Josué 22

npioncb (NPIONCB) vs NVI

Sair da comparação
NVI Nova Versão Internacional
1 तब रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुललाई यहोशूले बोलाए।
1 Josué convocou as tribos de Rúben, de Gade e a metade da tribo de Manassés
2 अनि तिनीहरूलाई भने, “तिमीहरूले याहवेहका सेवक मोशाले आज्ञा गरेका सबै थोक गरेका छौ, र मैले तिमीहरूलाई आज्ञा दिएका हरेक कुरा पालन गरेका छौ।
2 e lhes disse: "Vocês fizeram tudo o que Moisés, servo do Senhor, ordenou.
3 यतिका दिनदेखि लिएर आजसम्मै तिमीहरूका दाजुभाइहरूलाई नत्यागी तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरले दिनुभएका सबै आज्ञाहरू पूरा गरेका छौ।
3 Durante muito tempo, e até hoje, vocês não abandonaram os seus irmãos, mas cumpriram a missão que o Senhor, o seu Deus, lhes entregou.
4 अब याहवेह तिमीहरूका परमेश्‍वरले प्रतिज्ञा गर्नुभएअनुसार उहाँले तिमीहरूका दाजुभाइहरूलाई विश्राम दिनुभएको छ। याहवेहका सेवक मोशाले तिमीहरूलाई यर्दनपारि दिएका आ-आफ्ना देशमा भएका तिमीहरूका घरमा फर्केर जाओ।
4 Agora que o Senhor, o seu Deus, já concedeu descanso aos seus irmãos israelitas, como tinha prometido, voltem para casa, para a terra que Moisés, servo do Senhor, lhes deu no outro lado do Jordão.
5 तर तिमीहरूले याहवेहका सेवक मोशाले दिएका आज्ञाहरू बडो होसियारीसाथ पालन गर्नू। याहवेह तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्नू, उहाँमा आज्ञाकारी हुनू, उहाँको आज्ञापालन गर्नू; उहाँमा लागिरहनू। तिमीहरूका सारा हृदयले र सारा प्राणले उहाँको सेवा गर्नू।”
5 Mas guardem fielmente o mandamento e a lei que Moisés, servo do Senhor, lhes deu de amar o Senhor, o seu Deus, andar em todos os seus caminhos, obedecer aos seus mandamentos, apegar-se a ele e servi-lo de todo o coração e de toda a alma".
6 त्यसपछि यहोशूले तिनीहरूलाई आशिष् दिए, र पठाइदिए। अनि तिनीहरू आ-आफ्ना घरतिर गए।
6 Então Josué os abençoou e os despediu, e eles foram para casa.
7 (मनश्शेको आधा कुललाई मोशाले बाशानमा ठाउँ दिएका थिए। तिनीहरूको अर्को आधा कुललाई यहोशूले तिनीहरूका दाजुभाइहरूसँग यर्दनको पश्‍चिमतिरको ठाउँ दिए।) जब यहोशूले तिनीहरूलाई आ-आफ्ना घरमा पठाए, तब तिनीहरूलाई आशिष् दिए।
7 ( À metade da tribo de Manassés Moisés dera terras em Basã, e à outra metade da tribo Josué dera terras no lado oeste do Jordão, junto com outros israelitas. ) Ao mandá-los para casa, Josué os abençoou,
8 अनि तिनीहरूलाई भने, “तिमीहरू प्रशस्त सम्पत्ति, गाईबस्तुको ठूलो बथान, सुन, चाँदी, काँसो, फलाम र धेरै मात्रामा लुगाफाटाहरू लिएर आफ्ना घरमा फर्क। अनि तिमीहरूका शत्रुहरूबाट लुटेका मालसामानहरू आफ्ना दाजुभाइहरूसँग बाँडफाँड गर।”
8 dizendo: "Voltem para casa com as riquezas que juntaram: grandes rebanhos, prata, ouro, bronze e ferro, e muitas roupas. Dividam com os seus irmãos os despojos de seus inimigos".
9 यसकारण रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुलले इस्राएलीहरूलाई शीलोमा छोडे। अनि याहवेहले मोशाद्वारा आज्ञा दिनुभएअनुसार तिनीहरूले प्राप्‍त गरेका आफ्नै देश गिलादतिर फर्कन कनानबाट हिँडे।
9 Assim as tribos de Rúben, de Gade e a metade da tribo de Manassés deixaram os outros israelitas em Siló, na terra de Canaã, para voltarem para Gileade, sua própria terra, da qual se apossaram de acordo com a ordem do Senhor, dada por meio de Moisés.
