Josué 23

npioncb (NPIONCB) vs BKJ

Sair da comparação
1 धेरै समय बितेपछि याहवेहले इस्राएललाई तिनीहरूका चारैतिरका सबै शत्रुहरूदेखि विश्राम दिनुभयो। अनि त्यस बेलासम्ममा यहोशू वृद्ध भइसकेका थिए।
1 E sucedeu que, muito tempo depois do ­SENHOR ter dado repouso para Israel de todos os seus inimigos ao redor, Josué tornou-se velho e acometido pela idade.
2 तब तिनले सारा इस्राएल, तिनीहरूका प्रधानहरू, अगुवाहरू, न्यायकर्ताहरू र अधिकृतहरूलाई बोलाएर तिनीहरूलाई भने: “म अब धेरै वृद्ध भएको छु।
2 E Josué convocou todo o Israel, e os seus anciãos, e os seus cabeças, e os seus juízes, e os seus oficiais, e lhes disse: Sou velho e acometido pelos anos;
3 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका निम्ति यी सबै राष्ट्रहरूलाई गर्नुभएको हरेक कुरा तिमीहरूले देखेका छौ। याहवेह तिमीहरूका परमेश्‍वर नै तिमीहरूको निम्ति लड्नुभयो।
3 e vós vistes tudo o que o ­SENHOR, vosso Deus, fez a todas estas nações por causa de vós; pois o ­SENHOR, vosso Deus, é quem tem lutado por vós.
4 याद गर, मैले कसरी तिमीहरूका कुलहरूका निम्ति उत्तराधिकारको रूपमा यर्दन र पश्‍चिममा महासागरको बीचमा रहेका सबै राष्ट्रहरूलाई जितेर तिनीहरूको देश तिमीहरूका बाँकी रहेका राष्ट्रहरूलाई भाग लगाइदिएको छु।
4 Vede que dividi para vós, por sorte, estas nações que restam, como herança para as vossas tribos, desde o Jordão, com todas as nações que extirpei, até o grande mar em direção ao oeste.
5 याहवेह तिमीहरूका परमेश्‍वर आफैँले तिनीहरूलाई तिमीहरूका निम्ति धपाइदिनुहुनेछ। उहाँले तिनीहरूलाई तिमीहरूकै सामुबाट निकालिदिनुहुनेछ। अनि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूले तिनीहरूको देशमाथि अधिकार गर्नेछौ।
5 E o ­SENHOR, vosso Deus, ele as expelirá de diante de vós, e as expulsará da vossa vista; e vós possuireis a sua terra, como o ­SENHOR, vosso Deus, vos tem prometido.
6 “त्यसकारण अति बलियो होओ; मोशाको व्यवस्थाको पुस्तकमा लेखिएका कुराहरूबाट दायाँ अथवा बायाँतिर नलागी होसियारीसाथ पालन गर्नू।
6 Sede, portanto, muito corajosos, em guardar e fazer tudo o que está escrito no livro da lei de Moisés, para que daí não vos desvies para a direita, nem para a esquerda;
7 तिमीहरूका बीचमा बसोबास गर्ने यी जातिहरूसँग सम्बन्ध नराख्नू। तिनीहरूका देवी-देवताहरूका नाम नपुकार्नू, अथवा तिनीहरूका नामहरूमा शपथ नखानू। तिमीहरूले तिनीहरूको सेवा नगर्नू, अथवा तिनीहरूका सामु ननिहुरनू।
7 para que não vades no meio destas nações, estas que permanecem no meio de vós; nem façais menção do nome dos seus deuses, nem por eles façais jurar, nem os sirvais, tampouco a eles vos curveis;
8 तर तिमीहरूले अहिलेसम्म गरेझैँ याहवेह तिमीहरूका परमेश्‍वरमा विश्‍वासयोग्य भइरहनू।
8 mas, apegai-vos ao ­SENHOR, vosso Deus, como fizestes até este dia.
9 “याहवेहले तिमीहरूको सामुबाट महान् र शक्तिशाली जातिहरूलाई धपाइदिनुभयो; त्यसैले आजको दिनसम्म कोही पनि तिमीहरूको विरुद्धमा खडा रहन सकेको छैन।
9 Pois o ­SENHOR expulsou de diante de vós, grandes e fortes nações; porém quanto a vós, nenhum homem foi capaz de ficar de pé diante de vós até este dia.
