Marcos 10

npioncb (NPIONCB) vs NTLH

Sair da comparação
NTLH Nova Tradução na Linguagem de Hoje 2000
1 तब येशू त्यो ठाउँ छोडेर यहूदिया प्रदेशका इलाकाहरूमा र यर्दनपारि जानुभयो। फेरि मानिसहरूका भीड उहाँकहाँ आए, र आफ्नो रीतिअनुसार उहाँले तिनीहरूलाई सिकाउनुभयो।
1 Jesus saiu daquele lugar e foi para a região da Judeia que fica no lado leste do rio Jordão. Uma grande multidão se ajuntou outra vez em volta dele, e ele ensinava todos, como era o seu costume.
2 केही फरिसीहरूले उहाँलाई यसरी सोध्दै जाँच गरे, “के मानिसले आफ्नी पत्नीलाई त्याग्नु उचित हो?”
2 Alguns fariseus , querendo conseguir uma prova contra ele, perguntaram: — De acordo com a nossa
3 उहाँले जवाफ दिनुभयो, “मोशाले तिमीहरूलाई के आज्ञा दिए?”
3 Jesus respondeu com esta pergunta:
4 तिनीहरूले भने, “मोशाले मानिसलाई एउटा त्यागपत्र लेखेर आफ्नी पत्नीलाई छोड्ने अनुमति दिएका छन्।”
4 Eles responderam: — Moisés permitiu ao homem dar à sua esposa um documento de divórcio e mandá-la embora.
5 येशूले जवाफ दिनुभयो, “मोशाले तिमीहरूलाई यो व्यवस्था तिमीहरूको हृदयको कठोरताको कारणले गर्दा दिएका हुन्,
5 Então Jesus disse:
6 तर सृष्‍टिको आरम्भमा परमेश्‍वरले ‘तिनीहरूलाई पुरुष र स्त्री बनाउनुभयो।’
6 Mas no começo, quando foram criadas todas as coisas, foi dito: “Deus os fez homem e mulher.
7 ‘यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्नी पत्नीसित मिलिबस्छ,
7 Por isso o homem deixa o seu pai e a sua mãe para se unir com a sua mulher,
8 अनि ती दुई एउटै शरीर हुनेछन्।’ यसरी तिनीहरू अब दुई होइनन्, तर एउटै शरीर हुन्छन्।
8 e os dois se tornam uma só pessoa.” Assim, já não são duas pessoas, mas uma só.
9 यसकारण जसलाई परमेश्‍वरले एकसाथ जोड्नुभएको छ, मानिसले नछुट्याओस्।”
9 Portanto, que ninguém separe o que Deus uniu.
10 जब उहाँहरू घरभित्र हुनुहुन्थ्यो, तब चेलाहरूले येशूलाई यसबारे फेरि सोधे।
10 Quando já estavam em casa, os discípulos tornaram a fazer perguntas sobre esse assunto.
11 उहाँले जवाफ दिनुभयो, “जसले आफ्नी पत्नीलाई विवाह विच्छेद गरेर अर्की स्त्रीसँग विवाह गर्दछ, त्यसले उसको विरुद्धमा व्यभिचार गर्दछ।
11 E Jesus respondeu:
12 यदि कुनै स्त्रीले आफ्नो पतिसँग विवाह विच्छेद गरेर अर्को मानिससँग विवाह गर्दछे भने त्यसले व्यभिचार गर्दछे।”
12 E, se a mulher mandar o seu marido embora e casar com outro homem, ela também estará cometendo adultério.
13 मानिसहरूले साना बालबालिकाहरूलाई येशूले तिनीहरूलाई छोइदेऊन् भनेर उहाँकहाँ ल्याउँदैथिए; तर चेलाहरूले तिनीहरूलाई हप्काए।
13 Depois disso, algumas pessoas levaram as suas crianças a Jesus para que ele as abençoasse, mas os discípulos repreenderam aquelas pessoas.
