Jeremias 41
npioncb (NPIONCB) vs NTLH
1 सातौँ महिनामा एलीशामाका नाति, नतन्याहका छोरा इश्माएल, जो राज घरानाका र राजाका अफिसरहरूमध्येका एक थिए; तिनले दश जना मानिसहरू लिएर मिस्पामा अहीकामका छोरा गदल्याहकहाँ आए। जब तिनीहरू सबै एकैसाथ त्यहाँ भोजन खाइरहेका थिए,
1 No sétimo mês daquele ano, Ismael, filho de Netanias e neto de Elisama, que era da família do rei, foi até Mispa com dez homens para encontrar-se com Gedalias. Enquanto estavam todos ali, tomando uma refeição juntos,
2 तब तिनीहरूसँग भएका नतन्याहका छोरा इश्माएल र दश जना मानिसहरू उठे, र बेबिलोनका राजाले त्यस देशमाथि राज्यपाल नियुक्त गरेका व्यक्ति शापानका नाति, अहीकामका छोरा गदल्याहलाई तरवारले प्रहार गरेर मारे।
2 Ismael e os dez homens que estavam com ele pegaram as suas espadas e mataram Gedalias. Assim mataram aquele que tinha sido posto pelo rei da Babilônia como governador do país.
3 इश्माएलले मिस्पामा गदल्याहसँग भएका सबै यहूदी र त्यहाँ भएका बेबिलोनी सेनाहरूलाई पनि मारे।
3 Ismael também matou todos os judeus que estavam com Gedalias em Mispa e os soldados babilônios que estavam lá.
4 गदल्याहको हत्याको भोलिपल्ट त्यस घटनाको बारेमा कसैले थाहा पाउनुअगि नै
4 No dia seguinte, antes que alguém soubesse que Gedalias tinha sido morto,
5 शेकेम, शीलो र सामरियाबाट आफ्ना दाह्री खौरेका, आफ्ना लुगा च्यातेका र आफ्ना शरीरलाई चिरा-चिरा पारेर काटेका असी जना मानिसहरू आफूसँग अन्नबलि र धूप लिएर याहवेहको भवनमा आए।
5 chegaram ali oitenta homens. Eles vinham de Siquém, Siló e Samaria. Estavam com a barba raspada e as roupas rasgadas e tinham feito cortes no corpo. Eles traziam cereais e incenso para oferecer a Deus, o Senhor , no Templo.
6 नतन्याहका छोरा इश्माएल मिस्पाबाट तिनीहरूलाई भेट्न रुँदै आए। अनि तिनले उनीहरूलाई भेटेर भने, “अहीकामका छोरा गदल्याहकहाँ आओ।”
6 Então Ismael saiu chorando de Mispa e foi encontrar-se com eles. Quando chegou perto deles, disse: — Entrem e venham ver Gedalias.
7 जब तिनीहरू सहरभित्र गए, तब नतन्याहका छोरा इश्माएल र तिनीसँग भएका दश जना मानिसहरूले तिनीहरूलाई मारे, र तिनीहरूलाई खाडलभित्र फ्याँकिदिए।
7 Quando eles entraram na cidade, Ismael e os seus homens os mataram e jogaram os corpos num poço.
8 तर तिनीहरूमध्ये दश जनाले इश्माएललाई भने, “हामीलाई नमार्नुहोस्! हामीले खेतमा गहुँ, जौ, जैतुन तेल र मह लुकाइराखेका छौँ।” यसकारण तिनले तिनीहरूलाई छोडिदिए, र तिनीहरूलाई अरूसँगै मारेनन्।
8 Mas havia no grupo dez homens que disseram a Ismael: — Não nos mate! Temos trigo, Aí ele desistiu e não os matou como havia feito com os seus companheiros.
9 जुन खाडलमा तिनले गदल्याहसँगै अरू मानिसहरूलाई पनि मारेर तिनीहरूका मृत शरीरहरू फ्याँकेका थिए, त्यो खाडल राजा आसाले इस्राएलका राजा बाशाको आक्रमणबाट बच्न भनी बनाएका थिए। तर नतन्याहका छोरा इश्माएलले त्यसलाई लासैलासले भरिदिए।
9 Era grande o poço em que Ismael jogou os corpos dos homens que ele havia matado. O rei Asa o havia cavado para se prevenir contra os ataques do rei Baasa, de Israel. Ismael encheu esse poço com os corpos dos homens que haviam sido mortos.
