Jeremias 33
npioncb (NPIONCB) vs VC
1 यर्मिया पहरेदार चोकमा थुनिएको बेलामा याहवेहको वचन दोस्रोपल्ट तिनीकहाँ आयो:
1 Pela segunda vez, enquanto Jeremias ainda estava detido no átrio da prisão, foi-lhe dirigida a palavra do Senhor nestes termos:
2 “याहवेह यसो भन्नुहुन्छ, उहाँ, जसले पृथ्वी बनाउनुभयो, याहवेह जसले पृथ्वीको आकार बनाउनुभयो र पृथ्वीलाई स्थापित गर्नुभयो—उहाँको नाम याहवेह हो:
2 Eis o que diz o Senhor que criou {a terra}, que a modelou e consolidou e cujo nome é Javé:
3 ‘मलाई पुकार् र म तँलाई जवाफ दिनेछु; अनि तैँले नजानेका महान् र गुप्त कुराहरू म तँलाई बताउनेछु।’
3 invoca-me, e te responderei, revelando-te grandes coisas misteriosas que ignoras.
4 किनकि बेबिलोनीहरूको घेराबन्दी र तरवारको विरुद्धमा भएको प्रतिरोधको लडाइँमा भत्काइएका यस सहरका घरहरू र यहूदाका राजकीय महलहरूको बारेमा याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ,
4 Portanto, eis o que diz o Senhor, Deus de Israel, a propósito das casas da cidade e dos palácios dos reis de Judá que foram demolidos para dar lugar às fortificações e às armas dos caldeus,
5 बेबिलोनीहरूसँगको लडाइँमा: ‘मैले आफ्नो रिस र क्रोधमा मारेका मानिसहरूका लासहरूले ती भवन र घरहरू भरिनेछन्। यस सहरका सबै दुष्टताको कारण म यस सहरबाट आफ्नो अनुहार लुकाउनेछु।
5 vindos para combater, e para enchê-las de cadáveres dos homens que firo em minha cólera, e por cuja malícia desviei minha face dessa cidade.
6 “ ‘तापनि म यस सहरमा फेरि स्वस्थता र चङ्गाइ ल्याउनेछु, र म मेरा मानिसहरूलाई फेरि निको पार्नेछु; अनि तिनीहरूलाई प्रशस्त शान्ति र सुरक्षा उपभोग गर्न दिनेछु।
6 Vou pensar-lhes as feridas e curá-las, e proporcionar-lhes abundância de felicidade e segurança.
7 म यहूदा र इस्राएललाई कैदबाट फर्काएर ल्याउनेछु, र तिनीहरूलाई पहिलेजस्तै फेरि म पुनर्निर्माण गर्नेछु।
7 Transformarei a sorte de Judá e de Israel, e fá-los-ei voltar ao que eram outrora.
8 तिनीहरूले मेरो विरुद्धमा गरेका सबै अपराधबाट म तिनीहरूलाई शुद्ध पार्नेछु। मेरो विरुद्धमा तिनीहरूले गरेका सबै पाप र विद्रोहहरूलाई क्षमा गर्नेछु।
8 Purificá-los-ei de todos os pecados que contra mim cometeram, e lhes perdoarei todas as iniqüidades de que se tornaram culpados, revoltando-se contra mim.
9 तब यस यरूशलेम सहरको निम्ति मैले गरेका सबै भलाइका कुराहरू सुनेर यस पृथ्वीका सबै जातिहरूको सामु यस सहरले मलाई ख्याति, आनन्द, प्रशंसा र सम्मान ल्याउनेछ। अनि मैले यस यरूशलेमको निम्ति दिएको प्रशस्त उन्नति र शान्तिको कारण मानिसहरू डराएर थरथर काम्नेछन्।’
9 Será para mim motivo de alegria, felicidade e glória diante de todas as nações da terra, o saberem todo o bem com que agraciei meu povo. Ficarão tomadas de receio e temor por causa desse bem e da prosperidade de que vou cumulá-lo.
10 “याहवेह यसो भन्नुहुन्छ: ‘तिमीहरू यस ठाउँको बारेमा भन्दछौ, यो त कुनै मानिस र पशुप्राणीहरू नभएको उजाड ठाउँ हो। यद्यपि यरूशलेमका सडकहरू र यहूदाका सहरहरू, जो कुनै मानिस, कुनै बासिन्दा नभएका र त्यागिएका उजाड छन्,
10 Eis o que diz o Senhor: neste lugar, do qual dizeis que não passa de um deserto sem homens nem animais; nas cidades de Judá e nas ruas de Jerusalém devastadas, onde homem algum habita, nem um animal se encontra, ouvir-se-ão novamente
11 एक पटक फेरि आनन्द र हर्षको सोर, दुलहा र दुलहीका आवाजहरू; अनि याहवेहको भवनमा धन्यवादको भेटी लिएर आउनेहरूका सोरहरू सुनिनेछन्, जसले यसो भन्नेछन्,
11 gritos de alegria, cânticos de júbilo, a voz do esposo e da esposa, aclamações daqueles que cantarão: louvai o Senhor dos exércitos, pois que ele é bom e eterna a sua misericórdia, ao apresentarem no templo seus sacrifícios de ação de graças, pois que restituirei a terra tal qual era outrora - oráculo do Senhor.
12 “सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘यो उजाड ठाउँ मानिसहरू र पशुप्राणीहरू नभएको ठाउँमा—यस देशका सबै सहरमा गोठालाहरूका निम्ति तिनीहरूका बगालहरू विश्राम गर्ने खर्कहरू फेरि हुनेछन्।
12 Eis o que diz o Senhor dos exércitos: Neste lugar que é deserto, sem homens nem animais, e em todas as suas cidades, haverá novamente abrigos para os pastores que apascentarão seus rebanhos.
