Lucas 19
npioncb (NPIONCB) vs ACF
1 येशू यरीहोमा प्रवेश गरी त्यहाँबाट जाँदैहुनुहुन्थ्यो।
1 E, tendo Jesus entrado em Jericó, ia passando.
2 त्यहाँ जक्कै नाम भएका एक जना मानिस थिए। तिनी कर उठाउनेहरूका प्रमुख थिए; र धनी थिए।
2 E eis que havia ali um homem chamado Zaqueu; e era este um chefe dos publicanos, e era rico.
3 अनि तिनले येशू को हुनुहुँदोरहेछ भनी हेर्न चाहन्थे, तर भीडले गर्दा तिनले उहाँलाई देख्न सकेनन्; किनकि तिनी पुड्का थिए।
3 E procurava ver quem era Jesus, e não podia, por causa da multidão, pois era de pequena estatura.
4 त्यसकारण तिनी दौडेर अगि-अगि गएर उहाँलाई हेर्नका लागि एउटा अञ्जीरको रूखमा चढे; किनकि येशू त्यही बाटो भएर आउन लाग्नुभएको थियो।
4 E, correndo adiante, subiu a uma figueira brava para o ver; porque havia de passar por ali.
5 जब येशू त्यस ठाउँमा आइपुग्नुभयो, तब उहाँले माथितिर हेरेर तिनलाई भन्नुभयो, “ए जक्कै, चाँडै तल ओर्लेर आऊ। आज मलाई तिम्रो घरमा बस्नु छ।”
5 E quando Jesus chegou àquele lugar, olhando para cima, viu-o e disse-lhe: Zaqueu, desce depressa, porque hoje me convém pousar em tua casa.
6 तिनी झट्टै तल ओर्लेर आए, र खुशी हुँदै उहाँलाई सत्कार गरे।
6 E, apressando-se, desceu, e recebeu-o alegremente.
7 तर यो देखेर सबै जनाले गनगनाउँदै भन्न लागे, “उनी त एउटा पापीको घरमा पाहुना बस्न गए।”
7 E, vendo todos isto, murmuravam, dizendo que entrara para ser hóspede de um homem pecador.
8 तर जक्कै खडा भएर प्रभुलाई भने, “हे प्रभु, हेर्नुहोस्! म अहिले यहीँ नै मेरो सम्पत्तिको आधा भाग गरिबहरूलाई दिन्छु; यदि मैले कसैलाई कुनै कुरामा ठगेको छु भने म त्यसको चार गुणा फिर्ता गरिदिनेछु।”
8 E, levantando-se Zaqueu, disse ao Senhor: Senhor, eis que eu dou aos pobres metade dos meus bens; e, se nalguma coisa tenho defraudado alguém, o restituo quadruplicado.
9 येशूले तिनलाई भन्नुभयो, “आज यस घरमा मुक्ति आएको छ; किनकि यी मानिस पनि अब्राहामकै सन्तान हुन्।
9 E disse-lhe Jesus: Hoje veio a salvação a esta casa, pois também este é filho de Abraão.
10 किनकि मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो।”
10 Porque o Filho do homem veio buscar e salvar o que se havia perdido.
11 तिनीहरूले यी कुराहरू सुन्दैगर्दा उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो; किनकि उहाँ यरूशलेमको नजिकै हुनुहुन्थ्यो, र मानिसहरूले परमेश्वरको राज्य अब तुरुन्तै प्रकट हुनेछ भन्ने विचार गरेका थिए।
11 E, ouvindo eles estas coisas, ele prosseguiu, e contou uma parábola; porquanto estava perto de Jerusalém, e cuidavam que logo se havia de manifestar o reino de Deus.
