Jeremias 40
npioncb (NPIONCB) vs NVT
1 राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले यर्मियालाई रामा सहरमा छोडिसकेपछि याहवेहको वचन यर्मियाकहाँ आयो। तिनले यर्मियालाई बेबिलोनमा कैद गरेर लगिन लागेका यरूशलेम र यहूदाका कैदीहरूसँग साङ्लाले बाँधिएको अवस्थामा भेट्टाएका थिए।
1 O S enhor deu uma mensagem a Jeremias depois que Nebuzaradã, capitão da guarda, o pôs em liberdade em Ramá. Ele havia encontrado Jeremias acorrentado entre todos os prisioneiros de Jerusalém e Judá que estavam sendo levados para o exílio na Babilônia.
2 जब अङ्गरक्षकका सेनापति नबूजरदानले यर्मियालाई भेट्टाए, तब नबूजरदानले उनलाई भने, “याहवेह तपाईंका परमेश्वरले यस ठाउँमाथि यो विपत्ति ल्याउने घोषणा गर्नुभएको थियो।
2 O capitão da guarda mandou chamar Jeremias e disse: “O S enhor , seu Deus, trouxe esta calamidade sobre esta terra.
3 अनि अहिले याहवेहले यो कुरा हुन दिनुभएको छ; उहाँले जे गर्छु भन्नुभएको थियो, त्यो गर्नुभएको छ। किनकि तपाईंहरूले याहवेहको विरुद्धमा पाप गर्नुभएको छ र उहाँको आज्ञापालन गर्नुभएको छैन।
3 O S enhor cumpriu o que tinha dito, pois esse povo pecou contra o S enhor e lhe desobedeceu. Por isso aconteceram todas essas coisas.
4 तर आज म तपाईंलाई तपाईंका हातको साङ्लाबाट मुक्त गरिदिँदैछु। यदि तपाईंलाई इच्छा लाग्यो भने मसँग बेबिलोनमा आउनुहोस्, र म तपाईंको हेरचाह गर्नेछु; तर यदि तपाईं आउन चाहनुहुन्न भने नआउनुहोला। हेर्नुहोस्, सारा देश तपाईंको सामु छ, तपाईंलाई जहाँ जान ठिक लाग्छ, त्यहीँ जानुहोस्।”
4 Mas eu vou tirar suas correntes e libertá-lo. Se quiser ir comigo para a Babilônia, está bem. Providenciarei que cuidem de você. Se não quiser ir, fique aqui. Toda a terra está diante de você; vá para onde quiser.
5 अनि यर्मिया जान लाग्दा नबूजरदानले थपेर भने, “शापानका नाति, अहीकामका छोरा गदल्याहकहाँ फर्केर जानुहोस्, जसलाई बेबिलोनका राजाले यहूदाका सहरहरूमाथि राज्यपाल नियुक्त गर्नुभएको छ। अनि तिनीसँग मानिसहरूबीच तपाईं बस्न सक्नुहुन्छ, अथवा तपाईंलाई जहाँ जान ठिक लाग्छ, त्यहीँ जान सक्नुहुन्छ।”
5 Se resolver ficar, volte para Gedalias, filho de Aicam e neto de Safã. O rei da Babilônia o nomeou governador de Judá. Fique com o povo que ele governa. E, se quiser ir para algum outro lugar, faça o que lhe parecer melhor”. Então Nebuzaradã, capitão da guarda, deu a Jeremias um pouco de alimento e dinheiro e o deixou partir.
6 यसकारण यर्मिया अहीकामका छोरा गदल्याहकहाँ मिस्पा सहरमा गए, र तिनीसँगै देशमा बाँकी रहेका मानिसहरूसँग बस्न लागे।
6 Jeremias voltou para Gedalias, filho de Aicam, em Mispá, e habitou em Judá com os poucos que haviam ficado na terra.
7 बेबिलोनका राजाले अहीकामका छोरा गदल्याहलाई त्यस देशका राज्यपाल नियुक्त गरेका छन्; र त्यहाँका मानिसहरू, स्त्रीहरू र केटाकेटीहरू, जो देशमा गरिब थिए, र तिनीहरूलाई बेबिलोनमा कैद गरेर लगिएको थिएन; अनि ती सबै तिनको जिम्मामा छन् भनेर जब त्यस बस्तीमा आत्मसमर्पण नगरी बसिरहेका सेनाका केही अधिकारीहरू र तिनीहरूका मानिसहरूले सुने,
7 Os comandantes dos grupos de soldados que estavam no interior de Judá souberam que o rei da Babilônia havia nomeado Gedalias, filho de Aicam, para governar o povo pobre que tinha ficado em Judá, isto é, os homens, as mulheres e as crianças que não haviam sido enviados para o exílio na Babilônia.
8 तब तिनीहरू, नतन्याहका छोरा इश्माएल, कारेहका छोराहरू योहानान र जोनाथन, तन्हूमेतका छोरा सरायाह, नतोपाती एपैका छोराहरू, माकातीका छोरा याजन्याह, र तिनीहरूका मानिसहरू मिस्पामा गदल्याहकहाँ आए।
8 Então foram ver Gedalias em Mispá. Entre eles estavam Ismael, filho de Netanias, Joanã e Jônatas, filhos de Careá, Seraías, filho de Tanumete, os filhos de Efai, o netofatita, Jazanias, filho do maacatita, e todos os seus homens.
