Lucas 22
npioncb (NPIONCB) vs ARA
1 अब अखमिरी रोटीको निस्तार भनिने चाड नजिकै थियो।
1 Estava próxima a Festa dos Pães Asmos, chamada Páscoa.
2 मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूले कसरी येशूलाई मार्ने भनी केही उपाय खोजिरहेका थिए, तर तिनीहरू मानिसहरूदेखि डराउँथे।
2 Preocupavam-se os principais sacerdotes e os escribas em como tirar a vida a Jesus; porque temiam o povo.
3 तब शैतान बाह्र जनामध्ये इस्करियोत भनिने यहूदाभित्र पस्यो।
3 Ora, Satanás entrou em Judas, chamado Iscariotes, que era um dos doze.
4 अनि त्यो मुख्य पुजारीहरू र मन्दिरका पहरेदारहरूका अधिकारीकहाँ गयो। त्यसले येशूलाई कसरी पक्राइदिन सक्छु भनेर तिनीहरूसित छलफल गर्यो।
4 Este foi entender-se com os principais sacerdotes e os capitães sobre como lhes entregaria a Jesus;
5 यसमा तिनीहरू खुशी भए, र त्यसलाई पैसा दिन राजी भए।
5 então, eles se alegraram e combinaram em lhe dar dinheiro.
6 त्यो तिनीहरूसँग सहमत भयो। अनि भीड नभएको बेलामा येशूलाई तिनीहरूका हातमा पक्राइदिनलाई मौका खोज्न लाग्यो।
6 Judas concordou e buscava uma boa ocasião de lho entregar sem tumulto.
7 त्यसपछि अखमिरी रोटीको चाडको दिन आयो, जुन दिनमा निस्तार चाडको थुमा बलिदान चढाइनुपर्थ्यो।
7 Chegou o dia da Festa dos Pães Asmos, em que importava comemorar a Páscoa.
8 येशूले पत्रुस र यूहन्नालाई यसो भनेर पठाउनुभयो, “जाओ र हाम्रा निम्ति निस्तार चाडको भोज खाने तयारी गर।”
8 Jesus, pois, enviou Pedro e João, dizendo: Ide preparar-nos a Páscoa para que a comamos.
9 तिनीहरूले उहाँलाई सोधे, “हामी यो भोज कहाँ तयार गरौँ भनी तपाईं चाहनुहुन्छ?”
9 Eles lhe perguntaram: Onde queres que a preparemos?
10 उहाँले जवाफ दिनुभयो, “सुन, तिमीहरू यरूशलेम सहरमा पस्नेबित्तिकै गाग्रोमा पानी बोकिरहेको एक जना मानिसले तिमीहरूलाई भेट्नेछ। त्यसको पछि-पछि जाओ र त्यो जुन घरमा पस्छ,
10 Então, lhes explicou Jesus: Ao entrardes na cidade, encontrareis um homem com um cântaro de água; segui-o até à casa em que ele entrar
11 त्यस घरका मालिकलाई भन, ‘गुरुज्यू सोध्नुहुन्छ: पाहुनाकोठा कहाँ छ, जहाँ म मेरा चेलाहरूसँग निस्तार चाडको भोज खानेछु?’
11 e dizei ao dono da casa: O Mestre manda perguntar-te: Onde é o aposento no qual hei de comer a Páscoa com os meus discípulos?
12 तिनले तिमीहरूलाई माथिल्लो तलामा सजाएको एउटा ठूलो कोठा देखाउनेछन्, त्यहीँ तयार गर।”
12 Ele vos mostrará um espaçoso cenáculo mobilado; ali fazei os preparativos.
13 तिनीहरू गए, र येशूले तिनीहरूलाई भन्नुभएझैँ भेट्टाए। यसकारण तिनीहरूले निस्तार चाडको भोज तयार गरे।
13 E, indo, tudo encontraram como Jesus lhes dissera e prepararam a Páscoa.
14 जब सही समय भयो, येशू र उहाँका चेलाहरू टेबुलमा खान बस्नुभयो।
14 Chegada a hora, pôs-se Jesus à mesa, e com ele os apóstolos.
15 अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “आफूले दुःख भोग्नुभन्दा अगाडि नै तिमीहरूसँग यो निस्तार चाडको भोज खान मैले उत्कट इच्छा गरेको थिएँ।
