Jeremias 44

npioncb (NPIONCB) vs ARA

Sair da comparação
ARA Almeida Revista e Atualizada 1993
1 इजिप्टको तल्‍लो भाग मिग्दोल, तहपनेस र मेम्फिसमा र माथिल्‍लो इजिप्टमा बस्‍ने सबै यहूदीहरूको विषयमा याहवेहको यो वचन यर्मियाकहाँ आयो:
1 Palavra que veio a Jeremias, acerca de todos os judeus moradores da terra do Egito, em Migdol, em Tafnes, em Mênfis e na terra de Patros, dizendo:
2 “सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: मैले यरूशलेम र यहूदाका सबै सहरहरूमाथि ल्याएको ठूलो विपत्ति तिमीहरूले देखेका छौ। आज ती उजाड र ध्वस्त अवस्थामा छन्।
2 Assim diz o Senhor dos Exércitos, Deus de Israel: Vistes todo o mal que fiz cair sobre Jerusalém e sobre todas as cidades de Judá; e eis que hoje são elas uma desolação, e ninguém habita nelas,
3 तिमीहरूले गरेको दुष्‍टताको कारणले त्यो भएको थियो। किनकि न तिमीहरूले, न त तिमीहरूका पुर्खाहरूले कहिल्यै चिनेका वा जानेका अन्य देवताहरूका निम्ति धूप बालेर तिनीहरूलाई पुजेर तिनीहरूले मलाई क्रोधित तुल्याए।
3 por causa da maldade que fizeram, para me irarem, indo queimar incenso e servir a outros deuses que eles nunca conheceram, eles, vós e vossos pais.
4 मैले तिमीहरूकहाँ घरी-घरी मेरा सेवक अगमवक्ताहरूलाई पठाएँ, जसले तिमीहरूलाई भने, ‘मैले घृणा गर्ने यी घिनलाग्दा कामहरू नगर!’
4 Todavia, começando eu de madrugada, lhes enviei os meus servos, os profetas, para lhes dizer: Não façais esta coisa abominável que aborreço.
5 तर तिनीहरूले न मेरो कुरा सुने, न त ध्यान नै दिए; न तिनीहरू आफ्ना दुष्‍टताबाट फर्के, न अरू देवताहरूलाई धूप बाल्न नै छाडे।
5 Mas eles não obedeceram, nem inclinaram os ouvidos para se converterem da sua maldade, para não queimarem incenso a outros deuses.
6 यसकारण मेरो डरलाग्दो रिसको ज्वाला खनियो; यसले यहूदाका सहरहरू र यरूशलेमका सहरहरू भस्म पार्‍यो; अनि ती ठाउँहरूलाई उजाड र भस्म पारियो, जस्तो आजको दिनसम्म छँदैछ।
6 Derramou-se, pois, a minha indignação e a minha ira, acenderam-se nas cidades de Judá e nas ruas de Jerusalém, que se tornaram em deserto e em assolação, como hoje se vê.
7 “यसकारण याहवेह सेनाहरूका परमेश्‍वर, इस्राएलका परमेश्‍वर, यसो भन्‍नुहुन्छ: किन तिमीहरू आफ्नो कुनै अवशेष नै नरहने गरी यहूदाबाट पुरुषहरू र स्त्रीहरू, केटाकेटीहरू र दुधे बालबालिकाहरूलाई नष्‍ट गरेर, आफूमाथि भयङ्कर विपत्ति ल्याउन चाहन्छौ?
7 Agora, pois, assim diz o Senhor , Deus dos Exércitos, o Deus de Israel: Por que fazeis vós tão grande mal contra vós mesmos, eliminando homens e mulheres, crianças e aqueles que mamam do meio de Judá, a fim de que não vos fique resto algum?
8 तिमीहरू बस्‍न आएको इजिप्टमा आफ्नै हातले बनाएका मूर्तिहरूले अरू देवताहरूलाई धूप बालेर मलाई किन रिस उठाउँछौ? यसो गर्‍यौ भने तिमीहरूले आफूलाई सर्वनाश गर्नेछौ; अनि पृथ्वीमा सबै जातिहरूका बीचमा आफूलाई श्राप र घृणाको पात्र बनाउनेछौ।
8 Por que me irritais com as obras de vossas mãos, queimando incenso a outros deuses na terra do Egito, aonde viestes para morar, para que a vós mesmos vos elimineis e para que vos torneis objeto de desprezo e de opróbrio entre todas as nações da terra?
