Josué 10
npioncb (NPIONCB) vs VC
1 अब यरूशलेमका राजा अदोनी-सेदेकले यहोशूले ऐ सहर कब्जा गरेको, त्यसका राजालाई पनि यरीहो सहर र त्यहाँका राजालाई जस्तै पूर्ण रूपले नष्ट गरेको कुरा तिनले सुने। अनि गिबोनका मानिसहरूले इस्राएलसँग शान्ति-सन्धि गरेर तिनीहरूकै नजिक बस्न थालेका छन् भन्ने कुरा पनि तिनले सुने।
1 Sabendo Adonisedec, rei de Jerusalém, que Josué se tinha apoderado de Hai e a havia votado ao interdito, que fizera a Hai e ao seu rei como tinha feito a Jericó e a seu rei, e que os gabaonitas tinham feito paz com Israel e habitavam com ele,
2 यो कुराले तिनी र तिनका मानिसहरू भयभीत भए; किनकि गिबोन राजकीय सहरहरूजस्तै एउटा ठूलो सहर थियो। गिबोन ऐ सहरभन्दा ठूलो थियो। अनि त्यसका सबै मानिसहरू असल लडाकुहरू थिए।
2 teve grande medo. Gabaon era, com efeito, uma grande cidade, uma cidade real, maior que Hai, e toda a sua população muito guerreira.
3 यसकारण यरूशलेमका राजा अदोनी-सेदेकले हेब्रोनका राजा होहाम, यर्मूतका राजा पिराम, लाकीशका राजा याफिया र एग्लोनका राजा दबीरकहाँ खबर पठाए।
3 Adonisedec, rei de Jerusalém, mandou dizer a Oão, rei de Hebron, a Farão, rei de Jerimot, a Jafia, rei de Laquis, e a Dabir, rei de Eglon:
4 तिनले भने, “आउनुहोस्, र मलाई गिबोनमा आक्रमण गर्न सघाउनुहोस्! किनकि त्यसले यहोशू र इस्राएलीहरूसँग मिलाप गरेको छ।”
4 Vinde comigo e ajudai-me a ferir Gabaon, porque fez paz com Josué e os israelitas.
5 तब पाँच जना एमोरी राजाहरू, अर्थात् यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश र एग्लोनका राजाहरूले एकसाथ मोर्चा बाँधे। तिनीहरूले आफ्ना सबै फौजहरू लिएर गिबोनको विरुद्धमा लडाइँका निम्ति तयार भए; अनि त्यसमाथि आक्रमण गरे।
5 Unidos assim os cinco reis dos amorreus, o rei de Jerusalém, o rei de Hebron, o rei de Jerimot, o rei de Laquis e o rei de Eglon, saíram com todos os seus exércitos e acamparam diante de Gabaon, sitiando-a.
6 तब गिबोनीहरूले गिलगालको छाउनीमा यहोशूकहाँ यसो भनी खबर पठाए: “तपाईंका सेवकहरूलाई नत्याग्नुहोस्। हामीकहाँ चाँडो आएर हामीलाई बचाउनुहोस्! हामीलाई सहायता गर्नुहोस्; किनकि पहाडी मुलुकबाट सबै एमोरी राजाहरूले हाम्रो विरुद्धमा मोर्चा बाँधेका छन्।”
6 Os habitantes de Gabaon enviaram então a seguinte mensagem a Josué, que estava acampado em Gálgala: Não abandones os teus servos; vem ao nosso encontro sem demora, traze-nos socorro e livra-nos, porque todos os reis dos amorreus da montanha se coligaram contra nós.