15 E disse-lhes: Tenho desejado ansiosamente comer convosco esta Páscoa, antes do meu sofrimento.
16 किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्यमा यसको अर्थ पूरा नभएसम्म म यो फेरि खानेछैनँ।”
16 Pois vos digo que nunca mais a comerei, até que ela se cumpra no reino de Deus.
17 कचौरा लिनुभएपछि उहाँले परमेश्वरलाई धन्यवाद दिनुभयो र भन्नुभयो, “यो लेओ, र तिमीहरू आपसमा बाँड।
17 E, tomando um cálice, havendo dado graças, disse: Recebei e reparti entre vós;
18 किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य नआएसम्म फेरि दाखको रसबाट म कहिल्यै पिउनेछैनँ।”
18 pois vos digo que, de agora em diante, não mais beberei do fruto da videira, até que venha o reino de Deus.
19 त्यसपछि उहाँले रोटी लिनुभयो। परमेश्वरलाई धन्यवाद दिएर त्यो भाँच्नुभयो, र यसो भन्दै त्यो तिनीहरूलाई दिनुभयो, “यो तिमीहरूका निम्ति दिइएको मेरो शरीर हो, मेरो सम्झनामा यो गर्ने गर।”
19 E, tomando um pão, tendo dado graças, o partiu e lhes deu, dizendo: Isto é o meu corpo oferecido por vós; fazei isto em memória de mim.
20 त्यसै गरी खाइसकेपछि, उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जो तिमीहरूका निम्ति बहाइन्छ।
20 Semelhantemente, depois de cear, tomou o cálice, dizendo: Este é o cálice da nova aliança no meu sangue derramado em favor de vós.
21 तर मलाई पक्राइदिनेको हात मसँगै टेबुलमा छ।
21 Todavia, a mão do traidor está comigo à mesa.
22 मानिसको पुत्र त ठहराइएअनुसार जान्छ, तर धिक्कार त्यस मानिसलाई, जसले उसलाई धोका दिन्छ।”
22 Porque o Filho do Homem, na verdade, vai segundo o que está determinado, mas ai daquele por intermédio de quem ele está sendo traído!
23 तिनीहरूमध्ये कसले यस्तो काम गर्ने होला भनी आपसमा सोधासोध गर्न थाले।
23 Então, começaram a indagar entre si quem seria, dentre eles, o que estava para fazer isto.
24 तिनीहरूमध्ये कोचाहिँ सबैभन्दा ठूलो गनिने हो भनेर पनि तिनीहरूका बीचमा विवाद हुन थाल्यो।
24 Suscitaram também entre si uma discussão sobre qual deles parecia ser o maior.
25 येशूले तिनीहरूलाई भन्नुभयो, “गैरयहूदीहरूका राजाहरूले तिनीहरूमाथि प्रभुत्व गर्छन्, र तिनीहरूमाथि अधिकार चलाउनेहरूले आफैँलाई ‘उपकारी’ भन्छन्।
25 Mas Jesus lhes disse: Os reis dos povos dominam sobre eles, e os que exercem autoridade são chamados benfeitores.
26 तर तिमीहरूचाहिँ यस्तो नहोओ। तर वास्तवमा तिमीहरूमध्ये जो ठूलो छ, त्यो सबैभन्दा सानोझैँ बनोस्; र शासकचाहिँ सेवा गर्नेजस्तै बनोस्।
26 Mas vós não sois assim; pelo contrário, o maior entre vós seja como o menor; e aquele que dirige seja como o que serve.
27 किनकि ठूलो को हो, टेबुलमा ढल्कने कि सेवा गर्ने? के टेबुलमा ढल्कने नै ठूलो होइन र? तर म तिमीहरूका बीचमा एक जना सेवा गर्नेजस्तै छु।
27 Pois qual é maior: quem está à mesa ou quem serve? Porventura, não é quem está à mesa? Pois, no meio de vós, eu sou como quem serve.
28 मेरो परीक्षामा मसँग खडा रहनेहरू तिमीहरू नै हौ।
28 Vós sois os que tendes permanecido comigo nas minhas tentações.
29 अनि म तिमीहरूलाई एउटा राज्य नियुक्त गर्छु, जसरी मेरा पिताले मलाई नियुक्त गर्नुभएको छ;
29 Assim como meu Pai me confiou um reino, eu vo-lo confio,
30 ताकि तिमीहरूले मेरो राज्यमा मेरो टेबुलमा खानपान गर्नेछौ। अनि इस्राएलका बाह्र कुलहरूको न्याय गर्दै सिंहासनहरूमा बस्नेछौ।
30 para que comais e bebais à minha mesa no meu reino; e vos assentareis em tronos para julgar as doze tribos de Israel.