9 के तिमीहरूले आफ्ना पितापुर्खाहरूले गरेका दुष्‍टता, यहूदाका राजा र रानीहरूले गरेका दुष्‍टता, तिमीहरूका पत्नीहरूले गरेका दुष्‍टता बिर्स्यौ, जुन यहूदाको देशमा र यरूशलेमका सडकहरूमा गरेका थिए?
9 Esquecestes já as maldades de vossos pais, as maldades dos reis de Judá, as maldades das suas mulheres, as vossas maldades e as maldades das vossas mulheres, maldades cometidas na terra de Judá e nas ruas de Jerusalém?
10 आजको दिनसम्म तिनीहरूले आफूलाई विनम्र तुल्याएका छैनन्, अथवा मप्रति आदर देखाएका छैनन्, न त मैले तिमीहरू र तिमीहरूका पुर्खाहरूको अगि स्थापित गरेका व्यवस्था र विधिहरू नै तिनीहरूले पालन गरेका छन्।
10 Não se humilharam até ao dia de hoje, não temeram, não andaram na minha lei nem nos meus estatutos, que pus diante de vós e diante de vossos pais.
11 “यसकारण सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर, यसो भन्‍नुहुन्छ: हेर, मैले तिमीहरूमाथि विपत्ति ल्याउन र सम्पूर्ण यहूदालाई नाश गर्ने निर्णय लिएको छु।
11 Portanto, assim diz o Senhor dos Exércitos, o Deus de Israel: Eis que voltarei o rosto contra vós outros para mal e para eliminar a todo o Judá.
12 इजिप्टमा गएर त्यहीँ बसोबास गर्ने निश्‍चय गरेका यहूदाका बाँकी रहेका मानिसहरू सबैलाई म नष्‍ट गर्नेछु। तिनीहरू सबै इजिप्टमा नष्‍ट हुनेछन्; तिनीहरू तरवारद्वारा ढल्नेछन् अथवा अनिकालले मर्नेछन्। सानादेखि लिएर ठूलासम्मका सबै मानिसहरू तरवार अथवा अनिकालले मर्नेछन्। तिनीहरू श्राप, त्रास र निन्दाको पात्र हुनेछन्।
12 Tomarei o resto de Judá que se obstinou em entrar na terra do Egito para morar, onde será ele de todo consumido; cairá à espada e à fome; desde o menor até ao maior perecerão; morrerão à espada e à fome; e serão objeto de maldição, espanto, desprezo e opróbrio.
13 जसरी मैले यरूशलेमलाई दण्ड दिएँ, त्यसरी नै म इजिप्टमा गएर बस्‍नेहरूलाई तरवार, अनिकाल र रूढी पठाएर दण्ड दिनेछु।
13 Porque castigarei os que habitam na terra do Egito, como o fiz a Jerusalém, com a espada, a fome e a peste,
14 यहूदाका बाँकी रहेका मानिसहरू, जो इजिप्टमा बसोबास गर्नलाई गएका छन्; तिनीहरू कसैले यहूदाको मुलुकमा फर्केर बस्‍ने इच्छा गरे तापनि फर्कनेछैनन्; तिनीहरूमध्ये ती उम्केकाहरूबाहेक कोही पनि फर्कन पाउनेछैनन्।”
14 de maneira que, dos restantes de Judá que vieram à terra do Egito para morar, não haverá quem escape e sobreviva para tornar à terra de Judá, à qual desejam voltar para morar; mas não tornarão senão alguns fugitivos.
15 त्यसपछि आफ्ना पत्नीहरूले अरू देवताहरूलाई धूप बालेका थाहा पाउने मानिसहरू र त्यहाँ उपस्थित भएका अरू सबै स्त्रीहरू सहितको एउटा ठूलो जमात, तल्‍लो र माथिल्‍लो इजिप्टमा बस्‍ने सबै इस्राएलीहरूले यर्मियालाई भने,
15 Então, responderam a Jeremias todos os homens que sabiam que suas mulheres queimavam incenso a outros deuses e todas as mulheres que se achavam ali em pé, grande multidão, como também todo o povo que habitava na terra do Egito, em Patros, dizendo:
16 “तिमीले याहवेहको नाममा हामीसँग बोलेको सन्देश हामी सुन्‍नेछैनौँ!
