Lucas 16

npioncb (NPIONCB) vs VC

Sair da comparação
VC Versão Católica
1 येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “कुनै धनी मानिसको एक जना प्रबन्धक थियो। उसलाई आफ्ना मालिकको धनसम्पत्ति उडाइरहेको छ भन्‍ने दोष लागेको थियो।
1 Jesus disse também a seus discípulos: Havia um homem rico que tinha um administrador. Este lhe foi denunciado de ter dissipado os seus bens.
2 त्यसकारण मालिकले त्यसलाई बोलाएर सोधे, ‘मैले तिम्रो बारेमा जे सुन्दैछु, त्यो के हो? तिम्रो कामको हिसाब देऊ; किनकि अब उप्रान्त तिमी प्रबन्धक रहिरहन सक्दैनौ।’
2 Ele chamou o administrador e lhe disse: Que é que ouço dizer de ti? Presta contas da tua administração, pois já não poderás administrar meus bens.
3 “त्यो प्रबन्धकले आफ्नो मनमनै भन्यो, ‘अब म के गरूँ? मेरा मालिकले मेरो काम खोस्‍न लागेका छन्। खनजोत गर्ने मेरो बल छैनँ; अनि भीख माग्न मलाई लाज लाग्छ।
3 O administrador refletiu então consigo: Que farei, visto que meu patrão me tira o emprego? Lavrar a terra? Não o posso. Mendigar? Tenho vergonha.
4 अब म के गर्नेछु, त्यो मलाई थाहा छ। ताकि त्यसो गर्दा म यहाँको कामबाट हटाइए तापनि मानिसहरूले मलाई तिनीहरूका घरमा स्वागत गरून्।’
4 Já sei o que fazer, para que haja quem me receba em sua casa, quando eu for despedido do emprego.
5 “तब त्यसले आफ्ना मालिकका ऋणीहरूमध्ये हरेकलाई बोलायो। त्यसले पहिलोलाई सोध्यो, ‘तिमीसँग मेरा मालिकको कति ऋण छ?’
5 Chamou, pois, separadamente a cada um dos devedores de seu patrão e perguntou ao primeiro: Quanto deves a meu patrão?
6 “उसले भन्यो, ‘तीन हजार लिटर जैतुनको तेल।’
6 Ele respondeu: Cem medidas de azeite. Disse-lhe: Toma a tua conta, senta-te depressa e escreve: cinqüenta.
7 “त्यसपछि त्यसले दोस्रोलाई सोध्यो, ‘तिमीसँग कति ऋण छ?’
7 Depois perguntou ao outro: Tu, quanto deves? Respondeu: Cem medidas de trigo. Disse-lhe o administrador: Toma os teus papéis e escreve: oitenta.
8 “त्यसले चतुर्‍याइँपूर्वक काम गरेकोले त्यसका मालिकले त्यो बेइमान प्रबन्धकको तारिफ गरे। किनकि यस संसारका मानिसहरू आफूजस्तै अरू मानिसहरूसँग व्यवहार गर्ने काममा ज्योतिका मानिसहरूभन्दा बढी चतुर हुन्छन्।
8 E o proprietário admirou a astúcia do administrador, porque os filhos deste mundo são mais prudentes do que os filhos da luz no trato com seus semelhantes.
9 म तिमीहरूलाई भन्दछु, संसारको धनसम्पत्ति प्रयोग गरेर आफ्ना निम्ति मित्रहरू बनाओ, र त्यो धनसम्पत्ति सकिएपछि तिमीहरूले अनन्त वासस्थानमा स्वागत पाउनेछौ।
9 Eu vos digo: fazei-vos amigos com a riqueza injusta, para que, no dia em que ela vos faltar, eles vos recebam nos tabernáculos eternos.
10 “जसलाई थोरै कुरामा भरोसा गर्न सकिन्छ, त्यसलाई धेरै कुरामा पनि भरोसा गर्न सकिन्छ। अनि जो सानो कुरामा बेइमान हुन्छ, त्यो धेरै कुरामा पनि बेइमान हुन्छ।
10 Aquele que é fiel nas coisas pequenas será também fiel nas coisas grandes. E quem é injusto nas coisas pequenas, sê-lo-á também nas grandes.
