Marcos 3
npioncb (NPIONCB) vs ARIB
1 अर्को पटक उहाँ सभाघरमा जानुभयो। त्यहाँ हात सुकेर नचल्ने भएको एक जना मानिस थियो।
1 Outra vez entrou numa sinagoga, e estava ali um homem que tinha uma das mãos atrofiada.
2 तिनीहरूमध्ये कोही मानिसले येशूलाई दोष लगाउन निहुँ खोजिरहेका थिए। त्यसैले तिनीहरू उहाँले शब्बाथ दिनमा त्यसलाई निको पार्नुहुन्छ कि भनेर नजिकबाट नियाली रहेका थिए।
2 E observavam-no para ver se no sábado curaria o homem, a fim de o acusarem.
3 येशूले हात सुकेको त्यस मानिसलाई भन्नुभयो, “सबैको सामु खडा होऊ।”
3 E disse Jesus ao homem que tinha a mão atrofiada: Levanta-te e vem para o meio.
4 तब येशूले तिनीहरूलाई सोध्नुभयो, “शब्बाथ दिनमा के गर्नु उचित हुन्छ: असल गर्नु वा खराब गर्नु, जीवन बचाउनु कि मार्नु?” तर तिनीहरू मौन रहे।
4 Então lhes perguntou: É lícito no sábado fazer bem, ou fazer mal? salvar a vida ou matar? Eles, porém, se calaram.
5 तिनीहरूका कठोर हृदय देखेर अति दुःखित भई उहाँले रिसाएर चारैतिर ती सबैलाई हेर्नुभयो; अनि त्यस मानिसलाई भन्नुभयो, “तिम्रो हात सीधा पार।” त्यसले सीधा पार्यो, र त्यसको हात पूर्ण रूपले निको भइहाल्यो।
5 E olhando em redor para eles com indignação, condoendo-se da dureza dos seus corações, disse ao homem: Estende a tua mão. Ele estendeu, e lhe foi restabelecida.
6 तुरुन्तै फरिसीहरू बाहिर गइहाले, र येशूलाई कसरी मार्ने भनेर राजा हेरोदका समर्थकहरूसँग षड्यन्त्र रच्न थाले।
6 E os fariseus, saindo dali, entraram logo em conselho com os herodianos contra ele, para o matarem.
7 येशू आफ्ना चेलाहरूसित तालतिर जानुभयो, र गालील प्रदेशबाट एउटा ठूलो भीड उहाँको पछि लाग्यो।
7 Jesus, porém, se retirou com os seus discípulos para a beira do mar; e uma grande multidão dos da Galiléia o seguiu; também da Judéia,
8 जब उहाँले गरिरहनुभएका सबै कुराहरू तिनीहरूले सुने, तब यहूदिया, यरूशलेम, इदुमिआ, यर्दन पारिका क्षेत्रहरू, टायर र सीदोनका छेउछाउबाट अरू धेरै मानिसहरू उहाँकहाँ आए।
8 e de Jerusalém, da Iduméia e de além do Jordão, e das regiões de Tiro e de Sidom, grandes multidões, ouvindo falar de tudo quanto fazia, vieram ter com ele.
9 भीडको कारण मानिसहरूले उहाँलाई चारैतिरबाट नघेरून् भनी आफ्ना निम्ति उहाँले चेलाहरूलाई एउटा सानो डुङ्गा तयार पार्न लाउनुभयो।
9 Recomendou, pois, a seus discípulos que se lhe preparasse um barquinho, por causa da multidão, para que não o apertasse;
10 उहाँले धेरैलाई निको पार्नुभएको कारण जति जना बिरामी थिए, तिनीहरू उहाँलाई छुनलाई ठेलमठेल गर्दै अगि बढ्दैथिए।
10 porque tinha curado a muitos, de modo que todos quantos tinham algum mal arrojavam-se a ele para lhe tocarem.
11 अशुद्ध आत्माहरूले उहाँलाई देख्नासाथै तिनीहरू उहाँका अगि पछारिन्थे; अनि यसो भन्दै चिच्याउँथे, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।”
11 E os espíritos imundos, quando o viam, prostravam-se diante dele e clamavam, dizendo: Tu és o Filho de Deus.
12 तर उहाँले ती निको भएकाहरूलाई उहाँ को हुनुहुन्छ भनी कसैलाई नभन्नू भनेर कडा आज्ञा दिनुभयो।
12 E ele lhes advertia com insistência que não o dessem a conhecer.
13 त्यसपछि येशू डाँडातिर जानुभयो, र उहाँले चाहनुभएका मानिसहरूलाई बोलाउनुभयो; अनि तिनीहरू उहाँकहाँ आए।
13 Depois subiu ao monte, e chamou a si os que ele mesmo queria; e vieram a ele.
14 तिनीहरू आफूसित रहून् र तिनीहरूलाई प्रचार गर्न बाहिर पठाउन सकियोस् भनी उहाँले बाह्र जनालाई नियुक्त गर्नुभयो,
14 Então designou doze para que estivessem com ele, e os mandasse a pregar;
15 र तिनीहरूलाई भूतहरू धपाउने अधिकार दिनुभयो।
15 e para que tivessem autoridade de expulsar os demônios.
