Lucas 13

npioncb (NPIONCB) vs ARC

Sair da comparação
ARC Almeida Revista e Corrigida 2009
1 त्यसै बेला त्यहाँ केही मानिसहरू उपस्थित थिए, जसले येशूलाई ती गालीलीहरूका विषयमा बताए, जसलाई पिलातसले हत्या गरेर तिनीहरूको रगत पशुबलिका रगतसँग नै मिसाइदिएका थिए।
1 E, naquele mesmo tempo, estavam presentes ali alguns que lhe falavam dos galileus cujo sangue Pilatos misturara com os seus sacrifícios.
2 येशूले जवाफ दिनुभयो, “यस प्रकारले यातना पाएका कारण के ती गालीलीहरू अरू सबै गालीलीहरूभन्दा बढी पापी थिए भनी तिमीहरू सम्झन्छौ?
2 E, respondendo Jesus, disse-lhes: Cuidais vós que esses galileus foram mais pecadores do que todos os galileus, por terem padecido tais coisas?
3 म तिमीहरूलाई भन्दछु, त्यसो होइन! तर तिमीहरूले पश्‍चात्ताप गरेनौ भने तिमीहरू पनि सबै नाश हुनेछौ।
3 Não, vos digo; antes, se vos não arrependerdes, todos de igual modo perecereis.
4 अथवा ती अठार जना, जसमाथि सिलोआमको धरहरा ढल्दा मरेका थिए; के तिनीहरू यरूशलेममा बस्‍ने अरू सबै मानिसहरूभन्दा बढी दोषी थिए भनी तिमीहरू सम्झन्छौ?
4 E aqueles dezoito sobre os quais caiu a torre de Siloé e os matou, cuidais que foram mais culpados do que todos quantos homens habitam em Jerusalém?
5 म तिमीहरूलाई भन्दछु, त्यसो होइन! तर तिमीहरूले पश्‍चात्ताप गरेनौ भने तिमीहरू पनि सबै नाश हुनेछौ।”
5 Não, vos digo; antes, se vos não arrependerdes, todos de igual modo perecereis.
6 त्यसपछि उहाँले यो दृष्‍टान्त भन्‍नुभयो: “कुनै एक जना मानिसको, आफ्नै दाखबारीमा रोपिएको एउटा अञ्जीरको रूख थियो। त्यस बोटमा फल छ कि भनी त्यो हेर्न आयो। तर त्यसमा एउटै फल पनि भेट्टाएन।
6 E dizia esta parábola: Um certo
7 यसकारण त्यसले दाखबारीको हेरचाह गर्ने मालीलाई भन्यो, ‘अब तीन वर्ष भइसक्यो, म यो अञ्जीरको रूखमा फल खोज्न आइरहेको छु, तर एउटै पनि फल पाएको छैन। यसलाई काटेर ढालिदेऊ! किन यसले जमिन मात्रै ओगट्ने?’
7 E disse ao vinhateiro: Eis que há três anos venho procurar fruto nesta figueira e não
8 “तब मालीले जवाफ दियो, ‘मालिक, यसलाई अझै एक वर्ष रहन दिनुहोस्। म यसको वरिपरि खन्‍नेछु र मल हाल्नेछु।
8 E, respondendo ele, disse-lhe: Senhor, deixa-a este ano, até que eu a escave e a esterque;
9 यसले अर्को वर्ष फल फलायो भने राम्रै भयो! नत्रता, यसलाई काटेर ढालिदिनुहोस्।’ ”
9 e, se der fruto,
10 एक शब्बाथको दिन येशूले एउटा सभाघरमा शिक्षा दिइरहनुभएको थियो।
10 E ensinava no sábado, numa das sinagogas.
11 त्यहाँ अठार वर्षदेखि कुँजो पार्ने दुष्‍ट आत्मा लागेकी एउटी स्त्री थिइन्। ती स्त्री कुप्री परेकी थिइन्, र आफैँलाई कति पनि सीधा पार्न सक्दिन थिईन्।
11 E eis que estava ali uma mulher que tinha um espírito de enfermidade havia já dezoito anos; e andava curvada e não podia de modo algum endireitar-se.