9 शापानका नाति, अहीकामका छोरा गदल्याहले तिनीहरूलाई र तिनीहरूका मानिसहरूलाई आश्वासन दिन फेरि यो शपथ खाएर तिनले भने, “बेबिलोनीहरूको सेवा गर्न नडराओ। देशमा बसोबास गर, र बेबिलोनका राजाको सेवा गर, तब तिमीहरूको भलो हुनेछ।
9 Gedalias jurou a eles que os babilônios não tinham intenção de lhes fazer mal. “Não tenham medo de servi-los. Vivam na terra e sirvam ao rei da Babilônia, e tudo lhes irá bem”, ele prometeu.
10 म आफैँचाहिँ हामीहरूकहाँ आउने बेबिलोनीहरूका अगाडि तिमीहरूको प्रतिनिधित्व गरेर मिस्पामा बस्नेछु, तर तिमीहरूले चाहिँ दाखमद्यको निम्ति कालो अङ्गुर, ग्रीष्म ऋतुका फलहरू र जैतुन तेलका कटनी गरेर आफ्ना भाँडाहरूमा भण्डारण गर, र तिमीहरूले कब्जा गरेका सहरहरूमा बस।”
10 “Quanto a mim, ficarei em Mispá e os representarei diante dos babilônios que vierem se encontrar conosco. Estabeleçam-se nas cidades que tomaram e vivam dos frutos da terra. Colham uvas, frutas de verão e azeitonas e armazenem tudo.”
11 जब मोआब, अम्मोन, एदोम र अरू सबै प्रान्तहरूका यहूदीहरूले बेबिलोनका राजाले यहूदामा केही इस्राएलीहरूलाई रहन दिएका छन् र शापानका नाति, अहीकामका छोरा गदल्याहलाई तिनीहरूमाथि राज्यपाल नियुक्त गरिदिएका छन् भन्ने कुरा सुने;
11 Quando os judeus em Moabe, Amom, Edom e outras terras vizinhas souberam que o rei da Babilônia tinha deixado um remanescente do povo em Judá e que Gedalias era o governador,
12 तब तिनीहरू सबै छरपस्ट भएका प्रान्तहरूबाट यहूदाको देशमा गदल्याहकहाँ मिस्पामा फर्केर आए। अनि तिनीहरूले अङ्गुर र ग्रीष्म ऋतुका फलहरू प्रशस्त कटनी गरेर जम्मा गरे।
12 começaram a voltar para Judá dos lugares para os quais haviam fugido. Pararam em Mispá, onde se encontraram com Gedalias. Depois, seguiram para os campos em Judá e tiveram uma farta colheita de uvas e frutas de verão.
13 त्यसपछि कारेहका छोरा योहानान र खुल्ला मैदानमा भएका सेनाका सबै अधिकारीहरू मिस्पा सहरमा गदल्याहकहाँ आए;
13 Algum tempo depois, Joanã, filho de Careá, e os outros comandantes dos soldados que estavam no interior foram até Gedalias, em Mispá,
14 अनि तिनलाई भने, “के अम्मोनीहरूका राजा बालीसले नतन्याहका छोरा इश्माएललाई तपाईंको ज्यान लिन पठाएका छन् भन्ने कुरा तपाईंलाई थाहा छैन?” तर अहीकामका छोरा, गदल्याहले तिनीहरूको कुरामा विश्वास नै गरेनन्।
14 e lhe disseram: “Você sabia que Baalis, rei de Amom, enviou Ismael, filho de Netanias, para assassiná-lo?”. Gedalias, porém, não acreditou neles.
15 तब कारेहका छोरा योहानानले मिस्पामा गदल्याहलाई एकान्तमा भने, “मलाई जान दिनुहोस्, र नतन्याहका छोरा इश्माएललाई मार्न दिनुहोस्; अनि कसैले पनि यो कुरा थाहा पाउनेछैन। त्यसलाई किन तपाईंको प्राण लिन दिने र तपाईंका वरिपरि भेला भएका यहूदीहरूलाई फेरि छरपस्ट हुन दिने र यहूदामा बाँकी रहेकाहरूलाई नष्ट हुन किन दिने?”
15 Mais tarde, Joanã falou com Gedalias em particular e se ofereceu para matar Ismael em segredo. “Por que deixar que ele venha e mate você?”, Joanã perguntou. “O que será, então, dos judeus que voltaram? Se isso acontecer, os poucos que restaram ficarão espalhados e perdidos.”
16 तर अहीकामका छोरा गदल्याहले कारेहका छोरा योहानानलाई भने, “तिमीले यस्तो काम नगर! तिमीले इश्माएलको बारेमा भनेको कुरा सत्य होइन।”
16 Gedalias, porém, disse a Joanã: “Eu o proíbo de fazer isso, pois você está mentindo a respeito de Ismael”.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Jeremias 40, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.