31 “सिमोन, हे सिमोन, हेर शैतानले तिमीलाई गहुँजस्तै निफन्ने अनुमति मागेको छ।
31 Simão, Simão, eis que Satanás vos reclamou para vos peneirar como trigo!
32 तर सिमोन तिम्रो विश्वास नटुटोस् भनेर मैले तिम्रा निम्ति प्रार्थना गरेको छु। अनि तिमी फेरि फर्केपछि आफ्ना भाइहरूलाई स्थिर पार।”
32 Eu, porém, roguei por ti, para que a tua fé não desfaleça; tu, pois, quando te converteres, fortalece os teus irmãos.
33 तर तिनले भने, “हे प्रभु, म त तपाईंसँगै झ्यालखानामा र मृत्युसम्म पनि जान तयार छु।”
33 Ele, porém, respondeu: Senhor, estou pronto a ir contigo, tanto para a prisão como para a morte.
34 येशूले जवाफ दिनुभयो, “पत्रुस, म तिमीलाई भन्दछु, आज भाले बास्नुभन्दा अगि तिमीले मलाई चिनेको कुरा तीनपल्ट अस्वीकार गर्नेछौ।”
34 Mas Jesus lhe disse: Afirmo-te, Pedro, que, hoje, três vezes negarás que me conheces, antes que o galo cante.
35 त्यसपछि येशूले तिनीहरूलाई सोध्नुभयो, “जब मैले तिमीहरूलाई थैली, झोला अथवा जुत्ताविना नै पठाएँ, तब के तिमीहरूलाई कुनै कुराको अभाव भयो?”
35 A seguir, Jesus lhes perguntou: Quando vos mandei sem bolsa, sem alforje e sem sandálias, faltou-vos, porventura, alguma coisa? Nada, disseram eles.
36 उहाँले तिनीहरूलाई भन्नुभयो, “तर अब भने तिमीहरूसित थैली छ भने त्यो लेओ, र झोला पनि बोक। अनि तिमीहरूसित तरवार छैन भने आफ्नो लुगा बेचेर एउटा किन।
36 Então, lhes disse: Agora, porém, quem tem bolsa, tome-a, como também o alforje; e o que não tem espada, venda a sua capa e compre uma.
37 यसो लेखिएको छ: ‘उहाँ अपराधीहरूसँग गनिनुभयो,’ अनि म तिमीहरूलाई भन्दछु, यो लेखिएको कुरा मेरो जीवनमा पूरा हुनैपर्छ। हो, मेरो विषयमा जे लेखिएको छ; त्यो पूरा हुन लाग्दैछ।”
37 Pois vos digo que importa que se cumpra em mim o que está escrito:
38 चेलाहरूले भने, “प्रभु, हेर्नुहोस्, दुईटा तरवारहरू छन्।”
38 Então, lhe disseram: Senhor, eis aqui duas espadas! Respondeu-lhes: Basta!
39 येशू बाहिर निस्केर सधैँझैँ जैतुन डाँडामा जानुभयो। अनि उहाँका चेलाहरू उहाँको पछि लागे।
39 E, saindo, foi, como de costume, para o monte das Oliveiras; e os discípulos o acompanharam.
40 त्यस ठाउँमा पुगेपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू परीक्षामा नपर्नका निम्ति प्रार्थना गर।”
40 Chegando ao lugar escolhido, Jesus lhes disse: Orai, para que não entreis em tentação.
41 अनि उहाँ तिनीहरूबाट करिब एउटा ढुङ्गा हाने जतिको दूरी पर जानुभयो, र घुँडा टेकेर प्रार्थना गर्नुभयो,
41 Ele, por sua vez, se afastou, cerca de um tiro de pedra, e, de joelhos, orava,
42 “हे पिता, तपाईंको इच्छा भएमा यो कचौरा मबाट हटाइदिनुहोस्, तापनि मेरो इच्छा होइन, तर तपाईंको इच्छा पूरा होस्!”
42 dizendo: Pai, se queres, passa de mim este cálice; contudo, não se faça a minha vontade, e sim a tua.
43 स्वर्गबाट एक स्वर्गदूत उहाँकहाँ देखा परे, र उहाँलाई बल र सहने शक्ति दिए।
43 [Então, lhe apareceu um anjo do céu que o confortava.