16 Quanto à palavra que nos anunciaste em nome do Senhor , não te obedeceremos a ti;
17 हामीले गर्छौँ भनेका सबै कुरा हामी अवश्य गर्नेछौँ: हामी र हाम्रा पितापुर्खाहरू, हाम्रा राजाहरू र हाम्रा अधिकारीहरूले यहूदाका सहरहरूमा र यरूशलेमका सडकहरूमा पहिले गरेझैँ, हामी स्वर्गकी रानीलाई धूप बाँल्नेछौँ र तिनलाई अर्घबलि चढाउनेछौँ। त्यस बेला हामीसँग प्रशस्त भोजन थियो र हामी सम्पन्‍न थियौँ; अनि हामीमाथि कुनै विपत्ति आएको थिएन।
17 antes, certamente, toda a palavra que saiu da nossa boca, isto é, queimaremos incenso à Rainha dos Céus e lhe ofereceremos libações, como nós, nossos pais, nossos reis e nossos príncipes temos feito, nas cidades de Judá e nas ruas de Jerusalém; tínhamos fartura de pão, prosperávamos e não víamos mal algum.
18 तर हामीले स्वर्गकी रानीलाई धूप बाल्न र तिनलाई अर्घबलि चढाउन छोडेदेखि उसो, हामीलाई चाहिने कुरा हामीसँग केही पनि रहेन; अनि हामी तरवार र अनिकालले नष्‍ट भइरहेका छौँ।”
18 Mas, desde que cessamos de queimar incenso à Rainha dos Céus e de lhe oferecer libações, tivemos falta de tudo e fomos consumidos pela espada e pela fome.
19 ती स्त्रीहरूले थप्दै यसो भने, “जब हामीले स्वर्गकी रानीलाई धूप बाल्दा र तिनलाई अर्घबलि चढाउँदा के हाम्रा पतीहरूले हामीले तिनको मूर्तिको आकारमा फुरौला बनाउँदैछौँ, र तिनलाई अर्घबलि चढाउँदैछौँ भन्‍ने कुरा जान्दैनथिए र?”
19 Quando queimávamos incenso à Rainha dos Céus e lhe oferecíamos libações, acaso, lhe fizemos bolos que a retratavam e lhe oferecemos libações, sem nossos maridos?
20 तब यर्मियालाई जवाफ दिने पुरुषहरू र स्त्रीहरू सबैलाई तिनले यसो भने,
20 Então, disse Jeremias a todo o povo, aos homens e às mulheres, a todo o povo que lhe tinha dado esta resposta, dizendo:
21 “तिमीहरू, तिमीहरूका पितापुर्खाहरू, तिमीहरूका राजाहरू र तिमीहरूका अधिकारीहरूले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा जलाएको धूपको बारेमा के याहवेहले बिर्सनुभएको छ अनि के यो कुरा उहाँलाई थाहा छैन र?
21 Quanto ao incenso que queimastes nas cidades de Judá e nas ruas de Jerusalém, vós e vossos pais, os vossos reis e os vossos príncipes e o povo da terra, acaso, não se lembrou disso o Senhor , nem lhe andou isso pela mente?
22 जब तिमीहरूले गरेका तिमीहरूका दुष्‍ट र घिनलाग्दा कामहरूलाई याहवेहले अझ सहन सक्नुभएन, तब तिमीहरूको देश श्रापित भयो र कुनै बासिन्दा नरहने गरी उजाड भयो, जुन आजको दिनसम्म त्यस्तै छ।
22 O Senhor já não podia por mais tempo sofrer a maldade das vossas obras, as abominações que cometestes; pelo que a vossa terra se tornou deserta, um objeto de espanto e de desprezo e desabitada, como hoje se vê.
23 तिमीहरूले धूप बालेर याहवेहको विरुद्धमा पाप गरेका छौ, उहाँका आज्ञापालन गरेका छैनौ, र उहाँको व्यवस्थाका आदेशहरू अथवा उहाँका सल्‍लाहहरू अथवा नियमहरू पालन गरेका छैनौँ। यसकारण यो ठूलो विपत्ति तिमीहरूमाथि आएको छ, जुन विपत्ति आज तिमीहरू देख्दैछौ।”
23 Pois queimastes incenso e pecastes contra o Senhor , não obedecestes à voz do Senhor e na sua lei e nos seus testemunhos não andastes; por isso, vos sobreveio este mal, como hoje se vê.
