Lucas 10
npioncb (NPIONCB) vs NAA
1 त्यसपछि प्रभुले अरू बहत्तर जनालाई नियुक्त गर्नुभयो। तिनीहरूलाई आफू जान लाग्नुभएको हरेक सहर र ठाउँमा दुई-दुई जना गरी आफूभन्दा अगि पठाउनुभयो।
1 Depois disso, o Senhor escolheu outros setenta e os enviou de dois em dois, para que fossem adiante dele a cada cidade e lugar onde ele haveria de passar.
2 उहाँले तिनीहरूलाई भन्नुभयो, “फसल त प्रशस्त छ, तर खेतालाहरू थोरै छन्। त्यसकारण फसलका प्रभुलाई उहाँको आफ्नो फसलका खेतमा प्रशस्त खेतालाहरू पठाइदिन प्रार्थना गर।
2 E lhes disse:
3 जाओ! म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा थुमाहरूझैँ पठाउँदैछु।
3 Vão! Eis que eu os envio como cordeiros para o meio de lobos.
4 न पैसाको थैली, न झोला, न त जुत्ताहरू, केही नबोक। अनि बाटोमा कसैलाई पनि अभिवादन नगर।
4 Não levem bolsa, nem sacola, nem sandálias; e não saúdem ninguém pelo caminho.
5 “जब तिमीहरू कुनै घरमा पस्दछौ, पहिले भन, ‘यस घरमा शान्ति रहोस्!’
5 Ao entrarem numa casa, digam primeiro: “Paz seja nesta casa!”
6 यदि त्यहाँ शान्तिको मानिस रहेछ भने तिम्रो शान्ति त्यससँग रहनेछ; यदि छैन भने त्यो शान्ति तिमीहरूकहाँ नै फर्किआउनेछ।
6 Se houver ali uma pessoa que ama a paz, sobre ela repousará a paz de vocês; se não houver, a paz voltará sobre vocês.
7 तिनीहरूले जे दिन्छन्, त्यही खानपान गर्दै त्यही घरमा नै बस; किनकि खेताला आफ्नो ज्यालाको योग्य हुन्छ। घर-घर पसेर डुल्ने नगर।
7 Fiquem na mesma casa, comendo e bebendo do que eles tiverem; porque o trabalhador é digno do seu salário. Não fiquem mudando de casa em casa.
8 “कुनै सहरमा पस्दा तिमीहरूलाई स्वागत गरियो भने तिमीहरूका सामु जे राखिन्छ, त्यो खाओ।
8 Quando entrarem numa cidade e ali forem bem-recebidos, comam do que lhes for oferecido.
9 त्यहाँ भएका बिरामीहरूलाई निको पार, र तिनीहरूलाई ‘परमेश्वरको राज्य तिमीहरूका नजिकै आइपुगेको छ’ भन।
9 Curem os doentes que nela houver e digam ao povo dali: “O Reino de Deus se aproximou de vocês.”
10 तर कुनै सहरमा पस्दा तिमीहरूलाई स्वागत गरिएन भने त्यस सहरका गल्लीहरूमा जाओ, र यसो भन,
10 Porém, quando entrarem numa cidade e não forem bem-recebidos, saiam pelas ruas, dizendo:
11 ‘हाम्रा पैतालामा टाँसिएका तिमीहरूको सहरको धुलोसम्म पनि तिमीहरूको विरुद्धमा टक्टक्याउँछौँ; तापनि यो निश्चय जान: परमेश्वरको राज्य नजिकै आइपुगेको छ।’
11 “Até o pó desta cidade, que grudou nos nossos pés, sacudimos contra vocês! No entanto, saibam que está próximo o Reino de Deus.”
12 म तिमीहरूलाई भन्दछु, त्यस दिन त्यो सहरको भन्दा त बरु सदोमको अवस्था सहन सक्ने हुनेछ।
12 Eu digo a vocês que, naquele dia, haverá menos rigor para Sodoma do que para aquela cidade.
13 “धिक्कार, तँलाई, हे खोराजिन! धिक्कार, तँलाई, हे बेथसेदा! यदि तिमीहरूमा गरिएका अचम्मका कामहरू टायर र सीदोनका मुलुकहरूमा गरिएका भए त्यहाँका मानिसहरूले धेरै पहिले भाङ्ग्रा ओढेर खरानीमा बसी पश्चात्ताप गर्नेथिए।
13 — Ai de você, Corazim! Ai de você, Betsaida! Porque, se em Tiro e em Sidom se tivessem operado os milagres que foram feitos em vocês, há muito que elas teriam se arrependido, assentadas em pano de saco e cinza.
14 तर न्यायको समयमा तिमीहरूको भन्दा टायर र सीदोनको अवस्था सहन सक्ने हुनेछ।
14 Mas, no Juízo, haverá menos rigor para Tiro e Sidom do que para vocês.
15 अनि, हे कफर्नहुम, के तँ आकाशमा उचालिनेछस्? होइन, तँ तल पातालमा खसालिनेछस्।
15 — E você, Cafarnaum, pensa que será elevada até o céu? Será jogada no inferno!
