Josué 7

npioncb (NPIONCB) vs NAA

Sair da comparação
NAA Nova Almeida Atualizada 2017
1 तर अर्पण गरिएका चीजहरूको, विषयमा इस्राएलीहरू विश्‍वासयोग्य भएनन्। यहूदा कुलको जेरहको छोरा जब्दी जब्दीको छोरा कर्मी, कर्मीको छोरा आकानले ती अर्पण गरिएका चीजहरूबाट केही कुरा लियो। यसकारण याहवेहको क्रोध इस्राएलीहरूमाथि दन्कियो।
1 Mas os filhos de Israel foram infiéis em relação às coisas condenadas, porque Acã, filho de Carmi, filho de Zabdi, filho de Zera, da tribo de Judá, pegou para si uma parte das coisas condenadas. A ira do Senhor se acendeu contra os filhos de Israel.
2 यहोशूले बेथेलको पूर्वपट्टिको बेथ-आवेनको नजिक भएको ऐ सहरमा यरीहोबाट मानिसहरू पठाएर तिनीहरूलाई भने, “तिमीहरू माथि गएर त्यस इलाकाको भेद लेओ।” यसकारण ती मानिसहरू गए, र ऐ सहरको भेद लिए।
2 Josué enviou alguns homens de Jericó até a cidade de Ai, que está junto a Bete-Áven, a leste de Betel, e lhes falou, dizendo: — Vão e espiem a terra. Os homens foram e espiaram a cidade.
3 जब तिनीहरू यहोशूकहाँ फर्केर आए, तब तिनीहरूले भने, “ऐ सहरको विरुद्धमा सबै मानिसहरू नजाऊन्। त्यसलाई कब्जा गर्न दुई वा तीन हजार मानिसहरू पठाउनुहोस्। सबै मानिसहरू जाने कष्‍ट नदिनुहोस्; किनकि त्यहाँ थोरै मात्र मानिसहरू बस्दछन्।”
3 E voltaram a Josué e lhe disseram: — Não é necessário que vá todo o povo; bastam uns dois ou três mil homens, para atacar a cidade de Ai. Não fatigue ali todo o povo, porque são poucos os inimigos.
4 यसकारण करिब तीन हजार मानिसहरू मात्र माथि गए; तर तिनीहरू ऐ सहरका मानिसहरूद्वारा पराजित भए।
4 Assim, apenas uns três mil homens do povo foram até lá, os quais fugiram diante dos homens da cidade de Ai.
5 तिनीहरूले लगभग छत्तीस जना इस्राएलीहरूलाई मारे। तिनीहरूले इस्राएलीहरूलाई सहरको मूलढोकादेखि शबारीमसम्म लखेटे, र ओरालोमा तिनीहरूलाई हराए। यो देखेर मानिसहरूको हृदय डरले गलेर पानीजस्तै भयो।
5 Os homens dali mataram uns trinta e seis deles, e perseguiram os outros desde o portão da cidade até as pedreiras, e os derrotaram na descida. E o coração do povo se derreteu e se tornou como água.
6 तब यहोशूले आफ्नो वस्त्र च्याते। अनि याहवेहको सन्दुकको सामु भुइँमा घोप्टो परेर लडे। अनि साँझसम्म त्यहीँ रहिरहे। इस्राएलका प्रधानहरूले पनि त्यसै गरेर तिनीहरूका शिरहरूमा धुलो छर्के।
6 Então Josué rasgou a sua roupa e se prostrou com o rosto em terra diante da arca do Senhor até a tarde, ele e os anciãos de Israel; e puseram pó sobre a cabeça.
7 अनि यहोशूले भने, “हाय, प्रभु याहवेह! तपाईंले यी मानिसहरूलाई एमोरीहरूको हातमा सुम्पिदिएर नष्‍ट पार्नलाई किन यर्दन पार गराएर ल्याउनुभयो? बरु हामी यर्दनको पारिपट्टि नै सन्तोष गरेर बसेको भए वेश हुनेथियो!
7 E Josué disse: — Ah!
8 हे प्रभु, अब म के भनूँ, अहिले इस्राएल आफ्ना शत्रुहरूद्वारा पराजित भएको छ?
8 Ah! Senhor, que direi? Pois Israel virou as costas diante dos seus inimigos!
9 कनानी र यस देशका अरू मानिसहरूले यसबारे सुन्‍नेछन्, र तिनीहरूले हामीलाई चारैतिरबाट घेरेर पृथ्वीबाट हाम्रो नामनिशानै मेटिदिनेछन्। अनि त्यस बेला आफ्नो महान् नामको खातिर तपाईंले के गर्नुहुनेछ?”
