Lucas 21
npioncb (NPIONCB) vs VC
1 येशू मन्दिरमा हुनुहुँदा, धनी मानिसहरूले आ-आफ्ना भेटी मन्दिरको दानपेटीमा हाल्दैगरेका उहाँले देख्नुभयो।
1 Levantando os olhos, viu Jesus os ricos que deitavam as suas ofertas no cofre do templo.
2 उहाँले एउटी गरिब विधवाले तामाका दुई वटा साना सिक्का चढाएकी पनि देख्नुभयो।
2 Viu também uma viúva pobrezinha deitar duas pequeninas moedas,
3 उहाँले भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, यस गरिब विधवाले अरू सबैले भन्दा धेरै बढी चढाएकी छे।
3 e disse: Em verdade vos digo: esta pobre viúva pôs mais do que os outros.
4 अरू सबै मानिसहरूले आफ्नो प्रशस्त धनबाट भेटी चढाए, तर यस स्त्रीले त आफ्नो गरिबीबाट आफूसँग जीविका चलाउने खर्चसमेत सबै नै चढाएकी छे।”
4 Pois todos aqueles lançaram nas ofertas de Deus o que lhes sobra; esta, porém, deu, da sua indigência, tudo o que lhe restava para o sustento.
5 जब उहाँका चेलाहरूमध्ये कसै-कसैले सुन्दर पत्थरहरू र परमेश्वरमा अर्पण गरिएका भेटीहरूबाट कसरी मन्दिर सिँगारिएको छ भन्ने विषयमा चर्चा गर्दैथिए, येशूले भन्नुभयो,
5 Como lhe chamassem a atenção para a construção do templo feito de belas pedras e recamado de ricos donativos, Jesus disse:
6 “यहाँ तिमीहरूले अहिले जे देख्दैछौ, ती सबैका निम्ति एउटा समय आउनेछ, जब यहाँको एउटा पनि ढुङ्गा अर्कोमाथि छोडिनेछैन, तर यी प्रत्येक ढुङ्गा तल फ्याँकिनेछ।”
6 Dias virão em que destas coisas que vedes não ficará pedra sobre pedra: tudo será destruído.
7 तिनीहरूले सोधे, “गुरुज्यू, यी कुराहरू कहिले हुनेछन्? अनि अब ती कुराहरू आउनलाग्दैछन् भन्ने चिन्ह के हुनेछ?”
7 Então o interrogaram: Mestre, quando acontecerá isso? E que sinal haverá para saber-se que isso se vai cumprir?
8 उहाँले जवाफ दिनुभयो: “धोकामा नपर, तिमीहरू होसियार रहो; किनकि धेरै जना मेरो नाममा ‘म उही हुँ,’ र, ‘समय नजिकै छ’ भन्ने दाबी गर्दै आउनेछन्। तिनीहरूका पछि नलाग।
8 Jesus respondeu: Vede que não sejais enganados. Muitos virão em meu nome, dizendo: Sou eu; e ainda: O tempo está próximo. Não sigais após eles.
9 जब तिमीहरूले लडाइँहरू र क्रान्तिका हल्लाहरू सुन्नेछौ, तब नडराओ। पहिले यी कुराहरू घट्नैपर्छ; तरै पनि त्यति नै बेला अन्त्य आउँदैन।”
9 Quando ouvirdes falar de guerras e de tumultos, não vos assusteis; porque é necessário que isso aconteça primeiro, mas não virá logo o fim.
10 त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो: “जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ।
10 Disse-lhes também: Levantar-se-ão nação contra nação e reino contra reino.
11 धेरै ठाउँहरूमा ठूला-ठूला भुइँचालाहरू, अनिकाल र महामारीहरू आउनेछन्। अनि डरलाग्दा घटनाहरू र आकाशबाट ठूला-ठूला चिन्हहरू देखा पर्नेछन्।
11 Haverá grandes terremotos por várias partes, fomes e pestes, e aparecerão fenômenos espantosos no céu.
12 “तर यी सबै हुनुभन्दा अगि तिनीहरूले तिमीहरूमाथि हात हाल्नेछन्, र तिमीहरूलाई खेदो गर्नेछन्। तिनीहरूले तिमीहरूलाई सभाघरहरू र झ्यालखानाहरूमा पुर्याउनेछन्, र तिमीहरू राजाहरू र राज्यपालहरूका अगाडि लगिनेछौ। यी सबै कुरा मेरो नामको कारणले गर्दा आइपर्नेछ।
12 Mas, antes de tudo isso, vos lançarão as mãos e vos perseguirão, entregando-vos às sinagogas e aos cárceres, levando-vos à presença dos reis e dos governadores, por causa de mim.