11 त्यसैले यदि तिमीहरू संसारको धनसम्पत्ति चलाउने काममा इमानदार भएनौ भने साँचो धनसम्पत्तिको निम्ति कसले तिमीहरूलाई भरोसा गर्ला?
11 Se, pois, não tiverdes sido fiéis nas riquezas injustas, quem vos confiará as verdadeiras?
12 अनि यदि तिमीहरू अरू कसैको धनमा इमानदार भएनौ भने तिमीहरूलाई तिम्रो आफ्नै धनसम्पत्ति कसले देला र?
12 E se não fostes fiéis no alheio, quem vos dará o que é vosso?
13 “कसैले पनि दुई मालिकको सेवा गर्न सक्दैन। कि त त्यसले एउटालाई घृणा गरेर अर्कोलाई प्रेम गर्नेछ, कि त त्यसले एउटाप्रति भक्त बनेर अर्कालाई तुच्छ ठान्‍नेछ। तिमीहरूले परमेश्‍वर र धनसम्पत्ति दुवैको सेवा गर्न सक्दैनौ।”
13 Nenhum servo pode servir a dois senhores: ou há de odiar a um e amar o outro, ou há de aderir a um e desprezar o outro. Não podeis servir a Deus e ao dinheiro.
14 फरिसीहरू, जसले धनसम्पत्तिको लोभ गर्थे, यी सबै कुरा सुनेर तिनीहरूले उहाँका विरुद्ध ओठ लेप्य्राउँदै थिए।
14 Ora, ouviam tudo isto os fariseus, que eram avarentos, e zombavam dele.
15 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसहरूका सामु आफैँलाई धर्मी ठहराउने तिमीहरू नै हौ, तर तिमीहरूका हृदय परमेश्‍वरले जान्‍नुहुन्छ। मानिसहरूका बीचमा जे उच्‍च ठानिएको हुन्छ, त्यो परमेश्‍वरको दृष्‍टिमा घृणित हुन्छ।
15 Jesus disse-lhes: Vós procurais parecer justos aos olhos dos homens, mas Deus vos conhece os corações; pois o que é elevado aos olhos dos homens é abominável aos olhos de Deus.
16 “व्यवस्था र अगमवक्ताका वचन यूहन्‍नाको पालासम्म घोषणा गरिए। त्यस बेलादेखि परमेश्‍वरको राज्यको सुसमाचार घोषणा भइरहेको छ। हरेक व्यक्तिले आफू त्यसभित्र पस्‍न जबरजस्ती गर्दैछ।
16 A lei e os profetas duraram até João. Desde então é anunciado o Reino de Deus, e cada um faz violência para aí entrar.
17 तर व्यवस्थाबाट एक मात्रा पनि हट्नुभन्दा आकाश र पृथ्वी टलेर जान सजिलो छ।
17 Mais facilmente, porém, passará o céu e a terra do que se perderá uma só letra da lei.
18 “जसले आफ्नी पत्नीलाई विवाह विच्छेद गरेर अर्की स्त्रीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्छ; अनि त्यो मानिस जसले विवाह विच्छेद गरिएकी कुनै स्त्रीलाई विवाह गर्छ भने उसले पनि व्यभिचार गर्छ।
18 Todo o que abandonar sua mulher e casar com outra, comete adultério; e quem se casar com a mulher rejeitada, comete adultério também.
19 “येशूले भन्‍नुभयो, एउटा धनी मानिस थियो। ऊ बहुमूल्य बैजनी र मिहिन मलमलको लुगा लगाएर दिनहुँ सुख-विलासमा बस्दथ्यो।
19 Havia um homem rico que se vestia de púrpura e linho finíssimo, e que todos os dias se banqueteava e se regalava.
20 लाजरस नाम भएको एउटा माग्ने उसको ढोकामा राखिन्थ्यो, जसको शरीर घाउ नै घाउले भरिएको थियो।
20 Havia também um mendigo, por nome Lázaro, todo coberto de chagas, que estava deitado à porta do rico.
21 अनि त्यसले धनी मानिसको टेबुलबाट झरेका भोजनका टुक्राटाक्री खाने इच्छा गर्दथ्यो। कुकुरहरूले पनि आएर त्यसका घाउहरू चाट्दथे।
21 Ele avidamente desejava matar a fome com as migalhas que caíam da mesa do rico... Até os cães iam lamber-lhe as chagas.