7 यसकारण यहोशूले आफ्ना सबैभन्दा असल लडाकुहरू लगायत सम्पूर्ण फौज लिएर युद्ध गर्न गिलगालबाट हिँडे।
7 Josué subiu de Gálgala com todos os seus guerreiros e todos os seus valentes.
8 अनि याहवेहले यहोशूलाई भन्नुभयो, “तिनीहरूसँग नडरा। मैले तिनीहरूलाई तेरो हातमा सुम्पिदिएको छु। तिनीहरूमध्ये कोही पनि तेरो सामु टिक्न सक्नेछैन।”
8 O Senhor disse-lhe: Não os temas, porque os entreguei em tuas mãos; nenhum deles te poderá resistir.
9 गिलगालबाट रातभरिको हिँडाइपछि यहोशू अचानक तिनीहरूमाथि जाइलागे।
9 Josué, tendo passado toda a noite a subir de Gálgala, caiu de repente sobre eles.
10 याहवेहले तिनीहरूलाई इस्राएलको सामु भयभीत पारिदिनुभयो। यसरी इस्राएलीहरूले तिनीहरूलाई गिबोनमा पूर्ण रूपले परास्त गरे। इस्राएलीहरूले तिनीहरूलाई बेथ-होरोन जाने बाटोभरि खेदे। अनि तिनीहरूलाई अजेका र मक्केदासम्म लखेटेर मार्दै गए।
10 O Senhor semeou no meio deles o terror diante de Israel, e este infligiu-lhes uma terrível derrota diante de Gabaon, e perseguiu-os pelo caminho que sobe a Betoron, batendo-os até Azeca e Maceda.
11 तिनीहरू इस्राएलीहरूको सामुबाट बेथ-होरोनदेखि अजेकासम्म बाटोमा भाग्दैगर्दा याहवेहले तिनीहरूमाथि आकाशबाट ठूला-ठूला असिनाहरू ओइर्याइदिनुभयो। अनि इस्राएलीहरूका तरवारले मारेकाभन्दा असिनाले धेरै जना मरे।
11 Enquanto fugiam diante de Israel, na descida de Betoron, o Senhor mandou sobre eles do céu uma tempestade de granizo até Azeca; e foram mais numerosos os que morreram sob essa chuva de pedras do que os que pereceram pela espada dos israelitas.
12 याहवेहले एमोरीहरूलाई इस्राएलको हातमा दिनुभएको त्यस दिन यहोशूले इस्राएलको उपस्थितिमा याहवेहलाई भने:
12 Josué falou ao Senhor no dia em que ele entregou os amorreus nas mãos dos filhos de Israel, e disse em presença dos israelitas: Sol, detém-te sobre Gabaon, e tu, ó lua, sobre o vale de Ajalon.
13 यसकारण इस्राएलले आफ्ना शत्रुहरूमाथि बदला नलिएसम्म
13 E o sol parou, e a lua não se moveu até que o povo se vingou de seus inimigos. Isto acha-se escrito no Livro do Justo. O sol parou no meio do céu, e não se apressou a pôr-se pelo espaço de quase um dia inteiro.
14 याहवेहले यसरी मानिसको प्रार्थना सुन्नुभएको घटना न त पहिले, न त पछि कहिल्यै कुनै दिन नै भयो। निश्चय नै याहवेह इस्राएलको पक्षमा लडिरहनुभएको थियो!
14 Não houve, nem antes nem depois, um dia como aquele, em que o Senhor tenha obedecido à voz de um homem, porque o Senhor combatia por Israel.
15 त्यसपछि यहोशू सारा इस्राएलीसँग गिलगालको छाउनीमा फर्के।
15 Depois disso, Josué com toda a sua tropa voltou para o acampamento de Gálgala.
16 अब ती पाँच जना एमोरी राजाहरू भागे, र मक्केदामा भएको गुफामा लुकेर बसे।
16 Ora, os cinco reis tinham fugido, e tinham se escondido numa caverna, em Maceda.
17 जब ती पाँच जना राजाहरू मक्केदामा भएको गुफामा लुकिरहेका कुरा यहोशूलाई बताइयो,
17 E noticiaram-no a Josué: Foram encontrados os cinco reis escondidos numa caverna, em Maceda.
18 तब यहोशूले भने, “त्यस गुफाको मुखमा ठूला पत्थरहरू गुड्याइदेओ। अनि त्यसलाई कुर्नलाई केही मानिसहरूलाई खटाओ।
