Josué 4

npioncb (NPIONCB) vs NTLH

Sair da comparação
NTLH Nova Tradução na Linguagem de Hoje 2000
1 जब सम्पूर्ण मानिसहरूले यर्दन नदी पार गरिसके, तब याहवेहले यहोशूलाई भन्‍नुभयो,
1 Quando todo o povo de Israel acabou de atravessar o rio Jordão, o Senhor disse a Josué:
2 “प्रत्येक कुलबाट एक-एक जना गरी बाह्र जना मानिसहरू छान्।
2 — Escolha doze homens, um de cada tribo ,
3 अनि तिनीहरूलाई यर्दनको बीचबाट ती पुजारीहरू उभिएकै ठाउँबाट बाह्र वटा ढुङ्गाहरू ल्याउन लगाउनू। अनि ती ढुङ्गाहरूलाई तैँले लगेर आज राति तिमीहरू बस्‍ने ठाउँमा राख्नू।”
3 e dê esta ordem: “Peguem doze pedras do meio do rio Jordão, do lugar onde os sacerdotes ficaram parados. Levem essas pedras e coloquem onde acamparem hoje à noite.”
4 यसकारण यहोशूले इस्राएली कुलबाट एक-एक जना गरी तिनले नियुक्त गरेका बाह्र जना मानिसहरूलाई बोलाए।
4 Então Josué chamou os doze homens que havia escolhido
5 अनि तिनीहरूलाई भने, “याहवेह तिमीहरूका परमेश्‍वरको सन्दुकको अगाडि यर्दन नदीको बीचमा जाओ। तिमीहरू हरेकले इस्राएलका कुलहरूको संख्याअनुसार एक-एक वटा ढुङ्गा काँधमा बोकेर ल्याओ।
5 e disse: — Passem adiante da
6 यो तिमीहरूका बीचमा एउटा सम्झनाको रूपमा रहोस्।” भविष्यमा जब तिमीहरूका छोराछोरीहरूले “यी ढुङ्गाहरूको अर्थ के हो?” भनेर सोध्लान्,
6 Essas pedras ajudarão o povo a lembrar daquilo que o Senhor tem feito. No futuro, quando os seus filhos perguntarem o que essas pedras querem dizer,
7 तब तिनीहरूलाई यसो भन्‍नू, “याहवेहको करारको सन्दुकको सामु बग्दै गरेको यर्दनको पानी रोकिएको थियो। याहवेहको करारको सन्दुक बोकेर पुजारीहरूले यर्दन पार गर्दा पानी रोकिएको थियो। यी ढुङ्गाहरू इस्राएलका मानिसहरूका निम्ति सधैँको लागि स्मारकको रूपमा रहनेछन्।”
7 vocês contarão que as águas do Jordão pararam de correr no dia em que a arca da aliança atravessou o rio. Essas pedras farão com que o povo de Israel lembre sempre desse dia.
8 यसकारण यहोशूले इस्राएलीहरूलाई आज्ञा गरेझैँ तिनीहरूले गरे। याहवेहले यहोशूलाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले इस्राएलका कुलहरूको संख्याअनुसार यर्दनको बीचबाट बाह्र वटा ढुङ्गाहरू बोकेर ल्याए। अनि तिनीहरूले ती ढुङ्गाहरू आफ्ना छाउनीसम्म आफूसँग बोकेर लगे; र त्यहाँ छाउनीमा राखे।
8 Os homens fizeram o que Josué mandou. Como o Senhor Deus tinha dito a Josué, eles pegaram do meio do rio Jordão doze pedras, uma para cada tribo de Israel, e as levaram e colocaram no acampamento.
9 करारको सन्दुक बोक्ने पुजारीहरू उभिएको जमिन यर्दनको बीचबाट ल्याइएका ढुङ्गाहरूलाई यहोशूले खडा गरे। अनि ती ढुङ्गाहरू आजको दिनसम्म त्यहीँ छँदैछन्।
9 Josué também pôs doze pedras no meio do Jordão, no lugar onde os sacerdotes que carregavam a arca haviam parado. Essas pedras ainda estão lá.
10 याहवेहले यहोशूलाई आज्ञा दिनुभएझैँ मानिसहरूले नगरुन्जेल, सन्दुक बोक्ने पुजारीहरू यर्दनको बीचमा उभिरहे। मोशाले पनि यहोशूलाई त्यस्तै निर्देशन दिएका थिए। अनि मानिसहरूले हतार-हतार गरेर नदी पार गरे।
10 Os sacerdotes ficaram parados no meio do Jordão até que foi feito tudo o que o Senhor , por meio de Moisés, havia mandado Josué falar ao povo. Então o povo se apressou e atravessou o rio.
