Josué 19

npioncb (NPIONCB)

1 दोस्रो चिट्ठा वंशअनुसार शिमियोनको कुललाई पर्‍यो। तिनीहरूको उत्तराधिकारको भाग यहूदाको इलाकाभित्र पर्थ्यो।

2 तिनीहरूको भागमा यी सहरहरू थिए: बेर्शेबा (अर्थात्, शेबा), मोलादा,

3 हसर-शूआल, बाला, एसेम,

4 एल्तोलद, बतूल, होर्मा,

5 सिक्लग, बेथ-मर्काबोत, हसर-सूसा,

6 बेथ-लबाओत र शारूहेन गरी तेह्र वटा सहरहरू र तिनीहरूका गाउँहरू।

7 ऐन, रिम्मोन, एतेर र आशान गरी चार वटा सहरहरू र तिनीहरूका गाउँहरू,

8 अनि बालाथ-बेर (दक्षिणमा रामा) सम्म चारैतिरका सहरहरूका सबै गाउँहरू।

9 शिमियोनीहरूको उत्तराधिकारको भाग यहूदाको भागबाट लिइएको थियो। किनकि यहूदाको भाग तिनीहरूलाई चाहिएको भन्दा धेरै थियो। यसरी शिमियोनीहरूले आफ्नो उत्तराधिकारको भाग यहूदाको इलाकाभित्र पाए।

10 तेस्रो चिट्ठा वंशअनुसार जबूलूनको कुलका निम्ति निस्क्यो: तिनीहरूको उत्तराधिकारको सिमाना सारीदसम्म पुग्थ्यो।

11 पश्‍चिमतिर त्यो मरलामा पुगेर दब्बेशेतलाई छोएर योक्नामको छेउको खोल्सासम्म फैलिएको थियो।

12 सारीदबाट त्यो पूर्वपट्टि घुमेर सूर्योदय हुने किस्लोथ-तबोरको इलाकापट्टि हुँदै, दाबरतदेखि माथि याफियासम्म पुगेको थियो।

13 त्यसपछि त्यो पूर्वपट्टि बढेर गात-हेपेर र इथ-कासीनमा हुँदै, रिम्मोनबाट निस्केर नेआ भएतिर घुमेको थियो।

14 अनि त्यो सिमाना उत्तरतर्फ हन्‍नतोनतिर घुमेर यिप्‍ताह-एलको बेँसीमा टुङ्गिएको थियो।

15 त्यसमा काथाथ, नहलल, शिम्रोन, इदलाह र बेथलेहेम गरी जम्मा बाह्र वटा सहरहरू र तिनीहरूका गाउँहरू थिए।

16 यी सहरहरू र तिनीहरूका गाउँहरू वंशअनुसार जबूलूनको उत्तराधिकारको भाग थियो।

17 चौथो चिट्ठा वंशअनुसार इस्साखारको कुललाई पर्‍यो।

18 तिनीहरूका इलाकामा यी सहरहरू सामेल थिए: यिजरेल, कसुल्‍लोत, शूनेम,

19 हपारैम, शीओन, अनाहारत,

20 रब्बीत, किश्योन, एबेस,

21 रेमेत, एन-गन्‍नीम, एन-हद्दा र बेथ-पसेस।

22 सिमानाले तबोर, शहसूमा र बेथ-शेमेशलाई छोएर यर्दन नदीमा टुङ्गिन्थ्यो। यसका सोह्र वटा सहरहरू र तिनीहरूका गाउँहरू थिए।

23 यी सहरहरू र तिनीहरूका गाउँहरू वंशअनुसार इस्साखारको कुलको उत्तराधिकारको भाग थियो।

24 पाँचौँ चिट्ठा वंशअनुसार आशेरको कुललाई पर्‍यो।

25 तिनीहरूको भागमा यी सहरहरू सामेल थिए: हेल्कत, हली, बेतेन, अक्षाप,

26 अल्‍लम्मेलेक, अमाद र मिशाल। पश्‍चिमतिर सिमानाले कर्मेल र शीहोर-लिब्नातलाई छुन्थ्यो।

27 त्यसपछि त्यो पूर्वमा बेथ-दागोनतिर फर्केर जबूलून र यिप्‍ताह-एलको बेँसीलाई छोएर, उत्तरतिर बेथ-एमेक र देब्रेपट्टि काबूललाई पार गरेर नीएलमा पुगेको थियो।

