Lucas 20

npioncb (NPIONCB) vs ARIB

Sair da comparação
ARIB Almeida Revisada Imprensa Bíblica
1 एक दिन उहाँले मन्दिरका चोकहरूमा भएका मानिसहरूलाई शिक्षा दिँदै र सुसमाचार घोषणा गरिरहनुभएको बेला, मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरू, प्रधानहरूका साथमा उहाँकहाँ आए।
1 Num desses dias, quando Jesus ensinava o povo no templo, e anunciava o evangelho, sobrevieram os principais sacerdotes e os escribas, com os anciãos.
2 तिनीहरूले भने, “हामीलाई भन, तिमीले कुन अधिकारले यी कुराहरू गर्दैछौ? तिमीलाई यो अधिकार कसले दियो?”
2 e falaram-lhe deste modo: Dize-nos, com que autoridade fazes tu estas coisas? Ou, quem é o que te deu esta autoridade?
3 उहाँले जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न गर्छु। मलाई भन,
3 Respondeu-lhes ele: Eu também vos farei uma pergunta; dizei-me, pois:
4 यूहन्‍नाको बप्‍तिस्मा स्वर्गबाटको थियो कि मानिसहरूबाटको थियो?”
4 O batismo de João era do céu ou dos homens?
5 तिनीहरूले यस विषयमा आपसमा छलफल गरे र भने, “यदि हामीले ‘स्वर्गबाट’ भन्यौँ भने, तिनले ‘त्यसो भए किन तिनलाई विश्‍वास गरेनौ त?’ भनी सोध्नेछन्।
5 Ao que eles arrazoavam entre si: Se dissermos: do céu, ele dirá: Por que não crestes?
6 तर हामीले ‘मानिसहरूबाट’ भन्यौँ भने सबै मानिसहरूले हामीलाई ढुङ्गाले हान्‍नेछन्; किनकि तिनीहरूले यूहन्‍नालाई अगमवक्ता भनी विश्‍वास गर्दछन्।”
6 Mas, se dissermos: Dos homens, todo o povo nos apedrejará; pois está convencido de que João era profeta.
7 त्यसकारण तिनीहरूले जवाफ दिए, “त्यो कहाँबाट थियो, हामी जान्दैनौँ।”
7 Responderam, pois, que não sabiam donde era.
8 येशूले भन्‍नुभयो, “म पनि कुन अधिकारले यी कामहरू गर्दैछु, त्यो भन्दिनँ।”
8 Replicou-lhes Jesus: Nem eu vos digo com que autoridade faço estas coisas.
9 उहाँ बोलिरहनुभयो र मानिसहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो: “एक जना मानिसले दाखबारी लगाए, र केही किसानहरूलाई मोहीको रूपमा खटाएर लामो समयका लागि टाढा गए।
9 Começou então a dizer ao povo esta parábola: Um homem plantou uma vinha, arrendou-a a uns lavradores, e ausentou-se do país por muito tempo.
10 कटनीको समयमा तिनले ती मोहीहरूले दाखबारीबाट तिनलाई फलको केही भाग देऊन् भनी एउटा सेवकलाई तिनीहरूकहाँ पठाए। तर मोहीहरूले त्यसलाई पिटे, र त्यसलाई रित्तै हात फर्काइदिए।
10 No tempo próprio mandou um servo aos lavradores, para que lhe dessem dos frutos da vinha; mas os lavradores, espancando-o, mandaram-no embora de mãos vazias.
