Marcos 11

npioncb (NPIONCB) vs ARC

Sair da comparação
ARC Almeida Revista e Corrigida 2009
1 उहाँहरू जब यरूशलेमको नजिक जैतुन डाँडामा भएको बेथफागे र बेथानीमा आउनुभयो, तब येशूले आफ्ना चेलाहरूमध्ये दुई जनालाई
1 E, logo que se aproximaram de Jerusalém, de Betfagé e de Betânia, junto ao monte das Oliveiras, enviou dois dos seus discípulos
2 यसो भन्दै पठाउनुभयो, “तिमीहरूका पल्‍लो गाउँमा जाओ, र तिमीहरू त्यहाँ प्रवेश गरेपछि तिमीहरूले त्यहाँ एउटा गधाको बछेडोलाई बाँधिराखेको भेट्टाउनेछौ, जसमाथि अहिलेसम्म कोही सवार भएको छैन। त्यसलाई खोलेर यहाँ ल्याओ।
2 e disse-lhes: Ide à aldeia que está defronte de vós; e, logo que ali entrardes, encontrareis preso um jumentinho, sobre o qual ainda não montou homem algum; soltai-o e trazei-
3 यदि कसैले तिमीहरूलाई ‘तिमीहरू किन यसो गर्दैछौ?’ भनी सोध्यो भने त्यसलाई भन, ‘प्रभुलाई यसको खाँचो छ, र केही बेरमा यसलाई फर्काइदिनुहुनेछ।’ ”
3 E, se alguém vos disser: Por que fazeis isso?, dizei-lhe que o Senhor precisa dele, e logo o deixará trazer para aqui.
4 तिनीहरू गए र सडकबाहिर ढोकाको छेउमा एउटा बछेडोलाई बाँधिराखेको भेट्टाए। तिनीहरूले त्यसलाई फुकाउन लाग्दा,
4 E foram, e encontraram o jumentinho preso fora da porta, entre dois caminhos, e o soltaram.
5 त्यहाँ उभिरहेका केही मानिसहरूले तिनीहरूलाई सोधे, “तिमीहरू त्यस बछेडोलाई फुकाएर के गरिरहेका छौ?”
5 E alguns dos que ali estavam lhes disseram: Que fazeis, soltando o jumentinho?
6 तिनीहरूले येशूले भन्‍नुभएझैँ जवाफ दिए; अनि ती मानिसहरूले तिनीहरूलाई जान दिए।
6 Eles, porém, disseram-lhes como Jesus lhes tinha mandado; e os deixaram ir.
7 जब तिनीहरूले त्यस बछेडोलाई येशूकहाँ ल्याए, तब तिनीहरूले आफ्ना लुगाहरू त्यसमाथि ओछ्याइदिए, र उहाँ त्यसमाथि बस्‍नुभयो।
7 E levaram o jumentinho a Jesus e lançaram sobre ele as suas vestes, e assentou-se sobre ele.
8 धेरै मानिसहरूले आफ्ना लुगाहरू बाटोमा ओछ्याइदिए, र अरूहरूले चाहिँ खेतबाट काटेर ल्याएका हाँगाहरू फिँजाइदिए।
8 E muitos estendiam as suas vestes pelo caminho, e outros cortavam ramos das árvores e os espalhavam pelo caminho.
9 ती अगि-अगि जानेहरू र पछ्याउनेहरूले चर्को सोरमा यसो भनेर जयजयकार गरे,
9 E aqueles que iam adiante e os que seguiam clamavam, dizendo: Hosana! Bendito o que vem em nome do Senhor!
10 “हाम्रा पिता दावीदको आउने राज्य धन्यको हो!”
10 Bendito o Reino do nosso pai Davi, que vem em nome do Senhor! Hosana nas alturas!
11 येशू यरूशलेममा आएर मन्दिरमा जानुभयो। उहाँले चारैतिर सबै कुरा हेर्नुभयो, तर अबेर भइसकेकोले उहाँ बाह्र जनासित बेथानीमा जानुभयो।
11 E Jesus entrou em Jerusalém, no templo, e, tendo visto tudo ao redor, como fosse já tarde, saiu para Betânia, com os doze.
