Josué 24

npioncb (NPIONCB) vs VC

Sair da comparação
VC Versão Católica
1 तब यहोशूले इस्राएलका सबै कुलहरूलाई शेकेममा भेला गराए। तिनले इस्राएलका प्रधानहरू, अगुवाहरू, न्यायकर्ताहरू र अधिकृतहरूलाई बोलाए। अनि तिनीहरूले आफैँलाई परमेश्‍वरको सामु उपस्थित गराए।
1 Josué convocou a Siquém todas as tribos de Israel, seus anciãos, seus chefes, seus juízes e seus oficiais. Eles apresentaram-se diante de Deus,
2 यहोशूले ती सबै मानिसहरूलाई भने, “याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘धेरै वर्षअगि अब्राहाम र नाहोरका बुबा तेरह लगायत तिमीहरूका पितापुर्खाहरू यूफ्रेटिस नदीपारि बस्दथे। अनि अरू देवी-देवताहरू पुज्दथे।
2 e Josué disse a todo o povo: Eis o que diz o Senhor, Deus de Israel: outrora, vossos ancestrais, Taré, pai de Abraão e de Nacor, habitavam além do rio e serviam a deuses estrangeiros.
3 तर मैले तिमीहरूका पिता अब्राहामलाई त्यस नदी पारिको देशबाट ल्याएँ। अनि कनान देशभरि डोर्‍याएँ र उसलाई धेरै सन्तानहरू दिएँ। अनि मैले उसलाई इसहाक दिएँ।
3 Tomei vosso pai Abraão do outro lado do Jordão e conduzi-o à terra de Canaã. Multipliquei sua descendência e dei-lhe Isaac,
4 इसहाकलाई मैले याकोब र एसाव दिएँ। मैले एसावलाई सेइरको पहाडी देश अधिकार गर्न दिएँ। तर याकोब र उसका छोराहरू तल इजिप्टतिर गए।
4 ao qual dei Jacó e Esaú, e dei a este último a montanha de Seir; Jacó, porém, e seus filhos desceram ao Egito.
5 “ ‘तब मैले मोशा र हारूनलाई पठाएँ। अनि मैले इजिप्टमा विपत्तिहरू ल्याएर त्यहाँका मानिसहरूलाई कष्‍ट दिएँ। मैले तिमीहरूलाई बाहिर निकालेर ल्याएँ।
5 Depois mandei Moisés e Aarão e feri o Egito com tudo o que fiz no meio dele; e em seguida vos tirei de lá.
6 जब मैले तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याएँ, तब तिमीहरू लाल समुद्रमा आइपुग्यौ। अनि इजिप्टियनहरूले घोडचढीहरू र रथहरूसहित तिमीहरूलाई समुद्रसम्मै पछ्याए।
6 Fiz sair vossos pais do Egito e, quando chegastes ao mar, os egípcios perseguiram vossos pais com carros e cavaleiros até o mar Vermelho.
7 तर तिनीहरूले सहायताको निम्ति याहवेहसँग पुकार गरे। अनि मैले तिमीहरू र इजिप्टियनहरूको बीचमा अन्धकार पारेँ। मैले समुद्रलाई तिनीहरूमाथि घोप्ट्याइदिएँ; र तिनीहरूलाई डुबाइदिएँ। मैले इजिप्टियनहरूलाई गरेका कुरा तिमीहरूले आफ्नै आँखाले देख्यौ। त्यसपछि तिमीहरू उजाडस्थानमा लामो समयसम्म बस्यौ।
7 Os israelitas clamaram ao Senhor, o qual pôs trevas entre vós e os egípcios, e fez vir o mar sobre eles, cobrindo-os. Vistes com os vossos olhos o que fiz aos egípcios, e depois disso habitastes muito tempo no deserto.
8 “ ‘मैले तिमीहरूलाई यर्दनको पूर्वमा बस्‍ने एमोरीहरूको देशमा ल्याएँ। तिनीहरूले तिमीहरू विरुद्ध युद्ध गरे। तर मैले तिनीहरूलाई तिमीहरूका हातमा सुम्पिदिएँ। मैले तिनीहरूलाई तिमीहरूको सामुबाट नाश गरिदिएँ। अनि तिमीहरूले तिनीहरूको देशमा अधिकार गर्‍यौ।
8 Conduzi-vos em seguida à terra dos amorreus, que habitavam além do Jordão. Eles combateram contra vós, mas eu os entreguei em vossas mãos; tomastes posse de sua terra e eu os exterminei diante de vós.
