Juízes 18

npioncb (NPIONCB) vs ARA

Sair da comparação
ARA Almeida Revista e Atualizada 1993
1 ती दिनहरूमा इस्राएलमा कुनै राजा थिएनन्।
1 Naqueles dias, não havia rei em Israel, e a tribo dos danitas buscava para si herança em que habitar; porquanto, até àquele dia, entre as tribos de Israel, não lhe havia caído por sorte a herança.
2 यसकारण दानवंशीहरूले सोरा र एश्तोलबाट त्यो ठाउँ जासुसी गर्न र भेद लिनका लागि पाँच जना योद्धाहरूलाई पठाए। यी मानिसहरूले तिनीहरूका सबै वंशको प्रतिनिधित्व गर्दथे। तिनीहरूले यिनीहरूलाई यसो भनेका थिए, “जाओ, गएर देशको भेद लेओ।”
2 Enviaram os filhos de Dã cinco homens dentre todos os da sua tribo, homens valentes, de Zorá e de Estaol, a espiar e explorar a terra; e lhes disseram: Ide, explorai a terra. Chegaram à região montanhosa de Efraim, até à casa de Mica, e ali pernoitaram.
3 जब तिनीहरू मीकाको घरको छेउनिर पुगे, तब तिनीहरूले त्यस जवान लेवीको सोर चिने। यसकारण तिनीहरू त्यतैतिर पुगेर तिनलाई सोधे, “तिमीलाई यहाँ कसले ल्यायो? तिमी यो ठाउँमा के गर्दैछौ? तिमी यहाँ किन छौ?”
3 Estando eles junto da casa de Mica, reconheceram a voz do moço, do levita; chegaram-se para lá e lhe disseram: Quem te trouxe para aqui? Que fazes aqui? E que é que tens aqui?
4 तिनले आफूलाई मीकाले के गरेका थिए, त्यो तिनीहरूलाई भनिदिए, र भने, “तिनले मलाई ज्यालामा लिएका छन्। म तिनको पुजारी भएको छु।”
4 Ele respondeu: Assim e assim me fez Mica; pois me assalariou, e eu lhe sirvo de sacerdote.
5 तब उनीहरूले तिनलाई भने, “कृपया हाम्रो यात्रा सफल हुन्छ कि हुँदैन? परमेश्‍वरसित सोधिदेऊ।”
5 Então, lhe disseram: Consulta a Deus, para que saibamos se prosperará o caminho que levamos.
6 ती पुजारीले तिनीहरूलाई जवाफ दिए, “शान्तिसित जाओ। तिमीहरूको यात्रालाई याहवेहले समर्थन गर्नुभएको छ।”
6 Disse-lhes o sacerdote: Ide em paz; o caminho que levais está sob as vistas do Senhor .
7 यसकारण ती पाँच जना मानिसहरू त्यस ठाउँलाई छोडेर लेशमा आए, र त्यहाँका मानिसहरूलाई सुरक्षामा रहेका सीदोनीहरूझैँ शान्त र सुरक्षित देखे। तिनीहरूको देशमा केही अभाव नभएको कारण तिनीहरूले उन्‍नति गरेका थिए। तिनीहरू सीदोनीहरूभन्दा टाढा पनि थिए, र अरू कसैसित तिनीहरूको केही सम्बन्ध पनि थिएन।
7 Partiram os cinco homens, e chegaram a Laís, e viram que o povo que havia nela estava seguro, segundo o costume dos sidônios, em paz e confiado. Nenhuma autoridade havia que, por qualquer coisa, o oprimisse; também estava longe dos sidônios e não tinha trato com nenhuma outra gente.
8 तिनीहरू सोरा र एश्तोलमा फर्किआएपछि तिनीहरूका दाजुभाइहरूले “तिमीहरूले के-के भेट्यौ?” भनी तिनीहरूलाई सोधे।
8 Então, voltaram a seus irmãos, a Zorá e a Estaol; e estes lhes perguntaram: Que nos dizeis?
9 तिनीहरूले जवाफ दिए, “जाऔँ, हामी तिनीहरूमाथि कब्जा गरौँ! हामीले त्यो देश देख्यौँ। त्यो अति नै राम्रो रहेछ। तपाईंहरू किन चुपचाप बसिरहनुहुन्छ? त्यहाँ गएर त्यसलाई कब्जा गर्न बियाँलो नगर्नुहोस्!
9 Eles disseram: Disponde-vos e subamos contra eles; porque examinamos a terra, e eis que é muito boa. Estais aí parados? Não vos demoreis em sair para ocupardes a terra.