10 जब तिनीहरू कनानको देश यर्दनको नजिकमा भएको गेलीलोतमा आइपुगे, तब रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुलले यर्दनको छेउमा एउटा विशाल वेदी बनाए।
10 Quando chegaram a Gelilote, perto do Jordão, em Canaã, as tribos de Rúben, de Gade e a metade da tribo de Manassés construíram um imponente altar ali, junto ao Jordão.
11 अनि जब तिनीहरूले कनानको सिमाना गेलीलोतमा, यर्दनको छेउ इस्राएलीहरूको किनारापट्टि वेदी बनाएको कुरा अरू इस्राएलीहरूले सुने,
11 E, quando os outros israelitas souberam que eles tinham construído o altar na fronteira de Canaã, em Gelilote, perto do Jordão, no lado israelita,
12 तब इस्राएलका सारा समुदायले तिनीहरूको विरुद्धमा युद्ध गर्न शीलोमा भेला भए।
12 toda a comunidade de Israel reuniu-se em Siló para guerrear contra eles.
13 यसकारण इस्राएलीहरूले पुजारी एलाजारका छोरा पीनहासलाई रूबेनी, गादी, मनश्शेको आधा कुलकहाँ पठाए।
13 Então os israelitas enviaram Finéias, filho do sacerdote Eleazar, à terra de Gileade, às tribos de Rúben e Gade e à metade da tribo de Manassés.
14 तिनीहरूले उनीहरूसँग इस्राएलको हरेक वंशबाट एक-एक जना मुखिया छानेर दश जना पठाए। तिनीहरू इस्राएलका हरेक कुलहरूका परिवारबाटका अगुवाहरू थिए।
14 Com ele enviaram dez líderes, um de cada tribo de Israel, sendo cada um deles chefe de suas respectivas famílias dentre os clãs israelitas.
15 तिनीहरू गिलादमा रूबेन, गाद र मनश्शेको आधा कुलका मानिसहरूकहाँ पुगेपछि तिनीहरूले उनीहरूलाई भने,
15 Quando chegaram a Gileade, às tribos de Rúben e de Gade e à metade da tribo de Manassés, disseram-lhes:
16 “याहवेहको सारा समुदायले यसो भन्दछ: तिमीहरूले कसरी इस्राएलका परमेश्‍वरसित यसरी विश्‍वासघात गर्न सक्यौ? तिमीहरूले कसरी याहवेहदेखि तर्केर उहाँको विरुद्धमा आफ्ना लागि वेदी बनायौ?
16 "Assim diz toda a comunidade do Senhor: ‘Como foi que vocês cometeram essa infidelidade para com o Deus de Israel? Como foi que se afastaram do Senhor, construindo um altar para vocês, rebelando-se assim contra ele?
17 के पोरको पाप हाम्रा निम्ति पर्याप्‍त थिएन? याहवेहको समुदायमाथि विपत्ति आइलागे तापनि हामीले आजको दिनसम्म आफूलाई त्यस पापदेखि शुद्ध पार्न सकेका छैनौँ!
17 Já não nos bastou o pecado de Peor? Até hoje não nos purificamos daquele pecado, muito embora uma praga tenha caído sobre a comunidade do Senhor!
18 अनि के अब तिमीहरू याहवेहदेखि तर्किरहन्छौ?
18 E agora vocês estão abandonando o Senhor! " ‘Se hoje vocês se rebelarem contra o Senhor, amanhã a sua ira cairá sobre toda a comunidade de Israel.
19 यदि तिमीहरूले अधिकार गरेको देश अशुद्ध भएको छ भने याहवेहको समागम पाल भएको देशमा आओ र हामीसँगै जमिनको उपभोग गर। तर याहवेहको वेदीबाहेक आफ्ना निम्ति अर्कै वेदी बनाएर याहवेह हाम्रा परमेश्‍वर अथवा हाम्रो विरुद्धमा बागी नहोओ।
19 Se a terra que vocês receberam como propriedade está contaminada, passem então para a terra que pertence ao Senhor, onde está o tabernáculo do Senhor, e se apossem de um território entre nós. Mas não se rebelem contra o Senhor nem contra nós, construindo para vocês um altar que não seja o altar do Senhor, do nosso Deus.