11 अनि तिनीहरू सबै जना नदी पार गरिसकेपछि मानिसहरूले हेरिरहेकै बेला याहवेहको सन्दुक र पुजारीहरू नदीको अर्कोपट्टि आए।
11 Quando todos já haviam passado, a arca da aliança e os sacerdotes também passaram e ficaram na frente do povo.
12 मोशाले तिनीहरूलाई निर्देशन दिएझैँ रूबेन, गादका र मनश्शेको आधा कुलका मानिसहरू, लडाइँका निम्ति हतियार लिएर अरू इस्राएलीहरूको अगि नदी तरेर गए।
12 Os homens das tribos de Rúben, de Gade e de Manassés do Leste atravessaram antes do resto do povo, prontos para a batalha, conforme Moisés tinha dito.
13 युद्धका निम्ति हतियार भिरेका लगभग चालीस हजार मानिसहरू पार भएर याहवेहको सामु यरीहोको मैदानतिर लडाइँका निम्ति गए।
13 Mais ou menos quarenta mil homens preparados para guerrear marcharam diante de Deus, o Senhor , indo para o lado da planície de Jericó.
14 त्यस दिन याहवेहले यहोशूलाई इस्राएलको नजरमा उच्‍च पार्नुभयो। अनि तिनीहरूले मोशाको आदर गरेझैँ, तिनको जीवनकालभरि तिनको पनि आदर गरे।
14 Naquele dia o Senhor fez com que o povo de Israel ficasse sabendo que Josué era um grande homem. E, durante a vida de Josué, eles o respeitaram assim como haviam respeitado a Moisés.
15 तब याहवेहले यहोशूलाई भन्‍नुभयो,
15 E o Senhor Deus disse a Josué:
16 “साक्षी पाटीको सन्दुक बोक्ने पुजारीहरूलाई यर्दनबाट निस्केर माथि आउनू भनी आज्ञा गर्।”
16 — Mande sair do rio Jordão os sacerdotes que estão carregando a arca da aliança.
17 यसकारण यहोशूले पुजारीहरूलाई, “यर्दनबाट निक्लेर माथि आओ” भनी आज्ञा गरे।
17 Josué fez isso.
18 अनि पुजारीहरू याहवेहको करारको सन्दुक बोकेर नदीबाट बाहिर निक्लेर आए। तिनीहरूका पाइलाले सुक्खा भूमिमा टेक्ने बित्तिकै यर्दनको पानी आफ्नो ठाउँमा फर्केर आयो र पहिलेझैँ भरिएर बग्न थाल्यो।
18 E, depois que os sacerdotes saíram do Jordão e pisaram a terra seca, o rio começou a correr de novo e cobriu as margens como antes.
19 पहिलो महिनाको दशौँ दिनमा मानिसहरू यर्दनबाट उक्लेर गए, र यरीहोको पूर्वीय सिमाना गिलगालमा छाउनी हाले।
19 O povo atravessou o Jordão no dia dez do primeiro mês e acampou em Gilgal, a leste de Jericó.
20 अनि यहोशूले यर्दनबाट तिनीहरूले ल्याएका बाह्र वटा ढुङ्गाहरूलाई गिलगालमा खडा गरे।
20 Ali Josué fez um monumento com as doze pedras que havia tirado do Jordão.
21 तिनले इस्राएलीहरूलाई भने, “भविष्यमा तिमीहरूका बालबच्‍चाहरूले आफ्ना आमाबुबालाई, ‘यी ढुङ्गाहरूको अर्थ के हो?’ भनेर जब सोध्लान्,
21 E disse ao povo de Israel: — Quando no futuro os filhos perguntarem aos pais o que estas pedras querem dizer,
22 तब तिनीहरूलाई यसो भन्‍नू, ‘इस्राएलीहरूले सुक्खा जमिनबाट यर्दन नदी तरेका थिए।’
22 vocês explicarão que o povo de Israel atravessou o rio Jordão em terra seca.
23 किनकि याहवेह तिमीहरूका परमेश्‍वरले यर्दन नदीलाई हामीहरूले पार नगरुन्जेल सुकाउनुभयो। हामीले लाल समुद्रपार नगरेसम्म याहवेह तिमीहरूका परमेश्‍वरले जसरी लाल समुद्रलाई सुकाउनुभयो, त्यसरी नै उहाँले यर्दनलाई पनि सुकाउनुभयो।
23 O Senhor , o Deus de vocês, secou o Jordão para vocês atravessarem, assim como secou o mar Vermelho para nós passarmos.
24 उहाँले यसो गर्नुभयो; ताकि सारा पृथ्वीका मानिसहरूले याहवेहका हात शक्तिशाली छन् भनी जानून्। त्यसरी नै तिमीहरूले पनि याहवेह तिमीहरूका परमेश्‍वरको भय सधैँ मान।”
24 Por causa disso todos os povos da terra vão conhecer o poder do Senhor , o Deus de vocês, e vocês o respeitarão para sempre.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Josué 4, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.