Josué 1

npioncb (NPIONCB) vs NVI

Sair da comparação
NVI Nova Versão Internacional
1 याहवेहका सेवक मोशाको मृत्युपछि याहवेहले मोशाका सहायक, नूनका छोरा, यहोशूलाई यसो भन्‍नुभयो:
1 Depois da morte de Moisés, servo do Senhor, disse o Senhor a Josué, filho de Num, auxiliar de Moisés:
2 “मेरो सेवक मोशाको मृत्यु भइसक्यो। यसकारण अब तँ र यी मानिसहरू यर्दन नदी तरेर मैले तिनीहरूलाई अर्थात् इस्राएलीहरूलाई दिन लागेको देशमा जानलाई तयारी गर्।
2 "Meu servo Moisés está morto. Agora, pois, você e todo este povo, preparem-se para atravessar o rio Jordão e entrar na terra que eu estou para dar aos israelitas.
3 मैले मोशालाई प्रतिज्ञा गरेझैँ, तैँले पाइला टेक्ने सबै भूमि म तँलाई दिनेछु।
3 Como prometi a Moisés, todo lugar onde puserem os pés eu darei a vocês.
4 तिमीहरूको देशको सिमाना उजाडस्थानदेखि लेबनानसम्म लिएर महानदी अर्थात् यूफ्रेटिस नदीदेखि हित्तीहरूको सबै देश अर्थात् पश्‍चिममा भूमध्य सागरसम्म हुनेछ।
4 Seu território se estenderá do deserto ao Líbano, e do grande rio, o Eufrates, toda a terra dos hititas, até o mar Grande, no oeste.
5 तेरो जीवनकालभरि तेरो विरुद्धमा कोही पनि खडा हुन सक्नेछैन। जसरी म मोशासँग थिएँ, त्यसरी नै तँसँग पनि रहनेछु; म तँलाई कहिल्यै छोड्नेछैनँ, न त तँलाई त्याग्ने नै छु।
5 Ninguém conseguirá resistir a você, todos os dias da sua vida. Assim como estive com Moisés, estarei com você; nunca o deixarei, nunca o abandonarei.
6 “बलियो र साहसी बन्; किनकि तैँले नै यी मानिसहरूलाई मैले तिनीहरूका पितापुर्खाहरूलाई दिनेछु भनी शपथ खाएको देशमा अधिकार गर्नलाई अगुवाइ गर्नेछस्।
6 "Seja forte e corajoso, porque você conduzirá esse povo para herdar a terra que prometi sob juramento aos seus antepassados.
7 “बलियो र खूब साहसी बन्। मेरो सेवक मोशाले तँलाई दिएको सारा व्यवस्था होसियारीसाथ पालन गर्; त्यसबाट दायाँ अथवा बायाँतिर नलाग्नू। तँ जहाँ गए तापनि सफलता पाउनेछस्।
7 Somente seja forte e muito corajoso! Tenha o cuidado de obedecer a toda a lei que o meu servo Moisés lhe ordenou; não se desvie dela, nem para a direita nem para a esquerda, para que você seja bem sucedido por onde quer que andar.
8 व्यवस्थाको यो पुस्तक तेरो ओठबाट कहिल्यै नहटोस्; तैँले त्यसमाथि दिनरात ध्यान गर्नू, ताकि त्यसमा लेखिएका हरेक कुरा होसियारीसाथ पालन गर्न सक्नेछस्। तब तैँले उन्‍नति गर्नेछस् र सफलता पाउनेछस्।
8 Não deixe de falar as palavras deste Livro da Lei e de meditar nelas de dia e de noite, para que você cumpra fielmente tudo o que nele está escrito. Só então os seus caminhos prosperarão e você será bem sucedido.
9 के मैले तँलाई बलियो र साहसी हुनलाई आज्ञा दिएको छैन र? नडरा, निरुत्साहित नहो; किनकि तँ जहाँ गए तापनि याहवेह तेरा परमेश्‍वर तँसित हुनुहुनेछ।”
9 Não fui eu que lhe ordenei? Seja forte e corajoso! Não se apavore, nem se desanime, pois o Senhor, o seu Deus, estará com você por onde você andar".
10 यसकारण यहोशूले मानिसहरूका अधिकृतहरूलाई आदेश दिए:
10 Assim Josué ordenou aos oficiais do povo:
11 “छाउनीभित्र गएर मानिसहरूलाई भन, ‘तिमीहरूका खाने कुराहरूको बन्दोबस्त गर। अबको तीन दिनमा याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आफ्नो उत्तराधिकारको रूपमा दिनुहुने देशमाथि अधिकार गर्न तिमीहरू यर्दन नदी पार गरेर जानेछौ।’ ”