24 त्यसपछि यर्मियाले सबै मानिसहरू र ती स्त्रीहरूलाई भने, “हे इजिप्टमा भएका सबै यहूदाका मानिसहरू हो, याहवेहको वचन सुन।
24 Disse mais Jeremias a todo o povo e a todas as mulheres: Ouvi a palavra do Senhor , vós, todo o Judá, que estais na terra do Egito:
25 सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: तिमीहरू र तिमीहरूका पत्नीहरूले जे गर्छौ भनी शपथ खाएका थियौ, ‘हामी स्वर्गकी रानीलाई धूप बाल्नेछौँ र अर्घबलि चढाउनेछौँ भनी हामीले खाएको शपथ हामी अवश्य पूरा गर्नेछौँ।’
25 Assim fala o Senhor dos Exércitos, o Deus de Israel, dizendo: Vós e vossas mulheres não somente fizestes por vossa boca, senão também que cumpristes por vossas mãos os vossos votos, a saber: Certamente cumpriremos os nossos votos, que fizemos, de queimar incenso à Rainha dos Céus e de lhe oferecer libações. Confirmai, pois, perfeitamente, os vossos votos, sim, cumpri-os.
26 तर इजिप्टमा बस्‍ने हे सबै यहूदीहरू हो, तिमीहरूले याहवेहको वचन सुन: ‘म मेरो महान् नामको शपथ खान्छु,’ याहवेह भन्‍नुहुन्छ, ‘इजिप्टको कुनै पनि ठाउँमा बस्‍ने यहूदाबाटका मानिसहरू कसैलाई पनि मेरो नाममा, “जीवित प्रभु याहवेहको नाममा शपथ खान्छु” भनेर कहिल्यै पुकार्न दिनेछैन, अथवा शपथ खान दिनेछैन।’
26 Portanto, ouvi a palavra do Senhor , vós, todo o Judá, que habitais na terra do Egito: Eis que eu juro pelo meu grande nome, diz o Senhor , que nunca mais será pronunciado o meu nome por boca de qualquer homem de Judá em toda a terra do Egito, dizendo: Tão certo como vive o Senhor Deus.
27 किनकि मैले तिनीहरूमाथि भलाइको निम्ति होइन, तर खराबीको निम्ति हेर्दैछु; तिनीहरू सबै पूरै नाश नभएसम्म इजिप्टमा रहेका यहूदीहरू तरवार र अनिकालले नष्‍ट हुनेछन्।
27 Eis que velarei sobre eles para mal e não para bem; todos os homens de Judá que estão na terra do Egito serão consumidos à espada e à fome, até que se acabem de todo.
28 तरवारबाट उम्कने थोरै मानिसहरू मात्र इजिप्टबाट यहूदाको देशमा फर्कनेछन्। तब इजिप्टमा बसोबास गर्न आउने यहूदाका सबै बाँकी रहेका अवशेषहरूले कसको वचन अटल रहनेछ—मेरो वा तिनीहरूको भनी जान्‍नेछन्।
28 Os que escaparem da espada tornarão da terra do Egito à terra de Judá, poucos em número; e todos os restantes de Judá que vieram à terra do Egito para morar saberão se subsistirá a minha palavra ou a sua.
29 “ ‘तिमीहरूका निम्ति चिन्ह यो हुनेछ, यस ठाउँमा म तिमीहरूलाई दण्ड दिनेछु;’ याहवेह घोषणा गर्नुहुन्छ, ‘ताकि तिमीहरूको विरुद्धमा खराबी गर्ने मेरो धम्की निश्‍चय नै पूरा हुनेछ।’
29 Isto vos será sinal de que eu vos castigarei neste lugar, diz o Senhor , para que saibais que certamente subsistirão as minhas palavras contra vós outros para mal.
30 याहवेह यसो भन्‍नुहुन्छ: ‘जसरी मैले यहूदाका राजा सिदकियाह र उसलाई मार्न चाहने शत्रु बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पिदिएँ, त्यसरी नै म इजिप्टको राजा फारो होप्रालाई पनि त्यसलाई मार्न चाहने शत्रुहरूका हातमा सुम्पिदिनेछु।’ ”
30 Eis o sinal, diz o Senhor : Eu entregarei o Faraó-Hofra, rei do Egito, nas mãos de seus inimigos, nas mãos dos que procuram a sua morte, como entreguei Zedequias, rei de Judá, nas mãos de Nabucodonosor, rei da Babilônia, que era seu inimigo e procurava tirar-lhe a vida.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jeremias 44, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.