12 येशूले तिनलाई देख्नुभएपछि तिनलाई अगि बोलाएर भन्‍नुभयो, “ए नारी, तिमी आफ्नो दुर्बलताबाट मुक्त भएकी छौ।”
12 E, vendo-a Jesus, chamou-a a si, e disse-lhe: Mulher, estás livre da tua enfermidade.
13 त्यसपछि उहाँले तिनीमाथि आफ्नो हात राख्नुभयो, र तिनी तुरुन्तै सीधा भईन्, र परमेश्‍वरको प्रशंसा गरिन्।
13 E impôs as mãos sobre ela, e logo se endireitou e glorificava a Deus.
14 येशूले शब्बाथको दिन निको पार्नुभएको हुनाले रिसाएका सभाघरका शासकले मानिसहरूलाई भने, “काम गर्नका निम्ति छ दिनहरू छँदैछन्। त्यसकारण यी छ दिनभित्र आओ र निको होओ; शब्बाथमा होइन।”
14 E, tomando a palavra o príncipe da sinagoga, indignado porque Jesus curava no sábado, disse à multidão: Seis dias há em que é mister trabalhar; nestes, pois, vinde para serdes curados e não no dia de sábado.
15 तब प्रभुले तिनलाई जवाफ दिनुभयो, “ए कपटीहरू! के तिमीहरूमध्ये हरेकले शब्बाथको दिनमा गोठ र तबेलाबाट आफ्नो गोरु वा गधा फुकाएर त्यसलाई पानी खुवाउन बाहिर लैजाउँदैनौ र?
15 Respondeu-lhe, porém, o Senhor e disse: Hipócrita, no sábado não desprende da manjedoura cada um de vós o seu boi ou jumento e não o leva a beber água?
16 त्यसो भए शैतानले अठार वर्षसम्म बन्धनमा राखेको अब्राहामकी यो छोरी शब्बाथको दिनमा यस बन्धनबाट मुक्त हुनुपर्ने होइन र?”
16 E não convinha soltar desta prisão, no dia de sábado, esta filha de Abraão, a qual
17 उहाँले यो कुरा भन्‍नुभएपछि उहाँका सबै विरोधीहरू शर्ममा परे; तर अरू मानिसहरू उहाँले गरिरहनुभएका सबै उदेकका कामहरूमा आनन्दित भए।
17 E, dizendo ele isso, todos os seus adversários ficaram envergonhados, e todo o povo se alegrava por todas as coisas gloriosas que eram feitas por ele.
18 त्यसपछि येशूले भन्‍नुभयो, “परमेश्‍वरको राज्य केजस्तो छ? म यसलाई केसित तुलना गरूँ?
18 E dizia: A que é semelhante o Reino de Deus, e a que o compararei?
19 यो त रायोको एउटा बिउजस्तो हो, जो कुनै मानिसले लिएर आफ्नो बारीमा रोप्यो; त्यो बढ्यो र एउटा रूख भयो, र आकाशका चराचुरुङ्गीहरूले त्यसका हाँगाहरूमा गुँड लगाए।”
19 É semelhante ao grão de mostarda que um homem, tomando-o, lançou na sua horta; e cresceu e fez-se grande árvore, e em seus ramos se aninharam as aves do céu.
20 उहाँले फेरि सोध्नुभयो, “परमेश्‍वरको राज्यलाई म केसित तुलना गरूँ?
20 E disse outra vez: A que compararei o Reino de Deus?
21 यो त त्यो खमिरजस्तै हो, जसलाई एउटी स्त्रीले लिएर करिब सत्ताइस किलो जति पिठोमा मिसाई, र सम्पूर्ण पिठो खमिरी नहोउन्जेल लुकाइराखी।”
21 É semelhante ao fermento que uma mulher, tomando-o, escondeu em três medidas de farinha, até que tudo levedou.
22 त्यसपछि येशू यरूशलेमतिर जाँदै गर्नुहुँदा उहाँले सहर-सहर र गाउँ-गाउँमा शिक्षा दिँदै जानुभयो।
22 E percorria as cidades e as aldeias, ensinando e caminhando para Jerusalém.
23 त्यसै बेला कुनै एउटाले उहाँलाई सोध्यो, “प्रभु, के थोरै मानिसहरूले मात्र उद्धार पाउँछन् र?”
