Marcos 13
npioncb (NPIONCB) vs ARC
1 येशू मन्दिर छोडेर जाँदै गर्नुहुँदा उहाँका चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “गुरुज्यू, हेर्नुहोस्, कति विशाल पत्थरहरू! कति भव्य भवनहरू!”
1 E, saindo ele do templo, disse-lhe um dos seus discípulos: Mestre, olha que pedras e que edifícios!
2 येशूले जवाफ दिनुभयो, “के तिमी यी सबै विशाल भवनहरू देख्दैछौ? यहाँ एउटा ढुङ्गा पनि अर्को ढुङ्गामाथि छोडिनेछैन, तर प्रत्येक ढुङ्गा तल फ्याँकिनेछ।”
2 E, respondendo Jesus, disse-lhe: Vês estes grandes edifícios? Não ficará pedra sobre pedra que não seja derribada.
3 येशू जैतुन डाँडामा मन्दिरतिर फर्किएर बसिरहनुहुँदा पत्रुस, याकोब, यूहन्ना र अन्द्रियासले उहाँलाई सुटुक्क सोधे,
3 E, assentando-se ele no monte das Oliveiras, defronte do templo, Pedro, e Tiago, e João, e André lhe perguntaram em particular:
4 “हामीलाई भन्नुहोस्, यी कुराहरू कहिले हुनेछन्? अनि यी कुराहरू पूरा हुनको निम्ति चिन्ह के हुनेछ?”
4 Dize-nos quando serão essas coisas e que sinal haverá quando todas elas estiverem para se cumprir.
5 येशूले तिनीहरूलाई भन्नुभयो: “होसियार बस, ताकि कसैले तिमीहरूलाई धोका नदेओस्।
5 E Jesus, respondendo-lhes, começou a dizer: Olhai que ninguém vos engane,
6 धेरै जना मेरो नाममा ‘म उही हुँ,’ भन्ने दाबी गर्दै आउनेछन्, र धेरैलाई धोका दिनेछन्।
6 porque muitos virão em meu nome, dizendo: Eu sou o
7 जब तिमीहरूले लडाइँ र लडाइँहरूका हल्लाहरू सुन्नेछौ, तब नडराओ। यस्ता कुराहरू हुनैपर्छ, तर अन्त्य आउन बाँकी नै छ।
7 E, quando ouvirdes de guerras e de rumores de guerras, não vos perturbeis, porque
8 जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ। धेरै ठाउँहरूमा भुइँचालाहरू जानेछन्; अनि अनिकालहरू हुनेछन्। यी त प्रसववेदनाका सुरुवात मात्र हुन्।
8 Porque se levantará nação contra nação, e reino, contra reino, e haverá terremotos em diversos lugares, e haverá fomes. Isso será o princípio de dores.
9 “तिमीहरू आफ्नो विषयमा होसियार रहो। तिमीहरूलाई स्थानीय सभाहरूमा सुम्पिनेछ, र सभाघरहरूमा लगेर कोर्रा लगाइनेछ। मेरो कारणले गर्दा तिमीहरूलाई साक्षीको रूपमा राज्यपालहरू र राजाहरूको सामु उभाइनेछ।
9 Mas olhai por vós mesmos, porque vos entregarão aos concílios e às sinagogas; sereis açoitados e sereis apresentados ante governadores e reis, por amor de mim, para lhes servir de testemunho.
10 अनि अन्त्य आउनुभन्दा पहिला सबै राष्ट्रहरूमा सुसमाचार प्रचार गरिनुपर्छ।
10 Mas importa que o evangelho seja primeiramente pregado entre todas as nações:
11 जब तिमीहरू पक्रिएर मुद्दामा पर्नेछौ, तब के बोल्नुपर्छ भनी पहिल्यैबाट चिन्ता नलेओ। तिमीहरूलाई त्यसै बेला जे दिइनेछ, त्यही भन; किनकि त्यस समयमा बोल्ने तिमीहरू होइनौ, तर पवित्र आत्मा बोलिरहनुभएको हुनेछ।
11 Quando, pois, vos conduzirem para vos entregarem, não estejais solícitos de antemão pelo que haveis de dizer; mas o que vos for dado naquela hora, isso falai; porque não sois vós os que falais, mas o Espírito Santo.