11 तिनले अर्को सेवकलाई पनि पठाए; तर त्यसलाई पनि तिनीहरूले पिटे, र बेइज्जत गरेर रित्तै हात नै पठाइदिए।
11 Tornou a mandar outro servo; mas eles espancaram também a este e, afrontando-o, mandaram-no embora de mãos vazias.
12 तिनले तेस्रो सेवकलाई पनि पठाए, र तिनीहरूले त्यसलाई पनि घाइते बनाएर बाहिर फालिदिए।
12 E mandou ainda um terceiro; mas feriram também a este e lançaram-no fora.
13 “त्यसपछि दाखबारीका मालिकले भने, ‘म के गरूँ? म आफ्नै प्यारो छोरालाई पठाउनेछु; सायद तिनीहरूले यिनलाई त आदर गर्लान्।’
13 Disse então o senhor da vinha: Que farei? Mandarei o meu filho amado; a ele talvez respeitarão.
14 “तर जब मोहीहरूले त्यसलाई देखे, तब आपसमा यस विषयमा कुरा गरे। तिनीहरूले भने, ‘यो त हकवाला हो। हामी यसलाई मारौँ, र हकको सम्पत्ति हाम्रो हुनेछ।’
14 Mas quando os lavradores o viram, arrazoaram entre si, dizendo: Este é o herdeiro; matemo-lo, para que a herança seja nossa.
15 यसरी तिनीहरूले त्यसलाई दाखबारीको बाहिर निकालेर मारे।
15 E lançando-o fora da vinha, o mataram. Que lhes fará, pois, o senhor da vinha?
16 तिनी आएर ती मोहीहरूलाई मार्नेछन्, र त्यो दाखबारी अरूहरूलाई दिनेछन्।”
16 Virá e destruirá esses lavradores, e dará a vinha a outros. Ouvindo eles isso, disseram: Tal não aconteça!
17 येशूले सोझै तिनीहरूलाई हेर्नुभयो र सोध्नुभयो, “तब यसरी लेखिएको कुराको अर्थ के हो त:
17 Mas Jesus, olhando para eles, disse: Pois, que quer dizer isto que está escrito: A pedra que os edificadores rejeitaram, essa foi posta como pedra angular?
18 हरेक, जो त्यस ढुङ्गामाथि खस्छ, त्यो टुक्रा-टुक्रा हुनेछ, तर जसमाथि त्यो खस्छ, त्यो धुलोपिठो हुनेछ।”
18 Todo o que cair sobre esta pedra será despedaçado; mas aquele sobre quem ela cair será reduzido a pó.
19 त्यसपछि व्यवस्थाका शिक्षकहरू र मुख्य पुजारीहरूले उहाँलाई तुरुन्तै पक्रने उपाय खोज्न थाले; किनकि उहाँले यो दृष्‍टान्त तिनीहरूका विरुद्धमा भन्‍नुभएको हो भनी तिनीहरूलाई थाहा थियो। तर तिनीहरू मानिसहरूदेखि डराउँथे।
19 Ainda na mesma hora os escribas e os principais sacerdotes, percebendo que contra eles proferira essa parábola, procuraram deitar-lhe as mãos, mas temeram o povo.
20 उहाँको चियो गरी मौका हेर्दै, तिनीहरूले धर्मी भएको बहाना गर्ने जासुसहरूलाई उहाँकहाँ पठाए। येशूले भन्‍नुभएका कुनै कुरामा उहाँलाई फसाई पक्रेर राज्यपालको अधिकार र शक्तिकहाँ उहाँलाई सुम्पिदिन तिनीहरूले दाउ हेरे।
20 E, aguardando oportunidade, mandaram espias, os quais se fingiam justos, para o apanharem em alguma palavra, e o entregarem à jurisdição e à autoridade do governador.
21 ती जासुसहरूले उहाँलाई प्रश्न गरे: “गुरुज्यू, हामी जान्दछौँ कि तपाईंले जे ठिक छ, त्यही बोल्नुहुन्छ र त्यसैको शिक्षा दिनुहुन्छ, र तपाईंले भेदभाव राख्नुहुन्‍न। तर सत्यता बमोजिम परमेश्‍वरका मार्ग सिकाउनुहुन्छ।
21 Estes, pois, o interrogaram, dizendo: Mestre, sabemos que falas e ensinas retamente, e que não consideras a aparência da pessoa, mas ensinas segundo a verdade o caminho de Deus;
22 के सिजरलाई हामीले कर तिर्नु उचित छ कि छैन?”