44 अनि अति व्याकुल भएर उहाँले अझै बढी आग्रहपूर्वक प्रार्थना गर्नुभयो; र उहाँको पसिना रगतका थोपाजस्तै भुइँमा खसिरहेका थिए।
44 E, estando em agonia, orava mais intensamente. E aconteceu que o seu suor se tornou como gotas de sangue caindo sobre a terra.]
45 जब उहाँ प्रार्थनाबाट उठेर चेलाहरूकहाँ फर्कनुभयो, तब उहाँले तिनीहरूलाई शोकले थकित भई निदाइरहेका भेट्टाउनुभयो।
45 Levantando-se da oração, foi ter com os discípulos, e os achou dormindo de tristeza,
46 उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू किन निदाइरहेका छौ? उठ र परीक्षामा नपर्नका निम्ति प्रार्थना गर।”
46 e disse-lhes: Por que estais dormindo? Levantai-vos e orai, para que não entreis em tentação.
47 उहाँ बोलिरहनुभएकै बेला एउटा भीड त्यहाँ आयो। अनि बाह्र जनामध्ये यहूदा भनिनेले तिनीहरूलाई अगुवाइ गरिरहेको थियो। तब येशूलाई चुम्बन गर्न त्यो अगि बढ्यो।
47 Falava ele ainda, quando chegou uma multidão; e um dos doze, o chamado Judas, que vinha à frente deles, aproximou-se de Jesus para o beijar.
48 तर येशूले त्यसलाई भन्नुभयो, “यहूदा, के तिमी मानिसको पुत्रलाई चुम्बनद्वारा विश्वासघात गर्दछौ?”
48 Jesus, porém, lhe disse: Judas, com um beijo trais o Filho do Homem?
49 येशूका पछि लाग्नेहरूले के हुन लागेको थियो, सो देखेर भने, “प्रभु, के हामी तरवारले हानौँ?”
49 Os que estavam ao redor dele, vendo o que ia suceder, perguntaram: Senhor, feriremos à espada?
50 अनि तिनीहरूमध्ये एक जनाले प्रधान पुजारीको सेवकलाई हाने, र त्यसको दाहिने कान काटिदिए।
50 Um deles feriu o servo do sumo sacerdote e cortou-lhe a orelha direita.
51 तर येशूले भन्नुभयो, “अब यसो नगर!” अनि उहाँले त्यस मानिसको कान छुनुभयो र त्यसलाई निको पार्नुभयो।
51 Mas Jesus acudiu, dizendo: Deixai, basta. E, tocando-lhe a orelha, o curou.
52 त्यसपछि येशूले उहाँलाई पक्रन आएका मुख्य पुजारीहरू, मन्दिरका पहरेदारहरूका अधिकारीहरू र प्रधानहरूलाई भन्नुभयो, “के मैले राजद्रोहको अगुवाइ गरेको छु र तपाईंहरू तरवार र लाठाहरू लिएर आउनुभयो?
52 Então, dirigindo-se Jesus aos principais sacerdotes, capitães do templo e anciãos que vieram prendê-lo, disse: Saístes com espadas e porretes como para deter um salteador?
53 म त दिनहुँ मन्दिरका चोकहरूमा तपाईंहरूसँगै थिएँ। अनि तपाईंहरूले ममाथि हात उठाउनुभएन; तर अब यो तपाईंहरूको समय हो, अन्धकारले अधीन गरेको समय हो।”
53 Diariamente, estando eu convosco no templo, não pusestes as mãos sobre mim. Esta, porém, é a vossa hora e o poder das trevas.
54 त्यसपछि तिनीहरूले उहाँलाई पक्रेर लगे। अनि उहाँलाई प्रधान पुजारीको घरमा लगे। पत्रुसले उहाँलाई टाढैबाट पछ्याए।
54 Então, prendendo-o, o levaram e o introduziram na casa do sumo sacerdote. Pedro seguia de longe.
55 तर जब मानिसहरू चोकको बीचमा आगो बालेर साथसाथै बसेका थिए, पत्रुस पनि तिनीहरूसितै बसे।