20 जब जेरहका छोरा आकानले अर्पण गरिएका कुराहरूको विषयमा विश्‍वासघात गरेका थिए, तब के सारा इस्राएलको समुदायमाथि क्रोध परेको थिएन? त्यहाँ त्यो एकलै मात्र आफ्नो पापले मरेन।’ ”
20 Quando Acã, filho de Zerá, foi infiel com relação às coisas consagradas, não caiu a ira sobre toda a comunidade de Israel? E ele não foi o único que morreu por causa do seu pecado’ ".
21 तब रूबेन, गाद र मनश्शेको आधा कुलले इस्राएली वंशका मुखियाहरूलाई जवाफ दिए:
21 Então as tribos de Rúben, de Gade e a metade da tribo de Manassés responderam aos chefes dos clãs de Israel:
22 सर्वशक्तिमान्, परमेश्‍वर, याहवेह! सर्वशक्तिमान्, परमेश्‍वर, याहवेह! उहाँले जान्‍नुहुन्छ! अनि इस्राएलले पनि जानोस्! यो याहवेहको विरुद्ध विद्रोह अर्थात् अनाज्ञाकारिता हो भने आज हामीलाई बाँकी नराख्नुहोस्!
22 "O Poderoso, Deus, o Senhor! O Poderoso, Deus, o Senhor! Ele sabe! E que Israel o saiba! Se agimos com rebelião ou infidelidade para com o Senhor, não nos poupem hoje.
23 याहवेहबाट तर्केर जान र यसमाथि होमबलि, अन्‍नबलि अर्थात् मेलबलि चढाउन भनी हामीले आफ्नै वेदी बनाएका हौँ भने याहवेह आफैँले हामीबाट लेखा लिऊन्!
23 Se construímos nosso próprio altar para nos afastarmos do Senhor e para oferecermos holocaustos e ofertas de cereal, ou sacrifícios de comunhão sobre ele, que o próprio Senhor nos peça contas disso!
24 “त्यसो होइन! हामीले आउँदा कुनै दिनमा तिमीहरूका सन्तानले हाम्रा सन्तानलाई, याहवेह इस्राएलका परमेश्‍वरसँग तिमीहरूको के सरोकार? भन्लान् कि भन्‍ने डरले पो यसो गरेका हौँ।
24 "Ao contrário! Fizemos isso temendo que no futuro os seus descendentes dissessem aos nossos: ‘Que relação vocês têm com o Senhor, com o Deus de Israel?
25 याहवेहले यर्दनलाई तिमीहरू र हाम्रा बीचमा सिमाना बनाइदिनुभएको छ। हे रूबेनीहरू र हे गादीहरू हो! याहवेहमा तिमीहरूको कुनै भाग छैन भनेर तिमीहरूका सन्तानहरूले हाम्रा सन्तानहरूलाई याहवेहको भय मान्‍नबाट रोक्न सक्नेछन्।
25 Homens de Rúben e de Gade! O Senhor fez do Jordão uma fronteira entre nós e vocês. Vocês não têm parte com o Senhor’. Assim os seus descendentes poderiam levar os nossos a deixarem de temer o Senhor.
26 “त्यसकारण हामीले भन्यौँ, ‘हामी तयार भएर एउटा वेदी बनाऔँ, तर होमबलि अर्थात् बलिदानहरूका निम्ति होइन।
26 "É por isso que resolvemos construir um altar, não para holocaustos ou sacrifícios,
27 तर यसको ठिक विपरीत तिमीहरू, हामीहरू र हाम्रा भावी पुस्ताहरूको बीचमा यो एउटा साक्षीको रूपमा रहोस्, ताकि हाम्रा होमबलिहरू, बलिदानहरू र मेलबलिहरूद्वारा उहाँको वासस्थानमा याहवेहलाई हामी सेवा गर्नेछौँ। अनि भविष्यमा तिमीहरूका सन्तानले हाम्रा सन्तानलाई याहवेहमा तिमीहरूको कुनै भाग छैन भनी भन्‍न नपाऊन्।’
27 mas, para que esse altar sirva de testemunho entre nós e vocês e as gerações futuras, de que cultuaremos o Senhor em seu santuário com nossos holocaustos, sacrifícios e ofertas de comunhão. Então, no futuro, os seus descendentes não poderão dizer aos nossos: ‘Vocês não têm parte com o Senhor’.