10 तिमीहरूमध्ये एक जनाले एक हजारलाई परास्त गर्न सक्छौ। किनकि याहवेह तिमीहरूका परमेश्‍वरले प्रतिज्ञा गर्नुभएझैँ उहाँले तिमीहरूका निम्ति युद्ध गरिदिनुहुन्छ।
10 Um homem de vós perseguirá a mil; pois o ­SENHOR, vosso Deus, ele é quem luta por vós, como vos ­prometeu.
11 यसकारण याहवेह तिमीहरूका परमेश्‍वरलाई होसियारीसाथ प्रेम गर्नू।
11 Portanto, atentai bem a vós mesmos, para que ameis o ­SENHOR, vosso Deus.
12 “तर यदि तिमीहरू तर्केर तिमीहरूका बीचमा बसोबास गर्ने बाँकी रहेका यी जातिहरूसँग तिमीहरूले सम्बन्ध राख्यौ र तिमीहरूले तिनीहरूसँग विवाह गर्‍यौ भने,
12 Porém, se de alguma maneira vos voltardes, e vos unirdes ao remanescente destas nações, a saber, estas que permanecem no meio de vós, e com elas celebrardes casamentos, e entrardes a elas, e elas a vós;
13 यो निश्‍चय जानिराख—याहवेह तिमीहरूका परमेश्‍वरले यी जातिहरूलाई तिमीहरूका सामुबाट धपाउनुहुनेछैन। बरु जबसम्म याहवेह तिमीहरूका परमेश्‍वरले दिनुभएको यस असल देशबाट तिमीहरू नष्‍ट हुँदैनौ, तबसम्म तिनीहरू तिमीहरूका निम्ति फन्दा र पासो हुनेछन्। यसकासाथै तिमीहरूका पिठिउँमा कोर्रा र तिमीहरूका आँखामा काँडासरह बन्‍नेछन्।
13 saibais com certeza que o ­SENHOR, vosso Deus, não mais expelirá nenhuma destas nações de diante de vós; mas elas serão laços e armadilhas para vós, e flagelos nos vossos lombos, e espinhos nos vossos olhos, até que pereçais desta boa terra que o ­SENHOR vosso Deus vos deu.
14 “अब म सारा पृथ्वीको नियमअनुसार जान लागेको छु। याहवेह, तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको उत्तम प्रतिज्ञाहरूमध्ये एउटै पनि अपूरो रहेको छैन भनी आफ्ना सारा हृदय र प्राणले जान्दछौ। हरेक प्रतिज्ञा पूरा भएका छन्। एउटै पनि असफल भएको छैन।
14 E eis que neste dia estou seguindo pelo caminho de toda a terra; e saibais, em todos os vossos corações e em todas as vossas almas, que não falhou nenhuma das boas coisas que o ­SENHOR, vosso Deus, falou a respeito de vós; todas sucederam a vós, e nenhuma delas falhou.
15 तर याहवेह तिमीहरूका परमेश्‍वरको हरेक असल प्रतिज्ञा साँचो ठहरिएझैँ, यदि तिमीहरूले उहाँको आज्ञापालन गरेनौ भने उहाँले तिमीहरूलाई दिनुभएको यो असल देशबाट तिमीहरू नष्‍ट नभएसम्म उहाँले तिमीहरूलाई होशियार गराउनुभएका सबै खराब कुराहरू पनि ल्याउनुहुनेछ।
15 Portanto, sucederá que, tal como as coisas boas vos sobrevieram, as quais o ­SENHOR, vosso Deus, vos prometeu; também o ­SENHOR trará sobre vós todas as coisas más, até que tenha vos destruído desta boa terra que o ­SENHOR, vosso Deus, vos deu.
16 यदि तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरले आज्ञा गर्नुभएको करार भङ्ग गर्‍यौ र अरू देवी-देवताको सेवा गर्दै तिनीहरूका सामु निहुर्‍यौ भने याहवेहको क्रोध तिमीहरूमाथि पर्नेछ। अनि उहाँले तिमीहरूलाई दिनुभएको यस असल देशबाट तिमीहरू चाँडै नै नाश हुनेछौ।”
16 Quando tiverdes transgredido o pacto do ­SENHOR, vosso Deus, o qual ele vos ordenou, e tiverdes ido servir a outros deuses, e a eles vos inclinardes; então a ira do SENHOR se acenderá contra vós, e perecereis rapidamente da boa terra que ele vos deu.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Josué 23, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.