10 जब तपाईंहरू त्यहाँ पुग्नुहुनेछ, तब निस्फिक्रीसाथ बसेका मानिसहरू र फराकिलो ठाउँ देख्नुहुनेछ। किनकि परमेश्‍वरले त्यो तपाईंहरूको हातमा दिनुभएको छ, अर्थात् यस्तो देश, जसमा कुनै पनि कुराको अभाव छैन।”
10 Quando lá chegardes, achareis um povo confiado, e a terra é ampla; porque Deus vo-la entregou nas mãos; é um lugar em que não há falta de coisa alguma que há na terra.
11 तब दानको वंशबाट छ सय मानिसहरू लडाइँका निम्ति हतियार भिरेर सोरा र एश्तोलबाट निस्के।
11 Então, partiram dali, da tribo dos danitas, de Zorá e de Estaol, seiscentos homens armados de suas armas de guerra.
12 बाटोमा तिनीहरूले यहूदाको किर्यत-यारीममा छाउनी हाले। यसैकारण किर्यत-यारीमको पश्‍चिमतिरको ठाउँलाई आजको दिनसम्म महनेन-दान भनिन्छ।
12 Subiram e acamparam-se em Quiriate-Jearim, em Judá; pelo que chamaram a este lugar Maané-Dã, até ao dia de hoje; está por detrás de Quiriate-Jearim.
13 त्यहाँबाट तिनीहरू एफ्राइमको पहाडी मुलुकमा गए, र मीकाको घरमा आए।
13 Dali, passaram à região montanhosa de Efraim e chegaram até à casa de Mica.
14 तब लेश देशको भेद लिने ती पाँच जना मानिसहरूले आफ्ना दाजुभाइहरूलाई भने, “के यी घरहरूमध्ये एउटामा एपोद, अरू घर-देवताहरू, एउटा खोपिएको आकृति र एउटा ढालेर बनाएको मूर्ति छन् भनेर तिमीहरूलाई थाहा छ? अब के गर्नुपर्ने हो, त्यो तिमीहरू जान्दछौ।”
14 Os cinco homens que foram espiar a terra de Laís disseram a seus irmãos: Sabeis vós que, naquelas casas, há uma estola sacerdotal, e ídolos do lar, e uma imagem de escultura, e uma de fundição? Vede, pois, o que haveis de fazer.
15 यसकारण तिनीहरू त्यहाँ गए, र मीकाको ठाउँमा भएको त्यस जवान लेवीको घरमा गएर तिनलाई अभिवादन गरे।
15 Então, foram para lá, e chegaram à casa do moço, o levita, em casa de Mica, e o saudaram.
16 छ सय दानवंशीहरूचाहिँ युद्धका निम्ति हतियार भिरेर मूलढोकाको प्रवेशद्वारमा उभिए।
16 Os seiscentos homens que eram dos filhos de Dã, armados de suas armas de guerra, ficaram à entrada da porta.
17 त्यस देशको भेद लिने ती पाँच जना मानिसहरू घरभित्र पसे, र खोपिएको आकृति, एपोद, अरू घर-देवताहरू लिए। अनि ती पुजारीहरू र छ सय हतियार भिरेका मानिसहरू मूलढोकाको प्रवेशद्वारमा उभिरहे।
17 Porém, subindo os cinco homens que foram espiar a terra, entraram e apanharam a imagem de escultura, a estola sacerdotal, os ídolos do lar e a imagem de fundição, ficando o sacerdote em pé à entrada da porta, com os seiscentos homens que estavam armados com as armas de guerra.
18 जब ती मानिसहरूले मीकाको घरमा गएर खोपिएको आकृति, एपोद, अरू घर-देवताहरू र ढालेर बनाएको मूर्ति लिए, तब ती पुजारीले तिनीहरूलाई भने, “तपाईंहरू के गर्दै हुनुहुन्छ?”
18 Entrando eles, pois, na casa de Mica e tomando a imagem de escultura, a estola sacerdotal, os ídolos do lar e a imagem de fundição, disse-lhes o sacerdote: Que estais fazendo?
19 तब तिनीहरूले तिनलाई जवाफ दिए, “चुप लाग्नुहोस्! एक शब्द पनि नबोल्नुहोस्! हामीसित आएर हाम्रा बुबा र पुजारी हुनुहोस्! के एउटा मानिसको घरमा सेवा गर्नुभन्दा इस्राएलमा कुल र वंशकहाँ पुजारीको रूपमा सेवा गर्नु तपाईंलाई असल होइन र?”
19 Eles lhe disseram: Cala-te, e põe a mão na boca, e vem conosco, e sê-nos por pai e sacerdote. Ser-te-á melhor seres sacerdote da casa de um só homem do que seres sacerdote de uma tribo e de uma família em Israel?
20 तब ती पुजारी खुशी भए। तिनी एपोद, घर-देवताहरू र खोपिएको आकृति लिएर ती मानिसहरूसित गइहाले।
20 Então, se alegrou o coração do sacerdote, tomou a estola sacerdotal, os ídolos do lar e a imagem de escultura e entrou no meio do povo.
