Levítico 18

npioncb (NPIONCB) vs VC

Sair da comparação
VC Versão Católica
1 याहवेहले मोशालाई भन्‍नुभयो,
1 O Senhor disse a Moisés:
2 “इस्राएलीहरूसित कुरा गरेर तिनीहरूलाई भन्: ‘म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।
2 "Dize aos israelitas o seguinte: eu sou o Senhor, vosso Deus.
3 तिमीहरूले प्रवास गरेको इजिप्टियनहरूले गरेका कामहरूझैँ नगर। अब म तिमीहरूलाई कनान देशमा लैजाँदैछु। यसकारण त्यहाँका मानिसहरूले गर्ने कामहरूझैँ नगर। तिनीहरूका विधि-विधानहरूलाई नपछ्याऊ।
3 Não procedereis conforme os costumes do Egito onde habitastes, ou de Canaã aonde vos conduzi: não seguireis seus costumes.
4 तिमीहरूले मेरा विधि-विधानहरू पालन गर्नू। अनि मेरा उर्दीहरू होशियारीसाथ पालन गर्नू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।
4 Praticareis meus preceitos e observareis minhas leis, e a elas obedecereis. Eu sou o Senhor, vosso Deus.
5 मेरा उर्दी र आज्ञाहरू पालन गर्नू। किनकि ती पालन गर्ने मानिस त्यसैद्वारा जिउनेछ; म नै याहवेह हुँ।
5 Observareis meus preceitos e minhas leis: o homem que o observar viverá por eles. Eu sou o Senhor.
6 “ ‘तिमीहरूमध्ये कसैले पनि आफ्नो नजिकको नातेदारसँग सहवास नगर्नू; म नै याहवेह हुँ।
6 Nenhum de vós se achegará àquela que lhe é próxima por sangue, para descobrir sua nudez. Eu sou o Senhor.
7 “ ‘आफ्नी आमासित सहवास गरेर आफ्ना बुबाको अपमान नगर्नू। त्यो तेरी आमा हो; त्यससित यस्तो सम्बन्ध नराख्नू।
7 Não descobrirás a nudez de teu pai, nem a de tua mãe. Ela é tua mãe: não descobrirás a sua nudez.
8 “ ‘तैँले आफ्नो बुबाको पत्नीसित सहवास नगर्नू; त्यसो गर्नाले तैँले आफ्ना बुबाको अपमान गर्छस्।
8 Não descobrirás a nudez da mulher de teu pai: é a nudez de teu pai.
9 “ ‘आफ्नी बहिनीसित अर्थात् आफ्ना बुबाको छोरी वा आमाकी छोरी, चाहे त्यो एउटै घरमा वा कहीँकतै जन्मेकी होस्, त्यससित सहवास नगर्नू।
9 Nem a de tua irmã, filha de teu pai ou de tua mãe, nascida na casa ou fora dela.
10 “ ‘आफ्नो छोराको छोरीसित अथवा आफ्नी छोरीकी छोरीसित सहवास नगर्नू; त्यसले तेरो अपमान हुनेछ।
10 Não descobrirás a nudez da filha de teu filho ou da filha de tua filha, porque é tua nudez.
11 “ ‘आफ्नी सौतेनी आमापट्टिबाट तेरा बुबाद्वारा जन्मिएकी छोरीसित सहवास नगर्नू; त्यो तेरी बहिनी हो।
11 Nem a da filha da mulher de teu pai, nascida de teu pai: é tua irmã.
12 “ ‘आफ्ना बुबाको दिदीबहिनीसित सहवास नगर्नू; त्यो तेरा बुबाका नजिकको नातेदार हो।
12 Não descobrirás a nudez da irmã de teu pai: ela é da mesma carne que teu pai.
13 “ ‘आफ्नी आमाकी दिदीबहिनीसित सहवास नगर्नू; किनकि त्यो तेरी आमाकी नजिकको नातेदार हो।
13 Nem a da irmã de tua mãe; porque ela é da mesma carne que tua mãe.
14 “ ‘आफ्ना बुबाको भाइकी पत्नीकहाँ सहवासको लागि गएर काकाको अपमान नगर्नू; त्यो तेरी काकी हो।
14 Não descobrirás a nudez do irmão de teu pai, aproximando-te de sua mulher: é tua tia.
15 “ ‘आफ्नी बुहारीसित सहवास नगर्नू। त्यो तेरो छोराकी पत्नी हो; त्यससित यस्तो सम्बन्ध नराख्नू।
15 Não descobrirás a nudez de tua nora: é a mulher de teu filho. Não descobrirás, pois, a sua nudez.
16 “ ‘आफ्नो भाउजूसित सहवास नगर्नू; त्यसले तेरो दाजुको अपमान हुनेछ।
16 Nem a da mulher de teu irmão: é a nudez de teu irmão.
17 “ ‘कुनै स्त्री र त्यसकी छोरी दुवैसित सहवास नगर्नू। त्यसका छोराकी छोरीसित अथवा त्यसकी छोरीकी छोरीसित सहवास नगर्नू; ती नजिकका नातेदार हुन्। त्यो त दुष्‍टता हो।
17 Não descobrirás a nudez de uma mulher e de sua filha, e não tomarás a filha de seu filho, nem a filha de sua filha, para descobrir a sua nudez: elas são tuas próximas parentas, e isso seria um crime.
