Jeremias 42
npioncb (NPIONCB) vs NTLH
1 तब सेनाका सबै अधिकारीहरू, कारेहका छोरा योहानान, होशायाहका छोरा याजन्याह, र साना दर्जादेखि लिएर ठूला दर्जासम्मका सबै मानिसहरू
1 Então todos os chefes do exército e Joanã, filho de Careá, e Azarias , filho de Hosaías, e pessoas de todas as classes
2 अगमवक्ता यर्मियाकहाँ गएर तिनलाई भने, “कृपया, हाम्रो बिन्ती सुन्नुहोस् र हामी सबै बाँचेकाहरूका निम्ति याहवेह तपाईंका परमेश्वरसँग प्रार्थना गरिदिनुहोस्। किनकि तपाईं आफैँले अहिले देख्नुभएझैँ, हामी एक समयमा धेरै भए तापनि अहिले हामी सानो अवशेषको रूपमा छौँ।
2 vieram falar comigo. Disseram o seguinte: — Por favor, Jeremias, atenda o nosso pedido: ore ao
3 याहवेह तपाईंका परमेश्वरले हामीलाई कुन बाटो हिँड्नुपर्ने हो, र हामीले के गर्नुपर्ने हो, सो कुरा बताइदेऊन् भनी प्रार्थना गरिदिनुहोस्।”
3 Ore ao Senhor , seu Deus, para que mostre o caminho que devemos seguir e o que devemos fazer.
4 यर्मिया अगमवक्ताले जवाफ दिए, “मैले तिमीहरूका कुरा सुनेँ। निश्चय नै तिमीहरूले अनुरोध गरेझैँ म याहवेह तिमीहरूका परमेश्वरसँग प्रार्थना गर्नेछु। याहवेहले भन्नुभएको हरेक कुरा म तिमीहरूलाई बताउनेछु, र म तिमीहरूसँग कुनै पनि कुरा लुकाउनेछैनँ।”
4 Eu respondi: — Está bem! Vou orar ao
5 तब तिनीहरूले यर्मियालाई भने, “यदि हामीले याहवेह तपाईंका परमेश्वरले तपाईंलाई भन्न पठाउनुभएको हरेक कुराअनुसार गरेनौँ भने याहवेह नै हाम्रा विरुद्धमा साँचो र विश्वासयोग्य साक्षी होऊन्।
5 Então eles disseram: — Que o
6 याहवेह हाम्रा परमेश्वर, जसकहाँ हामी तपाईंलाई पठाइरहेका छौँ; उहाँको आज्ञा चाहे मनपर्ने होस् वा मन नपर्ने होस्, हामी सो पालन गर्नेछौँ, ताकि हाम्रो भलाइ होस्, किनकि हामी याहवेह हाम्रा परमेश्वरको आज्ञापालन गर्नेछौँ।”
6 Gostemos ou não dessas ordens, nós obedeceremos ao Senhor , nosso Deus, com quem você vai falar em nosso favor. Se obedecermos ao Senhor , tudo correrá bem para nós.
7 अनि दश दिनपछि याहवेहको वचन यर्मियाकहाँ आयो।
7 Dez dias depois, o Senhor Deus falou comigo.
8 यसकारण तिनले कारेहका छोरा योहानान र तिनीसँग भएका सेनाका सबै अधिकारीहरू र साना दर्जादेखि ठूला दर्जासम्मका सबै मानिसहरूलाई बोलाए।
8 Aí chamei Joanã, filho de Careá, e todos os chefes do exército que estavam com ele, e todo o povo — pessoas de todas as classes —
9 यर्मियाले तिनीहरूलाई भने, “याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, जसकहाँ तिमीहरूले मलाई आफ्ना बिन्ती चढाउन पठाएका थियौ:
9 e disse: — O
10 ‘यदि तिमीहरू यस देशमै रह्यौ भने म तिमीहरूलाई निर्माण गर्नेछु, तर तिमीहरूलाई भत्काउनेछैनँ। म तिमीहरूलाई रोप्नेछु, तर तिमीहरूलाई उखेल्नेछैनँ; किनकि मैले तिमीहरूमाथि ल्याएको ठूलो विपत्तिको कारण म दुःखित छु।
10 “Se vocês quiserem continuar a viver nesta terra, eu edificarei a nação e não a destruirei; plantarei e não arrancarei. A destruição que fiz cair sobre vocês me deixou muito triste.
11 बेबिलोनको राजा, जससँग तिमीहरू अहिले डराउँछौ, त्यससँग नडराओ। याहवेह घोषणा गर्नुहुन्छ, बेबिलोनको राजादेखि नडराओ; किनकि म तिमीहरूको साथमा छु र म तिमीहरूलाई बचाउनेछु। अनि तिमीहरूलाई उसको हातबाट छुटाउनेछु।
11 Não tenham mais medo do rei da Babilônia, pois estou com vocês. Eu os salvarei e os livrarei do poder dele. Sou eu, o Senhor , quem está falando.
