Marcos 16

npioncb (NPIONCB) vs ARIB

Sair da comparação
ARIB Almeida Revisada Imprensa Bíblica
1 शब्बाथ दिन सकिएपछि येशूको शरीरमा घस्‍नलाई भनी मरियम मग्दलिनी, याकोबकी आमा मरियम र सलोमीले सुगन्धित मसलाहरू किने।
1 Ora, passado o sábado, Maria Madalena, Maria, mãe de Tiago, e Salomé, compraram aromas para irem ungi-lo.
2 हप्‍ताको पहिलो दिन, एकाबिहानै सूर्योदय हुनसाथ तिनीहरू चिहानतिर लागे।
2 E, no primeiro dia da semana, foram ao sepulcro muito cedo, ao levantar do sol.
3 तिनीहरूले आपसमा भने, “चिहानको मुखबाट ढुङ्गालाई गुड्याएर कसले हटाइदेला?”
3 E diziam umas às outras: Quem nos revolverá a pedra da porta do sepulcro?
4 तर जब तिनीहरूले चिहानतिर हेरे, त्यो ठूलो ढुङ्गा हटाइएको देखे।
4 Mas, levantando os olhos, notaram que a pedra, que era muito grande, já estava revolvida;
5 जब तिनीहरू चिहानभित्र पसे, तब सेतो लुगा लगाएका एक जवान मानिसलाई दाहिनेपट्टि बसिरहेका देखेर छक्‍क परे।
5 e entrando no sepulcro, viram um moço sentado à direita, vestido de alvo manto; e ficaram atemorizadas.
6 तिनले भने, “छक्‍क नपर। तिमीहरू क्रूसमा टाँगिएका येशू नासरीलाई खोज्दैछौ। उहाँ जीवित भई उठ्नुभएको छ! उहाँ यहाँ हुनुहुन्‍न। उहाँलाई राखेको ठाउँ हेर।
6 Ele, porém, lhes disse: Não vos atemorizeis; buscais a Jesus, o nazareno, que foi crucificado; ele ressurgiu; não está aqui; eis o lugar onde o puseram.
7 तर जाओ, उहाँका चेलाहरू र पत्रुसलाई भनिदेओ, ‘उहाँ तिमीहरूभन्दा अगि-अगि गालीलमा जाँदैहुनुहुन्छ। उहाँले भन्‍नुभएबमोजिम त्यहाँ तिमीहरूले उहाँलाई देख्नेछौ।’ ”
7 Mas ide, dizei a seus discípulos, e a Pedro, que ele vai adiante de vós para a Galiléia; ali o vereis, como ele vos disse.
8 स्त्रीहरू काँप्दै र अचम्म मान्दै बाहिर निस्के, र चिहानबाट भागे। तिनीहरूले कसैलाई केही भनेनन्; किनकि तिनीहरू डराएका थिए।
8 E, saindo elas, fugiram do sepulcro, porque estavam possuídas de medo e assombro; e não disseram nada a ninguém, porque temiam.
9 जब येशू हप्‍ताको पहिलो दिनमा, बिहानै जीवित भई उठ्नुभयो, तब उहाँ पहिले मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो, जसबाट उहाँले सात वटा भूतहरू निकाल्नुभएको थियो।
9 Ora, havendo Jesus ressurgido cedo no primeiro dia da semana, apareceu primeiramente a Maria Madalena, da qual tinha expulsado sete demônios.
10 तब उनी दौडेर गइन् र उहाँसित हुनेहरूलाई यो कुरा सुनाइन्, जो रुँदै र विलाप गरिरहेका थिए।
10 Foi ela anunciá-lo aos que haviam andado com ele, os quais estavam tristes e chorando;
11 जब तिनीहरूले येशू जिउँदो हुनुभएको र त्यस स्त्रीले उहाँलाई देखेको कुरा सुने, तब तिनीहरूले त्यो विश्‍वासै गरेनन्।
11 e ouvindo eles que vivia, e que tinha sido visto por ela, não o creram.
12 यसपछि गाउँतिर जाँदै गरेका दुई जनाकहाँ येशू बेग्लै रूपमा देखा पर्नुभयो।
12 Depois disso manifestou-se sob outra forma a dois deles que iam de caminho para o campo,
13 यिनीहरू फर्केर यो कुरा अरूलाई भनिदिए; तर तिनीहरूले पनि यिनीहरूका कुरामा विश्‍वास गरेनन्।
13 os quais foram anunciá-lo aos outros; mas nem a estes deram crédito.
14 त्यसपछि येशू एघार जनाले खाइरहेका बेला त्यहाँ देखा पर्नुभयो। उहाँले तिनीहरूका अविश्‍वास र हृदयको कठोरताले उहाँ जीवित भई उठ्नुभएपछि पनि उहाँलाई देख्नेहरूले विश्‍वास नगरेकोमा तिनीहरूलाई हप्काउनुभयो।
14 Por último, então, apareceu aos onze, estando eles reclinados à mesa, e lançou-lhes em rosto a sua incredulidade e dureza de coração, por não haverem dado crédito aos que o tinham visto já ressurgido.
15 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “सारा संसारमा गएर सबै सृष्‍टिलाई यो सुसमाचार सुनाओ।
15 E disse-lhes: Ide por todo o mundo, e pregai o evangelho a toda criatura.
16 जसले विश्‍वास गर्छ र बप्‍तिस्मा लिन्छ, त्यसले मुक्ति पाउनेछ; तर विश्‍वास नगर्ने दण्डित हुनेछ।
16 Quem crer e for batizado será salvo; mas quem não crer será condenado.
17 अनि विश्‍वास गर्नेहरूसित यस्ता चिन्हहरू हुनेछन्: मेरो नाममा तिनीहरूले भूतहरू धपाउनेछन्, तिनीहरूले नयाँ-नयाँ भाषाहरूमा बोल्नेछन्,
17 E estes sinais acompanharão aos que crerem: em meu nome expulsarão demônios; falarão novas línguas;
18 तिनीहरूले आफ्ना हातले सर्पहरू समात्नेछन्, र तिनीहरूले प्राणघातक विष पिए तापनि तिनीहरूलाई पटक्‍कै हानि हुनेछैन। तिनीहरूले रोगीहरूमाथि हात राख्नेछन्, र तिनीहरू निको हुनेछन्।”
18 pegarão em serpentes; e se beberem alguma coisa mortífera, não lhes fará dano algum; e porão as mãos sobre os enfermos, e estes serão curados.
19 प्रभु येशूले तिनीहरूसित कुरा गरिसक्नुभएपछि उहाँ स्वर्गमा उचालिनुभयो र परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नुभयो।
19 Ora, o Senhor, depois de lhes ter falado, foi recebido no céu, e assentou-se à direita de Deus.
20 तब चेलाहरू बाहिर गएर चारैतिर प्रचार गरे। अनि प्रभुले तिनीहरूसित काम गर्नुभयो र वचनलाई अलौकिक चिन्हहरूद्वारा सुदृढ पार्नुभयो।
20 Eles, pois, saindo, pregaram por toda parte, cooperando com eles o Senhor, e confirmando a palavra com os sinais que os acompanhavam.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Marcos 16, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.