12 “भाइले आफ्ना भाइलाई, बुबाले आफ्ना छोराछोरीलाई मृत्युका निम्ति धोका दिनेछन्। छोराछोरीहरू आफ्ना आमाबुबाका विरुद्धमा उठ्नेछन्, र तिनीहरूलाई मार्न लाउनेछन्।
12 E o irmão entregará à morte o irmão, e o pai, o filho; e levantar-se-ão os filhos contra os pais e os farão morrer.
13 तिमीहरूलाई सबै मानिसहरूले मेरा निम्ति घृणा गर्नेछन्; तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यसको उद्धार गरिनेछ।
13 E sereis aborrecidos por todos por amor do meu nome; mas quem perseverar até ao fim, esse será salvo.
14 “जब तिमीहरूले ‘विनाशकारी घृणित कुरा’ जुन ठाउँमा नहुनुपर्ने, त्यहाँ देख्नेछौ—पढ्नेले बुझोस्—तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून्।
14 Ora, quando vós virdes a abominação do assolamento, que foi predito, estar onde não deve estar (quem lê, que entenda), então, os que estiverem na Judeia, que fujam para os montes;
15 घरका कौसीमा हुनेहरू कोही पनि तल नझरोस्, न त केही थोक लिनलाई घरभित्र पसोस्।
15 e o que estiver sobre o telhado, que não desça para casa, nem entre a tomar coisa alguma de sua casa;
16 खेतमा हुने कोही पनि आफ्नो लुगा लिन फर्केर नजाओस्।
16 e o que estiver no campo, que não volte atrás, para tomar a sua veste.
17 ती दिनहरूमा गर्भवती स्त्रीहरू र दूध खुवाउने आमाहरूका लागि कति डरलाग्दा हुनेछन्।
17 Mas ai das grávidas e das que criarem naqueles dias!
18 यी कुराहरू हिउँदमा नहोस् भनी प्रार्थना गर!
18 Orai, pois, para que a vossa fuga não suceda no inverno,
19 किनकि ती दिनहरू यति कष्टदायक हुनेछन् कि; परमेश्वरले संसार सृष्टि गर्नुभएदेखि अहिलेसम्म न कहिल्यै भएको थियो, न त फेरि कहिल्यै हुनेछ।
19 porque, naqueles dias, haverá
20 “यदि प्रभुले ती दिनहरू नघटाइदिनुभएको भए कोही पनि बाँच्ने थिएन। तर चुनिएकाहरूका निम्ति उहाँले ती घटाइदिनुभएको छ।
20 E, se o Senhor não abreviasse aqueles dias, nenhuma carne se salvaria; mas, por causa dos escolhidos que escolheu, abreviou aqueles dias.
21 त्यस बेला यदि कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्ट यहाँ छन्’ अथवा, ‘हेर तिनी त्यहाँ छन्’ भन्छ भने विश्वास नगर।
21 E, então, se alguém vos disser: Eis aqui o Cristo, ou: Ei-lo ali, não acrediteis.
22 किनकि झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू देखा पर्नेछन्; अनि सम्भव भएसम्म चुनिएकाहरूलाई पनि बहकाउनलाई अलौकिक चिन्हहरू र अद्भुत कार्यहरू देखाउनेछन्।