10 तब मिस्पामा भएका बाँकी रहेका मानिसहरू, राजाका छोरीहरू र त्यहाँ छोडिएका सबै मानिसहरू, जसमाथि राजकीय सेनापति नबूजरदानले अहीकामका छोरा गदल्याहलाई नियुक्त गरेका थिए, तिनीहरू सबैलाई इश्माएलले कैदी बनाए। नतन्याहका छोराले तिनीहरूलाई कैदी बनाएर अम्मोनीहरूको इलाकामा जानलाई हिँडे।
10 E depois Ismael partiu para o país de Amom, levando como prisioneiros as filhas do rei e todo o resto do povo que estava em Mispa. O comandante-geral Nebuzaradã tinha deixado Gedalias como o responsável por essa gente.
11 जब कारेहका छोरा योहानान र तिनीसँग भएका सेनाका सबै अधिकारीहरूले नतन्याहका छोरा इश्माएलले गरेका सबै अपराधहरूको बारेमा सुने;
11 Joanã, filho de Careá, e todos os chefes do exército que estavam com ele ouviram falar do crime que Ismael havia cometido.
12 तब तिनीहरूले आफ्ना सबै मानिसहरू लिएर नतन्याहका छोरा इश्माएलसँग लडाइँ गर्न गए। तिनीहरूले इश्माएललाई गिबोनमा भएको ठूलो पोखरीको नजिकै भेट्टाए।
12 Então reuniram os seus soldados e foram combater contra Ismael. Eles o alcançaram perto do grande poço de Gibeão.
13 जब इश्माएलसँग भएका सबै मानिसहरूले कारेहका छोरा योहानान र तिनीसँग भएका सबै सेनाका अधिकारीहरूलाई देखे, तब तिनीहरू आनन्दित भए।
13 Quando os prisioneiros de Ismael viram Joanã e os chefes do exército com ele, ficaram alegres.
14 इश्माएलले मिस्पाबाट कैद गरेर ल्याएका सबै मानिसहरू कारेहका छोरा योहानानतिर फर्केर गए।
14 Aí viraram e correram para o lado de Joanã.
15 तर नतन्याहका छोरा इश्माएल र तिनका आठ जना मानिसहरू योहानानबाट उम्केर अम्मोनीहरूको देशमा भागेर गए।
15 Mas Ismael e oito dos seus homens escaparam de Joanã e fugiram para o país de Amom.
16 तब कारेहका छोरा योहानान र तिनीसँग भएका सेनाका सबै अधिकारीहरूले मिस्पाबाट बाँचेर आएका सबै मानिसहरूलाई फर्काएर लगे, जसलाई नतन्याहका छोरा इश्माएलले गदल्याहलाई मारेपछि बन्दी बनाएका थिए। इश्माएलबाट योहानानले तिनीहरूलाई छुटाएर ल्याएका थिए। ती मानिसहरू यिनै थिए: सेनाहरू र अहीकामले गिबोनबाट ल्याएका स्त्रीहरू, केटाकेटीहरू र अदालतका अधिकारीहरू।
16 Então Joanã e os chefes do exército que estavam com ele reuniram os soldados, as mulheres, as crianças e os eunucos que Ismael havia levado de Mispa como prisioneiros, depois de ter matado Gedalias. Assim reuniram a gente que Joanã havia tomado de Ismael em Gibeão
17 अनि तिनीहरू बेबिलोनीहरूदेखि उम्कन इजिप्ट जाने बाटोमा बेथलेहेमको छेउमा गेरूत किमहाममा बास बसे।
17 e partiram, parando um pouco em Gerute-Quimã, perto de Belém. Eles queriam ir até o Egito
18 तिनीहरू बेबिलोनीहरूसँग डराएका थिए; किनकि नतन्याहका छोरा इश्माएलले अहीकामका छोरा गदल्याहलाई मारेका थिए, जसलाई बेबिलोनका राजाले देशमाथि राज्यपाल नियुक्त गरेका थिए।
18 para fugir dos babilônios. Estavam com medo deles porque Ismael tinha matado Gedalias, aquele que havia sido posto como governador do país pelo rei da Babilônia.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Jeremias 41, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.