Lucas 23

npioncb (NPIONCB) vs NVI

Sair da comparação
NVI Nova Versão Internacional
1 त्यसपछि सभाका सम्पूर्ण सदस्यहरू उठेर उहाँलाई पिलातसकहाँ लगे।
1 Então toda a assembléia levantou-se e o levou a Pilatos.
2 तिनीहरूले उहाँलाई यसो भनेर दोष लगाउन थाले, “यस मानिसले हाम्रो राष्ट्रलाई नै बहकाउँदै गरेको हामीले भेट्टायौँ। यसले सिजरलाई कर तिर्ने कुराको विरोध गर्छ र आफैँलाई ‘ख्रीष्‍ट, राजा हुँ’ भनी भन्छ।”
2 E começaram a acusá-lo, dizendo: "Encontramos este homem subvertendo a nossa nação. Ele proíbe o pagamento de imposto a César e se declara ele próprio o Cristo, um rei".
3 तब पिलातसले येशूलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?”
3 Pilatos perguntou a Jesus: "Você é o rei dos judeus? " "Tu o dizes", respondeu Jesus.
4 त्यसपछि पिलातसले मुख्य पुजारीहरू र भीडलाई घोषणा गरिदिए, “यस मानिसलाई दोष लगाउन म केही आधार भेट्दिनँ।”
4 Então Pilatos disse aos chefes dos sacerdotes e à multidão: "Não encontro motivo para acusar este homem".
5 तर तिनीहरूले जिद्दी गरिरहे, “यसले आफ्नो शिक्षाद्वारा सारा यहूदिया प्रदेशका मानिसहरूलाई भड्काउँछ। यो गालील प्रदेशदेखि सुरु गरेर यहाँसम्म आइपुगेको छ।”
5 Mas eles insistiam: "Ele está subvertendo o povo em toda a Judéia com os seus ensinamentos. Começou na Galiléia e chegou até aqui".
6 यति सुनेपछि पिलातसले कतै उहाँ गालीलको पो हुनुहुन्छ कि भनी सोधपुछ गरे।
6 Ouvindo isso, Pilatos perguntou se Jesus era galileu.
7 जब तिनले येशू हेरोदको अधिकार क्षेत्रका हुनुहुन्छ भन्‍ने थाहा पाए, तब तिनले उहाँलाई हेरोदकहाँ पठाए। हेरोद पनि त्यस बेला यरूशलेममा नै थिए।
7 Quando ficou sabendo que ele era da jurisdição de Herodes, enviou-o a Herodes, que também estava em Jerusalém naqueles dias.
8 येशूलाई देखेर हेरोद अत्यन्तै खुशी भए; किनकि तिनले धेरै दिनदेखि उहाँलाई हेर्न इच्छा गरिरहेका थिए। तिनले उहाँका विषयमा जे-जे सुनेका थिए, त्यसअनुसार उहाँद्वारा केही अलौकिक चिन्हहरू भएको हेर्न तिनले आशा राखेका थिए।
8 Quando Herodes viu Jesus, ficou muito alegre, porque havia muito tempo queria vê-lo. Pelo que ouvira falar dele, esperava vê-lo realizar algum milagre.
9 तिनले उहाँलाई धेरै प्रश्नहरू सोधे, तर येशूले तिनलाई केही जवाफ दिनुभएन।
9 Interrogou-o com muitas perguntas, mas Jesus não lhe deu resposta.
10 मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरू, उहाँकहाँ बडो जोडतोडका साथ दोष लगाउँदै त्यहाँ उभिरहेका थिए।
10 Os chefes dos sacerdotes e os mestres da lei estavam ali, acusando-o com veemência.
11 हेरोद र तिनका सिपाहीहरूले उहाँको निन्दा र गिल्‍ला गरे। तिनीहरूले उहाँलाई राजकीय वस्त्र लगाइदिएर पिलातसकहाँ नै फिर्ता पठाइदिए।
11 Então Herodes e os seus soldados ridicularizaram-no e zombaram dele. Vestindo-o com um manto esplêndido, mandaram-no de volta a Pilatos.
12 त्यस दिन हेरोद र पिलातस आपसमा मित्र बने; यसभन्दा अगि तिनीहरूमा शत्रुता थियो।
12 Herodes e Pilatos, que até ali eram inimigos, naquele dia tornaram-se amigos.
13 पिलातसले मुख्य पुजारीहरू, शासकहरू र जनतालाई एकसाथ बोलाए,
13 Pilatos reuniu os chefes dos sacerdotes, as autoridades e o povo,
14 र तिनीहरूलाई भने, “तिमीहरूले यी मानिसलाई जनतालाई विद्रोह गर्न भड्काउने मानिस भन्दै मकहाँ ल्यायौ। मैले तिमीहरूकै सामु यिनको जाँच गरेँ। अनि यिनको विरुद्धमा तिमीहरूले लगाएका दोषको लागि मैले केही आधार भेट्टाएको छैनँ।
14 dizendo-lhes: "Vocês me trouxeram este homem como alguém que estava incitando o povo à rebelião. Eu o examinei na presença de vocês e não achei nenhuma base para as acusações que fazem contra ele.