22 Porque se levantarão falsos cristos e falsos profetas e farão sinais e prodígios, para enganarem, se
23 यसकारण तिमीहरू होसियार बस; मैले तिमीहरूलाई पहिलेबाट नै सबै कुरा भनिदिएको छु।
23 Mas vós vede; eis que de antemão vos tenho dito tudo.
24 “तर ती दिनहरूमा, विपत्तिपछि तुरुन्तै,
24 Ora, naqueles dias, depois daquela aflição, o sol se escurecerá, e a lua não dará a sua luz.
25 आकाशबाट ताराहरू खस्नेछन्,
25 E as estrelas cairão do céu, e as forças que
26 “त्यसपछि मानिसको पुत्रलाई मानिसहरूले महाशक्ति र महिमासित बादलमा आइरहेको देख्नेछन्।
26 E, então, verão vir o Filho do Homem nas nuvens, com grande poder e glória.
27 अनि उसले आफ्ना दूतहरूलाई आफ्ना चुनिएकाहरूलाई चारै दिशाबाट बटुल्नलाई पठाउनेछ, अर्थात् पृथ्वीको एक कुनादेखि आकाशको अर्को कुनासम्म पठाउनेछ।
27 E ele enviará os seus anjos e ajuntará os seus escolhidos, desde os quatro ventos, da extremidade da terra até a extremidade do céu.
28 “अब अञ्जीरको रूखबाट यो पाठ सिक: जब यसका हाँगाहरूमा कलिला पातहरू पलाउन थाल्छन्, ग्रीष्म ऋतु नजिकै आइपुगेछ भनी तिमीहरूले थाहा पाउँछौ।
28 Aprendei, pois, a parábola da figueira: quando já o seu ramo se torna tenro, e brotam folhas, bem sabeis que
29 त्यसरी नै तिमीहरूले जब यी कुराहरू भइरहेका देख्छौ, तब तिमीहरूले यो नजिकै ढोकैमा छ भनी जान।
29 Assim também vós, quando virdes sucederem essas
30 म तिमीहरूलाई साँचो भन्दछु, यी सबै घटनाहरू पूरा नभएसम्म यो पुस्ता निश्चय नै नष्ट भएर जानेछैन।
30 Na verdade vos digo que não passará esta geração sem que todas essas coisas aconteçam.
31 आकाश र पृथ्वी नष्ट भएर जानेछन्, तर मेरा वचनहरू कहिले पनि नष्ट हुनेछैनन्।
31 Passará o céu e a terra, mas as minhas palavras não passarão.
32 “त्यस दिन र त्यस समयको विषयमा कसैले जान्दैन, न स्वर्गका दूतहरूले, न पुत्रले, तर पिताले मात्र जान्नुहुन्छ।
32 Mas, daquele Dia e hora, ninguém sabe, nem os anjos que
33 होसियार बस! सचेत बस! त्यो समय कहिले आउनेछ, त्यो तिमीहरू जान्दैनौ।
33 Olhai, vigiai e orai, porque não sabeis quando chegará o tempo.
34 यो त बाहिर गएको त्यो मानिसजस्तो हो, जसले आफ्नो घर छोड्नअगि आफ्ना सेवकहरूलाई जिम्मेवारी दिँदै, प्रत्येकलाई आ-आफ्ना काम सुम्पे, र एक जनालाई चाहिँ ढोकामा कुरेर बस्न जिम्मा दिए।
34 É como se um homem, partindo para fora da terra, deixasse a sua casa, e desse autoridade aos seus servos, e a cada um, a sua obra, e mandasse ao porteiro que vigiasse.
35 “यसकारण जागा रहो; किनकि घरका मालिक साँझमा वा मध्यरातमा वा भाले बास्दा वा बिहानै अथवा कुन समयमा आउलान्, त्यो तिमीहरू जान्दैनौ।
35 Vigiai, pois, porque não sabeis quando virá o senhor da casa; se à tarde, se à meia-noite, se ao cantar do galo, se pela manhã,
36 नत्र तिनी अचानक आइपुग्दा तिनले तिमीहरूलाई सुतिरहेका भेट्टाउलान्।
36 para que, vindo de improviso, não vos ache dormindo.
37 म तिमीहरूलाई जे भन्दछु, त्यो हरेकलाई भन्दछु: ‘जागा रहो!’ ”
37 E as coisas que vos digo digo-
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Marcos 13, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.