11 "Percorram o acampamento e ordenem ao povo que preparem as provisões. Daqui a três dias vocês atravessarão o Jordão neste ponto para entrar e tomar posse da terra que o Senhor, o seu Deus, lhes dá".
12 तर रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुललाई चाहिँ यहोशूले भने,
12 Mas às tribos de Rúben, de Gade e à metade da tribo de Manassés Josué disse:
13 “याहवेहको सेवक मोशाले तिमीहरूलाई दिएको आज्ञा याद गर, ‘याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई यो देश दिएर विश्राम दिनुहुनेछ।’
13 "Lembrem-se da ordem que Moisés, servo do Senhor, deu a vocês, quando o Senhor, o seu Deus, lhes prometeu descanso e dar-lhes esta terra:
14 तिमीहरूका पत्नीहरू, छोराछोरीहरू र तिमीहरूका गाईबस्तुहरू चाहिँ मोशाले तिमीहरूलाई दिएको यर्दन नदीको पूर्वपट्टिको भूमिमा बस्‍न सक्छन्। तर तिमीहरूका सबै योद्धाहरू भने लडाइँका निम्ति हातहतियारले सुसज्जित भएर आ-आफ्ना दाजुभाइहरूका साथमा अगि-अगि पारि जानुपर्छ। तिमीहरूले तिनीहरूलाई सहायता गर्नुपर्छ।
14 ‘As suas mulheres, os seus filhos e os seus rebanhos poderão ficar na terra que Moisés lhes deu a leste do Jordão, mas todos os homens de guerra, preparados para lutar, atravessarão à frente dos seus irmãos israelitas’. Vocês os ajudarão
15 याहवेहले तिमीहरूलाई विश्राम दिनुभएझैँ, उहाँले तिमीहरूका दाजुभाइहरूलाई विश्राम नदिनुभएसम्म र याहवेह तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई दिनुहुने देशमा तिनीहरूले पनि अधिकार नगरेसम्म तिमीहरूले तिनीहरूलाई सहायता गर्नुपर्नेछ। त्यसपछि तिमीहरू याहवेहका सेवक मोशाले यर्दनको पूर्वपट्टि घाम झुल्कनेतिर तिमीहरूलाई दिएको भूमिमा फर्केर जान सक्छौ, र आफ्नो भूमिमा बसोबास गर्न सक्नेछौ।”
15 até que o Senhor conceda um lugar de descanso para eles, como deu a vocês, e até que eles também tenham tomado posse da terra que o Senhor, o seu Deus, lhes dá. Depois disso vocês poderão voltar e ocupar a sua própria terra, que Moisés, servo do Senhor, lhes deu a leste do Jordão, na direção do nascer do sol".
16 तब तिनीहरूले यहोशूलाई जवाफ दिए, “तपाईंले हामीलाई आज्ञा दिनुभएका सबै कुराहरू हामी गर्नेछौँ, र तपाईंले हामीलाई जहाँ पठाउनुहुन्छ, त्यहीँ जानेछौँ।
16 Então eles responderam a Josué: "Tudo o que você nos ordenar, faremos, e aonde quer que nos enviar, iremos.
17 जसरी हामीले मोशाको आज्ञापालन गर्‍यौँ, त्यसरी नै हामी तपाईंको पनि आज्ञापालन गर्नेछौँ। केवल याहवेह तपाईंका परमेश्‍वर मोशासँग हुनुभएझैँ तपाईंसँग पनि हुनुभएको होस्।
17 Assim como obedecemos totalmente a Moisés, também obedeceremos a você. Somente que o Senhor, o seu Deus, seja com você, como foi com Moisés.
18 तपाईंको वचनको विरुद्ध विद्रोह गर्ने र तपाईंले आज्ञा गर्नुभएको कुरा पालन नगर्ने जोसुकै पनि मारिनेछ। केवल तपाईं बलियो र साहसी हुनुहोस्!”
18 Todo aquele que se rebelar contra as suas instruções e não obedecer às suas ordens, seja o que for que você lhe ordenar, será morto. Somente seja forte e corajoso! "

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Josué 1, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.