18 “ ‘आफ्नी पत्नीको जीवनकालमा त्यसकी दिदी वा बहिनीलाई सौता ल्याएर सहवास नगर्नू।
18 Não tomarás a irmã de tua mulher, de modo que lhe seja um rival, descobrindo a sua nudez com a de tua mulher durante a sua vida.
19 “ ‘कुनै स्त्रीको रजस्वलाको अशुद्धिमा त्यस स्त्रीकहाँ सहवासको लागि नजानू।
19 Não te achegarás a uma mulher durante a sua menstruação para descobrir a sua nudez.
20 “ ‘आफ्नो छिमेकीको पत्नीसित सहवास गरेर आफूलाई अपवित्र नबनाउनू।
20 Não terás comércio com a mulher de teu próximo: contaminar-te-ias com ela.
21 “ ‘आफ्ना सन्तानलाई मोलेखको निम्ति बलिदान गर्न नदिनू। किनकि तिमीहरूले आफ्ना परमेश्‍वरको नाम अपवित्र तुल्याउनु हुँदैन। म नै याहवेह हुँ।
21 Não darás nenhum de teus filhos para ser sacrificado a Moloc; e não profanarás o nome de teu Deus. Eu sou o Senhor.
22 “ ‘स्त्रीहरूसँगझैँ पुरुषसँग सहवास नगर्नू; त्यो त घृणित कार्य हो।
22 Não te deitarás com um homem, como se fosse mulher: isso é uma abominação.
23 “ ‘कुनै पशुसित सहवास गरेर आफूलाई त्यससित अपवित्र नतुल्याउनू। कुनै स्त्रीले पनि सहवासका निम्ति पशुकहाँ नजानू; त्यो त अस्वभाविक भ्रष्‍टता हो।
23 Não terás comércio com um animal, para te contaminares com ele. Uma mulher não se prostituirá a um animal: isso é uma abominação.
24 “ ‘तिमीहरूले यी कुराहरूमध्ये कुनैमा पनि आफूलाई अपवित्र नतुल्याउनू। किनकि तिमीहरूको सामु म जुन जातिहरूलाई बाहिर धपाउँदैछु, तिनीहरू यस्तै किसिमले आफूलाई अपवित्र बनाए।
24 Não vos contamineis com nenhuma dessas coisas, porque é assim que se contaminaram as nações que vou expulsar diante de vós.
25 त्यो देशसमेत अपवित्र भयो। यसकारण मैले तिनीहरूका पापका निम्ति तिनीहरूलाई दण्ड दिएँ। अनि त्यस देशले आफ्ना देशवासीहरूलाई ओकलेर फालिदियो।
25 A terra está contaminada; punirei suas iniqüidades e a terra vomitará seus habitantes.
26 तर तिमीहरूले मेरा उर्दी र आज्ञाहरू पालन गर्नू। स्वदेशमा जन्मेका अथवा तिमीहरूसित बस्‍ने परदेशीहरूले यस्ता घिनलाग्दा कुनै पनि काम नगर्नू।
26 Vós, porém, observareis minhas leis e minhas ordens, e não cometereis nenhuma dessas abominações, tanto o aborígine como o estrangeiro que habita no meio de vós,
27 किनकि यी घिनलाग्दा काम तिमीहरूभन्दा अगि त्यस ठाउँमा बस्‍ने मानिसहरूले गरेका थिए, र देश अपवित्र भयो।
27 porque todas essas abominações cometeram os habitantes da terra que vos precederam, e a terra está contaminada.
28 अनि यदि तिमीहरूले देशलाई अपवित्र तुल्यायौ भने त्यसले तिमीहरूभन्दा पहिलेका जातिहरूलाई ओकलेर फालिदिएझैँ, तिमीहरूलाई पनि ओकलेर फालिदिनेछ।
28 Desse modo a terra não vos vomitará por havê-la contaminado, como vomitou os povos que a habitaram antes de vós.
29 “ ‘यदि कसैले यीमध्ये कुनै घृणित काम गर्‍यो भने त्यो आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस्।
29 Todos aqueles, com efeito, que cometerem qualquer dessas abominações, serão cortados do meio de seu povo.
30 मैले राखेका विधिहरू पूरा गर्नू। अनि तिमीहरू आउनुभन्दा पहिले गरिएका घिनलाग्दा रीतिको अनुसरण नगर्नू। तिमीहरूले त्यस्ता कुराहरूसित आफूलाई अपवित्र नतुल्याउनू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।’ ”
30 Guardareis, pois, os meus mandamentos, e não seguireis nenhum dos costumes abomináveis que se praticavam antes de vós, e não vos contaminareis por eles. Eu sou o Senhor, vosso Deus."

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Levítico 18, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.