55 E, quando acenderam fogo no meio do pátio e juntos se assentaram, Pedro tomou lugar entre eles.
56 तब एउटी सेविकाले आगोको उज्यालोमा तिनलाई त्यहाँ बसिरहेको देखी। त्यसले तिनलाई नजिकैबाट नियालेर हेरी र भनी, “यी मानिस पनि तिनीसँगै थिए।”
56 Entrementes, uma criada, vendo-o assentado perto do fogo, fitando-o, disse: Este também estava com ele.
57 तर तिनले इन्कार गरेर भने, “ए नारी, म उहाँलाई चिन्दिनँ।”
57 Mas Pedro negava, dizendo: Mulher, não o conheço.
58 केही बेरपछि कोही अर्को व्यक्तिले तिनलाई देख्यो र भन्यो, “तिमी पनि तिनीहरूमध्येकै एक हौ।”
58 Pouco depois, vendo-o outro, disse: Também tu és dos tais. Pedro, porém, protestava: Homem, não sou.
59 लगभग एक घण्टापछि अर्को एक जनाले दृढतासाथ भन्यो, “साँच्चै नै यी मानिस तिनीसँगै थिए; किनकि यिनी पनि गालीली हुन्।”
59 E, tendo passado cerca de uma hora, outro afirmava, dizendo: Também este, verdadeiramente, estava com ele, porque também é galileu.
60 पत्रुसले जवाफ दिए, “ए मानिस, तिमी के भनिरहेछौ, म जान्दिनँ।” तिनी बोलिरहेकै बेलामा भाले बास्यो।
60 Mas Pedro insistia: Homem, não compreendo o que dizes. E logo, estando ele ainda a falar, cantou o galo.
61 अनि प्रभुले फर्केर पत्रुसलाई सोझै हेर्नुभयो। तब पत्रुसले तिनलाई प्रभुले भन्नुभएको यो वचन सम्झे: “आज भाले बास्नुभन्दा पहिले तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ।”
61 Então, voltando-se o Senhor, fixou os olhos em Pedro, e Pedro se lembrou da palavra do Senhor, como lhe dissera: Hoje, três vezes me negarás, antes de cantar o galo.
62 तिनी बाहिर गए, र धुरुधुरु रोए।
62 Então, Pedro, saindo dali, chorou amargamente.
63 येशूलाई पक्रने मानिसहरूले उहाँलाई गिल्ला गर्न र पिट्न थाले।
63 Os que detinham Jesus zombavam dele, davam-lhe pancadas e,
64 तिनीहरूले उहाँका आँखा छोपिदिए, र उहाँलाई आज्ञा गरे, “लौ, अगमवाणी गर्! तँलाई हिर्काउने को हो?”
64 vendando-lhe os olhos, diziam: Profetiza-nos: quem é que te bateu?
65 अनि तिनीहरूले उहाँलाई अरू धेरै निन्दाका कुराहरू पनि भने।
65 E muitas outras coisas diziam contra ele, blasfemando.
66 उज्यालो हुनेबित्तिकै जनताका प्रधानहरू, मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूको सभा एकसाथ भेला भए। येशूलाई तिनीहरूका अगि लगियो।
66 Logo que amanheceu, reuniu-se a assembleia dos anciãos do povo, tanto os principais sacerdotes como os escribas, e o conduziram ao Sinédrio, onde lhe disseram:
67 तिनीहरूले सोधे, “यदि तँ ख्रीष्ट होस् भने हामीलाई भन्।”
67 Se tu és o Cristo, dize-nos. Então, Jesus lhes respondeu: Se vo-lo disser, não o acreditareis;
68 अनि यदि मैले प्रश्न गरेँ भने पनि तपाईंहरूले जवाफ दिनुहुन्न।
68 também, se vos perguntar, de nenhum modo me respondereis.
69 तर अब उसो मानिसको पुत्र सर्वशक्तिमान् परमेश्वरको दाहिने हातपट्टि बस्नेछ।”
69 Desde agora, estará sentado o Filho do Homem à direita do Todo-Poderoso Deus.
70 तिनीहरू सबैले सोधे, “त्यसो भए, के तँ परमेश्वरको पुत्र होस्?”
70 Então, disseram todos: Logo, tu és o Filho de Deus? E ele lhes respondeu: Vós dizeis que eu sou.
71 त्यसपछि तिनीहरूले भने, “अब हामीलाई अरू साक्षीको किन आवश्यकता पर्यो र? हामीले त्यसको आफ्नै मुखबाट सुनेका छौँ।”
71 Clamaram, pois: Que necessidade mais temos de testemunho? Porque nós mesmos o ouvimos da sua própria boca.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Lucas 22, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.