Juízes 12
npioncb (NPIONCB) vs ARIB
1 एफ्राइमका मानिसहरूले आफ्नो सैन्यदललाई बोलाए र सापोन पार गरे। तिनीहरूले यिप्तालाई भने, “अम्मोनीहरूसित लडाइँ गर्न जाँदा हामीलाई नबोलाई तपाईं किन जानुभयो? हामी तपाईंलाई तपाईंको घरसहित जलाइदिनेछौँ।”
1 Então os homens de Efraim se congregaram, passaram para Zafom e disseram a Jefté: Por que passaste a combater contra os amonitas, e não nos chamaste para irmos contigo? Queimaremos a fogo a tua casa contigo.
2 यिप्ताले जवाफ दिए, “म र मेरा मानिसहरू अम्मोनीहरूसितको ठूलो सङ्घर्षमा व्यस्त थियौँ, र मैले तिमीहरूलाई बोलाए तापनि तिमीहरूले मलाई तिनीहरूका हातबाट बचाएनौ।
2 Disse-lhes Jefté: Eu e o meu povo tivemos grande contenda com os amonitas; e quando vos chamei, não me livrastes da sua mão.
3 जब मैले तिमीहरूबाट केही सहायता नपाउने रहेछु भनी देखेँ, तब आफ्नो प्राण हत्केलामा लिएर म तिनीहरूसित लडाइँ गर्न पारि गएँ। अनि याहवेहले मलाई तिनीहरूमाथि विजय दिनुभयो। अब किन तिमीहरू आज मसित लडाइँ गर्न आइरहेका छौ?”
3 Vendo eu que não me livráveis, arrisquei a minha vida e fui de encontro aos amonitas, e o Senhor mos entregou nas mãos; por que, pois, subistes vós hoje para combater contra mim?
4 त्यसपछि यिप्ताले गिलादका मानिसहरूलाई भेला गरे। अनि एफ्राइमको विरुद्धमा लडाइँ गरे। गिलादीहरूले तिनीहरूलाई पराजित गरिदिए; किनकि एफ्राइमीहरूले भनेका थिए, “तिमी गिलादीहरू त एफ्राइम र मनश्शेका शरणार्थी हौ।”
4 Depois ajuntou Jefté todos os homens de Gileade, e combateu contra Efraim, e os homens de Gileade feriram a Efraim; porque este lhes dissera: Fugitivos sois de Efraim, vós gileaditas que habitais entre Efraim e Manassés.
5 गिलादीहरूले एफ्राइमतिर जाने यर्दनको किल्ला कब्जा गरे। अनि जहिले पनि एफ्राइमका बाँचेका कसैले “मलाई पारि जान देओ” भन्दा गिलादका मानिसहरूले त्यसलाई सोध्थे, “के तिमी एफ्राइमी हौ?” यदि त्यसले “होइन” भन्यो भने,
5 E tomaram os gileaditas aos efraimitas os vaus do Jordão; e quando algum dos fugitivos de Efraim dizia: Deixai-me passar; então os homens de Gileade lhe perguntavam: És tu efraimita? E dizendo ele: Não;
6 तिनीहरूले भन्थे, “ठिक छ, ‘शिब्बोलेत’ भन।” यदि त्यसले त्यो शब्द ठिकसित उच्चारण गर्न नसकेर “सिब्बोलेत” भन्यो भने तिनीहरूले त्यसलाई पक्रेर यर्दनको किल्लामा मारिदिन्थे। त्यस बेला एफ्राइमका बयालीस हजार मानिसहरू मारिए।
6 então lhe diziam: Dize, pois, Chibolete; porém ele dizia: Sibolete, porque não o podia pronunciar bem. Então pegavam dele, e o degolavam nos vaus do Jordão. Cairam de Efraim naquele tempo quarenta e dois mil.
7 यिप्ताले इस्राएलमाथि छ वर्षसम्म नेतृत्व गरे। त्यसपछि गिलादी यिप्ता मरे, र तिनी गिलादको एउटा सहरमा गाडिए।
7 Jefté julgou a Israel seis anos; e morreu Jefté, o gileadita, e foi sepultado numa das cidades de Gileade.
8 तिनीपछि बेथलेहेमका इब्सानले इस्राएलीहरूलाई नेतृत्व गरे।
8 Depois dele julgou a Israel Ibzã de Belém.
9 तिनका तीस जना छोरा र तीस जना छोरी थिए। तिनले आफ्नी छोरीहरूका विवाह आफ्नो वंशभन्दा बाहिर गरिदिए। अनि आफ्ना छोराहरूका पत्नीहरू आफ्नो वंशभन्दा बाहिरका तीस जना जवान स्त्रीहरू ल्याए। इब्सानले इस्राएललाई सात वर्षसम्म नेतृत्व गरे।
9 Tinha este trinta filhos, e trinta filhas que casou fora; e trinta filhas trouxe de fora para seus filhos. E julgou a Israel sete anos.
10 त्यसपछि इब्सान मरे, र तिनी बेथलेहेममा गाडिए।
10 Morreu Ibzã, e foi sepultado em Belém.
11 तिनीपछि जबूलूनी एलोनले इस्राएलमाथि दश वर्षसम्म नेतृत्व गरे।
11 Depois dele Elom, o zebulonita, julgou a Israel dez anos.
12 त्यसपछि एलोन मरे, र जबूलून देशमा भएको अय्यालोनमा गाडिए।
12 Morreu Elom, o zebulonita, e foi sepultado em Aijalom, na terra de Zebulom.
13 तिनीपछि पिरातोनी हिल्लेलका छोरा अब्दोन इस्राएलको नेतृत्व गरे।
13 Depois dele julgou a Israel Abdom, filho de Hilel, o piratonita.
14 तिनका चालीस जना छोरा र तीस जना नाति थिए, जो सत्तरी वटा गधाहरूमाथि सवार हुन्थे। तिनले इस्राएललाई आठ वर्षसम्म नेतृत्व गरे।
14 Tinha este quarenta filhos e trinta netos, que cavalgavam sobre setenta jumentos. E julgou a Israel oito anos.
15 त्यसपछि हिल्लेलका छोरा अब्दोन मरे, र अमालेकीहरूको पहाडी देशमा एफ्राइमको पिरातोनमा गाडिए।
15 Morreu Abdom, filho de Hilel, o piratonita, e foi sepultado em Piratom, na terra de Efraim, na região montanhosa dos amalequitas.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Juízes 12, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.