9 जब मोआबको राजा सिप्पोरको छोरा बालाकले इस्राएलको विरुद्धमा युद्ध गर्ने तयारी गर्‍यो, तब त्यसले तिमीहरूलाई सराप्न भनी बओरको छोरा बालामलाई बोलायो।
9 Balac, filho de Sefor, rei de Moab, combateu contra Israel. Mandou chamar Balaão, filho de Beor, para vos amaldiçoar.
10 तर मैले बालामको कुरा सुनिनँ। यसैकारण त्यसले तिमीहरूलाई बारम्बार आशिष् दियो। अनि मैले तिमीहरूलाई बालकको हातबाट छुटाएँ।
10 Mas eu não quis ouvir Balaão, e ele teve de vos abençoar; e tirei-vos da mão de Balac.
11 “ ‘त्यसपछि तिमीहरू यर्दन पार गरेर यरीहोमा आयौ। अनि यरीहोका मानिसहरूले तिमीहरूको विरुद्धमा युद्ध गरे। तिनीहरूले जस्तै तिमीहरूको विरुद्धमा एमोरीहरू, परिज्जीहरू, कनानीहरू, हित्तीहरू, गिर्गाशीहरू, हिव्वीहरू र यबूसीहरूले पनि युद्ध गरे। तर मैले तिनीहरूलाई तिमीहरूका हातमा सुम्पिदिएँ।
11 Passastes o Jordão e chegastes a Jericó. Combateram contra vós os homens dessa cidade, bem como os amorreus, os ferezeus, os cananeus, os hiteus, os gergeseus, os heveus e os jebuseus, e eu os entreguei todos nas vossas mãos.
12 मैले तिमीहरूको अगि-अगि अरिङ्गाल पठाइदिएँ; जसले तिनीहरूलाई र दुई एमोरी राजाहरूलाई पनि तिमीहरूको सामुबाट धपाइदिएँ। त्यो तिमीहरूको आफ्नै तरवार र धनुकाँडले गरेका थिएनौ।
12 Mandei adiante de vós vespas que expulsaram os dois reis dos amorreus, não com a vossa espada, nem com o vosso arco.
13 यसरी मैले तिमीहरूलाई तिमीहरूले परिश्रम नै नगरेको देश र तिमीहरूले नबनाएका सहरहरू दिएँ। अनि तिमीहरू त्यहाँ बस्यौ र तिमीहरूले नरोपेका दाखबारी र जैतुनबारीका फल खाइरहेका छौ।’
13 Desse modo, dei-vos uma terra que não lavrastes, cidades que não construístes, onde agora habitais, vinhas e oliveiras que não plantastes, das quais comeis agora os frutos.
14 “यसकारण अब याहवेहको डर मानेर पूर्ण विश्‍वासयोग्यतामा उहाँको सेवा गर। तिमीहरूका पितापुर्खाहरूले नदीपारि र इजिप्टमा पुजेका देवी-देवताहरू फ्याँक र याहवेहको सेवा गर।
14 Agora, pois, temei o Senhor e servi-o com toda a retidão e fidelidade. Tirai os deuses que serviram vossos pais além do rio e no Egito, e servi o Senhor.
15 तर यदि याहवेहको सेवा गर्न तिमीहरूलाई इच्छा लाग्दैन भने तिमीहरूले कसको सेवा गर्ने हो, नदीपारि तिमीहरूका पितापुर्खाहरूले पुजेका देवी-देवताहरू या तिमीहरू अहिले बसिरहेका एमोरीहरूका ठाउँका देवी-देवताहरू, सो रोज। तर म र मेरो घरानाले चाहिँ याहवेहकै सेवा गर्नेछौँ।”
15 Porém se vos desagrada servir o Senhor, escolhei hoje a quem quereis servir: se aos deuses, a quem serviram os vossos pais além do rio, se aos deuses dos amorreus, em cuja terra habitais. Porque, quanto a mim, eu e minha casa serviremos o Senhor.
