaram que impusesse as mãos sobre ele.
33 येशूले त्यस मानिसलाई भीडबाट अलग्गै एकातिर लग्नुभयो र आफ्ना औँलाहरू त्यस मानिसका कानहरूमा हाल्नुभयो। तब उहाँले थुकेर त्यस मानिसको जिब्रो छुनुभयो।
33 Jesus, tirando-o da multidão, à parte, pôs os dedos nos ouvidos dele; depois, cuspindo, aplicou saliva na língua do homem.
34 उहाँले स्वर्गतिर हेरेर लामो सास लिएर त्यसलाई भन्नुभयो, “एफाता!” (जसको अर्थ हो, “खोलिजा!”)
34 Então, erguendo os olhos ao céu, suspirou e disse:
35 तुरुन्तै त्यस मानिसका कानहरू खोलिए; त्यसको जिब्रो चल्यो र त्यो स्पष्ट गरी बोल्न थाल्यो।
35 E logo os ouvidos do homem se abriram, e o empecilho da língua se soltou, e ele falava sem dificuldade.
36 येशूले तिनीहरूलाई यो कसैलाई नभन्नू भनी आज्ञा दिनुभयो; तर उहाँले जति यसो भन्नुभयो, तिनीहरूले झन् धेरै यसबारे भनिरहे।
36 Jesus lhes ordenou que não contassem isso a ninguém; porém, quanto mais recomendava, tanto mais eles o divulgavam.
37 मानिसहरू आश्चर्यचकित भएर तिनीहरूले भने, “उहाँले हरेक कुरा असल गर्नुभएको छ! उहाँले बहिरोलाई सुन्न सक्ने र लाटोलाई बोल्न सक्ने बनाउनुहुन्छ।”
37 Ficavam muito admirados, dizendo: — Tudo ele tem feito muito bem; faz até os surdos ouvirem e os mudos falarem.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Marcos 7, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.