28 त्यो अब्डोन, रहोब, हम्मोन र कना भएर महा सीदोनसम्म पुगेको थियो।

29 त्यसपछि सिमाना रामातिर फर्केर टायरको किल्‍लामा हुँदै होसातिर मोडिन्थ्यो। अनि अक्जीबको इलाकामा महासागरमा निस्किआएको थियो।

30 उम्मा, अपेक र रहोब पनि तिनीहरूको इलाकामा पर्दथे। यसका बाइस वटा सहरहरू र तिनीहरूका गाउँहरू थिए।

31 यी सहरहरू र तिनीहरूका गाउँहरू वंशअनुसार आशेरको कुलको उत्तराधिकारको भागमा थियो।

32 छैटौँ चिट्ठा वंशअनुसार नप्‍तालीको कुललाई पर्‍यो:

33 तिनीहरूको सिमाना हेलेप र सानन्‍नीममा भएको मोरेको ठूलो रूखबाट भएर अदामी-नेकेब र यब्नेल हुँदै लक्‍कूममा गएर यर्दन नदीमा टुङ्गिएको थियो।

34 त्यो सिमाना अज्नोथ-तबोरबाट पश्‍चिमतिर मोडिएर हुक्‍कोकमा निस्किएको थियो। यसले दक्षिणतिर जबूलूनलाई र पश्‍चिममा आशेरलाई, र पूर्वमा यर्दन नदीलाई छोएको थियो।

35 पर्खाल लगाइएका सहरहरू सिद्दिम, सेर, हम्मत, रक्‍कत, किन्‍नरेत,

36 अदमा, रामा, हासोर,

37 केदेश, एद्रई, एन-हासोर,

38 यिरोन, मिग्दल-एल, होरेम, बेथ-अनात र बेथ-शेमेश थिए। यसका उन्‍नाइस वटा सहरहरू र तिनीहरूका गाउँहरू थिए।

39 यी सहरहरू र तिनीहरूका गाउँहरू वंशअनुसार नप्‍तालीको कुलको उत्तराधिकारको भाग थियो।

40 सातौँ चिट्ठा वंशअनुसार दानको कुललाई पर्‍यो।

41 तिनीहरूका उत्तराधिकारका प्रान्तहरूमा यी सहरहरू सामेल थिए: सोरा, एश्तोल, इर-शेमेस,

42 शालवीन, अय्यालोन, इत्ला,

43 एलोन, तिम्ना, एक्रोन,

44 एल्तके, गिब्बतोन, बालात,

45 यहूद, बेने-बेरक, गात-रिम्मोन,

46 मे-यरकोन र रक्‍कोनसँगै जोप्पातिर फर्केको इलाका।

47 (दानवंशीहरूले तिनीहरूको अधिकारको प्रान्त गुमाएको हुनाले तिनीहरू माथि गए। अनि लेशेममाथि आक्रमण गरेर लिए। त्यसलाई तरवारले नष्‍ट गरे; अनि त्यसलाई कब्जा गरे। तिनीहरू लेशेममा बसोबास गरे। अनि लेशेमलाई तिनीहरूको पुर्ख्यौली दानको नाम दिए।)

48 यी सहरहरू र तिनीहरूका गाउँहरू वंशअनुसार दानको कुलका उत्तराधिकारको भाग थियो।

49 जब तिनीहरूले देशलाई विभाजन गरेर भाग लगाउने काम गरी सिद्ध्याए, तब इस्राएलीहरूले नूनका छोरा यहोशूलाई तिनीहरूकै बीचमा उत्तराधिकारको भाग दिए।

50 याहवेहले तिनीहरूलाई आज्ञा गर्नुभएअनुसार गरे। यहोशूले मागेका सहर एफ्राइमको पहाडी मुलुकमा भएको तिम्नथ-सेरह तिनीहरूले दिए। अनि त्यहाँ तिनले सहरलाई निर्माण गरे, र त्यहीँ बसोबास गरे।

51 भेट हुने पालको प्रवेशद्वारमा याहवेहको उपस्थितिमा शीलोमा चिट्ठा हालेर पुजारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका कुलका वंशका मुखियाहरूले तोकेका मुलुकहरू यिनै हुन्। यसरी तिनीहरूले देश बाँडफाँड गर्ने काम सिद्ध्याए।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Josué 19, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.