12 भोलिपल्ट उहाँहरू बेथानीबाट निस्कँदैगर्दा येशू भोकाउनुभयो।
12 E, no dia seguinte, quando saíram de Betânia, teve fome.
13 केही पर पातले भरिएको एउटा अञ्जीरको रूख देखेर त्यसमा केही फल पाउने आशाले उहाँ त्यहाँ जानुभयो। उहाँ त्यसको छेउमा पुग्नुभएपछि पातहरूबाहेक केही पाउनुभएन। किनकि त्यो अञ्जीरको फल फल्ने समय थिएन।
13 Vendo de longe uma figueira que tinha folhas, foi ver se nela acharia alguma coisa; e, chegando a ela, não achou senão folhas, porque não era tempo de figos.
14 तब उहाँले त्यस रूखलाई भन्‍नुभयो, “अबदेखि तँबाट कसैले फल नखाओस्।” उहाँका चेलाहरूले उहाँले यसो भन्‍नुभएको सुनेका थिए।
14 E Jesus, falando, disse à figueira: Nunca mais coma alguém fruto de ti. E os seus discípulos ouviram isso.
15 यरूशलेम पुगेपछि येशू मन्दिरको इलाकामा प्रवेश गर्नुभयो; अनि त्यहाँ किनबेच गर्नेहरूलाई धपाउनुभयो। उहाँले पैसा साट्नेहरूका टेबुलहरू र परेवा बेच्नेहरूका बेन्चहरू पल्टाइदिनुभयो।
15 E vieram a Jerusalém; e Jesus, entrando no templo, começou a expulsar os que vendiam e compravam no templo; e derribou as mesas dos cambistas e as cadeiras dos que vendiam pombas.
16 अनि मन्दिरका चोकहरूबाट व्यापारका सामानहरू यताउता लान दिनुभएन।
16 E não consentia que ninguém levasse algum vaso pelo templo.
17 उहाँले तिनीहरूलाई सिकाउँदै भन्‍नुभयो, “यसो लेखिएको छ: ‘मेरो घर सबै जातिहरूका लागि प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले यसलाई ‘डाँकुहरूको ओडार’ बनाएका छौ।”
17 E os ensinava, dizendo: Não está escrito: A minha casa será chamada por todas as nações casa de oração? Mas vós a tendes feito covil de ladrões.
18 जब मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूले यो सुने, तब उहाँलाई मार्ने उपाय खोज्न थाले। किनकि सम्पूर्ण भीड उहाँका शिक्षामा छक्‍क परेका हुनाले तिनीहरू उहाँदेखि डराउँथे।
18 E os escribas e príncipes dos sacerdotes, tendo ouvido isso, buscavam ocasião para o matar; pois eles o temiam porque toda a multidão estava admirada acerca da sua doutrina.
19 साँझ परेपछि येशू र उहाँका चेलाहरू सहरबाहिर जानुभयो।
19 E, sendo já tarde, saiu para fora da cidade.
20 बिहान उहाँहरू जाँदै गर्दा त्यस अञ्जीरको रूखलाई उहाँहरूले जरैदेखि सुकेको देख्नुभयो!
20 E eles, passando pela manhã, viram que a figueira se tinha secado desde as raízes.
21 पत्रुसले सम्झँदै येशूलाई भने “हे गुरु, हेर्नुहोस्! तपाईंले श्राप दिनुभएको अञ्जीरको रूख त सुकेछ!”
