Levítico 20
npioncb (NPIONCB) vs VC
1 याहवेहले मोशालाई भन्नुभयो,
1 O Senhor disse a Moisés: "Dirás aos israelitas:
2 “इस्राएलीहरूलाई भन्: ‘आफ्ना छोराछोरीहरू मोलेखलाई चढाउने कुनै इस्राएली अथवा इस्राएलमा बस्ने कुनै पनि परदेशी मारिनुपर्छ। समुदायका मानिसहरूले त्यसलाई ढुङ्गाले हानून्।
2 todo israelita ou estrangeiro que habita em Israel e que sacrificar um de seus filhos a Moloc, será punido de morte. O povo da terra o apedrejará.
3 म आफ्नो अनुहार त्यस मानिसको विरुद्धमा पार्नेछु। अनि म त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गर्नेछु; किनकि त्यसले आफ्ना छोराछोरीहरू मोलेखलाई दिएर मेरो पवित्रस्थान बिटुलो पारेको छ। अनि मेरो पवित्र नामलाई अपवित्र तुल्याएको छ।
3 Eu voltarei o meu rosto contra ele e o cortarei do meio de seu povo, porque manchou o meu santuário e profanou o meu santo nome, dando um de seus filhos a Moloc.
4 यदि समुदायका मानिसहरूले कुनै मानिसले आफ्ना छोराछोरीहरू मोलेख देवतालाई बलि चढाउँदा नदेखेझैँ गरे, र त्यसलाई मारेनन् भने,
4 Se o povo da terra não se importar por esse homem ter dado um de seus filhos a Moloc, e se não o matar,
5 म आफ्नो अनुहार त्यस मानिस र त्यसको परिवारको विरुद्धमा पार्नेछु। अनि म त्यसलाई र आफैँलाई मोलेखसित व्यभिचार गर्न त्यसको पछि-पछि लाग्ने सबैलाई तिनीहरूका मानिसदेखि बहिष्कार गर्नेछु।
5 eu voltarei meu rosto contra ele e contra a sua família, e o cortarei do meio de seu povo com todos aqueles que se prostituem como ele, prestando culto a Moloc.
6 “ ‘जो व्यक्ति जोखना हेर्नेहरू र तन्त्रमन्त्र गर्नेहरूका पछि लागेर आफैँलाई वेश्यावृत्तिमा लगाउँछ, त्यसदेखि म आफ्नो अनुहार लुकाउनेछु। अनि म त्यसलाई त्यसका मानिसहरूको बीचबाट बहिष्कार गर्नेछु।
6 Se alguém se dirigir aos espíritas ou aos adivinhos para fornicar com eles, voltarei meu rosto contra esse homem e o cortarei do meio de seu povo.
7 “ ‘यसकारण आफैँलाई अर्पण गरेर पवित्र होओ। किनकि म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।
7 Santificai-vos, e sede santos, porque eu sou o Senhor, vosso Deus.
8 मेरा उर्दीहरू पालन गर्नू; अनि तिनैलाई अनुसरण गर्नू। तिमीहरूलाई पवित्र पार्ने याहवेह म नै हुँ।
8 Observai minhas leis e praticai-as. Eu sou o Senhor que vos santifico.
9 “ ‘यदि कसैले आफ्ना बुबालाई अथवा आमालाई सराप्छ भने त्यो मारियोस्। किनकि त्यसले आफ्नो बुबा वा आमालाई सरापेको छ; अनि त्यसको रगत त्यसकै शिरमाथि परोस्।
9 Quem amaldiçoar o pai ou a mãe será punido de morte. Amaldiçoou o seu pai ou a sua mãe: levará a sua culpa.
10 “ ‘यदि कुनै मानिसले आफ्नो छिमेकीको पत्नीसित व्यभिचार गर्छ भने त्यो व्यभिचारी र व्यभिचारिणी दुवै मारियोस्।
10 Se um homem cometer adultério com uma mulher casada, com a mulher de seu próximo, o homem e a mulher adúltera serão punidos de morte.
