Marcos 4
npioncb (NPIONCB) vs ARC
1 फेरि येशूले तालको किनारमा शिक्षा दिन थाल्नुभयो। उहाँको चारैतिर ठूलो भीड जम्मा भएपछि तालमा भएको एउटा डुङ्गामा चढेर बस्नुभयो। मानिसहरूचाहिँ तालको किनारमा बसेका थिए।
1 E outra vez começou a ensinar junto ao mar, e ajuntou-se a ele grande multidão; de sorte que ele entrou e assentou-se num barco, sobre o mar; e toda a multidão estava em terra junto ao mar.
2 उहाँले तिनीहरूलाई धेरै कुराहरू दृष्टान्तहरूद्वारा सिकाउनुभयो। उहाँले आफ्नो शिक्षामा तिनीहरूलाई यसो भन्नुभयो,
2 E ensinava-lhes muitas coisas por parábolas e lhes dizia na sua doutrina:
3 “ध्यान दिएर सुन! एक जना किसान बिउ छर्नलाई निस्क्यो।
3 Ouvi: Eis que saiu o semeador a semear.
4 उसले जब बिउ छर्दैथियो, केही बिउ बाटोमा परे; अनि चराहरू आएर खाइदिए।
4 E aconteceu que, semeando ele, uma
5 केही ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन। माटो पर्याप्त नभएकोले ती चाँडै उम्रे।
5 E outra caiu sobre pedregais, onde não havia muita terra, e nasceu logo, porque não tinha terra profunda.
6 तर जब घाम लाग्यो, ती बिरुवाहरू ओइलाए; अनि तिनीहरूमा जरा नभएको हुनाले सुकिहाले।
6 Mas, saindo o sol, queimou-se e, porque não tinha raiz, secou-se.
7 अरू केही बिउचाहिँ काँडाका झाडीमा परे; अनि काँडाहरू बढे, र ती बिरुवाहरूलाई निसासिदिए, अनि तिनीहरूले कुनै फल फलाउन सकेनन्।
7 E outra caiu entre espinhos, e, crescendo os espinhos, a sufocaram, e não deu fruto.
8 अरू बिउहरूचाहिँ असल जमिनमा परे। ती उम्रँदै र फस्टाउँदै गएर तीस, साठी र सय गुणासम्म फल फलाए।”
8 E outra caiu em boa terra e deu fruto, que vingou e cresceu; e um produziu trinta, outro, sessenta, e outro, cem.
9 तब येशूले भन्नुभयो, “जसको सुन्ने कान छ, त्यसले सुनोस् र बुझोस्।”
9 E disse-lhes: Quem tem ouvidos para ouvir, que ouça.
10 जब उहाँ एकलै हुनुभयो, ती बाह्र चेलाहरू र उहाँका चारैतिर भएकाहरूले दृष्टान्तहरूका विषयमा उहाँलाई सोधे।
10 E, quando se achou só, os que estavam junto dele com os doze interrogaram-no acerca da parábola.
11 उहाँले तिनीहरूलाई भन्नुभयो, “परमेश्वरको राज्यको रहस्य तिमीहरूलाई प्रकट गरिएको छ, तर अरूलाई हरेक कुरा दृष्टान्तहरूमा भनिन्छ,
11 E ele disse-lhes: A vós vos é dado saber os mistérios do Reino de Deus, mas aos que estão de fora todas
12 यसरी धर्मशास्त्र पूरा होस्:
12 para que, vendo, vejam e não percebam; e, ouvindo, ouçam e não entendam, para que se não convertam, e lhes sejam perdoados os pecados.
13 तब येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू यो दृष्टान्त बुझ्दैनौ? त्यसो भए तिमीहरूले अरू दृष्टान्त कसरी बुझौला?
13 E disse-lhes: Não percebeis esta parábola? Como, pois, entendereis todas as parábolas?
14 बिउ छर्नेले वचन छर्दछ।
14 O que semeia semeia a palavra;
15 कति मानिसहरू बाटोतिर परेका बिउजस्तै हुन्, जहाँ वचन छरिन्छ; तिनीहरूले जब यसलाई सुन्छन्, तब शैतान आउँछ र तिनीहरूमा छरिएको त्यो वचन लैजान्छ।
15 e os que estão junto ao caminho são aqueles em quem a palavra é semeada; mas, tendo eles a ouvido, vem logo Satanás e tira a palavra que foi semeada no coração deles.
