Juízes 21

npioncb (NPIONCB) vs NVT

Sair da comparação
NVT Nova Versão Transformadora
1 इस्राएलका मानिसहरूले मिस्पामा यसो भनेर शपथ खाएका थिए, “हामीमध्ये कसैले पनि बेन्यामीनीलाई विवाह गर्न आफ्नी छोरी दिनेछैनौँ।”
1 Os israelitas haviam jurado em Mispá: “Jamais entregaremos nossas filhas em casamento a homens da tribo de Benjamim”.
2 अनि मानिसहरू बेथेलमा गए, र तिनीहरू बेलुकासम्मै आफ्ना सोर उचालेर अनियन्त्रित रूपमा परमेश्‍वरको सामु रुँदै बसिरहे।
2 Então o povo foi a Betel e permaneceu na presença de Deus até a tarde, chorando sem parar em alta voz:
3 तिनीहरू यसो भनेर कराए, “हे याहवेह, इस्राएलका परमेश्‍वर, इस्राएलमा यो किन हुन दिनुभयो? किन इस्राएलबाट आज एउटा कुल हराएर गयो?”
3 “Ó S enhor , Deus de Israel, por que aconteceu isso com Israel?”, diziam. “Agora está faltando uma de nossas tribos!”
4 भोलिपल्ट बिहानै मानिसहरूले एउटा वेदी बनाएर होमबलि र मेलबलि चढाए।
4 Na manhã seguinte, bem cedo, construíram um altar e ali apresentaram holocaustos e ofertas de paz.
5 तब इस्राएलीहरूले सोधे, “इस्राएलका सारा कुलहरूबाट कुनचाहिँ कुल याहवेहको सामु भेला भएन?” किनकि तिनीहरूले मिस्पामा याहवेहको सामु भेला नहुने जोसुकै पनि मारिनेछ भनी गम्भीर शपथ खाएका थिए।
5 Então os israelitas disseram: “Quem dentre as tribos de Israel não participou da reunião sagrada que realizamos em Mispá, na presença do S enhor ?”. Naquela ocasião, haviam feito um juramento solene na presença do S enhor de que matariam quem se recusasse a comparecer.
6 आफ्ना बेन्यामीनी दाजुभाइहरूका लागि इस्राएलीहरूले शोक मनाए। तिनीहरूले भने, “आजको दिन इस्राएलबाट एउटा कुल नै मासिएर गएको छ।
6 Os israelitas tiveram pena de seu irmão Benjamim e disseram: “Hoje foi eliminada uma das tribos de Israel.
7 ती बाँकी रहेकाहरूका निम्ति हामीले कसरी पत्नीहरू प्रबन्ध गरौँ? हामीले तिनीहरूलाई आफ्ना कुनै पनि छोरी विवाहको लागि दिनेछैनौँ भनी याहवेहको सामु शपथ खाएका थियौँ।”
7 Como conseguiremos esposas para os poucos que restam, se juramos pelo S enhor que não lhes daríamos nossas filhas em casamento?”.
8 तब तिनीहरूले सोधे, “इस्राएलको कुनचाहिँ कुल मिस्पामा याहवेहको सामु भेला भएन?” तिनीहरूले याबेश-गिलादबाट कोही पनि सभाको निम्ति छाउनी हाल्न आएको रहेनछ भनी थाहा पाए।
8 Então perguntaram: “Quem dentre as tribos de Israel não compareceu conosco a Mispá quando nos reunimos na presença do S enhor ?”. E descobriram que ninguém de Jabes-Gileade havia participado da reunião sagrada.
9 किनकि तिनीहरूले मानिसहरूको संख्या लिँदा याबेश-गिलादबाट एक जना पनि त्यहाँ उपस्थित भएको भेट्टाएनन्।
9 Ao contarem o povo, verificaram que ninguém de Jabes-Gileade estava presente.
10 यसकारण त्यस सभाले बाह्र हजार योद्धाहरूलाई याबेश-गिलादमा गएर त्यहाँ भएका स्त्री र बालबालिकाहरूलाई समेत तरवारले मार्न भनी हुकुम दिएर पठाए।
10 Então a comunidade enviou doze mil de seus melhores guerreiros a Jabes-Gileade com ordens para matar seus habitantes, incluindo mulheres e crianças.
11 तिनीहरूले भने, “तिमीहरूले हरेक पुरुष र पुरुषसँग सहवास भएकी स्त्रीलाई मार्नू, तर कन्याहरूलाई चाहिँ छोडिदिनू।”
11 “É isto que vocês devem fazer”, disseram. “Destruam completamente todos os homens e também todas as mulheres que não forem virgens.”
12 तिनीहरूले याबेश-गिलादमा बस्‍ने मानिसहरूमा कुनै पनि पुरुषसँग सहवास नगरेका चार सय जना कन्याहरू भेट्टाए। उनीहरूलाई तिनीहरूले कनानमा शीलोको छाउनीमा ल्याए।
12 Entre os habitantes de Jabes-Gileade, encontraram quatrocentas moças que nunca haviam se deitado com um homem e as levaram para o acampamento em Siló, na terra de Canaã.
13 तब सारा समुदायले रिम्मोनको पहरामा भएका बेन्यामीनीहरूकहाँ शान्तिको प्रस्ताव पठाए।
13 Toda a comunidade enviou uma delegação de paz aos homens restantes de Benjamim que estavam na rocha de Rimom.
14 त्यस बेला बेन्यामीनीहरू फर्केर आए। अनि तिनीहरूलाई याबेश-गिलादमा बचाइएका ती स्त्रीहरू दिइए। तर तिनीहरू सबैका लागि ती स्त्रीहरूको संख्या पर्याप्‍त थिएन।
14 Os homens de Benjamim voltaram e receberam como esposas as quatrocentas mulheres de Jabes-Gileade que tinham sido poupadas. Mas não havia mulheres em número suficiente para todos eles.