12 म तिमीहरूमाथि दया देखाउनेछु, ताकि उसले तिमीहरूमाथि दया देखाउनेछ, र उसले तिमीहरूलाई तिमीहरूको देशमा पुनर्स्थापित गर्नेछ।’
12 Terei pena de vocês e farei com que ele também tenha e deixe que vivam nesta terra.”
13 “तापनि यदि तिमीहरूले यसो भन्यो भने, ‘हामी यस देशमा बस्नेछैनौँ;’ अनि यसरी याहवेह तिमीहरूका परमेश्वरको आज्ञापालन गरेनौ भने,
13 — ausente —
14 र यदि तिमीहरूले यसो भन्छौ भने, ‘होइन, हामी इजिप्टमा गएर बस्नेछौँ, जहाँ हामी युद्ध देख्नेछैनौँ, अथवा तुरहीको आवाज सुन्नेछैनौँ, अथवा रोटीको निम्ति भोको रहनेछैनौँ;’
14 — ausente —
15 त्यसकारण हे यहूदाका बाँकिरहेका मानिसहरू हो, याहवेहको वचन सुन। सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘यदि तिमीहरूले इजिप्टमा जान पक्का गरेका छौ र त्यहाँ बसोबास गर्न जान चाहन्छौ भने,
15 — ausente —
16 तब तिमीहरू डराएका ती तरवारले तिमीहरूलाई त्यस देशमा खेदेर भेट्टाउनेछ; अनि तिमीहरू डराएको अनिकालले तिमीहरूलाई इजिप्टसम्म पछ्याउनेछ, तब तिमीहरू त्यहीँ नै मर्नेछौ।
16 então vão ter de enfrentar a guerra, de que vocês têm medo. A fome que vocês temem vai segui-los, e vocês morrerão no Egito.
17 निश्चय नै इजिप्टमा गएर बसोबास गर्न चाहने सबै जना तरवार, अनिकाल र रूढीले मर्नेछन्। मैले तिनीहरूमाथि ल्याउने विपत्तिबाट तिनीहरूमध्ये एक जना पनि बाँच्नेछैन।’
17 Todos os que estiverem resolvidos a viver no Egito morrerão na guerra, ou de fome, ou de doença. Não sobrará ninguém; ninguém escapará da desgraça que farei cair sobre vocês.”
18 सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘जसरी मेरो रिस र क्रोध यरूशलेममा बस्नेहरूमाथि खन्याइएको छ, त्यसरी नै तिमीहरू इजिप्टमा जाँदा मेरो क्रोध तिमीहरूमाथि खनिनेछ। तिमीहरू श्राप र त्रास, दोष र निन्दाका पात्रहरू बन्नेछौ। तिमीहरूले यो ठाउँ फेरि कहिल्यै पनि देख्नेछैनौ।’
18 — O Senhor Todo-Poderoso, o Deus de Israel, diz: “Se vocês forem para o Egito, a minha ira e o meu furor cairão sobre vocês como caíram sobre o povo de Jerusalém. Vocês vão se tornar uma coisa horrível e espantosa. Os outros zombarão de vocês e usarão o seu nome para rogar pragas. E vocês nunca mais verão este lugar.”
19 “हे यहूदाका बाँकी रहेकाहरू हो, याहवेहले तिमीहरूलाई, ‘इजिप्टमा नजाओ,’ भन्नुभएको छ। तिमीहरूले यो कुरा स्पष्टसँग बुझिराख; आज म तिमीहरूलाई चेतावनी दिँदैछु;
19 E eu disse ainda: — O
20 किनकि तिमीहरूले मलाई याहवेह तिमीहरूका परमेश्वरकहाँ पठाएर ‘हाम्रा निम्ति याहवेह हाम्रा परमेश्वरसँग प्रार्थना गरिदिनुहोस्। उहाँले भन्नुभएको सबै कुरा हामीलाई बताइदिनुहोस्, र हामी त्यो पालन गर्नेछौँ,’ भनेर तिमीहरूले ठूलो भूल गरेका छौ।
20 Vocês estão cometendo um erro que pode lhes custar a vida. Vocês me mandaram falar com o Senhor , nosso Deus, e me disseram: “Ore ao Senhor por nós. Depois, conte-nos tudo o que ele disser que devemos fazer, e nós faremos.”
21 उहाँले तिमीहरूलाई भन्नू भनेर मलाई पठाउनुभएका सबै कुराहरू आज मैले तिमीहरूलाई बताएको छु, तर तिमीहरूले याहवेह आफ्ना परमेश्वरको आज्ञा अझै पनि पालन गरेका छैनौ।
21 Agora, eu lhes contei tudo, mas vocês não estão obedecendo ao Senhor , nosso Deus, em nada do que ele me mandou dizer.
22 यसकारण अब यो पक्का गरी जानिराख: जुन ठाउँमा तिमीहरू गएर बसोबास गर्न चाहन्छौ, त्यस ठाउँमा तिमीहरू तरवार, अनिकाल र रूढीले मर्नेछौ।”
22 Portanto, lembrem disto: vocês vão morrer na guerra, ou de fome, ou de doença na terra para onde querem ir e onde querem viver.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Jeremias 42, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.