12 उहाँले भन्नुभयो: “असल खानदानका एक जना मानिस राजा नियुक्त भएर फेरि फर्किआउनका लागि एउटा टाढा मुलुकमा गए।
12 Disse pois: Certo homem nobre partiu para uma terra remota, a fim de tomar para si um reino e voltar depois.
13 तिनले आफ्ना दश जना सेवकहरूलाई बोलाएर तिनीहरूलाई सुनका दश सिक्का दिएर भने, ‘म फर्केर नआएसम्म यो पैसा व्यापारमा लगाओ।’
13 E, chamando dez servos seus, deu-lhes dez minas, e disse-lhes: Negociai até que eu venha.
14 “तर उनका अधीनका प्रजाहरूले तिनलाई घृणा गर्दथे; र त्यसैले तिनका पछि-पछि तिनीहरूले यसो भन्ने दूतहरू पठाए, ‘यी मानिस हाम्रा राजा भएको हामी चाहँदैनौँ।’
14 Mas os seus concidadãos odiavam-no, e mandaram após ele embaixadores, dizendo: Não queremos que este reine sobre nós.
15 “तर तिनी राजा भएर घर फर्के। त्यसपछि तिनले दिएका पैसाबाट सेवकहरूले कति फाइदा कमाए भनी पत्ता लगाउनका लागि तिनले आफ्ना सेवकहरूलाई आफूकहाँ बोलाए।
15 E aconteceu que, voltando ele, depois de ter tomado o reino, disse que lhe chamassem aqueles servos, a quem tinha dado o dinheiro, para saber o que cada um tinha ganhado, negociando.
16 “पहिलो सेवक आएर भन्यो, ‘मालिक, तपाईंको पैसाले मैले अरू दश सिक्का कमाएको छु।’
16 E veio o primeiro, dizendo: Senhor, a tua mina rendeu dez minas.
17 “अनि त्यसका मालिकले भने, ‘स्याबास, मेरो असल सेवक! तिमी सानो कुरामा पनि विश्वासयोग्य भयौ। त्यसकारण अब दश सहरहरूमाथि अधिकार गर।’
17 E ele lhe disse: Bem está, servo bom, porque no mínimo foste fiel, sobre dez cidades terás autoridade.
18 “दोस्रो सेवक आएर भन्यो, ‘मालिक, तपाईंको पैसाले मैले अरू पाँच सिक्का कमाएको छु।’
18 E veio o segundo, dizendo: Senhor, a tua mina rendeu cinco minas.
19 “अनि त्यसका मालिकले भने, ‘तिमीले पाँच सहरहरूमाथि अधिकार गर।’
19 E a este disse também: Sê tu também sobre cinco cidades.
20 “त्यसपछि अर्को सेवक आयो, र भन्यो, ‘मालिक, हेर्नुहोस्, तपाईंको सिक्का यहीँ छ। मैले यसलाई कपडाको टालोमा बाँधेर राखेको छु।
20 E veio outro, dizendo: Senhor, aqui está a tua mina, que guardei num lenço;
21 म तपाईंसँग डराएँ, किनकि तपाईं एक कठोर मानिस हुनुहुन्छ। तपाईंले जे राख्नुभएको छैन, त्यो लिनुहुन्छ र जे छर्नुभएन, त्यसैको कटनी गर्नुहुन्छ।’
21 Porque tive medo de ti, que és homem rigoroso, que tomas o que não puseste, e segas o que não semeaste.
22 “त्यसका मालिकले जवाफ दिए, ‘ए दुष्ट सेवक, म तेरै मुखको वचनबाट तेरो न्याय गर्नेछु! मैले जे राखिनँ, त्यो लिने, र जे छरिनँ, त्यसैको कटनी गर्ने म एक कठोर मानिस हुँ भन्ने तँलाई थाहा थियो, होइन र?
22 Porém, ele lhe disse: Mau servo, pela tua boca te julgarei. Sabias que eu sou homem rigoroso, que tomo o que não pus, e sego o que não semeei;
23 त्यसो भए मेरो सिक्का तैँले किन साहुकहाँ राखिनस् त? त्यसो गरेको भए म फर्केर आउँदा मैले त्यसलाई ब्याजसमेत पाउनेथिएँ।’
23 Por que não puseste, pois, o meu dinheiro no banco, para que eu, vindo, o exigisse com os juros?
24 “त्यसपछि तिनले त्यहाँ नजिकै उभिनेहरूलाई भने, ‘त्यसबाट त्यो सिक्का लेओ, र जससित दश सिक्का छ, त्यसलाई देओ।’
24 E disse aos que estavam com ele: Tirai-lhe a mina, e dai-a ao que tem dez minas.
25 “तिनीहरूले भने, ‘मालिक, त्यससँग दश सिक्का छँदैछन् नि!’