13 यस कुराको परिणाम यही हुनेछ, तिमीहरू तिनीहरूका लागि मेरो साक्षी हुनेछौ।
13 Isto vos acontecerá para que vos sirva de testemunho.
14 तर आफ्नो बचाउका लागि के भन्ने हो भनेर अगिबाट नै चिन्ता नलिन आफ्ना मनमा निश्चय गर।
14 Gravai bem no vosso espírito de não preparar vossa defesa,
15 किनकि म तिमीहरूलाई यस्तो वचन र बुद्धि दिनेछु, तिमीहरूका विरोधीहरूमध्ये कसैले पनि त्यसलाई रोक्न अथवा काट्न सामर्थ्य हुनेछैन।
15 porque eu vos darei uma palavra cheia de sabedoria, à qual não poderão resistir nem contradizer os vossos adversários.
16 तिमीहरू त तिमीहरूका आफ्नै आमाबुबा, दाजुभाइ, दिदीबहिनी, नातेदार र साथीहरूद्वारा समेत धोकामा पर्नेछौ। तिनीहरूले तिमीहरूमध्ये कसै कसैलाई मार्ने पनि छन्।
16 Sereis entregues até por vossos pais, vossos irmãos, vossos parentes e vossos amigos, e matarão muitos de vós.
17 अनि तिमीहरूलाई सबै मानिसहरूले मेरो कारणले घृणा गर्नेछन्।
17 Sereis odiados por todos por causa do meu nome.
18 तर तिमीहरूको शिरको एउटा केश पनि नाश हुनेछैन।
18 Entretanto, não se perderá um só cabelo da vossa cabeça.
19 स्थिर भई खडा रह्यौ भने तिमीहरूले जीवन प्राप्त गर्नेछौ।
19 É pela vossa constância que alcançareis a vossa salvação.
20 “जब तिमीहरूले यरूशलेम चारैतिरबाट सेनाहरूले घेरिएको देख्नेछौ, तब त्यसको विनाश नजिकै छ भनी तिमीहरूले जान्नेछौ।
20 Quando virdes que Jerusalém foi sitiada por exércitos, então sabereis que está próxima a sua ruína.
21 तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून्। सहरमा हुनेहरू बाहिर निस्कून् र गाउँमा हुनेहरू सहरभित्र नपसून्।
21 Os que então se acharem na Judéia fujam para os montes; os que estiverem dentro da cidade retirem-se; os que estiverem nos campos não entrem na cidade.
22 किनकि जे लेखिएका छन्, ती सबै हुनका लागि यो दण्डको समय हुनेछ।
22 Porque estes serão dias de castigo, para que se cumpra tudo o que está escrito.
23 हाय! गर्भवती स्त्रीहरू र दूध खुवाउने आमाहरूका लागि ती दिनहरू कति डरलाग्दा हुनेछन्! संसारमा ठूलो सङ्कष्ट र यस जातिमाथि क्रोध आइपर्नेछ।
23 Ai das mulheres que, naqueles dias, estiverem grávidas ou amamentando, pois haverá grande angústia na terra e grande ira contra o povo.
24 तिनीहरू तरवारले ढालिनेछन् वा सबै राष्ट्रहरूकहाँ कैदी बनाएर लगिइनेछन्। गैरयहूदीहरूको समय पूरा नहोउन्जेल यरूशलेम गैरयहूदीहरूद्वारा कुल्चीमिल्ची पारिनेछ।
24 Cairão ao fio de espada e serão levados cativos para todas as nações, e Jerusalém será pisada pelos pagãos, até se completarem os tempos das nações pagãs.