14 यस्तो देखेर येशू रिसाउँदै तिनीहरूलाई भन्‍नुभयो, “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, र तिनीहरूलाई नरोक; किनकि परमेश्‍वरको राज्य यस्तैहरूका लागि हो।
14 Quando viu isso, Jesus não gostou e disse:
15 म तिमीहरूलाई साँच्‍चै भन्दछु, जसले परमेश्‍वरको राज्यलाई एउटा सानो बालकलेझैँ ग्रहण गर्दैन, ऊ कहिल्यै पनि त्यसमा प्रवेश गर्नेछैन।”
15 Eu afirmo a vocês que isto é verdade: quem não receber o Reino de Deus como uma criança nunca entrará nele.
16 अनि उहाँले बालबालिकाहरूलाई काखमा लिएर आफ्ना हात तिनीहरूमाथि राखेर तिनीहरूलाई आशिष् दिनुभयो।
16 Então Jesus abraçou as crianças e as abençoou, pondo as mãos sobre elas.
17 येशू जब बाटोमा जाँदैहुनुहुन्थ्यो, तब एक जना मानिस दगुर्दै आएर उहाँको सामु घुँडा टेक्यो र सोध्यो, “हे असल गुरु, मैले अनन्त जीवन प्राप्‍त गर्नलाई के गर्नुपर्छ?”
17 Quando Jesus estava saindo de viagem, um homem veio correndo, ajoelhou-se na frente dele e perguntou: — Bom Mestre, o que devo fazer para conseguir a vida eterna?
18 येशूले जवाफ दिनुभयो, “तिमी मलाई किन असल भन्दछौ? परमेश्‍वरबाहेक अरू कोही पनि असल छैन।
18 Jesus respondeu:
19 तिमीलाई आज्ञाहरू त थाहै छ: ‘तैँले हत्या नगर्नू, तैँले व्यभिचार नगर्नू, तैँले नचोर्नू, तैँले झूटो साक्षी नदिनू, तैँले नठग्नू, आफ्ना आमा र बुबाको आदर गर्नू।’ ”
19 Você conhece os mandamentos: “Não mate, não cometa adultério, não roube, não dê falso testemunho contra ninguém, não tire nada dos outros, respeite o seu pai e a sua mãe.”
20 त्यसले भन्यो, “गुरु, यी सबै त मैले मेरो बालककालदेखि नै गर्दैआएको छु।”
20 — Mestre, desde criança eu tenho obedecido a todos esses mandamentos! — respondeu o homem.
21 येशूले त्यसलाई हेरेर प्रेम गरी भन्‍नुभयो, “तिमीमा एउटै कुराको अभाव छ; जाऊ, तिमीसित भएका आफ्ना सबै कुरा बेचेर गरिबहरूलाई देऊ। अनि तिमीलाई स्वर्गमा धनसम्पत्ति प्राप्‍त हुनेछ। त्यसपछि आऊ, मेरो पछि लाग।”
21 Jesus olhou para ele com amor e disse:
22 यो सुनेर त्यो जवान मानिसको अनुहार उदास भयो। त्यो दुःखित भएर गइहाल्यो; किनकि ऊसँग धेरै सम्पत्ति थियो।
22 Quando o homem ouviu isso, fechou a cara; e, porque era muito rico, foi embora triste.
23 येशूले चारैतिर हेरेर आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “धनीहरूलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्न कति कठिन छ!”
23 Jesus então olhou para os seus discípulos, que estavam em volta dele, e disse:
24 उहाँका वचनहरूमा चेलाहरू छक्‍क परे, तर येशूले फेरि भन्‍नुभयो, “हे बालकहरू हो! परमेश्‍वरको राज्यमा प्रवेश गर्न कति कठिन छ!
24 Quando ouviram isso, os discípulos ficaram espantados, mas Jesus continuou:
25 कुनै धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नुभन्दा, बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।”
25 É mais difícil um rico entrar no Reino de Deus do que um camelo passar pelo fundo de uma agulha.
26 चेलाहरू झन् बढी छक्‍क परेर आपसमा भने, “त्यसो भए कसले उद्धार पाउन सक्छ त?”
26 Quando ouviram isso, os discípulos ficaram espantadíssimos e perguntavam uns aos outros: — Então, quem é que pode se salvar?