18 Josué respondeu: Rolai grandes pedras para a entrada da caverna, e ponde homens junto a ela em guarda.
19 तर तिमीहरू भने त्यहाँ नरोकिनू। तिमीहरूले शत्रुहरूलाई खेदेर पछिल्तिरबाट आक्रमण गर्नू र तिनीहरूलाई तिनीहरूका सहरमा पुग्न नदिनू। किनकि याहवेह तिमीहरूका परमेश्वरले तिनीहरूलाई तिमीहरूको हातमा सुम्पिदिनुभएको छ।”
19 Vós, porém, não vos detenhais, mas persegui vossos inimigos; não os deixeis entrar em suas cidades, porque o Senhor, vosso Deus, os entregou em vossas mãos.
20 यसरी यहोशू र इस्राएलीहरूले तिनीहरूलाई सम्पूर्ण रूपले नष्ट गरे। तर बाँचेका केही मानिसहरू भने तिनीहरूका सुरक्षित सहरहरूमा पुग्न सफल भए।
20 Tendo Josué e os israelitas acabado de massacrá-los, até o extermínio - apenas uns poucos puderam escapar e recolher-se às suas cidades fortes -,
21 त्यसपछि सारा सेना मक्केदामा भएको छाउनीमा सुरक्षितसाथ यहोशूकहाँ फर्के। अनि इस्राएलीहरूको विरुद्धमा कसैले पनि एउटा शब्द पनि बोलेनन्।
21 todo o povo voltou tranqüilamente ao acampamento, junto de Josué, em Maceda, e ninguém se atreveu a abrir a boca contra os filhos de Israel.
22 यहोशूले भने, “गुफाको मुखबाट ढुङ्गा हटाओ, र ती पाँच राजाहरूलाई बाहिर निकालेर मकहाँ ल्याओ।”
22 Josué disse então: Abri a entrada da caverna, e trazei-me os cinco reis que lá estão. Assim o fizeram.
23 यसकारण तिनीहरूले ती पाँच राजाहरू, जो यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश र एग्लोनका राजाहरू थिए, तिनीहरूलाई गुफाबाट बाहिर निकालेर ल्याए।
23 Foram tirados da caverna os cinco reis, o rei de Jerusalém, o rei de Hebron, o rei de Jerimot, o rei de Laquis e o rei de Eglon.
24 जब तिनीहरूले ती पाँच राजाहरूलाई यहोशूकहाँ ल्याए, तब तिनले इस्राएलका सबै मानिसहरूलाई बोलाए। अनि तिनीसँग आएका सेनाका सेनापतिहरूलाई भने, “यहाँ आओ, र तिमीहरूका आ-आफ्ना खुट्टा यी राजाहरूका गर्दनमाथि राख।” यसकारण तिनीहरू नजिक आएर आ-आफ्ना खुट्टाहरू तिनीहरूका गर्दनमाथि राखे।
24 Quando foram conduzidos a Josué, ele chamou todos os homens de Israel e disse aos chefes dos guerreiros que o tinham acompanhado: Aproximai-vos e ponde o pé sobre o pescoço destes reis. Tendo-se eles aproximado e posto o pé sobre o pescoço deles,
25 यहोशूले तिनीहरूलाई भने, “नडराओ, र निरुत्साहित नहोओ। बलियो र साहसी होओ। तिमीहरूले लडाइँ गर्न जाने सबै शत्रुहरूलाई याहवेहले यसै गर्नुहुनेछ।”
25 disse-lhes de novo: Não temais, nem tremais. Tende coragem e sede fortes, porque é assim que fará o Senhor a todos os inimigos que haveis de combater.