22 é-nos lícito dar tributo a César, ou não?
23 तर उहाँले तिनीहरूका बनावटी कुरा देख्नुभयो र भन्‍नुभयो,
23 Mas Jesus, percebendo a astúcia deles, disse-lhes:
24 “मलाई दिनारको एउटा सिक्‍का देखाओ। यसमा कसको चित्र र छाप छ?”
24 Mostrai-me um denário. De quem é a imagem e a inscrição que ele tem? Responderam: De César.
25 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “त्यसो भए जे सिजरको हो, त्यो सिजरलाई देओ र जे परमेश्‍वरको हो, त्यो परमेश्‍वरलाई देओ।”
25 Disse-lhes então: Dai, pois, a César o que é de César, e a Deus o que é de Deus.
26 उहाँले त्यहाँ सारा मानिसहरूको अगि जे भन्‍नुभयो, त्यस कुरामा उहाँलाई फसाउन तिनीहरू सामर्थ्य भएनन्। उहाँले दिनुभएको जवाफमा आश्‍चर्यचकित भएर तिनीहरू चुप लागिरहे।
26 E não puderam apanhá-lo em palavra alguma diante do povo; e admirados da sua resposta, calaram-se.
27 मरेकाहरू पुनरुत्थान हुँदैनन् भनी विश्‍वास गर्ने समूहका सदुकीहरूमध्ये कोही-कोही यसो भन्‍ने प्रश्न लिएर येशूकहाँ आए।
27 Chegaram então alguns dos saduceus, que dizem não haver ressurreição, e perguntaram-lhe:
28 तिनीहरूले भने, “गुरुज्यू, मोशाले हाम्रा निम्ति लेखिदिएका थिए, कि कुनै मानिसको दाजु निःसन्तान भई पत्नीलाई मात्र छोडेर मर्‍यो भने त्यस मानिसले त्यो विधवालाई विवाह गरेर उसका दाजुका निम्ति सन्तान उत्पन्‍न गरिदिनुपर्छ।
28 Mestre, Moisés nos deixou escrito que se morrer alguém, tendo mulher mas não tendo filhos, o irmão dele case com a viúva, e suscite descendência ao irmão.
29 अब कुनै परिवारमा सात दाजुभाइहरू थिए। पहिलोले विवाह गरेर पत्नी ल्यायो र ऊ सन्तान नभई मर्‍यो।
29 Havia, pois, sete irmãos. O primeiro casou-se e morreu sem filhos;
30 अनि दोस्रोले त्यसलाई विवाह गर्‍यो, र ऊ पनि सन्तान नभई मर्‍यो,
30 então o segundo, e depois o terceiro, casaram com a viúva;
31 त्यसपछि तेस्रोले त्यसलाई विवाह गर्‍यो; अनि यही प्रकारले सातै जना दाजुभाइहरूले पालैपालो उसलाई विवाह गरे, र तिनीहरू सन्तान नभई नै मरे।
31 e assim todos os sete, e morreram, sem deixar filhos.
32 अन्त्यमा त्यो स्त्री पनि मरी।
32 Depois morreu também a mulher.
33 अब मरेकाहरू पुनरुत्थान हुँदा त्यो स्त्री कसकी पत्नी हुनेछे? किनकि सातै जनाको त्यससँग विवाह भएको थियो।”