27 येशूले तिनीहरूतिर हेरेर भन्‍नुभयो, “मानिसका लागि यो असम्भव छ, तर परमेश्‍वरका लागि छैन; परमेश्‍वरका लागि सबै कुरा सम्भव छ।”
27 Jesus olhou para eles e disse:
28 पत्रुसले उहाँलाई भन्‍न थाले, “हामीले तपाईंलाई पछ्याउनलाई सबै कुरा त्यागेका छौँ।”
28 Aí Pedro disse: — Veja! Nós deixamos tudo e seguimos o senhor.
29 येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, आफ्नो घर अथवा दाजुभाइहरू वा दिदीबहिनीहरू अथवा आमा वा बुबा अथवा बालबच्‍चा अथवा जग्गाजमिन मेरा र सुसमाचारका निम्ति त्याग्नेहरू, जो कोहीले पनि,
29 Jesus respondeu:
30 सतावटका साथै यही युगमा तीभन्दा सय गुणा बढ्ता घरहरू, दाजुभाइहरू, दिदीबहिनीहरू, आमाहरू, बालबच्‍चाहरू र जग्गाजमिन, र यसकासाथै आउने युगमा अनन्त जीवन पनि प्राप्‍त गर्नेछ।
30 receberá muito mais, ainda nesta vida. Receberá cem vezes mais casas, irmãos, irmãs, mães, filhos, terras e também perseguições. E no futuro receberá a vida eterna.
31 तर धेरै जो पहिला छन्, ती पछिल्‍ला हुनेछन्; र धेरै जो पछिल्‍ला छन्, ती पहिला हुनेछन्।”
31 Muitos que agora são os primeiros serão os últimos, e muitos que agora são os últimos serão os primeiros.
32 उहाँहरू यरूशलेमतिर जाँदैहुनुहुन्थ्यो। येशू तिनीहरूका अगि-अगि हिँड्दैहुनुहुन्थ्यो; र चेलाहरू छक्‍क परेका थिए; अनि अरू पछि-पछि आउनेहरूचाहिँ डराएका थिए। उहाँले फेरि बाह्र जनालाई एकातिर लैजानुभयो र उहाँमाथि के हुनेछ, सो बताउनुभयो।
32 Jesus e os discípulos iam pela estrada, subindo para Jerusalém. Ele caminhava na frente, e os discípulos, espantados, iam atrás dele; as outras pessoas que iam com eles estavam com medo. Então Jesus chamou outra vez os discípulos para um lado e começou a falar sobre o que ia acontecer com ele. Jesus disse:
33 उहाँले भन्‍नुभयो, “हामी यरूशलेमतर्फ जाँदैछौँ; अनि मानिसको पुत्रलाई मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूका हातमा सुम्पिइनेछ। तिनीहरूले उसलाई मृत्युको दोषी ठहराउनेछन्, अनि गैरयहूदीहरूको हातमा सुम्पिदिनेछन्;
33 — Escutem! Nós estamos indo para Jerusalém, onde o
34 जसले उसलाई गिल्‍ला गर्नेछन्, थुक्नेछन्, कोर्रा लगाउनेछन् र अन्तमा मार्नेछन्। अनि तीन दिनपछि ऊ फेरि जीवित भई उठ्नेछ।”
34 Estes vão zombar dele, cuspir nele, bater nele e matá-lo; mas três dias depois ele ressuscitará.
35 तब जब्दीका छोराहरू, याकोब र यूहन्‍ना, उहाँकहाँ आएर भने, “हे गुरु, हामी तपाईंसँग जे माग्छौँ, त्यो तपाईंले हाम्रा निम्ति गर्नुभएको हामी चाहन्छौँ।”
35 Depois Tiago e João, filhos de Zebedeu, chegaram perto de Jesus e disseram: — Mestre, queremos lhe pedir um favor.
36 उहाँले सोध्नुभयो, “म तिमीहरूका लागि के गरूँ भनी तिमीहरू चाहन्छौ?”
36 — O que vocês querem que eu faça para vocês? — perguntou Jesus.
37 तिनीहरूले जवाफ दिए, “तपाईं महिमामा आउँदा हामीमध्ये एक जना तपाईंको दाहिनेतिर र अर्कोचाहिँ देब्रेतिर बस्‍न चाहन्छौँ।”
37 Eles responderam: — Quando o senhor sentar-se no trono do seu
38 तर येशूले भन्‍नुभयो, “तिमीहरूले के मागिरहेका छौ, त्यो जान्दैनौ। के मैले पिउने कष्‍टको कचौरा तिमीहरू पिउन सक्छौ? अथवा जुन कष्‍टको बप्‍तिस्मा म लिनेछु, त्यो तिमीहरूले लिन सक्छौ?”