26 तब यहोशूले ती सबै राजाहरूलाई मारे। अनि तिनीहरूलाई पाँच वटा खम्बाहरूमा झुण्ड्याइदिए। तिनीहरूलाई साँझसम्मै खम्बाहरूमा झुण्डाएर राखियो।
26 Dizendo isso, Josué feriu-os de morte e suspendeu-os em cinco árvores, onde estiveram até a tarde.
27 सूर्यास्तको समयमा यहोशूले आदेश दिए, र तिनीहरूले उनीहरूलाई खम्बाबाट झारे। अनि तिनीहरू लुकेर बसेका गुफामा फ्याँकिदिए। तिनीहरूले गुफाको मुखमा ठूला चट्टानहरू राखिदिए, जुन आजको दिनसम्म छँदैछ।
27 Ao pôr-do-sol, mandou que fossem descidos das árvores e lançados na caverna onde se tinham refugiado, e puseram à entrada grandes pedras, que ali se encontram ainda hoje.
28 त्यस दिन यहोशूले मक्केदा कब्जा गरे। तिनले सहर र त्यस देशका राजालाई तरवारद्वारा परास्त गरे। अनि त्यहाँ भएका हरेक मानिसहरूलाई पूर्ण रूपले नष्ट गरे। तिनले एक जनालाई पनि जीवित छोडेनन्। अनि तिनले यरीहोको राजालाई गरेजस्तै, मक्केदाको राजालाई पनि त्यस्तै गरे।
28 No mesmo dia apoderou-se Josué de Maceda, e passou-a ao fio da espada juntamente com seu rei; votou ao interdito a cidade com todo ser vivo que nela havia, sem nada poupar. E fez ao rei de Maceda como tinha feito ao rei de Jericó.
29 तब यहोशू र तिनीसँग भएका सारा इस्राएलीहरू मक्केदाबाट अगि बढेर लिब्नामा गए, र त्यसलाई आक्रमण गरे।
29 Passou em seguida com todo o Israel a Libna, e atacaram-na.
30 याहवेहले त्यो सहर र त्यस देशका राजालाई पनि इस्राएलको हातमा सुम्पिदिनुभयो। यहोशूले त्यो सहर र त्यसमा भएका सबैलाई तरवारले नाश गरे। तिनले त्यहाँ कसैलाई पनि जीवित छोडेनन्। तिनले त्यहाँका राजालाई पनि यरीहोको राजालाई जस्तै गरे।
30 O Senhor entregou-a com seu rei nas mãos de Israel, que passou ao fio da espada a cidade com todo ser vivo que nela havia, não deixando escapar nenhum. E fez ao seu rei como tinha feito ao rei de Jericó.
31 त्यसपछि यहोशू र तिनीसँग भएका सारा इस्राएलीहरू लिब्नाबाट लाकीशतर्फ अगि बढे। तिनले त्यसको विरुद्धमा लड्न तयार भए, र त्यसलाई आक्रमण गरे।
31 De Libna passou Josué com todo o Israel a Laquis, onde levantou o seu acampamento, sitiando-a.
32 याहवेहले लाकीशलाई इस्राएलको हातमा सुम्पिदिनुभयो। अनि यहोशूले यस सहरलाई दोस्रो दिनमा कब्जा गरे। तिनले लिब्नालाई गरेजस्तै, त्यो सहर र त्यसमा भएका हरेकलाई तरवारले नष्ट गरे।
32 O Senhor lha entregou, e Israel apoderou-se dela no segundo dia, passando-a ao fio da espada com todo ser vivo, como tinha feito a Libna.
33 त्यस बेला गेजेरका राजा होराम लाकीशलाई सहायता गर्न आएका थिए। तर यहोशूले तिनलाई र तिनका सेनाहरू एउटैलाई पनि जीवित नराखी परास्त गरे।
33 Então, Horão, rei de Gaser, veio em socorro de Laquis, mas Josué o derrotou com todo o seu povo até o extermínio completo.
34 त्यसपछि यहोशू र तिनीसँग भएका सारा इस्राएलीहरू लाकीशबाट एग्लोन तर्फ अगि बढे। तिनीहरू एग्लोनको विरुद्धमा लड्न तयार भए, र त्यसमाथि आक्रमण गरे।
34 De Laquis, passou Josué com todo o seu povo a Eglon; levantaram ali o seu acampamento, e atacaram-na.
35 तिनीहरूले त्यसलाई त्यही दिन कब्जा गरे। अनि तिनीहरूले लाकीशलाई गरेजस्तै, त्यस सहरमा भएका हरेकलाई तरवारले नष्ट गरे।
35 Tomaram-na no mesmo dia, e passaram-na ao fio da espada, votando ao interdito todo ser vivo, como tinha feito a Laquis.