25 (E disseram-lhe eles: Senhor, ele tem dez minas. )
26 “राजाले जवाफ दिए, ‘म तिमीहरूलाई भन्दछु, जससित छ, त्यसलाई अरू दिइनेछ, तर जससित छैन, त्यससित भएको पनि खोसिनेछ।
26 Pois eu vos digo que a qualquer que tiver ser-lhe-á dado, mas ao que não tiver, até o que tem lhe será tirado.
27 तर म तिनीहरूमाथि राजा बनेको नचाहने मेरा ती शत्रुहरू, तिनीहरूलाई यहाँ ल्याओ र तिनीहरूलाई मेरै सामु मार।’ ”
27 E quanto àqueles meus inimigos que não quiseram que eu reinasse sobre eles, trazei-os aqui, e matai-os diante de mim.
28 येशूले यी कुराहरू भनिसकेपछि उहाँ यरूशलेमतर्फ जानलाई अगि बढ्नुभयो।
28 E, dito isto, ia caminhando adiante, subindo para Jerusalém.
29 जब उहाँ जैतुन डाँडा भनिने पहाडमा बेथफागे र बेथानीको नजिक आइपुग्नुभयो, तब उहाँले आफ्ना दुई जना चेलाहरूलाई यसो भनेर पठाउनुभयो,
29 E aconteceu que, chegando perto de Betfagé, e de Betânia, ao monte chamado das Oliveiras, mandou dois dos seus discípulos,
30 “तिमीहरूका सामुको गाउँमा जाओ, र जब तिमीहरू त्यहाँ प्रवेश गर्छौ, तिमीहरूले त्यहाँ एउटा गधाको बछेडोलाई बाँधिराखेको भेट्टाउनेछौ; जसमाथि अझसम्म कोही सवार भएको छैन। त्यसलाई खोलेर यहाँ ल्याओ।
30 Dizendo: Ide à aldeia que está defronte, e aí, ao entrar, achareis preso um jumentinho em que nenhum homem ainda montou; soltai-o e trazei-o.
31 यदि कसैले तिमीहरूलाई ‘त्यसलाई किन फुकाउँदैछौ?’ भनी सोध्यो भने, ‘प्रभुलाई यो चाहिएको छ’ भनेर भन्नू।”
31 E, se alguém vos perguntar: Por que o soltais? assim lhe direis: Porque o Senhor o há de mister.
32 ती अगि-अगि पठाइएकाहरू गए, र उहाँले तिनीहरूलाई जस्तो भन्नुभएको थियो, त्यस्तै भेट्टाए।
32 E, indo os que haviam sido mandados, acharam como lhes dissera.
33 तिनीहरूले त्यो बछेडालाई फुकाउँदै गर्दा त्यसका मालिकहरूले तिनीहरूलाई सोधे, “तिमीहरूले त्यो बछेडालाई किन फुकाउँदैछौ?”
33 E, quando soltaram o jumentinho, seus donos lhes disseram: Por que soltais o jumentinho?
34 तिनीहरूले जवाफ दिए, “प्रभुलाई यो चाहिएको छ।”
34 E eles responderam: O Senhor o há de mister.
35 तिनीहरूले त्यसलाई येशूकहाँ ल्याए; अनि आफ्ना लुगाहरू त्यस गधामाथि राखे, र येशूलाई त्यसमाथि बसाले।
35 E trouxeram-no a Jesus; e, lançando sobre o jumentinho as suas vestes, puseram Jesus em cima.
36 उहाँ अगि बढ्दै गर्नुहुँदा मानिसहरूले आ-आफ्ना लुगाहरू बाटोमा ओछ्याइदिए।
36 E, indo ele, estendiam no caminho as suas vestes.
37 उहाँ जैतुन डाँडाको ओह्रालो सुरु हुने ठाउँको नजिक आइपुग्नुहुँदा, चेलाहरूका सम्पूर्ण भीड, आफैँले देखेका सबै अचम्मका कामहरूका लागि आनन्दसाथ चर्को सोरमा परमेश्वरको प्रशंसा गर्न लागे:
37 E, quando já chegava perto da descida do Monte das Oliveiras, toda a multidão dos discípulos, regozijando-se, começou a dar louvores a Deus em alta voz, por todas as maravilhas que tinham visto,
38 “प्रभुको नाममा आउनुहुने राजा धन्य हुनुहुन्छ!”
