Lucas 17
npioncb (NPIONCB) vs NTLH
1 येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो: “मानिसहरूलाई पाप गर्न लगाउने ठक्करहरू अवश्य नै आउँछन्, तर धिक्कार तिनीहरूलाई, जसद्वारा ती आउँछन्।
1 Jesus disse aos seus discípulos:
2 यी सानाहरूमध्ये एक जनालाई पाप गर्न लाउनुभन्दा बरु एउटा जाँतो त्यसको घाँटीमा बाँधेर त्यसलाई समुद्रमा फालिदिनु असल हुनेथियो।
2 Seria melhor para essa pessoa que ela fosse jogada no mar com uma grande pedra de moinho amarrada no pescoço do que fazer com que um destes pequeninos peque.
3 त्यसकारण आफ्नो विषयमा होसियार बस!
3 Tenham cuidado! Se o seu irmão pecar, repreenda-o; se ele se arrepender, perdoe.
4 त्यसले तिम्रो विरुद्धमा दिनमा सातपल्ट पाप गर्यो र सातैपल्ट फर्केर आएर तिमीलाई ‘म पश्चात्ताप गर्छु’ भन्यो भने त्यसलाई क्षमा गर।”
4 Se pecar contra você sete vezes num dia e cada vez vier e disser: “Me arrependo”, então perdoe.
5 प्रेरितहरूले प्रभुलाई भने, “हाम्रो विश्वास बढाइदिनुहोस्!”
5 Os apóstolos pediram ao Senhor: — Aumente a nossa fé.
6 उहाँले जवाफ दिनुभयो, “यदि तिमीहरूमा सानो रायोको दानाजत्रो विश्वास छ भने तिमीहरूले यस किम्बुको रूखलाई ‘तँ जरैसित उखेलिएर समुद्रमा रोपिन जा’ भनी भन्न सक्छौ, र यसले तिम्रो आज्ञा मान्नेछ।
6 E ele respondeu:
7 “मानौँ तिमीहरूमध्ये कसैको एउटा सेवक खेत जोत्न अथवा भेडा चराउन गएको छ। के उसले त्यो सेवकलाई खेतबाट त्यो फर्केर आएपछि ‘अब आइज, र खान बस्’ भन्छ र?
7 Jesus disse:
8 बरु उसले, ‘मेरो खाना तयार गर्, आफूलाई तयार राख्, र मैले खानपान नगरुन्जेल मेरो सेवाटहल गर्। त्यसपछि तैँले खानपान गर्न सक्नेछस्’ भनी भन्दैन र?
8 Claro que não! Pelo contrário, você dirá: “Prepare o jantar para mim, ponha o avental e me sirva enquanto eu como e bebo. Depois você pode comer e beber.”
9 सेवकले त्यसलाई अह्राइएको काम गरेकोले उसले त्यस सेवकलाई धन्यवाद दिन्छ र?
9 Por acaso o empregado merece agradecimento porque obedeceu às suas ordens?
10 त्यसै गरी तिमीहरूले पनि जब तिमीहरूलाई अह्राइएका सबै कामहरू गरिसक्छौ, तब यसो भन्नुपर्छ, ‘हामी अयोग्य सेवक हौँ, हामीले त केवल आफ्ना कर्तव्य मात्र पालन गरेका छौँ।’ ”
10 Assim deve ser com vocês. Depois de fazerem tudo o que foi mandado, digam: “Somos empregados que não valem nada porque fizemos somente o nosso dever.”
11 यरूशलेम जाने आफ्नो यात्राको क्रममा येशू सामरिया र गालील प्रदेशबीचको सिमाना भएर जाँदैहुनुहुन्थ्यो।
11 Jesus continuava viajando para Jerusalém e passou entre as regiões da Samaria e da Galileia.
12 उहाँ कुनै गाउँमा पस्न लाग्नुहुँदा कुष्ठरोग लागेका दश जनाले उहाँलाई भेटे। तिनीहरू केही टाढै उभिए;
12 Quando estava entrando num povoado, dez leprosos foram se encontrar com ele. Eles pararam de longe
13 अनि चर्को सोरमा उहाँलाई बिन्ती गरे, “हे येशू, गुरुज्यू, हामीमाथि कृपा गर्नुहोस्!”
13 e gritaram: — Jesus, Mestre, tenha pena de nós!
14 तिनीहरूलाई देखेर उहाँले भन्नुभयो, “जाओ, र आफैँलाई पुजारीकहाँ देखाओ।” अनि तिनीहरू जाँदा-जाँदै निको भए।
14 Jesus os viu e disse: Quando iam pelo caminho, eles foram curados.
15 तिनीहरूमध्ये एक जनाले आफू निको भएको देखेपछि चर्को सोरमा परमेश्वरको प्रशंसा गर्दै फर्केर आयो।
15 E, quando um deles, que era samaritano , viu que estava curado, voltou louvando a Deus em voz alta.
16 येशूको पाउमा घोप्टो परेर उहाँलाई धन्यवाद दियो; त्योचाहिँ एक सामरी थियो।
16 Ajoelhou-se aos pés de Jesus e lhe agradeceu.
17 येशूले सोध्नुभयो, “के दशै जना नै निको भएका होइनन् र? अरू नौ जना कहाँ छन्?
17 Jesus disse:
18 के फर्किआएर परमेश्वरलाई प्रशंसा दिन यो परदेशीबाहेक अरू कोही भएनन्?”