21 E Pedro, lembrando-se, disse-lhe: Mestre, eis que a figueira que tu amaldiçoaste se secou.
22 येशूले जवाफ दिनुभयो, “परमेश्‍वरमा विश्‍वास राख।
22 E Jesus, respondendo, disse-lhes: Tende fé em Deus,
23 म तिमीहरूलाई साँच्‍चै भन्दछु, यदि कसैले यस पहाडलाई ‘जा, गएर आफूलाई समुद्रमा फ्याँक,’ भन्छ र आफ्नो हृदयमा शङ्का गर्दैन, तर उसले जे भनेको छ, त्यो पूरा हुन्छ भनेर विश्‍वास गर्‍यो भने यो उसको लागि गरिनेछ।
23 porque em verdade vos digo que qualquer que disser a este monte: Ergue-te e lança-te no mar, e não duvidar em seu coração, mas crer que se fará aquilo que diz, tudo o que disser lhe será feito.
24 यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले प्रार्थनामा जे माग्छौ, ती कुराहरू पाएका छौ भनी विश्‍वास गर, र ती तिमीहरूको हुनेछ।
24 Por isso, vos digo que tudo o que pedirdes, orando, crede que
25 अनि जब तिमीहरू प्रार्थनामा खडा हुन्छौ, यदि कसैको विरुद्धमा तिमीहरूको केही छ भने उसलाई क्षमा गरिदेओ, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका पापहरू क्षमा गरिदेऊन्।
25 E, quando estiverdes orando, perdoai, se tendes alguma coisa contra alguém, para que vosso Pai, que
26 तर तिमीहरूले क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका पापहरू क्षमा गर्नुहुनेछैन।”
26 Mas, se vós não perdoardes, também vosso Pai, que
27 उहाँहरू फेरि यरूशलेममा आइपुग्नुभयो, र येशू मन्दिरका चोकहरूमा हिँडिरहनुभएको बेला मुख्य पुजारीहरू, व्यवस्थाका शिक्षकहरू र प्रधानहरू उहाँकहाँ आए।
27 E tornaram a Jerusalém; e, andando ele pelo templo, os principais dos sacerdotes, e os escribas, e os anciãos se aproximaram dele
28 तिनीहरूले सोधे, “तिमीले कुन अधिकारले यी कुराहरू गरिरहेका छौ? अनि यी कुराहरू गर्न कसले तिमीलाई यो अधिकार दियो?”
28 e lhe disseram: Com que autoridade fazes tu estas coisas? Ou quem te deu tal autoridade para fazer estas coisas?
29 येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई एउटा प्रश्न सोध्छु। मलाई जवाफ देओ, र म तिमीहरूलाई म कसको अधिकारले यी कुराहरू गरिरहेको छु, सो तिमीहरूलाई भन्‍नेछु।
29 Mas Jesus, respondendo, disse-lhes: Também eu vos perguntarei uma coisa, e respondei-me; e, então, vos direi com que autoridade faço estas
30 यूहन्‍नाको बप्‍तिस्मा स्वर्गबाट थियो कि मानिसहरूबाट? मलाई भन!”
30 O batismo de João era do céu ou dos homens? Respondei-me.
31 तब तिनीहरूले आपसमा छलफल गरेर भने, “यदि हामीले ‘स्वर्गबाट’ भनौँ भने उनले हामीलाई ‘त्यसो भए तिमीहरूले उनीमाथि किन विश्‍वास गरेनौ?’ भनी भन्‍नेछन्।
31 E eles arrazoavam entre si, dizendo: Se dissermos: Do céu, ele nos dirá: Então, por que o não crestes?
32 तर यदि हामीले ‘मानिसहरूबाट’ भनौँ भने” (तिनीहरू मानिसहरूदेखि डराउँथे; किनकि हरेकले यूहन्‍नालाई साँच्‍चै अगमवक्ता भनी मान्थे।)
32 Se, porém, dissermos: Dos homens, tememos o povo, porque todos sustentavam que João, verdadeiramente, era profeta.
33 त्यसकारण तिनीहरूले येशूलाई जवाफ दिए, “हामी जान्दैनौँ।”
33 E, respondendo, disseram a Jesus: Não sabemos. E Jesus lhes replicou: Também eu vos não direi com que autoridade faço estas

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Marcos 11, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.