15 हेरोदले पनि केही दोष भेट्टाएनन्। तिनले पनि यिनलाई हामीकहाँ नै फिर्ता पठाइदिए। तिमीहरूले देखेकै छौ कि मृत्युदण्ड पाउने योग्यको कुनै काम यिनले गरेका छैनन्।
15 Nem Herodes, pois ele o mandou de volta para nós. Como podem ver, ele nada fez que mereça a morte.
16 त्यसकारण म यिनलाई सजाय दिएर छोडिदिनेछु।”
16 Portanto, eu o castigarei e depois o soltarei.
17 चाडको उपलक्ष्यमा तिनीहरूका निम्ति पिलातसले एक जनालाई छोडिदिनुपर्थ्यो।
17 Ele era obrigado a soltar-lhes um preso durante a festa".
18 त्यो भीडले एकै सोरमा चिच्याउँदै भन्यो, “यसलाई हटाउनुहोस्! हाम्रा निम्ति बारब्बालाई छोडिदिनुहोस्!”
18 A uma só voz eles gritaram: "Acaba com ele! Solta-nos Barrabás! "
19 (बारब्बाचाहिँ सहरमा भएको एउटा विद्रोह र हत्याको मुद्दामा झ्यालखानामा थुनिएको थियो।)
19 ( Barrabás havia sido lançado na prisão por causa de uma insurreição na cidade e por assassinato. )
20 येशूलाई छोडिदिने इच्छा गरेर पिलातसले भीडलाई फेरि अनुरोध गरे।
20 Desejando soltar a Jesus, Pilatos dirigiu-se a eles novamente.
21 तर तिनीहरू यसो भन्दै चिच्याइरहे, “त्यसलाई क्रूसमा टाँग्नुहोस्! त्यसलाई क्रूसमा टाँग्नुहोस्!”
21 Mas eles continuaram gritando: "Crucifica-o! Crucifica-o! "
22 तिनले तेस्रोपल्ट तिनीहरूलाई भने: “किन? यी मानिसले के अपराध गरेका छन् र? मैले यिनमा मृत्युदण्डका निम्ति कुनै कारण भेट्टाइनँ। त्यसकारण म यिनलाई सजाय दिएर छोडिदिनेछु।”
22 Pela terceira vez ele lhes falou: "Por quê? Que crime este homem cometeu? Não encontrei nele nada digno de morte. Vou mandar castigá-lo e depois o soltarei".
23 तर चर्को सोरले चिच्याउँदै उहाँलाई क्रूसमा टाँग्नैपर्छ भनी तिनीहरूले जिद्दीकासाथ माग गरे। तब तिनीहरूका आवाजको नै जित भयो।
23 Eles, porém, pediam insistentemente, com fortes gritos, que ele fosse crucificado; e a gritaria prevaleceu.
24 यसरी पिलातसले तिनीहरूकै माग पूरा गरिदिने निर्णय गरे।
24 Então Pilatos decidiu fazer a vontade deles.
25 तिनले विद्रोह र हत्याको मुद्दामा झ्यालखानामा परेको मानिस, तिनीहरूले मागेको मानिसलाई नै छोडिदिए। अनि येशूलाई तिनीहरूकै इच्छामा तिनले सुम्पिदिए।
25 Libertou o homem que havia sido lançado na prisão por insurreição e assassinato, aquele que eles haviam pedido, e entregou Jesus à vontade deles.
26 सिपाहीहरूले उहाँलाई लैजाँदै गर्दा साइरिनीवासी सिमोनलाई समाते, जो गाउँबाट आउँदैथिए। अनि तिनलाई क्रूस बोकाएर येशूको पछि-पछि हिँड्न लगाए।
26 Enquanto o levavam, agarraram Simão de Cirene, que estava chegando do campo, e lhe colocaram a cruz às costas, fazendo-o carregá-la atrás de Jesus.