9 Quando os cananeus e todos os moradores da terra ouvirem isto, nos cercarão e apagarão o nosso nome da face da terra; e, então, que farás ao teu grande nome?
10 याहवेहले यहोशूलाई भन्‍नुभयो, “उठ्! तँ किन यसरी घोप्टो परेर भुइँमा लडिरहेको छस्?”
10 Então o Senhor disse a Josué: — Levante-se! Por que você está assim prostrado sobre o seu rosto?
11 इस्राएलले पाप गरेको छ। मैले तिनीहरूलाई पालन गर्न दिएको करार भङ्ग गरेका छन्। तिनीहरूले अर्पण गरिएका चीजहरूबाट केही लिएका छन्। तिनीहरूले चोरेका छन्। तिनीहरूले झूट बोलेका छन्। तिनीहरूले ती चीजहरू आफ्नै मालसामानसँग राखेका छन्।
11 Israel pecou. Quebraram a minha aliança, aquilo que eu lhes havia ordenado, pois tomaram das coisas condenadas, furtaram, mentiram e até debaixo da sua bagagem o puseram.
12 त्यसैकारण इस्राएलीहरू आफ्ना शत्रुहरूको विरुद्धमा खडा रहन सक्दैनन्। तिनीहरू पिठिउँ फर्काएर भाग्छन्; किनकि तिनीहरूले आफूलाई सर्वनाशको योग्य बनाएका छन्। तिमीहरूले आफ्ना बीचबाट नष्‍ट हुनका निम्ति अर्पण गरिएका चीजहरूलाई नष्‍ट नगरेसम्म म अब उसो तिमीहरूसँग रहनेछैन।
12 Por isso os filhos de Israel não puderam resistir aos seus inimigos; viraram as costas diante deles, porque Israel está condenado à destruição. Não continuarei com vocês, se não eliminarem do meio de vocês a coisa roubada.
13 “उठ्, गएर मानिसहरूलाई शुद्ध पार्! तिनीहरूलाई भन्, ‘भोलिको दिनको तयारीका निम्ति आफूलाई शुद्ध बनाओ’; किनकि याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: हे इस्राएल, तिमीहरूको बीचमा अर्पण गरिएको चीज छ। तिमीहरूले त्यसलाई नहटाएसम्म तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा खडा रहन सक्दैनौ।
13 — Levante-se, santifique o povo e diga: “Santifiquem-se para amanhã, porque assim diz o Senhor , Deus de Israel: ‘Há coisas condenadas no meio de vocês, ó Israel. Vocês não poderão resistir aos seus inimigos enquanto não eliminarem do meio de vocês as coisas condenadas.
14 “ ‘यसकारण बिहानै तिमीहरूले कुल-कुलअनुसार आफूलाई प्रस्तुत गर। याहवेहले छान्‍नुभएको कुल वंश-वंश गरी अगाडि आओस्। याहवेहले छान्‍नुभएको वंश परिवार-परिवार गरी अगाडि आओस्; अनि याहवेहले छान्‍नुभएको परिवार एक-एक जना गरी अगाडि आओस्।
14 Pela manhã, pois, vocês se apresentarão, segundo as suas tribos; e a tribo que o Senhor designar por sorteio se apresentará, segundo as famílias; e a família que o Senhor designar se apresentará por casas; e a casa que o Senhor designar se apresentará homem por homem.
15 अर्पण गरिएका चीजहरूसँग पक्राउ पर्ने व्यक्ति, त्यससँग भएका सबै थोकसँगै आगोद्वारा नष्‍ट पारियोस्। त्यसले याहवेहको करार भङ्ग गरेको छ; र इस्राएलमा घृणित काम गरेको छ!’ ”
15 Aquele que for achado com a coisa condenada será queimado, ele e tudo o que tiver, porque quebrou a aliança do Senhor e cometeu um ato infame em Israel.’”
16 भोलिपल्ट बिहानै यहोशूले इस्राएललाई कुलअनुसार अगाडि आउन लगाए; अनि यहूदा छानिए।
16 Então Josué se levantou de madrugada e fez com que Israel se apresentasse, segundo as suas tribos; e a sorte caiu sobre a tribo de Judá.