15 मानिसहरूले बेन्यामीनको निम्ति शोक गरे; किनकि याहवेहले इस्राएलका कुलहरू बीचमा एउटा फाटो गरिदिनुभएको थियो।
15 O povo teve pena de Benjamim, pois o S enhor havia aberto uma lacuna entre as tribos de Israel.
16 तब समुदायका प्रधानहरूले भने, “बेन्यामीनका स्त्रीहरू नष्‍ट भएकाले हामीले बाँकी रहेका मानिसहरूका निम्ति कसरी पत्नीहरू खोजी ल्याइदिनु?”
16 Então os líderes da comunidade perguntaram: “Como conseguiremos esposas para os poucos homens que restam, uma vez que as mulheres da tribo de Benjamim foram mortas?
17 तब तिनीहरूले भने, “बाँचेका बेन्यामीनीहरूका उत्तराधिकारीहरू हुनुपर्छ। इस्राएलको एउटा कुल मेटिएर नजाओस्।
17 Os sobreviventes precisam ter herdeiros, para que não seja eliminada uma tribo inteira de Israel.
18 हामी तिनीहरूलाई आफ्ना छोरीहरू पत्नीको रूपमा दिन सक्दैनौँ; किनकि हामी इस्राएलीहरूले ‘बेन्यामीनीलाई पत्नी दिने जोसुकै श्रापित होस्’ भनेर शपथ खाएका छौँ।
18 Contudo, não podemos lhes dar nossas filhas em casamento, pois juramos solenemente que quem o fizer ficará sob a maldição de Deus”.
19 तर हेर्नुहोस्, बेथेलको उत्तरतिर र बेथेलबाट शेकेममा जाने बाटोको पूर्वपट्टि अनि लबोनाको दक्षिणतिर शीलोमा याहवेहको वार्षिक चाड छ।”
19 Então eles se lembraram da festa anual do S enhor , em Siló, ao sul de Lebona e ao norte de Betel, do lado leste da estrada que vai de Betel a Siquém.
20 यसकारण तिनीहरूले बेन्यामीनीहरूलाई यसो भनेर आज्ञा दिए, “गएर दाखबारीहरूमा लुकी बस;
20 Disseram aos homens de Benjamim que ainda precisavam de esposas: “Vão e escondam-se nos vinhedos.
21 अनि ध्यानपूर्वक हेरिबस, जब शीलोका केटीहरू नाचमा सामेल हुन निस्कन्छन्, तब तिमीहरू दाखबारीहरूबाट झट्टै निस्केर प्रत्येकले शीलोबाट आएका केटीहरूबाट एउटीलाई पत्नी हुन पक्र, र बेन्यामीनको देशमा जाओ।
21 Quando virem as moças de Siló irem para as danças, saiam correndo dos esconderijos e cada um leve uma delas para a terra de Benjamim, para ser sua esposa.
22 तिनीहरूका बुबाहरू अथवा दाजुभाइहरूले हामीसित उजुरी गरे भने हामी तिनीहरूलाई यसो भनिदिनेछौँ, ‘तिनीहरूलाई सहायता दिएर हामीमाथि दया गर्नुहोस्; किनकि लडाइँको समयमा हामीले तिनीहरू प्रत्येकका निम्ति पत्नीहरू पाएनौँ। तपाईंहरूले तिनीहरूलाई आफ्ना छोरीहरू वास्तवमा विवाहको निम्ति नदिनुभएको कारण तपाईंहरूले शपथ तोड्नुभएको हुनेछैन, र निर्दोष हुनुहुन्छ।’ ”
22 E quando os pais e os irmãos delas vierem se queixar a nós, diremos: ‘Por favor, tenham compaixão. Deixem que fiquem com suas filhas, pois não encontramos esposas para todos eles quando destruímos Jabes-Gileade. E vocês não são culpados de quebrarem seu juramento, pois, na verdade, não deram suas filhas para eles em casamento’”.
23 यसकारण बेन्यामीनीहरूले त्यसै गरे। ती जवान केटीहरू नाचिरहेका बेला उनीहरू हरेकले एउटी-एउटीलाई पक्रे, र उनीहरूलाई आ-आफ्नी पत्नी बनाउन लगे। तब उनीहरूको आफ्ना उत्तराधिकार सम्पत्ति भएको ठाउँमा फर्के, र सहरहरूलाई पुनर्निर्माण गरे, र तिनमा बसोबास गरे।
23 Os homens de Benjamim seguiram essas instruções. Cada um pegou uma das moças que dançavam na comemoração e a levou para ser sua esposa. Voltaram para sua terra, reconstruíram suas cidades e habitaram nelas.
24 त्यस बेला इस्राएलीहरूले त्यो ठाउँ छोडेर घरमा आफ्ना कुलहरू र वंशहरूकहाँ गए। प्रत्येक आफ्नै उत्तराधिकारमा गए।
24 Então os israelitas partiram, por tribos e famílias, e cada um voltou para sua terra.
25 ती दिनहरूमा इस्राएलमा कुनै राजा थिएनन्। अनि हरेक मानिसले आफ्नो दृष्‍टिमा जे ठिक लाग्थ्यो, त्यही गर्दथ्यो।
25 Naqueles dias, Israel não tinha rei; cada um fazia o que parecia certo a seus próprios olhos.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Juízes 21, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.