38 Jesus respondeu:
39 तिनीहरूले जवाफ दिए, “हामी सक्छौँ।”
39 Eles disseram: — Podemos. Então Jesus disse:
40 तर मेरो दाहिने अथवा देब्रेतिर बस्‍नदिने अधिकारचाहिँ मेरो होइन। यी ठाउँहरू त तिनीहरूका निम्ति हुन्, जसका लागि ती तयार पारिएका छन्।”
40 Mas eu não tenho o direito de escolher quem vai sentar à minha direita e à minha esquerda. Pois foi Deus quem preparou esses lugares e ele os dará a quem quiser.
41 जब ती दश जनाले यस विषयमा सुने, तिनीहरू याकोब र यूहन्‍नासित रिसाए।
41 Quando os outros dez discípulos ouviram isso, começaram a ficar zangados com Tiago e João.
42 येशूले ती सबैलाई एकसाथ बोलाएर भन्‍नुभयो, “तिमीहरू जान्दछौ कि यस संसारले ठहराइएका शासकहरूले तिनीहरूमाथि प्रभुत्व गर्छन्। अनि तिनीहरूका उच्‍च अधिकारीहरूले तिनीहरूमाथि अधिकार चलाउँछन्।
42 Então Jesus chamou todos para perto de si e disse:
43 तिमीहरूमा चाहिँ यस्तो हुनुहुँदैन; बरु तिमीहरूमध्ये जो ठूलो हुन चाहन्छ, त्यो तिमीहरूको सेवक हुनुपर्छ।
43 Mas entre vocês não pode ser assim. Pelo contrário, quem quiser ser importante, que sirva os outros,
44 अनि तिमीहरूमध्ये जो श्रेष्‍ठ हुन चाहन्छ, त्यो सबैको सेवक हुनैपर्छ।
44 e quem quiser ser o primeiro, que seja o escravo de todos.
45 किनकि मानिसको पुत्र सेवा पाउनलाई होइन, तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिनको लागि आएको हो।”
45 Porque até o
46 तब उहाँहरू यरीहोमा आउनुभयो। येशू र उहाँका चेलाहरू एउटा ठूलो भीडको साथमा सहरदेखि बाहिर आउँदैगर्नुहुँदा एक जना दृष्‍टिविहीन मानिस तिमैको छोरा बारतिमै बाटोको छेउमा माग्दै बसिरहेको थियो।
46 Jesus e os discípulos chegaram à cidade de Jericó. Quando ele estava saindo da cidade, com os discípulos e uma grande multidão, encontrou um cego chamado Bartimeu, filho de Timeu. O cego estava sentado na beira do caminho, pedindo esmola.
47 जब उसले नासरतको येशू हुनुहुन्छ भन्‍ने सुन्यो, तब त्यो यसो भन्दै चिच्याउन थाल्यो, “हे येशू, दावीदका पुत्र, ममाथि दया गर्नुहोस्!”
47 Quando ouviu alguém dizer que era Jesus de Nazaré que estava passando, o cego começou a gritar: — Jesus,
48 धेरैले त्यसलाई हप्काएर चुप लाग् भने, तर त्यो त झन् चर्को सोरमा करायो, “हे दावीदका पुत्र, ममाथि दया गर्नुहोस्!”
48 Muitas pessoas o repreenderam e mandaram que ele calasse a boca, mas ele gritava ainda mais: — Filho de Davi, tenha pena de mim!
49 येशू अडिनुभयो, र भन्‍नुभयो, “त्यसलाई बोलाओ।”
49 Então Jesus parou e disse: Eles chamaram e lhe disseram: — Coragem! Levante-se porque ele está chamando você!
50 आफ्नो वस्त्र एकातिर फ्याँकेर त्यो जुरुक्‍क उठेर आफ्नो खुट्टामा उभियो र येशूकहाँ आयो।
50 Então Bartimeu jogou a sua capa para um lado, levantou-se depressa e foi até o lugar onde Jesus estava.
51 येशूले त्यसलाई सोध्नुभयो, “मैले तिम्रा लागि के गरूँ भनी तिमी चाहन्छौ?”
51 — O que é que você quer que eu faça? — perguntou Jesus. — Mestre, eu quero ver de novo! — respondeu ele.
52 येशूले भन्‍नुभयो, “जाऊ, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।” तुरुन्तै त्यसले आफ्नो दृष्‍टि पायो, र बाटोभरि येशूको पछि-पछि लाग्यो।
52 — Vá; você está curado porque teve fé! — afirmou Jesus. No mesmo instante, Bartimeu começou a ver de novo e foi seguindo Jesus pelo caminho.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Marcos 10, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.