33 Portanto, na ressurreição, de qual deles será ela esposa, pois os sete por esposa a tiveram?
34 येशूले जवाफ दिनुभयो, “यस युगका मानिसहरू विवाह गर्छन् र गराउँछन्।
34 Respondeu-lhes Jesus: Os filhos deste mundo casaram-se e dão-se em casamento;
35 तर त्यस युगसम्म पुग्न, र मरेकाहरूबाट पुनरुत्थान हुन योग्य ठहरिनेहरूले न त विवाह गर्नेछन्, न विवाहमा दिइन्छन्,
35 mas os que são julgados dignos de alcançar o mundo vindouro, e a ressurreição dentre os mortos, nem se casam nem se dão em casamento;
36 तिनीहरू कहिल्यै मर्दैनन्; किनकि तिनीहरू स्वर्गदूतजस्तै हुन्। पुनरुत्थानका सन्तान भएकाले तिनीहरू परमेश्‍वरका सन्तान हुन्।
36 porque já não podem mais morrer; pois são iguais aos anjos, e são filhos de Deus, sendo filhos da ressurreição.
37 पोथ्राको विवरणमा मोशाले पनि मरेकाहरू जीवित पारिन्छन् भन्‍ने कुरा देखाएका थिए; किनकि तिनले प्रभुलाई ‘अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकोबका परमेश्‍वर’ भनी पुकार गरेका छन्।
37 Mas que os mortos hão de ressurgir, o próprio Moisés o mostrou, na passagem a respeito da sarça, quando chama ao Senhor; Deus de Abraão, e Deus de Isaque, e Deus de Jacó.
38 उहाँ मरेकाहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका हुनुहुन्छ; किनकि उहाँका निम्ति सबै जीवित छन्।”
38 Ora, ele não é Deus de mortos, mas de vivos; porque para ele todos vivem.
39 व्यवस्थाका केही शिक्षकहरूले भने, “गुरुज्यू, तपाईंले बडो असल कुरा भन्‍नुभयो!”
39 Responderam alguns dos escribas: Mestre, disseste bem.
40 त्यसपछि कसैले पनि उहाँलाई अरू प्रश्न सोध्ने आँट गरेनन्।
40 Não ousavam, pois, perguntar-lhe mais coisa alguma.
41 त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “ख्रीष्‍ट दावीदका पुत्र हुन् भनी तिनीहरू कसरी भन्दछन्?
41 Jesus, porém, lhes perguntou: Como dizem que o Cristo é filho de Davi?
42 — ausente —
42 Pois o próprio Davi diz no livro dos Salmos: Disse o Senhor ao meu Senhor: Assenta-te à minha direita,
43 — ausente —
43 até que eu ponha os teus inimigos por escabelo dos teus pés.
44 दावीदले उहाँलाई ‘प्रभु’ भन्छन्। त्यसो भए उहाँ कसरी तिनका पुत्र हुन सक्छन्?”
44 Logo Davi lhe chama Senhor como, pois, é ele seu filho?
45 सबै मानिसहरूले सुनिरहेकै बेलामा येशूले उहाँका चेलाहरूलाई भन्‍नुभयो:
45 Enquanto todo o povo o ouvia, disse Jesus aos seus discípulos:
46 “व्यवस्थाका शिक्षकहरूदेखि होसियार बस। तिनीहरू लामो पोशाक पहिरेर यताउता हिँड्न चाहन्छन्। बजारहरूमा आदरको अभिवादन पाउन मन पराउँछन्, र सभाघरहरूमा सबैभन्दा प्रमुख आसन र भोजहरूमा आदरको स्थान लिन मन पराउँछन्।
46 Guardai-vos dos escribas, que querem andar com vestes compridas, e gostam das saudações nas praças, dos primeiros assentos nas sinagogas, e dos primeiros lugares nos banquetes;
47 तिनीहरूले विधवाहरूका घरहरू हडप्छन्, र देखाउनका निम्ति लामा-लामा प्रार्थना गर्दछन्। यस्ता मानिसहरूले सबैभन्दा कडा दण्ड पाउनेछन्।”
47 que devoram as casas das viúvas, fazendo, por pretexto, longas orações; estes hão de receber maior condenação.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Lucas 20, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.