16 उहाँले नियुक्त गर्नुभएका बाह्र जना यिनीहरू नै हुन्:
16 Designou, pois, os doze, a saber: Simão, a quem pôs o nome de Pedro;
17 जब्दीको छोरा याकोब र तिनको भाइ यूहन्ना (तिनीहरूलाई उहाँले बोअनर्गेस भन्ने नाम दिनुभयो, अर्थात् “गर्जनका पुत्रहरू”),
17 Tiago, filho de Zebedeu, e João, irmão de Tiago, aos quais pôs o nome de Boanerges, que significa: Filhos do trovão;
18 अन्द्रियास,
18 André, Filipe, Bartolomeu, Mateus, Tomé, Tiago, filho de Alfeu, Tadeu, Simão, o cananeu,
19 र यहूदा इस्करियोत जसले उहाँलाई धोका दियो।
19 e Judas Iscariotes, aquele que o traiu.
20 जब येशू एउटा घरमा पस्नुभयो, फेरि एउटा भीड जम्मा भयो। त्यसैले उहाँ र उहाँका चेलाहरूले खान पनि पाउनुभएन।
20 Depois entrou numa casa. E afluiu outra vez a multidão, de tal modo que nem podiam comer.
21 जब उहाँका परिवारले यस विषयमा सुने, तिनीहरू उहाँलाई लैजान भनी गए; किनकि तिनीहरूले “उहाँको दिमाग खुस्केको छ” भनी भन्थे।
21 Quando os seus ouviram isso, saíram para o prender; porque diziam: Ele está fora de si.
22 यरूशलेमबाट आएका व्यवस्थाका शिक्षकहरूले भने, “यिनमा बालजिबुल छ! भूतहरूको शासकको सहायताले यिनले भूतहरू धपाउँछन्।”
22 E os escribas que tinham descido de Jerusalém diziam: Ele está possesso de Belzebu; e: É pelo príncipe dos demônios que expulsa os demônios.
23 यसकारण येशूले तिनीहरूलाई बोलाएर दृष्टान्तहरूमा भन्नुभयो, “शैतानले शैतानलाई कसरी धपाउन सक्छ?
23 Então Jesus os chamou e lhes disse por parábolas: Como pode Satanás expulsar Satanás?
24 यदि कुनै राज्य आफ्नै विरुद्धमा विभाजित भयो भने त्यो राज्य टिक्न सक्दैन।
24 Pois, se um reino se dividir contra si mesmo, tal reino não pode subsistir;
25 कुनै घर आफ्नै विरुद्धमा विभाजित भयो भने त्यो घर टिक्न सक्दैन।
25 ou, se uma casa se dividir contra si mesma, tal casa não poderá subsistir;
26 यदि शैतानले शैतानलाई विरोध गर्छ र विभाजित हुन्छ भने त्यो टिक्न सक्दैन; त्यसको अन्त्य आइसकेको छ।
26 e se Satanás se tem levantado contra si mesmo, e está dividido, tampouco pode ele subsistir; antes tem fim.
27 वास्तवमा बलियो मानिसको घरमा पस्नुभन्दा पहिले उसलाई नबाँधि कसैले पनि उसको घरको धनमाल लुट्न सक्दैन। त्यसलाई बाँधेपछि मात्र त्यसले उसको घर लुट्न सक्छ।
27 Pois ninguém pode entrar na casa do valente e roubar-lhe os bens, se primeiro não amarrar o valente; e então lhe saqueará a casa.
28 म तिमीहरूलाई साँच्चै भन्दछु, मानिसहरूका सबै पापहरू साथै हरेक निन्दाहरू तिनीहरूका लागि क्षमा हुनेछन्,
28 Em verdade vos digo: Todos os pecados serão perdoados aos filhos dos homens, bem como todas as blasfêmias que proferirem;
29 तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्छ, उसलाई कहिल्यै क्षमा हुनेछैन; ऊ अनन्तसम्म पापको दोषी हुन्छ।”
29 mas aquele que blasfemar contra o Espírito Santo, nunca mais terá perdão, mas será réu de pecado eterno.
30 उहाँले यसो भन्नुभएको कारणचाहिँ तिनीहरूले उहाँलाई “यिनीसित अशुद्ध आत्मा छ” भनेका थिए।
30 Porquanto eles diziam: Está possesso de um espírito imundo.
31 तब येशूकी आमा र भाइहरू आइपुगे। तिनीहरू बाहिर उभिएर उहाँलाई बोलाइदिनु भनेर कसैलाई भित्र पठाए।
31 Chegaram então sua mãe e seus irmãos e, ficando da parte de fora, mandaram chamá-lo.
32 उहाँको चारैतिर भीड बसिरहेको थियो; अनि तिनीहरूले उहाँलाई भने, “तपाईंकी आमा र भाइहरूले तपाईंलाई बाहिर खोजिरहेका छन्।”
32 E a multidão estava sentada ao redor dele, e disseram-lhe: Eis que tua mãe e teus irmãos estão lá fora e te procuram.
33 उहाँले भन्नुभयो, “मेरी आमा र मेरा भाइहरू को हुन्?”
33 Respondeu-lhes Jesus, dizendo: Quem é minha mãe e meus irmãos!
34 तब उहाँले आफ्ना चारैतिर बसेकाहरूलाई हेरेर भन्नुभयो, “मेरी आमा र मेरा भाइहरू यिनीहरू नै हुन्!
34 E olhando em redor para os que estavam sentados à roda de si, disse: Eis aqui minha mãe e meus irmãos!
35 जसले परमेश्वरको इच्छा पालन गर्दछन्, ती नै मेरा भाइ र बहिनी र आमा हुन्।”
35 Pois aquele que fizer a vontade de Deus, esse é meu irmão, irmã e mãe.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Marcos 3, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.