22 “केही समयपछि त्यो माग्ने मर्‍यो र स्वर्गदूतहरूले त्यसलाई लगेर अब्राहामको साथमा पुर्‍याए। त्यो धनी मानिस पनि मर्‍यो, र गाडियो।
22 Ora, aconteceu morrer o mendigo e ser levado pelos anjos ao seio de Abraão. Morreu também o rico e foi sepultado.
23 नरकमा ऊ कठोर यातनामा थियो र उसले त्यहाँबाट नजर उठाएर हेर्‍यो, र टाढामा अब्राहाम र उनको साथमा लाजरसलाई देख्यो।
23 E estando ele nos tormentos do inferno, levantou os olhos e viu, ao longe, Abraão e Lázaro no seu seio.
24 तब उसले कराएर भन्यो, ‘हे पिता अब्राहाम, ममाथि दया गर्नुहोस्, र लाजरसलाई त्यसको औँलामा पानी चोपेर मेरो जिब्रोलाई शीतल पारिदिन यहाँ पठाइदिनुहोस्; किनकि म यस आगोको कठोर वेदनामा छु।’
24 Gritou, então: - Pai Abraão, compadece-te de mim e manda Lázaro que molhe em água a ponta de seu dedo, a fim de me refrescar a língua, pois sou cruelmente atormentado nestas chamas.
25 “तर अब्राहामले जवाफ दिए, ‘छोरा, याद गर! तिमीले तिम्रो जीवनकालमा कैयौँ असल कुराहरू प्राप्‍त गर्‍यौ, तर लाजरसले दुःख मात्र पायो। तर अहिले उसले यहाँ आराम पाउँदैछ, र तिमीचाहिँ वेदनामा तड्पिरहेका छौ।
25 Abraão, porém, replicou: - Filho, lembra-te de que recebeste teus bens em vida, mas Lázaro, males; por isso ele agora aqui é consolado, mas tu estás em tormento.
26 यसबाहेक यहाँबाट तिमीकहाँ जान चाहनेहरू जान नसकून् र त्यहाँबाट पनि कोही पार गरेर यहाँ आउन नसकून् भनेर हामी र तिमीहरूका बीचमा एउटा अति गहिरो धाँदो राखिएको छ।’
26 Além de tudo, há entre nós e vós um grande abismo, de maneira que, os que querem passar daqui para vós, não o podem, nem os de lá passar para cá.
27 “तब उसले भन्यो, ‘त्यसो भए, हे पिता, म तपाईंलाई बिन्ती गर्दछु, लाजरसलाई मेरो परिवारकहाँ पठाइदिनुहोस्;
27 O rico disse: - Rogo-te então, pai, que mandes Lázaro à casa de meu pai, pois tenho cinco irmãos,
28 मेरा पाँच भाइहरू त्यहाँ छन्; त्यसले तिनीहरूलाई चेतावनी देओस्, जसबाट तिनीहरू पनि यो यातनाको ठाउँमा नआऊन्।’
28 para lhes testemunhar, que não aconteça virem também eles parar neste lugar de tormentos.
29 “अब्राहामले जवाफ दिए, ‘तिनीहरूसित मोशा र अगमवक्ताका पुस्तकहरू छन्; तिनीहरूले ती सुनून्।’
29 Abraão respondeu: - Eles lá têm Moisés e os profetas; ouçam-nos!
30 “उसले भन्यो, ‘होइन, पिता अब्राहाम, तर मरेकाहरूबाट कोही एक जना फर्केर तिनीहरूकहाँ गयो भने त तिनीहरूले पश्‍चात्ताप गर्नेछन्।’
30 O rico replicou: - Não, pai Abraão; mas se for a eles algum dos mortos, arrepender-se-ão.
31 “तिनले उसलाई भने, ‘यदि तिनीहरूले मोशा र अगमवक्ताका वचन सुन्दैनन् भने मरेकाहरूबाट कोही जीवित भए तापनि तिनीहरूले विश्‍वास गर्नेछैनन्।’ ”
31 Abraão respondeu-lhe: - Se não ouvirem a Moisés e aos profetas, tampouco se deixarão convencer, ainda que ressuscite algum dos mortos.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Lucas 16, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.