28 “अनि हामीले भन्यौँ, ‘यदि कुनै दिन तिनीहरूले हामीलाई अर्थात् हाम्रा सन्तानलाई यसो भन्यो भने हामी यसो भन्‍नेछौँ: हाम्रा पितापुर्खाहरूले होमबलि र बलिदानहरू चढाउन होइन, तर हामी र तिमीहरूका बीचमा साक्षीको रूपमा बनाएको याहवेहको वेदीको ढाँचालाई हेर।’
28 "E dissemos: Se algum dia disserem isso a nós ou aos nossos descendentes, responderemos: Vejam a réplica do altar do Senhor que os nossos antepassados construíram, não para holocaustos ou sacrifícios, mas como testemunho entre nós e vocês.
29 “उहाँको समागम पालको सामु खडा रहेको याहवेह हाम्रा परमेश्‍वरको वेदीलाई छोडेर आज अर्कै वेदी बनाएर त्यसमाथि होमबलि, अन्‍नबलि र बलिदानहरू चढाएर याहवेहको विरुद्धमा बागी भएर उहाँदेखि तर्किएर जाने काम हामीबाट टाढा रहोस्!”
29 "Longe de nós nos rebelarmos contra o Senhor e nos afastarmos dele, construindo para holocaustos, ofertas de cereal e sacrifícios um altar que não seja o altar do Senhor, do nosso Deus, que está diante do seu tabernáculo! "
30 जब पुजारी पीनहास र तिनीसँग भएका समुदायका अगुवाहरू र इस्राएलका वंशहरूका मुखियाहरूले रूबेनका, गादका र मनश्शेहरूले भन्‍न चाहेका कुरा सुने, तब तिनीहरू प्रसन्‍न भए।
30 Quando o sacerdote Finéias e os líderes da comunidade, os chefes dos clãs dos israelitas, ouviram o que os homens de Rúben, de Gade e de Manassés disseram, deram-se por satisfeitos.
31 अनि पुजारी एलाजारका छोरा पीनहासले रूबेनीहरू, गादीहरू र मनश्शेहरूलाई भने, “आज हामी जान्दछौँ कि याहवेह हामीसँग हुनुहुन्छ। किनकि यस विषयमा तिमीहरूले याहवेहप्रति विश्‍वासघात गरेका छैनौ। अब तिमीहरूले इस्राएललाई याहवेहको हातबाट छुटाएका छौ।”
31 E Finéias, filho do sacerdote Eleazar, disse a Rúben, a Gade e a Manassés: "Hoje sabemos que o Senhor está conosco, pois vocês não foram infiéis para com o Senhor. E assim vocês livraram os israelitas da mão do Senhor".
32 तब पुजारी एलाजारका छोरा पीनहास र अगुवाहरू गिलादमा रूबेनी र गादीहरूसँग भेटघाट गरेर कनानमा फर्के। अनि इस्राएलीहरूलाई त्यसको विवरण दिए।
32 Então Finéias, filho do sacerdote Eleazar, e os líderes voltaram do encontro com os homens de Rúben e de Gade em Gileade, e foram para Canaã dar relatório aos outros israelitas.
33 त्यो विवरण सुनेर इस्राएलीहरू प्रसन्‍न भए, र परमेश्‍वरको प्रशंसा गरे। अनि रूबेनीहरू र गादीहरू बसेको देशमा तिनीहरूको विरुद्धमा युद्ध गरेर नष्‍ट पार्ने कुरा तिनीहरूले फेरि गरेनन्।
33 Estes se alegraram com o relatório e louvaram a Deus. E não mais falaram em guerrear contra as tribos de Rúben e de Gade, nem em devastar a região onde eles viviam.
34 अनि रूबेनीहरू र गादीहरूले त्यस वेदीलाई यो नाम दिए: हाम्रा बीचमा एउटा मात्र साक्षी हुनुहुन्छ, जो केवल याहवेह परमेश्‍वर हुनुहुन्छ।
34 Os homens de Rúben e de Gade deram ao altar este nome: Um Testemunho Entre Nós de que o Senhor é Deus.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Josué 22, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.