27 धेरै मानिसहरूको एउटा ठूलो भीडले उहाँलाई पछ्यायो। त्यहाँ उहाँका लागि रुँदै र विलाप गर्दै गरेका केही स्त्रीहरू पनि थिए।
27 Um grande número de pessoas o seguia, inclusive mulheres que lamentavam e choravam por ele.
28 येशूले फर्केर तिनीहरूलाई भन्‍नुभयो, “ए यरूशलेमका छोरीहरू हो, मेरो निम्ति नरोओ, तर आफ्नै निम्ति र आफ्ना छोराछोरीका निम्ति रोओ।
28 Jesus voltou-se e disse-lhes: "Filhas de Jerusalém, não chorem por mim; chorem por vocês mesmas e por seus filhos!
29 किनकि समय आउनेछ, जब तिमीहरूले भन्‍नेछौ, ‘बाँझी स्त्रीहरू, गर्भधारण नगर्ने कोखहरू र दूध नखुवाउने स्त्रीहरू धन्यका हुन्!’
29 Pois chegará a hora em que vocês dirão: ‘Felizes as estéreis, os ventres que nunca geraram e os seios que nunca amamentaram! ’
30 त्यसपछि,
30 "Então dirão às montanhas: ‘Caiam sobre nós! ’ e às colinas: ‘Cubram-nos! ’
31 किनकि रूख हरियो छँदै मानिसहरूले यसो भन्छन् भने त्यो सुकेपछि झन् के गर्लान्?”
31 Pois, se fazem isto com a árvore verde, o que acontecerá quando ela estiver seca? "
32 अरू दुई जना मानिसहरू, जो अपराधी थिए, तिनीहरू पनि उहाँसँगै मृत्युदण्ड दिन लगिए।
32 Dois outros homens, ambos criminosos, também foram levados com ele, para serem executados.
33 तिनीहरू खप्परे भनिने ठाउँमा आएपछि त्यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। ती अपराधीहरू पनि टाँगिए—एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई चाहिँ उहाँको देब्रेपट्टि।
33 Quando chegaram ao lugar chamado Caveira, ali o crucificaram com os criminosos, um à sua direita e o outro à sua esquerda.
34 येशूले भन्‍नुभयो, “हे पिता, यिनीहरूलाई क्षमा गरिदिनुहोस्; किनकि यिनीहरूले के गर्दैछन्, सो जान्दैनन्।” अनि तिनीहरूले उहाँको वस्त्र चिट्ठा हालेर आपसमा बाँडे।
34 Jesus disse: "Pai, perdoa-lhes, pois não sabem o que estão fazendo". Então eles dividiram as roupas dele, tirando sortes.
35 भीडले यो दृश्य हेर्दै त्यहाँ उभिए, र शासकहरूले उहाँको ठट्टा पनि गरे। तिनीहरूले भने, “यसले अरूलाई त बचायो; यदि यो परमेश्‍वरको ख्रीष्‍ट, चुनिएको जन हो भने आफैँलाई बचाओस्।”
35 O povo ficou observando, e as autoridades o ridicularizavam. "Salvou os outros", diziam; "salve-se a si mesmo, se é o Cristo de Deus, o Escolhido".
36 सिपाहीहरू पनि आए, र उहाँको गिल्‍ला गरे। तिनीहरूले उहाँलाई सिर्का दिए,
36 Os soldados, aproximando-se, também zombavam dele. Oferecendo-lhe vinagre,
37 र भने, “यदि तँ यहूदीहरूको राजा होस् भने आफूलाई बचा।”
37 diziam: "Se você é o rei dos judeus, salve-se a si mesmo".
38 उहाँको माथिपट्टि एउटा लिखित दोषपत्र थियो, जसमा यसो लेखिएको थियो:
38 Havia uma inscrição acima dele, que dizia: ESTE É O REI DOS JUDEUS.
39 त्यहाँ झुण्डिएका अपराधीहरूमध्ये एउटाले उहाँको अपमान गर्दै भन्यो: “के तिमी ख्रीष्‍ट होइनौ? तिमी आफैँलाई र हामीलाई पनि बचाऊ!”
39 Um dos criminosos que ali estavam dependurados lançava-lhe insultos: "Você não é o Cristo? Salve-se a si mesmo e a nós! "
40 तर अर्को अपराधीले त्यसलाई हप्कायो। त्यसले भन्यो, “तँ पनि त्यही दण्डमा छस्, र पनि परमेश्‍वरको डर मान्दैनस्?
40 Mas o outro criminoso o repreendeu, dizendo: "Você não teme a Deus, nem estando sob a mesma sentença?
41 हामीले त न्यायोचित रूपले दण्ड पाइरहेका छौँ; किनकि हामीले हाम्रो कामको उचित दण्ड पाइरहेका छौँ। तर यी मानिसले त कुनै अनुचित काम गरेका छैनन्।”
41 Nós estamos sendo punidos com justiça, porque estamos recebendo o que os nossos atos merecem. Mas este homem não cometeu nenhum mal".