11 “ ‘यदि कुनै मानिसले आफ्नो बुबाको पत्नीसित सहवास गर्यो भने त्यसले आफ्नो बुबाको अपमान गरेको छ। त्यो मानिस र स्त्री दुवै मारियोस्। तिनीहरूका रगत तिनीहरूकै आफ्नै शिरमाथि परोस्।
11 Se um homem dormir com a mulher de seu pai, descobrindo assim a nudez de seu pai, serão ambos punidos de morte; levarão a sua culpa.
12 “ ‘यदि कुनै मानिसले आफ्नी बुहारीसित सहवास गर्यो भने ती दुवै मारिऊन्। तिनीहरूले जे गरेका छन्, त्यो अभद्र व्यवहार हो। तिनीहरूका रगत तिनीहरूकै शिरमाथि परोस्।
12 Se um homem dormir com a sua nora, serão ambos punidos de morte; isso é uma ignomínia, e eles levarão a sua culpa.
13 “ ‘यदि कुनै मानिसले स्त्रीसँग सहवास गरेझैँ कुनै पुरुषसित सहवास गर्यो भने त्यो घृणित काम हो; तिनीहरू मारिनैपर्छ। तिनीहरूको अपराध तिनीहरूकै शिरमाथि परोस्।
13 Se um homem dormir com outro homem, como se fosse mulher, ambos cometerão uma coisa abominável. Serão punidos de morte e levarão a sua culpa.
14 “ ‘यदि कुनै मानिसले आमा र छोरी दुवैलाई विवाह गर्छ भने त्यो दुष्टता हो। त्यसलाई ती दुवैसँग आगोमा जलाइनुपर्छ, ताकि तिमीहरूका बीचमा कुनै दुष्टता नरहोस्।
14 Se um homem tomar por mulheres a filha e a mãe, cometerá um crime. Serão queimados no fogo, ele e elas, para que não haja tal crime no meio de vós.
15 “ ‘यदि कुनै मानिसले पशुसित सहवास गरेको छ भने त्यो मारियोस्। अनि तिमीहरूले त्यस पशुलाई पनि मार्नैपर्छ।
15 Se um homem tiver comércio com um animal, será punido de morte, e matareis também o animal.
16 “ ‘यदि कुनै स्त्री सहवासको निम्ति कुनै पशुकहाँ जान्छे भने त्यो स्त्री र पशु दुवै मारिनैपर्छ। निश्चय नै तिनीहरू मारिनैपर्छ। तिनीहरूका रगत तिनीहरूकै शिरमाथि परोस्।
16 Se uma mulher se aproximar de um animal para se prostituir com ele, será morta juntamente com o animal. Serão mortos, e levarão a sua iniqüidade.
17 “ ‘यदि कुनै मानिसले आफ्नी बहिनी अर्थात् आफ्नो बुबा वा आमाकी छोरीलाई विवाह गर्छ र त्यससित सहवास गर्छ भने त्यो अपराध हो। त्यो आफ्ना मानिसहरूका दृष्टिमा बहिष्कृत हुनैपर्छ। त्यसले आफ्नी बहिनीको अपमान गरेको छ, र त्यो जिम्मेवार ठहराइनेछ।
17 Se um homem tomar a sua irmã, filha de seu pai ou de sua mãe, e vir a sua nudez, e ela vir a sua, isso é uma coisa infame. Serão exterminados sob os olhos de seus compatriotas: descobriu a nudez de sua irmã; levará a sua iniqüidade.
18 “ ‘यदि कुनै मानिसले स्त्रीसित त्यसको रजस्वलाको समयमा सहवास गर्यो भने त्यसले उसको रक्तस्रावको मूललाई उदाङ्गो बनाएको छ। अनि त्यसले पनि त्यो खोलिदिएकी छे। ती दुवै आफ्ना मानिसहरूबाट बहिष्कृत हुनुपर्छ।
18 Se um homem dormir com uma mulher durante o tempo de sua menstruação e vir a sua nudez, descobrindo o seu fluxo e descobrindo-o ela mesma, serão ambos cortados do meio de seu povo.
19 “ ‘आफ्नी आमाकी अथवा बुबाकी दिदीबहिनीसित सहवास नगर्नू। किनकि त्यसद्वारा आफ्नो नजिकको नातेदारको अपमान हुनेछ। तिमीहरू दुवै त्यसको जिम्मेवार हुनेछौ।
19 Não descobrirás a nudez da irmã de tua mãe, nem da irmã de teu pai, porque descobrirás a sua carne; levarão sua iniqüidade.