16 अरूचाहिँ ढुङ्गेनी ठाउँमा छरिएका बिउजस्तै हुन्, तिनीहरूले वचन सुन्नेबित्तिकै आनन्दसाथ त्यसलाई ग्रहण गर्छन्;
16 E da mesma sorte os que recebem a semente sobre pedregais, que, ouvindo a palavra, logo com prazer a recebem;
17 तर तिनीहरूका जरा नभएकाले ती थोरै समयका लागि मात्र रहन्छन्। अनि जब वचनको कारण दुःख र सतावट आइपर्दछ, तब तिनीहरू झट्टै पछि हट्छन्।
17 mas não têm raiz em si mesmos; antes, são temporãos; depois, sobrevindo tribulação ou perseguição por causa da palavra, logo se escandalizam.
18 अझ अरूचाहिँ काँडाहरूमा छरिएका बिउजस्तै हुन्, जसले वचन सुन्छन्,
18 E os outros são os que recebem a semente entre espinhos, os quais ouvem a palavra;
19 तर यस जीवनको फिक्री र धनसम्पत्तिको छल, र अरू थोकहरूको मोह आउँछ; र वचनलाई निसासिदिन्छन्, र त्यो नफल्ने हुन्छ।
19 mas os cuidados deste mundo, e os enganos das riquezas, e as ambições de outras coisas, entrando, sufocam a palavra, e fica infrutífera.
20 तर अरूचाहिँ असल माटोमा परेका बिउजस्तै हुन्, जसले वचन सुन्दछन्, त्यसलाई ग्रहण गर्दछन्; अनि तीस गुणा, साठी गुणा र सय गुणासम्म फल फलाउँछन्।”
20 E os que recebem a semente em boa terra são os que ouvem a palavra, e
21 येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूले बत्ती ल्याएर भाँडोमुनि अथवा खाटमुनि नराखेर त्यसलाई सामदानमाथि राख्दैनौ र?
21 E disse-lhes: Vem,
22 जे लुकाइन्छ, त्यो प्रकट हुनका लागि हो र जे गुप्तमा राखिन्छ, त्यो प्रकट गरिनको लागि हो।
22 Porque nada há encoberto que não haja de ser manifesto; e nada se faz
23 यदि कसैका सुन्ने कानहरू छन् भने त्यसले सुनोस् र बुझोस्।”
23 Se alguém tem ouvidos para ouvir, que ouça.
24 उहाँले अझै भन्नुभयो, “तिमीहरू जे सुन्छौ, त्यसलाई होसियारीसाथ विचार गर। जुन नापले तिमीहरू अरूहरूलाई नाप्दछौ, तिमीहरू पनि त्यही नापले अर्थात् अझै बढ्ता गरी नापिनेछौ।
24 E disse-lhes: Atendei ao que ides ouvir. Com a medida com que medirdes vos medirão a vós, e ser-vos-á ainda acrescentada.
25 जससित छ, त्यसलाई अरू दिइनेछ; र जससित छैन, त्यससित भएको पनि खोसिनेछ।”
25 Porque ao que tem, ser-lhe-á dado; e, ao que não tem, até o que tem lhe será tirado.
26 उहाँले फेरि भन्नुभयो, “परमेश्वरको राज्य यस्तो छ: जब एक जना मानिसले जमिनमा बिउ छर्छ,
26 E dizia: O Reino de Deus é assim como se um homem lançasse semente à terra,
27 राति र दिउँसो, ऊ सुते पनि वा उठे पनि, त्यो बिउ उम्रन्छ; अनि बढ्छ। यद्यपि, यो कसरी हुन्छ सो उसले जान्दैन।
27 e dormisse, e se levantasse de noite ou de dia, e a semente brotasse e crescesse, não sabendo ele como.
28 माटोले आफैँ अन्न फलाउँछ; पहिले बोट, त्यसपछि बाला, त्यसपछि बालामा पूरा दाना लाग्छ।
28 Porque a terra por si mesma frutifica; primeiro, a erva, depois, a espiga, e, por último, o grão cheio na espiga.
29 अन्न पाक्नसाथ उसले त्यसमा हँसिया लगाउँछ; किनकि कटनीको बेला आइपुगेको हुन्छ।”
29 E, quando foice, porque está chegada a ceifa.
30 उहाँले फेरि भन्नुभयो, “हामी परमेश्वरको राज्यको तुलना केसँग गरौँ? अथवा यसलाई वर्णन गर्नलाई हामीले कुन दृष्टान्त प्रयोग गरौँ?