16 “जसले तिमीहरूका कुरा सुन्छ, त्यसले मेरै कुरा सुनेको हुन्छ। जसले तिमीहरूलाई अस्वीकार गर्छ; त्यसले मलाई नै अस्वीकार गरेको हुन्छ; तर जसले मलाई अस्वीकार गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई पनि अस्वीकार गरेको हुन्छ।”
16 — Quem ouve vocês ouve a mim; e quem rejeita vocês é a mim que rejeita; quem, porém, me rejeita está rejeitando aquele que me enviou.
17 ती बहत्तर जना आनन्दित हुँदै फर्केर आएर भने, “प्रभु, तपाईंको नाममा त भूतआत्माहरूसमेत हाम्रा अधीनमा आउँछन्।”
17 Então os setenta voltaram, cheios de alegria, dizendo: — Senhor, em seu nome os próprios demônios se submetem a nós!
18 उहाँले भन्नुभयो, “मैले शैतानलाई स्वर्गबाट बिजुली चम्केझैँ खसिरहेको देखेँ।
18 Jesus lhes disse:
19 मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चने र शत्रुका सबै शक्तिमाथि विजय हुने अधिकार दिएको छु; र कुनै कुराले पनि तिमीहरूलाई हानि गर्नेछैन।
19 Eis que eu dei a vocês autoridade para pisarem cobras e escorpiões e sobre todo o poder do inimigo, e nada, absolutamente, lhes causará dano.
20 तापनि दुष्ट आत्माहरू तिमीहरूका अधीनमा आएकोमा आनन्द नगर। तर तिमीहरूका नाम स्वर्गमा लेखिएका छन् भन्ने कुरामा आनन्द गर।”
20 No entanto, alegrem-se, não porque os espíritos se submetem a vocês, e sim porque o nome de cada um de vocês está registrado no céu.
21 त्यस बेला येशू पवित्र आत्माद्वारा आनन्दले भरिनुभयो र भन्नुभयो, “हे पिता, स्वर्ग र पृथ्वीका प्रभु, म तपाईंको प्रशंसा गर्दछु, किनकि तपाईंले यी कुराहरू बुद्धिमान् र ज्ञानीहरूबाट गुप्त राखेर साना बालबालिकाहरूलाई प्रकट गरिदिनुभएको छ; किनकि हे पिता, तपाईंलाई यस्तै गर्न असल लाग्यो।
21 Naquela hora, Jesus exultou no Espírito Santo e exclamou:
22 “मेरा पिताले सबै थोकहरू मलाई सुम्पिदिनुभएको छ। पुत्र को हो भनी पिताले बाहेक कसैले जान्दैन। अनि पिता को हो भनी पुत्रले र जस-जसकहाँ उहाँलाई प्रकट गरिदिने इच्छा गर्दछ, त्यसले बाहेक अरू कसैले चिन्दैन।”
22 — Tudo me foi entregue por meu Pai. Ninguém sabe quem é o Filho, a não ser o Pai; e também ninguém sabe quem é o Pai, a não ser o Filho e aquele a quem o Filho o quiser revelar.
23 त्यसपछि चेलाहरूतिर फर्केर उहाँले तिनीहरूलाई गोप्यमा भन्नुभयो, “धन्य हुन् ती आँखाहरू, जसले तिमीहरूले देखेका कुराहरू देख्दछन्।
23 E, voltando-se para os seus discípulos, Jesus lhes disse em particular:
24 किनकि म तिमीहरूलाई भन्दछु, धेरै अगमवक्ताहरू र राजाहरूले तिमीहरूले जे देख्छौ, त्यो हेर्न इच्छा गरेका थिए, तर देखेनन्; र तिमीहरू जे सुन्छौ, त्यो सुन्न इच्छा गरेका थिए, तर सुनेनन्।”
24 Pois eu lhes digo que muitos profetas e reis quiseram ver o que vocês estão vendo, mas não viram; e quiseram ouvir o que vocês estão ouvindo, mas não ouviram.
25 एक समयमा एक जना व्यवस्थाका विशेषज्ञ येशूको परीक्षा गर्न उठे, र उहाँलाई प्रश्न गरे, “गुरुज्यू, अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ?”
25 E eis que certo homem, intérprete da Lei, se levantou com o objetivo de pôr Jesus à prova e lhe perguntou: — Mestre, que farei para herdar a vida eterna?
26 उहाँले भन्नुभयो, “व्यवस्थामा के लेखिएको छ? त्यसलाई तिमी कसरी पढ्छौ?”
26 Então Jesus lhe perguntou:
27 तब तिनले जवाफ दिए: “ ‘परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले, सम्पूर्ण बलले र सम्पूर्ण मनले प्रेम गर,’ र ‘आफ्नो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर।’”
27 A isto ele respondeu: — “Ame o Senhor, seu Deus, de todo o seu coração, de toda a sua alma, com todas as suas forças e todo o seu entendimento.” E: “Ame o seu próximo como você ama a si mesmo.”