17 तब यहूदाका सबै कुलहरू अगाडि आए, र जेरहको वंशहरू छानिए। तिनले जेरहका वंशहरूलाई परिवार-परिवार गरी अगि आउन लगाए, र जब्दी छानिए।
17 Ele fez com que se apresentasse a tribo de Judá, e a família indicada foi a dos zeraítas. Fez com que se apresentasse a família dos zeraítas, homem por homem, e a família indicada foi a de Zabdi.
18 यहोशूले त्यसको परिवारलाई एक-एक गरी अगि आउन लगाए। अनि यहूदाको कुलको जेरहका छोरा जब्दी, त्यसका छोरा कर्मी र कर्मीका छोरा आकान पक्राउ पर्‍यो।
18 E, fazendo com que se apresentasse a família de Zabdi, homem por homem, o indicado foi Acã, filho de Carmi, filho de Zabdi, filho de Zera, da tribo de Judá.
19 तब यहोशूले आकानलाई भने, “हे मेरो छोरा, याहवेह इस्राएलका परमेश्‍वरलाई महिमा दे, र उहाँको कदर गर्। तैँले जे गरिस्, त्यो मलाई भन्; मदेखि त्यो कुरा नलुका।”
19 Então Josué disse a Acã: — Meu filho, dê glória ao
20 आकानले जवाफ दियो, “यो कुरा सत्य हो! मैले याहवेह इस्राएलका परमेश्‍वरको विरुद्धमा पाप गरेको छु। मैले गरेको अपराध यही हो:
20 Acã respondeu a Josué: — É verdade, eu pequei contra o
21 लुटको मालमा जब मैले बेबिलोनबाटको एउटा सुन्दर लवेदा, दुई सय सेकेलको चाँदी र पचास सेकेलको सुनको टुक्रा देखेँ, तब मलाई लोभ लाग्यो र मैले ती लिएँ। ती मेरो पालभित्र जमिनमुनि गाडिएका छन्। अनि चाँदीचाहिँ सबैभन्दा मुनि छ।”
21 Quando vi entre o despojo uma boa capa babilônica, uns dois quilos e meio de prata e uma barra de ouro pesando mais de meio quilo, cobicei essas coisas e as peguei para mim; e eis que estão escondidas na terra, no meio da minha tenda, e a prata, por baixo.
22 यसकारण यहोशूले दूतहरू पठाए। अनि तिनीहरू दगुरेर पालमा गए। अनि त्यस पालभित्र ती लुकाइराखिएका थिए। चाँदीचाहिँ सबैभन्दा मुनि भेट्टाए।
22 Então Josué enviou mensageiros que foram correndo à tenda de Acã; e eis que tudo estava escondido nela, e a prata estava por baixo.
23 तिनीहरूले पालबाट ती चीजहरू लिएर यहोशू र सारा इस्राएलीहरूकहाँ ल्याए। अनि ती याहवेहको अगि राखिदिए।
23 Tiraram aquelas coisas do meio da tenda, e as trouxeram a Josué e a todos os filhos de Israel, e as colocaram diante do Senhor .
24 तब यहोशू र सारा इस्राएलीहरू मिलेर जेरहको छोरा आकान, त्यससँग भएको चाँदी, लवेदा, सुनको टुक्रा, त्यसका छोराछोरीहरू, त्यसका गाईबस्तु, गधाहरू र भेडाहरू, त्यसका पाल र त्यसका सबै चीजहरूलाई आकोरको बेँसीमा ल्याए।
24 Então Josué e todo o Israel com ele pegaram Acã, filho de Zera, e a prata, a capa, a barra de ouro, os filhos e as filhas dele, os seus bois, os seus jumentos, as suas ovelhas, a sua tenda e tudo o que ele tinha e os levaram para o vale de Acor.
25 अनि यहोशूले भने, “तैँले यो विपत्ति हामीमाथि किन ल्याइस्? याहवेहले आज तँमाथि विपत्ति ल्याउनुहुनेछ।”
25 Josué disse a Acã: — Por que você trouxe esta calamidade sobre nós? O E todo o Israel o apedrejou. E, depois de apedrejá-los, ainda os queimou.
26 तिनीहरूले आकानमाथि पत्थरहरूको थुप्रो लगाए, जुन आजको दिनसम्मै छँदैछ। त्यसपछि याहवेहको भयानक क्रोध शान्त भयो। यसकारण त्यस दिनदेखि त्यस ठाउँलाई आकोरको बेँसी भनिन्छ।
26 E levantaram sobre ele um montão de pedras, que permanece até o dia de hoje. Assim, o

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Josué 7, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.