16 तब मानिसहरूले जवाफ दिए, “हामीले याहवेहलाई त्यागेर अरू देवी-देवताहरूको सेवा गर्ने, यस्तो काम हामीबाट कदापि नहोस्!
16 O povo respondeu: Longe de nós abandonarmos o Senhor para servir outros deuses.
17 हामी र हाम्रा पितापुर्खाहरूलाई दासत्वको देश इजिप्टबाट ल्याउनुहुने र हाम्रा आँखाकै सामु ती अलौकिक चिन्हहरू गर्नुहुने याहवेह हाम्रा परमेश्‍वर आफैँ हुनुहुन्छ। जब हामी ती सबै जातिहरूका बीचबाट भएर आयौँ, तब उहाँले नै हामीलाई हाम्रो यात्राभरि सुरक्षा गर्नुभयो।
17 O Senhor é o nosso Deus, ele que nos tirou, a nós e a nossos pais, da terra do Egito, da casa da servidão; e que operou à nossa vista maravilhosos prodígios e guardou-nos ao longo de todo o caminho que percorremos, entre todos os povos pelos quais passamos.
18 अनि याहवेहले हाम्रो सामुबाट यस देशमा बस्‍ने एमोरीहरू लगायत सबै जातिहरूलाई धपाइदिनुभयो। हामी पनि याहवेहकै सेवा गर्नेछौँ; किनकि उहाँ हाम्रा परमेश्‍वर हुनुहुन्छ।”
18 O Senhor expulsou diante de nós todas essas nações, assim como os amorreus que habitam na terra. Nós também, nós serviremos o Senhor, porque ele é o nosso Deus.
19 यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले याहवेहको सेवा गर्न सक्दैनौ; किनकि उहाँ पवित्र परमेश्‍वर हुनुहुन्छ। उहाँ डाह गर्ने परमेश्‍वर हुनुहुन्छ। उहाँले तिमीहरूका विद्रोह र पापहरू क्षमा गर्नुहुन्‍न।
19 Josué disse ao povo: Vós não podereis servir o Senhor, porque ele é um Deus santo, um Deus zeloso que não perdoará as vossas rebeliões e os vossos pecados.
20 यदि तिमीहरूले याहवेहलाई त्यागेर विदेशी देवी-देवताहरूलाई सेवा गर्‍यौ भने उहाँले तिमीहरूमाथि अहिलेसम्म गर्नुभएको भलाइबाट फर्कनुहुनेछ। अनि उहाँले तिमीहरूमाथि विपत्ति ल्याएर तिमीहरूलाई भष्म पारिदिनुहुनेछ।”
20 Se abandonardes o Senhor para servir outros deuses, ele se voltará contra vós e vos fará mal, e vos consumirá, depois de vos ter feito bem.
21 तर मानिसहरूले यहोशूलाई भने, “होइन! हामी याहवेहकै सेवा गर्नेछौँ।”
21 Não, clamou o povo, porque é o Senhor que nós queremos servir!
22 तब यहोशूले भने, “तिमीहरूले याहवेहको सेवा गर्न रोजेकोमा तिमीहरू आफैँ आफ्नो विरुद्धमा साक्षी छौ।”
22 Josué disse-lhes: Sois testemunhas contra vós mesmos de que escolhestes o Senhor para prestar-lhe culto. Somos testemunhas!, responderam eles.
23 यहोशूले भने, “त्यसो भए अब तिमीहरूसँग भएका विदेशी देवी-देवताहरू हटाओ। अनि तिमीहरूका हृदय याहवेह इस्राएलका परमेश्‍वरतर्फ लगाओ।”
23 Agora, pois, tirai os deuses estranhos que estão no meio de vós e inclinai os vossos corações para o Senhor, Deus de Israel.