30 E dizia: A que assemelharemos o Reino de Deus? Ou com que parábola o representaremos?
31 यो एउटा रायोको बिउजस्तो हो, जुन माटोमा रोपिने बिउहरूमध्ये सबैभन्दा सानो हुन्छ।
31 É como um grão de mostarda, que, quando se semeia na terra, é a menor de todas as sementes que há na terra;
32 तैपनि रोपेपछि यो बढेर बारीमा भएका अरू बोटबिरुवाहरूभन्दा ठूलो हुन्छ, जसका हाँगाहरू ठूला हुन्छन्, र चराचुरुङ्गीहरू यसको छहारीमा गुँड बनाएर बस्छन्।”
32 mas, tendo sido semeado, cresce, e faz-se a maior de todas as hortaliças, e cria grandes ramos, de tal maneira que as aves do céu podem aninhar-se debaixo da sua sombra.
33 यस्ता अरू धेरै दृष्टान्तहरूद्वारा येशूले तिनीहरूलाई बुझ्न सक्नेअनुसार वचनहरू सुनाउनुभयो।
33 E com muitas parábolas tais lhes dirigia a palavra, segundo o que podiam compreender.
34 उहाँले तिनीहरूसित दृष्टान्तहरू प्रयोग नगरी केही भन्नुभएन; तर उहाँ आफ्ना चेलाहरूसित एकलै हुँदा तिनीहरूलाई सबैको अर्थ बताइदिनुहुन्थ्यो।
34 E sem parábolas nunca lhes falava, porém tudo declarava em particular aos seus discípulos.
35 त्यही दिन, साँझ परेपछि उहाँले चेलाहरूलाई भन्नुभयो, “हामी पारिपट्टि जाऔँ।”
35 E, naquele dia, sendo já tarde, disse-lhes: Passemos para a outra margem.
36 अनि भीडलाई बिदा दिइसकेपछि, येशू जुन डुङ्गामा बस्नुभएको थियो, तिनीहरूले त्यसैमा उहाँलाई लगे। त्यस बेला त्यहाँ अरू डुङ्गाहरू पनि थिए।
36 E eles, deixando a multidão, o levaram consigo, assim como estava, no barco; e havia também com ele outros barquinhos.
37 त्यसै समयमा डरलाग्दो आँधी आयो र छालहरू डुङ्गामा बज्रिन लागे। पानीले त्यस डुङ्गालाई डुबाउनै लाग्यो।
37 E levantou-se grande temporal de vento, e subiam as ondas por cima do barco, de maneira que já se enchia de água.
38 येशूचाहिँ डुङ्गाको पछिल्लो भागमा एउटा सिरानी लगाएर निदाइरहनुभएको थियो। अनि चेलाहरूले उहाँलाई बिउँझाएर भने, “हे गुरु, हामी डुब्नै लागेका छौँ, र पनि तपाईंले वास्ता गर्नुहुन्न?”
38 E ele estava na popa dormindo sobre uma almofada; e despertaram-no, dizendo-lhe: Mestre, não te importa que pereçamos?
39 उहाँले उठेर आँधी र छालहरूलाई हप्काउँदै भन्नुभयो, “चुप लाग्! शान्त होइजा!” तब आँधी उत्तिनै खेर पूर्ण रूपले थामियो, र पूरै शान्त भइहाल्यो।
39 E ele, despertando, repreendeu o vento e disse ao mar: Cala-te, aquieta-te. E o vento se aquietou, e houve grande bonança.
40 उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू किन यति साह्रै डराउँछौ? के तिमीहरूमा अझ पनि विश्वास छैन?”
40 E disse-lhes: Por que sois tão tímidos? Ainda não tendes fé?
41 तिनीहरू निकै डराए, र आपसमा भने, “यिनी को हुन्? आँधी र छालहरूले पनि यिनको आज्ञा मान्दा रहेछन्!”
41 E sentiram um grande temor e diziam uns aos outros: Mas quem é este que até o vento e o mar lhe obedecem?
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Marcos 4, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.