Juízes 1

npioncb (NPIONCB) vs VC

Sair da comparação
VC Versão Católica
1 यहोशूको मृत्युपछि इस्राएलीहरूले याहवेहलाई सोधे, “हाम्रो पक्षमा कनानीहरूको विरुद्ध लडाइँ गर्न को पहिले जानेछ?”
1 Depois da morte de Josué, os israelitas consultaram o Senhor: Quem dentre nós será o primeiro a combater os cananeus?
2 अनि याहवेहले जवाफ दिनुभयो, “यहूदा जानेछ; यो देश मैले तिनीहरूको हातमा दिएको छु।”
2 O Senhor respondeu: Judá, pois eu entregarei a terra nas suas mãos.
3 यहूदाका मानिसहरूले आफ्ना दाजुभाइ शिमियोनीहरूलाई भने, “कनानीहरूको विरुद्ध लडाइँ गर्नलाई हाम्रो भागमा परेको प्रान्तमा आउनुहोस्। यसको सट्टा हामी पनि तपाईंहरूसित तपाईंको भागमा परेको प्रान्तमा जानेछौँ।” यसकारण शिमियोनीहरू तिनीहरूसित गए।
3 Então Judá disse a Simeão, seu irmão: Vem comigo à terra que me coube por sorte, para combatermos contra os cananeus. Depois irei contigo à tua terra. Simeão partiu com ele.
4 यहूदाले आक्रमण गर्दा याहवेहले कनानीहरू र परिज्जीहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो, र तिनीहरूले दश हजार मानिसहरूलाई बेजेकमा मारे।
4 Judá travou combate e o Senhor entregou-lhe os cananeus e os ferezeus; derrotaram dez mil homens em Bezec.
5 तिनीहरूले अदोनी-बेजेकलाई भेट्टाएर तिनीसित युद्ध गरेको, र कनानीहरू र परिज्जीहरूलाई परास्त गरेको ठाउँ त्यही थियो।
5 Ali encontraram Adoni-Bezec, atacaram-no e derrotaram os cananeus e os ferezeus.
6 अदोनी-बेजेक भागे, तर तिनीहरूले तिनलाई खेदेर भेट्टाए, र तिनका हात र खुट्टाका बूढी-औँलाहरू काटिदिए।
6 Adoni-Bezec fugiu, mas eles o perseguiram, prenderam-no e cortaram-lhe os polegares das mãos e os hálux dos pés.
7 तब अदोनी-बेजेकले भने, “हात र खुट्टाका बूढी-औँलाहरू काटिएका सत्तरी जना राजाहरूले मेरो टेबुलमुनि जुठोका टुक्राटाक्री टिप्थे। अब परमेश्‍वरले मलाई तिनीहरूलाई मैले गरेझैँ बदला लिनुभएको छ।” तिनीहरूले तिनलाई यरूशलेममा ल्याए, र तिनी त्यहीँ मरे।
7 Adoni-Bezec disse: Setenta reis, com os polegares das mãos e os hálux dos pés cortados, apanhavam debaixo de minha mesa os sobejos da comida. Como eu fiz, assim Deus me faz. E conduziram-no a Jerusalém, onde morreu.
8 यहूदाका मानिसहरूले यरूशलेममाथि पनि आक्रमण गरे, र त्यसलाई कब्जा गरे। तिनीहरूले त्यहाँका मानिसहरूलाई तरवारले मारे, र त्यस सहरमा आगो लगाइदिए।
8 Os juditas atacaram Jerusalém e tomaram-na. Passaram os seus habitantes ao fio da espada e incendiaram a cidade.
9 त्यसपछि यहूदाका मानिसहरू पहाडी मुलुक, दक्षिणी र पश्‍चिमी फेदीमा बस्‍ने कनानीहरूको विरुद्धमा लडाइँ गर्न ओर्लिए।
9 Desceram dali e combateram os cananeus das montanhas, do meio-dia e da planície.
10 तिनीहरू हेब्रोनमा (पहिले किर्यत-अर्बा भनिन्थ्यो) बस्‍ने कनानीहरूको विरुद्धमा अगि बढेर शेशै, अहीमन र तल्मैलाई परास्त गरे।
10 Judá marchou contra os cananeus de Hebron {chamada antigamente Cariat-Arbé}, e derrotou Sesai, Aimã e Tolmai.
11 त्यहाँबाट तिनीहरू दबीरमा (पहिले किर्यत-सेपेर भनिन्थ्यो) बस्‍ने मानिसहरूको विरुद्धमा अगि बढे।
11 Marchou depois contra os habitantes de Dabir, que antigamente se chamava Cariat-Sefer.
12 अनि कालेबले भने, “म मेरी छोरी अक्साको विवाह किर्यत-सेपेरमाथि आक्रमण गरेर जित्ने मानिससँग गरिदिनेछु।”