23 E disse-lhe um: Senhor, são poucos os que se salvam? E ele lhe respondeu:
24 “साँघुरो ढोकाबाट भित्र पस्‍ने हर प्रयास गर; किनकि म तिमीहरूलाई भन्दछु, धेरै जना भित्र पस्‍न खोज्नेछन्, तर सक्नेछैनन्।
24 Porfiai por entrar pela porta estreita, porque eu vos digo
25 जब घरका मालिक उठेर ढोका बन्द गर्नेछन्, तब तिमीहरू बाहिर उभिएर, ‘हजुर, हाम्रा निम्ति ढोका खोलिदिनुहोस्!’ भनी बिन्ती गर्दै ढोका ढक्ढक्याउनेछौ।
25 Quando o pai de família se levantar e cerrar a porta, e começardes a estar de fora e a bater à porta, dizendo: Senhor, Senhor, abre-nos; e, respondendo ele, vos disser: Não sei de onde vós sois,
26 “तब तिमीहरूले भन्‍न थाल्नेछौ, ‘हामीले त तपाईंसँगै खायौँ र पियौँ, र तपाईंले हाम्रै गल्‍लीहरूमा शिक्षा दिनुभयो।’
26 então, começareis a dizer: Temos comido e bebido na tua presença, e tu tens ensinado nas nossas ruas.
27 “तर तिनले यस्तो जवाफ दिनेछन्, ‘तिमीहरू को हौ, वा तिमीहरू कहाँबाट आएका हौ, म चिन्दिनँ। ए सबै दुष्‍ट काम गर्नेहरू हो, मबाट दूर होओ!’
27 E ele vos responderá: Digo-vos que não sei de onde vós sois; apartai-vos de mim, vós todos os que praticais a iniquidade.
28 “तब तिमीहरूले अब्राहाम, इसहाक, याकोब र सबै अगमवक्ताहरूलाई परमेश्‍वरको राज्यभित्र भएका, तर तिमीहरू आफैँलाई भने बाहिर फालिएका देख्नेछौ, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।
28 Ali, haverá choro e ranger de dentes, quando virdes Abraão, e Isaque, e Jacó, e todos os profetas no Reino de Deus e vós, lançados fora.
29 मानिसहरू पूर्व, पश्‍चिम, उत्तर र दक्षिणबाट आउनेछन्, र परमेश्‍वरको राज्यको भोजमा बस्‍नेछन्।
29 E virão do Oriente, e do Ocidente, e do Norte, e do Sul e assentar-se-ão
30 अनि हेर, पछिल्‍ला हुनेहरू पहिला र पहिला हुनेहरू पछिल्‍ला हुनेछन्।”
30 E eis que derradeiros há que serão os primeiros; e primeiros há que serão os derradeiros.
31 त्यस बेला कोही फरिसीहरू येशूकहाँ आएर उहाँलाई भने, “यहाँबाट अरू कुनै ठाउँमा गइहाल्नुहोस्; किनकि हेरोदले तपाईंलाई मार्न चाहन्छन्।”
31 Naquele mesmo dia, chegaram uns fariseus, dizendo-lhe: Sai e retira-te daqui, porque Herodes quer matar-te.
32 उहाँले भन्‍नुभयो, “गएर त्यस फ्याउरोलाई भनिदेओ, ‘आज र भोलि म भूतहरू धपाउँछु, र मानिसहरूलाई निको पार्छु। अनि तेस्रो दिनमा म आफ्नो लक्ष्यमा पुग्नेछु।’
32 E lhes respondeu: Ide e dizei àquela raposa: eis que eu expulso demônios, e efetuo curas, hoje e amanhã, e, no terceiro dia, sou consumado.
33 जेसुकै आइपरे तापनि आज, भोलि र पर्सि म अगि बढ्नै पर्छ; किनकि यो निश्‍चित छ, यरूशलेमभन्दा बाहिर कुनै अगमवक्ताको मृत्यु हुन सक्दैन!
33 Importa, porém, caminhar hoje, amanhã e no
34 “ए यरूशलेम, ए यरूशलेम, तँ जसले अगमवक्ताहरूलाई मार्छस्, र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्छस्। मैले कति पटक तेरा बालबच्‍चाहरूलाई एउटी कुखुरीले आफ्ना चल्‍लाहरूलाई पखेटामुनि बटुलेझैँ बटुल्न खोजेँ, तर तँ राजी भइनस्।
34 Jerusalém, Jerusalém, que matas os profetas e apedrejas os que te são enviados! Quantas vezes quis eu ajuntar os teus filhos, como a galinha ajunta os seus pintos debaixo das asas, e não quiseste?
35 हेर्, तेरो घर तेरो निम्ति उजाड पारेर छोडिएको छ। म तँलाई भन्दछु, तैँले ‘प्रभुको नाममा आउनुहुने धन्यका हुनुहुन्छ’ नभनेसम्म, तैँले मलाई फेरि देख्नेछैनस्।”
35 Eis que a vossa casa se vos deixará deserta. E em verdade vos digo que não me vereis até que venha

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Lucas 13, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.