28 येशूले जवाफ दिनुभयो, “तिमीले ठिक जवाफ दियौ। त्यसै गर, र तिमी बाँच्नेछौ।”
28 Então Jesus lhe disse:
29 तर तिनले आफूलाई धर्मी ठहराउने इच्छा गरेर येशूलाई सोधे, “त्यसो भए मेरो छिमेकी को हो त?”
29 Mas ele, querendo justificar-se, perguntou a Jesus: — Quem é o meu próximo?
30 जवाफमा येशूले भन्नुभयो: “एक जना मानिस यरूशलेमबाट यरीहोतिर ओर्लंदैथियो। त्यो डाँकुहरूको फेला पर्यो। तिनीहरूले त्यसलाई नाङ्गै पारे, पिटे र अधमरो बनाएर छोडेर गए।
30 Jesus prosseguiu, dizendo:
31 संयोगवश एउटा पुजारी त्यही बाटो भएर आयो, र त्यस अधमरो मान्छेलाई देखेर त्यो अर्कोपट्टि तर्केर गयो।
31 Por casualidade, um sacerdote estava descendo por aquele mesmo caminho e, vendo aquele homem, passou de largo.
32 त्यसै गरी एउटा लेवी पनि त्यस ठाउँमा आइपुग्यो, र त्यसलाई देखेपछि अर्कोपट्टि तर्केर गयो।
32 De igual modo, um levita descia por aquele lugar e, vendo-o, passou de largo.
33 तर एक जना सामरी यात्रा गर्दागर्दै त्यो मानिस भएको ठाउँमा आइपुग्यो। त्यसलाई देखेर त्यस सामरीको मन दयाले भरियो।
33 Certo samaritano, que seguia o seu caminho, passou perto do homem e, vendo-o, compadeceu-se dele.
34 अनि त्यो सामरी त्यसकहाँ गएर त्यसको घाउमा तेल र दाखमद्य लगाएर पट्टी बाँधिदियो। त्यसपछि उसले त्यस मानिसलाई आफ्नै गधामा चढाएर पौवामा लग्यो र त्यसको हेरचाह गर्यो।
34 E, aproximando-se, fez curativos nos ferimentos dele, aplicando-lhes óleo e vinho. Depois, colocou aquele homem sobre o seu próprio animal, levou-o para uma hospedaria e tratou dele.
35 भोलिपल्ट उसले चाँदीका दुई वटा सिक्का निकालेर पौवाका मालिकलाई दिँदै भन्यो, ‘यिनको हेरचाह गरिदेऊ। अरू बढी खर्च लागेछ भने म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु।’
35 No dia seguinte, separou dois denários e os entregou ao hospedeiro, dizendo: “Cuide deste homem. E, se você gastar algo a mais, farei o reembolso quando eu voltar.”
36 “अब तिम्रो विचारमा यी तीन जनामध्ये कुनचाहिँ त्यो डाँकुहरूका हातमा पर्ने मानिसको छिमेकी ठहरियो?”
36 Então Jesus perguntou:
37 व्यवस्थाका ती विशेषज्ञले जवाफ दिए, “त्यही मानिस, जसले त्यस मानिसमाथि दया देखायो।”
37 O intérprete da Lei respondeu: — O que usou de misericórdia para com ele. Então Jesus lhe disse:
38 येशू र उहाँका चेलाहरू यात्रा गर्नुहुँदै एउटा गाउँमा आइपुग्नुभयो। त्यहाँ मार्था नाम भएकी एउटी स्त्रीले आफ्नो घरमा उहाँको स्वागत गरिन्।
38 Quando eles seguiam viagem, Jesus entrou numa aldeia. E certa mulher, chamada Marta, hospedou-o na sua casa.
39 तिनकी मरियम नाम भएकी एउटी बहिनी थिइन्, जो उहाँको वचन सुन्दै प्रभुका पाउमा बसिन्।
39 Marta tinha uma irmã, chamada Maria, que, assentada aos pés do Senhor, ouvia o seu ensino.
40 तर मार्था सेवा-सत्कारका तयारी गर्ने धेरै काममा अल्झिएकी थिइन्। तिनी उहाँकहाँ आइन् र भनिन्, “प्रभु, के तपाईं वास्ता राख्नुहुन्न, मेरी बहिनीले सबै काममा मलाई एकलै पारेकी छिन्? मलाई सघाइदिन तिनलाई भनिदिनुहोस्!”
40 Marta agitava-se de um lado para outro, ocupada em muitos serviços. Então se aproximou de Jesus e disse: — O Senhor não se importa com o fato de minha irmã ter deixado que eu fique sozinha para servir? Diga-lhe que venha me ajudar.
41 येशूले जवाफ दिनुभयो, “मार्था, ए मार्था, तिमी धेरै कुराहरूका विषयमा चिन्ता गर्छ्यौ र दुःखी हुन्छ्यौ।
41 Mas o Senhor respondeu:
42 तर एउटा मात्र कुराको आवश्यकता छ। अनि जे असल छ, मरियमले त्यही छानेकी छिन्। त्यो तिनीबाट खोसिनेछैन।”
42 mas apenas uma é necessária. Maria escolheu a boa parte, e esta não lhe será tirada.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Lucas 10, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.