36 त्यसपछि यहोशू र तिनीसँग भएका सारा इस्राएली एग्लोनबाट हेब्रोनतर्फ अगि बढे, र त्यसलाई आक्रमण गरे।
36 Subiu em seguida com todo o Israel de Eglon a Hebron, e atacaram-na.
37 तिनीहरूले त्यस सहरलाई कब्जामा लिए। अनि त्यसका राजालाई समेत त्यसका गाउँहरू, र त्यसमा भएका हरेकलाई तरवारले नष्ट गरे। तिनीहरूले एउटैलाई पनि जीवित छोडेनन्। एग्लोनलाई गरेजस्तै, तिनीहरूले त्यसलाई र त्यसमा भएका हरेकलाई नष्ट गरे।
37 Tomaram Hebron e passaram ao fio da espada a cidade com seu rei, seus arrabaldes e todo ser vivo, sem nada deixar escapar, como tinham feito a Eglon. A cidade foi votada ao interdito com todo ser vivo.
38 त्यसपछि यहोशू र तिनीसँग भएका सारा इस्राएलीहरू दबीरतर्फ फर्के, र त्यसलाई आक्रमण गरे।
38 Dali Josué, com todo o Israel, voltou-se contra Dabir e atacou-a;
39 तिनीहरूले त्यस सहरलाई त्यसका राजालाई र त्यसका गाउँहरूलाई कब्जामा लिए। अनि तिनीहरूलाई पूर्ण रूपमा तरवारले नष्ट गरे। तिनीहरूले एउटैलाई पनि जीवित छोडेनन्। तिनीहरूले हेब्रोन र लिब्ना तथा त्यहाँका राजाहरूलाई गरेजस्तै, दबीर र त्यसका राजालाई पनि त्यस्तै गरे।
39 apoderou-se dela, juntamente com seu rei, e passou-os ao fio da espada. Votou ao interdito toda alma viva que nela se achava, sem nada poupar, e fez a Dabir e ao seu rei como tinha feito a Hebron e a Libna com seus reis.
40 यसरी यहोशूले पहाडी मुलुक, दक्षिणी भाग, पश्चिमी फेदी, पर्वतीय पाखाहरू र त्यहाँका सबै राजाहरू लगायत सम्पूर्ण इलाकालाई अधीनमा पारे। तिनले एउटैलाई पनि जीवित छोडेनन्। याहवेह इस्राएलका परमेश्वरले आज्ञा गर्नुभएझैँ, तिनले सास हुने सबैलाई पूर्ण रूपमा नाश गरे।
40 Josué feriu toda a terra: a montanha, o Negeb, a planície, as colinas com todos os seus reis, sem poupar ninguém, votando ao interdito tudo o que respirava, segundo a ordem do Senhor, Deus de Israel.
41 यहोशूले तिनीहरूलाई कादेश-बर्नेदेखि गाजासम्म र गोशेनको सम्पूर्ण इलाकादेखि गिबोनसम्मै अधीनमा पारे।
41 Tudo foi assim ferido por Josué, de Cades-Barne a Gaza, toda a terra de Gosen até Gabaon.
42 यी सबै राजाहरू र तिनीहरूका देशहरूलाई यहोशूले एकै पटकमा जिते। किनकि याहवेह इस्राएलका परमेश्वरले नै इस्राएलको निम्ति युद्ध गर्नुभयो।
42 Josué apoderou-se, de uma só vez, desse país e de seus reis, porque o Senhor, Deus de Israel, combatia por ele.
43 त्यसपछि यहोशू र सारा इस्राएलीहरू गिलगालमा भएको छाउनीमा फर्के।
43 Depois voltou Josué com todo o Israel para o acampamento de Gálgala.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Josué 10, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.