18 Por que somente este estrangeiro voltou para louvar a Deus?
19 त्यसपछि उहाँले त्यसलाई भन्नुभयो, “उठ, र आफ्नो बाटो लाग; तिम्रो विश्वासले नै तिमीलाई निको पारेको हो।”
19 E Jesus disse a ele:
20 फरिसीहरूद्वारा परमेश्वरको राज्य कहिले आउँछ भनी सोधिएपछि येशूले जवाफ दिनुभयो, “परमेश्वरको राज्य तिमीहरूले देखिने गरी आउँदैन,
20 Alguns fariseus perguntaram a Jesus quando ia chegar o Reino de Deus . Ele respondeu:
21 न त मानिसहरूले ‘यो यहाँ छ,’ अथवा ‘त्यहाँ छ,’ भनी भन्नेछन्। किनकि परमेश्वरको राज्य त तिमीहरूभित्र नै छ।”
21 Ninguém vai dizer: “Vejam! Está aqui” ou “Está ali”. Porque o Reino de Deus está dentro de vocês.
22 त्यसपछि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “त्यो समय आउँदैछ, जब तिमीहरूले मानिसको पुत्रलाई कुनै एक दिन हेर्ने इच्छा गर्नेछौ, तर तिमीहरूले देख्नेछैनौ।
22 Então ele disse aos discípulos:
23 मानिसहरूले तिमीहरूलाई, ‘ऊ त्यहाँ छ!’ अथवा ‘हेर, ऊ यहाँ छ!’ भन्नेछन्, तर तिनीहरूका पछि दगुर्दै नजाओ।
23 Alguns vão dizer a vocês: “Olhem aqui” ou “Olhem ali”; porém não saiam para procurá-lo.
24 किनकि जसरी बिजुली चम्कँदा आकाशको एक छेउदेखि अर्को छेउसम्म उज्यालो हुन्छ, मानिसको पुत्र पनि आफ्नो दिनमा त्यस्तै हुनेछ।
24 Porque, assim como o relâmpago brilha de uma ponta do céu até a outra, assim será no dia em que o Filho do Homem vier.
25 तर पहिले उसले धेरै कष्टहरू भोग्नुपर्छ, र यस पुस्ताबाट तिरस्कृत हुनुपर्छ।
25 Mas primeiro ele precisa sofrer e ser rejeitado pelo povo de hoje.
26 “नोआका दिनहरूमा जस्तो भएको थियो, मानिसको पुत्रको दिनहरूमा पनि त्यस्तै हुनेछ।
26 Como foi no tempo de Noé, assim também será nos dias de antes da vinda do Filho do Homem.
27 नोआ जहाजभित्र पसेको दिनसम्म नै मानिसहरू खाँदैथिए, पिउँदैथिए, र विवाह गरिरहेका थिए र गराइँदैथियो। त्यसै समयमा जलप्रलय आयो र तिनीहरू सबैलाई नष्ट पार्यो।
27 Todos comiam e bebiam, e os homens e as mulheres casavam, até o dia em que Noé entrou na barca. Depois veio o dilúvio e matou todos.
28 “लोतका दिनमा पनि त्यस्तै भएको थियो। मानिसहरू खाइरहेका, पिइरहेका, किनबेच गरिरहेका, रोपिरहेका र बनाइरहेका थिए।
28 A mesma coisa aconteceu no tempo de Ló. Todos comiam e bebiam, compravam e vendiam, plantavam e construíam.
29 तर लोतले सदोम छोडेकै दिनमा आकाशबाट आगो र गन्धक बर्स्यो, र तिनीहरू सबैलाई नष्ट पार्यो।
29 No dia em que Ló saiu de Sodoma, choveu do céu fogo e enxofre e matou todos.
30 “मानिसको पुत्र प्रकट हुने दिनमा ठिक यस्तै हुनेछ।
30 Assim será o dia em que o Filho do Homem aparecer.
31 त्यस दिन कोही घरको छानामाथि हुनेछ, र त्यसका मालसामान घरभित्र छन् भने ती थोकहरू लैजानलाई त्यो तल नओर्लोस्। त्यसै गरी खेतमा हुने कोही पनि केही लिन फर्केर नजाओस्।
31 Aí quem estiver em cima da sua casa, no terraço, desça, e fuja logo, e não perca tempo entrando na casa para pegar as suas coisas. E quem estiver no campo não volte para casa.
32 लोतकी पत्नीलाई सम्झ!
32 Lembrem da mulher de Ló.
33 जसले आफ्नो जीवन बचाउन खोज्छ, त्यसले त्यो गुमाउनेछ; र जसले आफ्नो जीवन गुमाउँदछ, त्यसले त्यो बचाउनेछ।
33 A pessoa que procura os seus próprios interesses nunca terá a vida verdadeira; mas quem esquece a si mesmo terá a vida verdadeira.
34 म तिमीहरूलाई भन्दछु, त्यस रात दुई जना मानिस एउटै ओछ्यानमा हुनेछन्; एक जना लगिनेछ र अर्को छोडिनेछ।
34 Naquela noite duas pessoas estarão dormindo numa mesma cama. Eu afirmo a vocês que uma será levada, e a outra, deixada.
35 दुई स्त्रीहरू सँगसँगै अन्न पिँधिरहेका हुनेछन्। एउटी लगिनेछ र अर्की छोडिनेछ।
35 Duas mulheres estarão moendo trigo juntas: uma será levada, e a outra, deixada.
36 दुई जना मानिसहरू खेतमा हुनेछन्, एउटा लगिनेछ र अर्को छोडिनेछ।”
36 [Naquele dia, dois homens estarão trabalhando na fazenda: um será levado, e o outro, deixado.]
37 तिनीहरूले सोधे, “कहाँ, प्रभु?”
37 Então os discípulos perguntaram: — Senhor, onde vai ser isso? Ele respondeu:
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Lucas 17, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.