42 त्यसपछि त्यसले भन्यो, “हे येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्!”
42 Então ele disse: "Jesus, lembra-te de mim quando entrares no teu Reino".
43 येशूले त्यसलाई जवाफ दिनुभयो, “म तिमीलाई साँचो भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ।”
43 Jesus lhe respondeu: "Eu lhe garanto: Hoje você estará comigo no paraíso".
44 लगभग दिउँसोको बाह्र बजेको थियो, तब तीन बजेसम्म सम्पूर्ण देशभरि अन्धकार छायो।
44 Já era quase meio dia, e trevas cobriram toda a terra até às três horas da tarde;
45 किनकि सूर्यले तेज दिन छोड्यो, र मन्दिरको पर्दा दुई भाग भएर च्यात्तियो।
45 o sol deixara de brilhar. E o véu do santuário rasgou-se ao meio.
46 येशूले चर्को सोरमा कराएर भन्‍नुभयो, “हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु।” यसो भनेर उहाँले आफ्नो प्राण त्याग्नुभयो।
46 Jesus bradou em alta voz: "Pai, nas tuas mãos entrego o meu espírito". Tendo dito isso, expirou.
47 यी सबै भएको घटना देखेर सेनापतिले परमेश्‍वरको प्रशंसा गर्दै भने, “निश्‍चय नै यिनी धर्मी मानिस थिए।”
47 O centurião, vendo o que havia acontecido, louvou a Deus, dizendo: "Certamente este homem era justo".
48 जब यो दृश्य हेर्न त्यहाँ जम्मा भएका सबै मानिसहरूले त्यहाँ भएको घटना देखे, तब विलाप गर्दै तिनीहरू आ-आफ्ना छाती पिट्दै फर्के।
48 E todo o povo que se havia juntado para presenciar o que estava acontecendo, ao ver isso, começou a bater no peito e a afastar-se.
49 तर उहाँलाई चिन्‍नेहरू र स्त्रीहरू, जो गालील प्रदेशबाट उहाँलाई पछ्याउँदै आएका थिए, टाढै उभिएर सबै जना यी घटनाहरू हेरिरहेका थिए।
49 Mas todos os que o conheciam, inclusive as mulheres que o haviam seguido desde a Galiléia, ficaram de longe, observando essas coisas.
50 त्यहाँ योसेफ नाम भएका महासभाका एक सदस्य, एक असल र धर्मी मानिस थिए,
50 Havia um homem chamado José, membro do Conselho, homem bom e justo,
51 जसले तिनीहरूका निर्णय र कार्यमा सहमति जनाएका थिएनन्। तिनी यहूदिया प्रदेशको अरिमथिया सहरका मानिस थिए। तिनले परमेश्‍वरको राज्यको प्रतीक्षा गरिरहेका थिए।
51 que não tinha consentido na decisão e no procedimento dos outros. Ele era da cidade de Arimatéia, na Judéia, e esperava o Reino de Deus.
52 पिलातसकहाँ गएर तिनले येशूको लास मागे।
52 Dirigindo-se a Pilatos, pediu o corpo de Jesus.
53 त्यसपछि तिनले लास तल झारे। त्यसलाई मलमलको लुगाले बेह्रे। अनि चट्टानमा खोपेर बनाइएको एउटा चिहानमा राखे, जसमा कसैलाई पनि राखिएको थिएन।
53 Então, desceu-o, envolveu-o num lençol de linho e o colocou num sepulcro cavado na rocha, no qual ninguém ainda fora colocado.
54 यो तयारीको दिन थियो, र शब्बाथको दिन सुरु हुनै लागेको थियो।
54 Era o Dia da Preparação, e estava para começar o sábado.
55 गालील प्रदेशबाट येशूसँग आएका स्त्रीहरू योसेफका पछि-पछि गएर त्यो चिहान र येशूको लास त्यसमा कसरी राखियो भनी देखे।
55 As mulheres que haviam acompanhado Jesus desde a Galiléia, seguiram José e viram o sepulcro, e como o corpo de Jesus fora colocado nele.
56 त्यसपछि तिनीहरू घर फर्केर सुगन्धित मसलाहरू र अत्तरहरू तयार पारे। तर शब्बाथ दिन व्यवस्थाको आज्ञाबमोजिम तिनीहरूले विश्राम गरे।
56 Então, foram para casa e prepararam perfumes e especiarias aromáticas. E descansaram no sábado, em obediência ao mandamento.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Lucas 23, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.