24 अनि मानिसहरूले यहोशूलाई भने, “हामी याहवेह हाम्रा परमेश्‍वरकै सेवा गर्नेछौँ; र उहाँकै आज्ञापालन गर्नेछौँ।”
24 Nós serviremos o Senhor, nosso Deus, respondeu o povo a Josué, e obedeceremos à sua voz.
25 त्यस दिन यहोशूले मानिसहरूका निम्ति करार बाँधे। अनि शेकेममा तिनीहरूका निम्ति उर्दी र नियमहरू बनाए।
25 Desse modo, Josué fez um pacto naquele dia com o povo e deu-lhe, em Siquém, leis e prescrições.
26 अनि यहोशूले ती कुराहरू परमेश्‍वरको व्यवस्थाको पुस्तकमा लेखे। त्यसपछि तिनले एउटा ठूलो ढुङ्गा लिए। अनि त्यसलाई याहवेहको पवित्र ठाउँको छेउमा फलाँटको रूखमुनि खडा गरे।
26 Josué escreveu tudo isso no livro da lei de Deus, tomou em seguida uma pedra muito grande e erigiu-a ali, debaixo do carvalho que estava no santuário do Senhor.
27 तिनले सबै मानिसहरूलाई भने, “हेर! यो ढुङ्गा हाम्रो विरुद्धमा साक्षी हुनेछ। याहवेहले हामीलाई भन्‍नुभएका सबै कुराहरू यसले सुनेको छ। तिमीहरू आफ्ना परमेश्‍वरप्रति विश्‍वासयोग्य रहेनौ भने यो तिमीहरूको विरुद्धमा साक्षी हुनेछ।”
27 E disse a todo o povo: Esta pedra servirá de testemunho contra nós, porque ela ouviu todas as palavras que o Senhor nos disse; ela servirá de testemunho contra vós, para que não abandoneis o vosso Deus.
28 त्यसपछि यहोशूले प्रत्येक मानिसहरूलाई तिनीहरूका आ-आफ्नै उत्तराधिकारको ठाउँमा पठाइदिए।
28 Então Josué despediu o povo, cada um para a sua propriedade.
29 यी कुराहरूपछि याहवेहका सेवक, नूनका छोरा यहोशूको एक सय दश वर्षको उमेरमा मृत्यु भयो।
29 E aconteceu depois disso que Josué, filho de Nun, servo do Senhor, morreu com a idade de cento e dez anos.
30 अनि तिनीहरूले उनलाई उनको उत्तराधिकारको ठाउँ गाश पर्वतको उत्तरमा भएको एफ्राइमको पहाडी मुलुकमा रहेको तिम्नथ-सेरहमा गाडे।
30 Sepultaram-no na terra de sua possessão, em Tamnat-Saré, na montanha de Efraim, ao norte do monte Gaas.
31 इस्राएलले यहोशूको र उनीभन्दा धेरै बाँचेका प्रधानहरूका जीवनकालभरि नै याहवेहको सेवा गर्दैरहे जसले इस्राएलका निम्ति याहवेहले गर्नुभएको हरेक कुराहरूको अनुभव गरेका थिए।
31 Durante todo o tempo da vida de Josué, Israel serviu o Senhor, bem como enquanto viveram depois dele os anciãos que conheciam tudo o que o Senhor tinha feito em favor de Israel.
32 इस्राएलीहरूले इजिप्टबाट ल्याएका योसेफका हड्डीहरू शेकेमका पिता हामोरका छोराहरूबाट एक सय चाँदीका टुक्राहरूमा याकोबले किनेको जमिन शेकेममा गाडे। त्यो शेकेम योसेफका सन्तानको उत्तराधिकार भयो।
32 Sepultaram também em Siquém os ossos de José que os israelitas tinham trazido do Egito; depuseram-nos na porção da terra que Jacó havia comprado aos filhos de Hemor, pai de Siquém, por cem peças de prata, e que se tornou propriedade dos filhos de José.
33 अनि हारूनका छोरा एलाजारको पनि मृत्यु भयो। तब तिनका छोरा पीनहासलाई दिइएको भाग एफ्राइमको पहाडी मुलुकको गेबामा तिनलाई गाडियो।
33 Eleazar, filho de Aarão, morreu também. Enterraram-no em Gabaa, cidade de Finéias, seu filho, que lhe tinha sido dada na montanha de Efraim.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Josué 24, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.