25 “सूर्य, चन्द्रमा र ताराहरूमा चिन्हहरू देखिनेछन्; पृथ्वीमा गर्जिरहेको र उर्लिरहेको समुद्रले राष्ट्रहरू सङ्कष्ट र व्याकुलमा पर्नेछन्।
25 Haverá sinais no sol, na lua e nas estrelas. Na terra a aflição e a angústia apoderar-se-ão das nações pelo bramido do mar e das ondas.
26 संसारमा के आइपर्नेछ भन्ने आशङ्काले मानिसहरू डरले मूर्च्छा पर्नेछन्; किनकि आकाशका शक्तिहरू डगमगाउनेछन्।
26 Os homens definharão de medo, na expectativa dos males que devem sobrevir a toda a terra. As próprias forças dos céus serão abaladas.
27 त्यस बेला तिनीहरूले मानिसको पुत्रलाई शक्ति र महा महिमासहित बादलमा आइरहेको देख्नेछन्।
27 Então verão o Filho do Homem vir sobre uma nuvem com grande glória e majestade.
28 जब यी कुराहरू हुन थाल्छन्, तब खडा होओ, र माथि हेर्दै शिर उठाओ; किनकि तिमीहरूको मुक्ति नजिक आउँदैछ।”
28 Quando começarem a acontecer estas coisas, reanimai-vos e levantai as vossas cabeças; porque se aproxima a vossa libertação.
29 उहाँले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो: “अञ्जीरको रूख र अरू सबै रूखहरूलाई हेर।
29 Acrescentou ainda esta comparação: Olhai para a figueira e para as demais árvores.
30 जब तिनमा पालुवा लाग्छ, तब तिमीहरू आफैँले त्यो देख्न सक्छौ र ग्रीष्म ऋतु नजिकै आइपुगेछ भनी थाहा पाउँछौ।
30 Quando elas lançam os brotos, vós julgais que está perto o verão.
31 त्यसरी नै जब तिमीहरूले यी कुराहरू भइरहेका देख्नेछौ, तब परमेश्वरको राज्य नजिकै छ भनी जान।
31 Assim também, quando virdes que vão sucedendo estas coisas, sabereis que está perto o Reino de Deus.
32 “म तिमीहरूलाई साँचो भन्दछु, यी सबै घटनाहरू पूरा नभएसम्म यो पुस्ता निश्चय नै नष्ट भएर जानेछैन।
32 Em verdade vos declaro: não passará esta geração sem que tudo isto se cumpra.
33 आकाश र पृथ्वी नष्ट भएर जानेछन्, तर मेरा वचनहरू कहिले पनि नष्ट हुनेछैनन्।
33 Passarão o céu e a terra, mas as minhas palavras não passarão.
34 “होसियार बस, नत्रता तिमीहरूको हृदय प्रशस्त भोग-विलास, मतवालापन र जीवनको फिक्रीले मन्द होला, र त्यो दिन तिमीहरूमाथि नचिताएको पासोझैँ एक्कासि आइपर्ला।
34 Velai sobre vós mesmos, para que os vossos corações não se tornem pesados com o excesso do comer, com a embriaguez e com as preocupações da vida; para que aquele dia não vos apanhe de improviso.
35 किनकि त्यो पृथ्वीमाथि बास गर्नेहरू सबैमाथि आइपर्नेछ।
35 Como um laço cairá sobre aqueles que habitam a face de toda a terra.
36 तर आइपर्ने यी कुराहरूदेखि तिमीहरू उम्कन र मानिसको पुत्रको उपस्थितिमा खडा हुन सक्नलाई सधैँ जागा रहो र प्रार्थना गर।”
36 Vigiai, pois, em todo o tempo e orai, a fim de que vos torneis dignos de escapar a todos estes males que hão de acontecer, e de vos apresentar de pé diante do Filho do Homem.
37 येशूले हरेक दिन मन्दिरमा शिक्षा दिनुहुन्थ्यो, र हरेक बेलुकी निस्केर जैतुन भनिने डाँडामा रात बिताउन जानुहुन्थ्यो,
37 Durante o dia Jesus ensinava no templo e, à tarde, saía para passar a noite no monte chamado das Oliveiras.
38 सबै मानिसहरू उहाँको वचन सुन्नलाई बिहानै मन्दिरमा आउँथे।
38 E todo o povo ia de manhã cedo ter com ele, no templo, para ouvi-lo.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Lucas 21, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.