38 Dizendo: Bendito o Rei que vem em nome do Senhor; paz no céu, e glória nas alturas.
39 भीडमध्येका कोही फरिसीहरूले येशूलाई भने, “गुरुज्यू, तपाईंका चेलाहरूलाई हप्काउनुहोस्!”
39 E disseram-lhe de entre a multidão alguns dos fariseus: Mestre, repreende os teus discípulos.
40 उहाँले भन्नुभयो, “म तिमीहरूलाई भन्दछु, यिनीहरू चुप लागे भने ढुङ्गाहरू कराएर उठ्नेछन्।”
40 E, respondendo ele, disse-lhes: Digo-vos que, se estes se calarem, as próprias pedras clamarão.
41 जब येशू यरूशलेमको नजिक पुग्नुभयो, र सहरलाई देख्नुभयो, तब उहाँ त्यसका निम्ति रुनुभयो,
41 E, quando ia chegando, vendo a cidade, chorou sobre ela,
42 र भन्नुभयो, “यदि तैँले, हो तैँले, शान्ति कुन कुराले ल्याउँछ भनी आज जानेको भए हुनेथियो। तर अब त्यो तेरो नजरबाट लुकेको छ।
42 Dizendo: Ah! se tu conhecesses também, ao menos neste teu dia, o que à tua paz pertence! Mas agora isto está encoberto aos teus olhos.
43 तँमाथि यस्ता दिनहरू आउनेछन्, जब तेरा शत्रुहरूले तेरो वरिपरि तेरो विरुद्धमा मोर्चा बाँध्नेछन्; घेरा हाल्नेछन् र तँलाई चारैतिरबाट थुनिराख्नेछन्।
43 Porque dias virão sobre ti, em que os teus inimigos te cercarão de trincheiras, e te sitiarão, e te estreitarão de todos os lados;
44 तिनीहरूले तँलाई र तेरो पर्खालभित्र भएका तेरा सन्तानहरूलाई जमिनमा पछार्नेछन्; र तिनीहरूले एउटा ढुङ्गा पनि अर्कोमाथि छोड्नेछैनन्; किनकि तैँले तँभित्र हुनुभएको परमेश्वरको आगमनको समयलाई चिनिनस्।”
44 E te derrubarão, a ti e aos teus filhos que dentro de ti estiverem, e não deixarão em ti pedra sobre pedra, pois que não conheceste o tempo da tua visitação.
45 त्यसपछि उहाँ मन्दिरको क्षेत्रभित्र प्रवेश गर्नुभयो र त्यहाँ बिक्री गर्नेहरूलाई निकाल्न लाग्नुभयो।
45 E, entrando no templo, começou a expulsar todos os que nele vendiam e compravam,
46 उहाँले तिनीहरूलाई भन्नुभयो, “यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले यसलाई ‘डाँकुहरूका ओडार’ बनाएका छौ।”
46 Dizendo-lhes: Está escrito: A minha casa é casa de oração; mas vós fizestes dela covil de salteadores.
47 त्यसपछि उहाँले दिनहुँ मन्दिरमा शिक्षा दिन थाल्नुभयो। तर मुख्य पुजारीहरू, व्यवस्थाका शिक्षकहरू र मानिसहरूका अगुवाहरूले उहाँलाई मार्न खोज्दैथिए।
47 E todos os dias ensinava no templo; mas os principais dos sacerdotes, e os escribas, e os principais do povo procuravam matá-lo.
48 तर तिनीहरूले उहाँलाई मार्न कुनै उपाय भेट्टाउन सकेनन्; किनकि सबै मानिसहरू उहाँका वचनमा प्रभावित भएका थिए।
48 E não achavam meio de o fazer, porque todo o povo pendia para ele, escutando-o.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Lucas 19, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.