12 Caleb tinha dito: Àquele que combater e tomar Cariat-Sefer darei por mulher minha filha Axa.
13 कालेबको भाइ कनजका छोरा ओत्निएलले त्यसलाई जित्यो। अनि कालेबले आफ्नी छोरी अक्सालाई ओत्निएलसँग विवाह गरिदिए।
13 Otoniel, filho de Cenez, irmão mais novo de Caleb, tomou a cidade; e Caleb deu-lhe sua filha Axa por mulher.
14 एक दिन तिनी ओत्निएलकहाँ जाँदा तिनले आफ्नो पिताबाट एउटा जमिन माग्न भनी उनलाई सुर्‍याए। अक्सा आफ्नो गधाबाट ओर्लेपछि कालेबले तिनलाई सोधे, “म तिम्रा निम्ति के गर्न सक्छु?”
14 Chegando Axa à casa de seu marido, ele moveu-a a que pedisse um campo ao seu pai. {E pela segunda vez} ela saltou de seu jumento, e Caleb disse-lhe: Que tens?
15 तिनले जवाफ दिइन्, “ममाथि एउटा विशेष कृपा गर्नुहोस्। तपाईंले मलाई दक्षिणमा एउटा जमिन दिनुभएको हुनाले मलाई पानीका मूलहरू पनि दिनुहोस्।” तब कालेबले तिनलाई माथिल्‍ला र तलका पानीका मूलहरू दिए।
15 Dá-me, respondeu ela, um presente. Instalaste-me em uma terra árida; dá-me também fontes de água! E Caleb deu-lhe as fontes superiores e inferiores.
16 मोशाका ससुराका सन्तान, केनीहरू यहूदाका मानिसहरूसँग खजूरका रूखहरूको सहरबाट आराद नजिकको दक्षिणमा भएको यहूदाको उजाडस्थानमा गए, र त्यहाँका मानिसहरूसँग बसोबास गर्न लागे।
16 Os filhos de Hobab, o quenita, cunhado de Moisés, subiram da cidade das Palmeiras com os juditas, no deserto de Judá, ao sul de Arad, e vieram estabelecer-se com o povo.
17 तब यहूदाका मानिसहरू आफ्ना दाजुभाइ शिमियोनीहरूसित गएर सपतमा बस्‍ने कनानीहरूमाथि आक्रमण गरे, र तिनीहरूले सहरलाई सम्पूर्ण रूपले नष्‍ट पारे। यसकारण त्यसलाई होर्मा भनियो।
17 Judá prosseguiu sua marcha com Simeão, seu irmão, e derrotaram os cananeus de Sefaat. Votaram a cidade ao interdito e ela recebeu o nome de Horma.
18 यहूदाका मानिसहरूले गाजा, अश्कलोन र एक्रोनलाई तिनीहरूका वरिपरिका प्रान्तहरूसहित लिए।
18 Judá tomou também Gaza e seu território, bem como Ascalon e Acaron com seus territórios.
19 याहवेह यहूदाका मानिसहरूसित हुनुहुन्थ्यो। तिनीहरूले पहाडी मुलुकमाथि अधिकार गरे, तर तिनीहरू मैदानबाट मानिसहरूलाई धपाउन असमर्थ भए। किनकि तिनीहरूसित फलामका रथहरू थिए।
19 O Senhor estava com Judá, e ele conquistou a montanha; porém, não pôde despojar os habitantes da planície que possuíam carros de ferro.
20 मोशाले प्रतिज्ञा गरेझैँ हेब्रोनचाहिँ कालेबलाई दिइयो, जसले अनाकका तीन छोराहरूलाई त्यहाँबाट धपाएका थिए।
20 Conforme o que Moisés tinha dito, deram Hebron a Caleb, que expulsou dela os três filhos de Enac.
21 तर बेन्यामीनीहरूले चाहिँ यरूशलेममा बस्‍ने यबूसीहरूलाई धपाएनन्। अनि आजको दिनसम्मै यबूसीहरू त्यहाँ बेन्यामीनीहरूसित बस्छन्।
21 Os benjaminitas não exterminaram os jebuseus de Jerusalém; por isso, os jebuseus habitaram em Jerusalém com os benjaminitas até o presente.
22 अब योसेफका घरानाले बेथेलमाथि आक्रमण गरे, र याहवेह तिनीहरूसित हुनुहुन्थ्यो।
22 A família de José marchou também contra Betel, e o Senhor esteve com eles.
23 जब तिनीहरूले बेथेलमा (पहिले लूज भनिन्थ्यो) भेद लिने मानिसहरू पठाए,
23 E quando exploravam Betel, que antes se chamava Luz,
24 तब ती जासुसहरूले एक जना मानिसलाई सहरबाट बाहिर निस्कँदैगरेको देखे, र तिनीहरूले त्यसलाई भने, “हामीलाई सहरभित्र कसरी पस्‍ने हो देखाइदेऊ, र हामी तिमीप्रति असल व्यवहार गर्नेछौँ।”
24 viram um homem que saía da cidade, e disseram-lhe: Mostra-nos por onde se pode entrar na cidade e usaremos de misericórdia contigo.