21 तिनीहरूका साना छोराछोरीहरू, तिनीहरूका गाईबस्तु र सरसामानहरू आफ्ना अगि लगाएर तिनीहरू फर्केर गइहाले।
21 Assim, viraram e, tendo posto diante de si os meninos, o gado e seus bens, partiram.
22 तिनीहरू मीकाको घरदेखि केही टाढा पुगेपछि मीकाका छिमेकीहरू एकसाथ भेला भए; अनि तिनीहरूले उनीहरूलाई खेदेर भेट्टाए।
22 Estando já longe da casa de Mica, reuniram-se os homens que estavam nas casas junto à dele e alcançaram os filhos de Dã.
23 तिनीहरूले उनीहरूलाई कराएर बोलाउँदा ती दानवंशीहरूले मीकालाई भने, “तिमीहरूलाई के भयो, र तिमीहरूले आफ्ना मानिसहरूलाई किन लडाइँका लागि बोलायौ?”
23 E clamaram após eles, os quais, voltando-se, disseram a Mica: Que tens, que convocaste esse povo?
24 तिनले जवाफ दिए, “तपाईंले मैले बनाएका देवी-देवताहरू र मेरा पुजारीलाई लैजानुभयो। अब मसित अरू के रह्‍यो र? तपाईंहरूले ‘तिमीहरूलाई के भयो?’ भनेर कसरी सोध्न सक्नुहुन्छ?”
24 Respondeu-lhes: Os deuses que eu fiz me tomastes e também o sacerdote e vos fostes; que mais me resta? Como, pois, me perguntais: Que é o que tens?
25 दानवंशीहरूले जवाफ दिए, “हामीसित तर्क नगर। नत्रता केही रिसाहा मानिसहरूले तिमीमाथि आक्रमण गर्लान्, र तिमी र तिम्रो परिवारले आफ्ना प्राण गुमाउनुपर्ला!”
25 Porém os filhos de Dã lhe disseram: Não nos faças ouvir a tua voz, para que, porventura, homens de ânimo amargoso não se lancem sobre ti, e tu percas a tua vida e a vida dos da tua casa.
26 यसकारण दानवंशीहरू आफ्नो बाटो लागे, र तिनीहरू आफूभन्दा धेरै बलिया देखेर मीका फर्केर घरतिर लागे।
26 Assim, prosseguiram o seu caminho os filhos de Dã; e Mica, vendo que eram mais fortes do que ele, voltou-se e tornou para sua casa.
27 तब तिनीहरूले मीकाले बनाएका चीजहरू अनि तिनको पुजारीलाई लिएर शान्तिप्रिय र निस्फिक्री मानिसहरूका विरुद्धमा लेशमा गए। तिनीहरूले उनीहरूमाथि तरवारले आक्रमण गरे, र तिनीहरूको त्यो सहर आगोले जलाइदिए।
27 Levaram eles o que Mica havia feito e o sacerdote que tivera, e chegaram a Laís, a um povo em paz e confiado, e os feriram a fio de espada, e queimaram a cidade.
28 तिनीहरूलाई छुटाउने कोही थिएनन्। किनकि तिनीहरू सीदोनदेखि धेरै टाढा बस्थे। अनि अरू कसैसित पनि तिनीहरूको सम्बन्ध थिएन। त्यो सहर बेथ-रेहोबको छेउमा भएको बेँसीमा थियो।
28 Ninguém houve que os livrasse, porquanto estavam longe de Sidom e não tinham trato com ninguém; a cidade estava no vale junto a Bete-Reobe. Reedificaram a cidade, habitaram nela
29 त्यस सहरलाई लेश भनिए तापनि तिनीहरूका पुर्खा दानको नाममा दान भनी राखे।
29 e lhe chamaram Dã, segundo o nome de Dã, seu pai, que nascera a Israel; porém, outrora, o nome desta cidade era Laís.
30 त्यहाँ दानवंशीहरूले ती मूर्तिहरू खडा गरे; अनि मोशाका छोरा, गेर्शोमका छोरा जोनाथन र तिनका छोराहरूचाहिँ देश कैदमा नलगिएसम्म दानको कुलका पुजारीहरू भएर बसे।
30 Os filhos de Dã levantaram para si aquela imagem de escultura; e Jônatas, filho de Gérson, o filho de Manassés, ele e seus filhos foram sacerdotes da tribo dos danitas até ao dia do cativeiro do povo.
31 परमेश्‍वरको घर शीलोमा भइरहेसम्म तिनीहरूले मीकाले बनाएका मूर्तिहरू प्रयोग गरिरहे।
31 Assim, pois, a imagem de escultura feita por Mica estabeleceram para si todos os dias que a Casa de Deus esteve em Siló.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Juízes 18, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.