20 “ ‘यदि कुनै मानिसले आफ्नी काकी अथवा ठूली आमासित सहवास गर्यो भने त्यसले काका अथवा ठूलो बुबाको अपमान गर्छ। तिनीहरू त्यस पापको जिम्मेवार हुनेछन्; र तिनीहरू निःसन्तान भई मर्नेछन्।
20 Se um homem se deitar com sua tia, ele descobrirá a nudez de seu tio; levarão a sua iniqüidade, e morrerão sem filhos.
21 “ ‘यदि कुनै मानिसले आफ्नो दाजु वा भाइकी पत्नीलाई विवाह गर्यो भने त्यो अशुद्ध काम हो। त्यसले आफ्ना दाजुभाइको अपमान गरेको छ। तिनीहरू निःसन्तान हुनेछन्।
21 Se um homem tomar a mulher de seu irmão, será uma impureza; ofenderá a honra de seu irmão: não terão filhos.
22 “ ‘मेरा सबै उर्दीहरू र नियमहरू पालन गरेर त्यसको अनुसरण गर्नू, ताकि मैले तिमीहरूलाई बसोबास गर्न जुन ठाउँमा लैजाँदैछु, त्यसले तिमीहरूलाई नत्यागोस्।
22 Observareis todas as minhas leis e meus mandamentos e os praticareis, a fim de que não vos vomite a terra aonde vos conduzo para aí habitar.
23 मैले तिमीहरूको सामुबाट धपाइदिन लागेको जातिहरूका रीतिअनुसार नचल्नू। यसैकारण मैले तिनीहरूलाई घृणा गरेँ।
23 Não seguireis os costumes da nação que eu expulsar de diante de vós, porque fizeram todas essas coisas e eu as abominei.
24 तर मैले तिमीहरूलाई भनेको छु, “तिमीहरूले तिनीहरूको देश अधिकार गर्न पाउनेछौ। म त्यसलाई अर्थात् दूध र मह बग्ने देशलाई अधिकारस्वरूप तिमीहरूलाई दिनेछु।” म याहवेह नै तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई अरू जातिहरूबाट अलग गरेको छु।
24 Eu vos disse: possuireis essa terra, a qual vos darei em possessão, terra que mana leite e mel. Eu sou o Senhor, vosso Deus, que vos separei dos outros povos.
25 “ ‘यसकारण तिमीहरूले शुद्ध र अशुद्ध पशुहरूको बीचमा अनि शुद्ध र अशुद्ध पक्षीहरूको बीचमा भिन्नता राख्नुपर्छ। जमिनमा हिँड्ने र मैले तिमीहरूका निम्ति अशुद्ध भनी अलग गरेको जुनसुकै पशु अथवा पक्षी—केही कुराद्वारा तिमीहरूले आफूलाई अशुद्ध नतुल्याउनू।
25 Fareis a distinção entre animais puros e impuros, entre as aves puras e impuras, e não vos torneis abomináveis por causa de animais, de aves ou de animais que se arrastam sobre a terra, como vos ensinei a distinguir como impuros.
26 तिमीहरू पवित्र हुनैपर्छ। किनकि म याहवेह पवित्र छु। मैले तिमीहरूलाई मेरा आफ्नै बनाउनलाई अरू जातिहरूबाट अलग पारेको छु।
26 Sereis para mim santos, porque eu, o Senhor, sou santo; e vos separei dos outros povos para que sejais meus.
27 “ ‘तिमीहरूका बीचमा भएको कुनै पुरुष अथवा स्त्रीले तन्त्रमन्त्र गर्नेझैँ मध्यस्थको अथवा तन्त्रमन्त्रको काम गर्यो भने त्यो मारिनैपर्छ। तिमीहरूले तिनीहरूलाई ढुङ्गाले हिर्काएर मार्नू। तिनीहरूको रगत तिनीहरूका आफ्नै शिरमाथि परोस्।’ ”
27 Qualquer homem ou mulher que evocar os espíritos ou fizer adivinhações, será morto. Serão apedrejados, e levarão sua culpa".
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Levítico 20, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.