25 यसकारण त्यसले तिनीहरूलाई सहरभित्र पस्‍ने बाटो देखाइदियो। अनि उनीहरूले तिनीहरूका सहरलाई तरवारले नाश गरे, तर त्यो मानिस र त्यसको परिवारलाई चाहिँ छोडिदिए।
25 Ele indicou-lhes a entrada, e passaram a localidade ao fio da espada, poupando, porém, aquele homem com a sua família.
26 त्यसपछि त्यो हित्तीहरूको देशमा गयो, र त्यहाँ एउटा सहर बनायो; अनि त्यसको नाम लूज राख्यो। त्यस सहरको नाम आजको दिनसम्म त्यही नै छ।
26 Este emigrou para a terra dos hiteus, onde construiu uma cidade, à qual pôs o nome de Luz, nome que ela conserva ainda hoje.
27 तर मनश्शेले बेथ-शान, तानाक, डोर, यिबलाम, मगिद्दो र तिनीहरूका चारैतिर बसोबास गरेका मानिसहरूलाई धपाएनन्। किनकि कनानीहरूले त्यस देशमा बस्‍ने निश्‍चय गरेका थिए।
27 Manassés não expulsou os habitantes de Betsã com suas aldeias, nem os de Tanac, de Dor, de Jeblaão, de Magedo, com suas aldeias, porque os cananeus estavam decididos a ocupar essa terra.
28 इस्राएल शक्तिशाली भएपछि तिनीहरूले कनानीहरूलाई बेगार काममा लगाए, तर तिनीहरूले उनीहरूलाई सम्पूर्ण रूपले चाहिँ निकालेनन्।
28 Quando se tornaram mais fortes, os israelitas fizeram-nos tributários, mas não os despojaram.
29 न त एफ्राइमले गेजेरमा बस्‍ने कनानीहरूलाई धपाए, तर कनानीहरू त्यहाँ तिनीहरूसित बसिरहे।
29 Efraim não expulsou os cananeus de Geser, os quais continuaram a habitar em Geser, no meio de Efraim.
30 न त जबूलूनले नै कित्रोन अथवा नहललमा तिनीहरूसित बस्‍ने कनानीहरूलाई धपाए। यसैले यी कनानीहरू उनीहरूका बीच बसे, तर तिनीहरूले उनीहरूलाई बेगार काम गर्ने तुल्याए।
30 Zabulon não expulsou os habitantes de Cetron, nem os de Naalol; e os cananeus continuaram a habitar no meio de Zabulon, embora sujeitos ao tributo.
31 न त आशेरले अक्‍को, सीदोन, अहलाब, अक्जीब, हेलवा, अपेक वा रहोबमा बस्‍नेहरूलाई धपाए।
31 Aser não expulsou os habitantes de Aco, nem os de Sidon, nem os de Aalab, de Acasib, de Helba, de Afec e de Roob;
32 यसैकारण आशेरका मानिसहरू कनानी बासिन्दाहरूसित बसे; किनभने तिनीहरूले उनीहरूलाई धपाएनन्।
32 os filhos de Aser estabeleceram-se entre os cananeus, habitantes daquela terra; não os despojaram.
33 न त नप्‍तालीले बेथ-शेमेश अथवा बेथ-अनातमा बस्‍नेहरूलाई नै धपाए; तर नप्‍तालीहरू पनि त्यस देशका कनानी बासिन्दाहरूसित बसे। अनि बेथ-शेमेस र बेथ-अनातमा बस्‍नेहरू तिनीहरूका निम्ति ज्यालाविना काम गर्ने मजदुरहरू भए।
33 Neftali não expulsou os habitantes de Bet-Sames, nem os de Bet-Anat, e estabeleceu-se entre os cananeus, habitantes daquela terra; os betsamitas e os betanitas ficaram-lhe tributários.
34 एमोरीहरूले दानवंशीहरूलाई पहाडी मुलुकभित्रै सीमित राखे, र तिनीहरूलाई मैदानमा आउनै दिएनन्।
34 Os amorreus repeliram os danitas para a montanha, e não os deixaram descer para a planície.
35 अनि एमोरीहरूले हेरेस डाँडा, अय्यालोन र शाल्बीममै बस्‍ने निश्‍चय गरे। योसेफको घरानाको शक्ति बढेपछि तिनीहरू पनि ज्यालाविना खटिन बाध्य भए।
35 Persistiram em ficar em Har-Harés, em Ajalon e em Salebim; mas a mão da casa de José prevaleceu sobre eles, e tiveram de pagar o tributo.
36 एमोरीहरूको सिमाना अक्रब्बीम घाटीदेखि सेला र अझ माथिसम्म थियो।
36 O território dos amorreus estendia-se desde a costa de Acrabim e de Sela, para o norte.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Juízes 1, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.