13 यहूदाको सहरहरूमा, यरूशलेमका चारैपट्टिका गाउँहरूमा, बेन्यामीनका इलाकामा, पश्चिमी पहाडका तराई, बेँसी र दक्षिणका पहाडी इलाकाका सहरहरूमा गोठालाहरूले फेरि भेडाबाख्राहरूका बगालहरू गन्नेछन्, याहवेह यसो भन्नुहुन्छ।
13 Nas cidades das montanhas, nas da planície e nas do Negeb, na terra de Benjamim, nos arredores de Jerusalém e nas cidades de Judá hão de passar ainda rebanhos pela mão do que os conta - oráculo do Senhor.
14 “ ‘हेर, ती दिनहरू आउँदैछन्, याहवेह घोषणा गर्नुहुन्छ, ‘जब म इस्राएलको घराना र यहूदाको घरानासित मैले गरेका असल प्रतिज्ञाहरू पूरा गर्नेछु।
14 Eis que outros dias virão.
15 “ ‘ती दिनहरूमा र त्यस समयमा
15 E nesses dias e nesses tempos farei nascer de Davi um rebento justo que exercerá o direito e a eqüidade na terra.
16 ती दिनहरूमा यहूदा बचाइनेछ,
16 Naqueles dias e naqueles tempos viverá Jerusalém em segurança e será chamada Javé-nossa-justiça.
17 किनकि याहवेह यसो भन्नुहुन्छ: ‘इस्राएलको घरानाको सिंहासनमा बस्न दावीदलाई कुनै दिन पनि मानिसको अभाव हुनेछैन;
17 Porque diz o Senhor: Não faltará jamais a Davi um sucessor para ocupar o trono da Casa de Israel.
18 न त लेवी पुजारीहरूले होमबलि चढाउन, अन्नबलि जलाउन र बलिदानहरू चढाउन मेरो सामु खडा हुने मानिसको कहिल्यै अभाव हुनेछ।’ ”
18 E, diante de mim, não faltarão jamais descendentes aos sacerdotes e aos levitas para oferecer os holocaustos, queimar as oferendas e celebrar o sacrifício cotidiano.
19 याहवेहको वचन यर्मियाकहाँ आयो:
19 Nestes termos foi a palavra do Senhor dirigida a Jeremias:
20 “याहवेह यसो भन्नुहुन्छ: ‘यदि तिमीहरूले दिन र रातसँग मेरो करार भङ्ग गर्न सक्यौ, र दिन र रात तिनीहरूको तोकिएको समयमा प्रकट भएनन् भने,
20 Eis o que disse o Senhor: se puderdes romper o meu pacto com o dia e a noite, de sorte que dia e noite não surjam no devido tempo,
21 तब मात्र मेरो सेवक दावीदसँगको मेरो करार, लेवीहरू र पुजारीहरू, जो मेरो सामु रहेर सेवा गर्छन्, तिनीहरूसँगको मेरो करार भङ्ग हुन सक्छ; यहाँसम्म कि दावीदको सिंहासनमा शासन गर्नलाई उसको कुनै सन्तान हुनेछैन।
21 então poderá ser rompido o pacto que fiz com Davi, meu servo, e não terá ele filho que lhe ocupe o trono, e com os sacerdotes e levitas, meus ministros.
22 म आफ्नो सेवक दावीद र मेरो सामु सेवा गर्ने लेवीहरूका सन्तानहरूलाई आकाशका गन्न नसकिने ताराहरू र समुद्रका किनारमा भएका बालुवा जोखिन नसकिनेजस्तै बढाइदिनेछु।’ ”
22 À semelhança do exército celestial, que se não pode enumerar, e como a areia do mar, que se não pode medir, assim multiplicarei a posteridade de Davi, meu servo, e os levitas, meus ministros.
23 याहवेहको वचन यर्मियाकहाँ आयो:
23 Foi a palavra do Senhor dirigida a Jeremias nestes termos:
24 “के यी मानिसहरूले ‘याहवेहले आफूले चुन्नुभएका दुई राज्य यहूदा र इस्राएललाई त्यागिदिनुभएको छ’ भनिरहेको कुरा के तैँले ख्याल गरेको छैनस्? यसकारण ती मानिसहरूले मेरा मानिसहरूलाई घृणा गर्छन् र तिनीहरूलाई एक राष्ट्रको रूपमा ठान्दैनन्।
24 Não reparaste nas palavras que proferem esses homens? As duas famílias, dizem eles, que pelo Senhor haviam sido eleitas, foram por ele repelidas! É assim que desprezam meu povo, a ponto de, a seus olhos, não constituir mais uma nação.
25 याहवेह यसो भन्नुहुन्छ: ‘यदि मैले दिन र रातसँग आफ्नो करार स्थापित गरेको होइन भने साथै आकाश र पृथ्वीका नियमहरू तोकिदिएको होइन भने,
25 Eis o que diz o Senhor: se não firmei pacto com o dia e a noite, nem regulei as leis do céu e da terra,
26 म याकोब र मेरो सेवक दावीदका सन्तानहरूलाई तिरस्कार गर्नेछु। अनि त्यसको सन्तानको कुनै पनि छोरालाई अब्राहाम, इसहाक र याकोबका सन्तानमाथि शासन गर्नलाई म चुन्नेछैनँ। तर म तिनीहरूलाई कैदबाट फर्काएर तिनीहरूको समृद्धि पनि फर्काइदिनेछु र तिनीहरूमाथि दया देखाउनेछु।’ ”
26 então poderei rejeitar a raça de Jacó e de Davi, meu servo, e abster-me de escolher da sua descendência os chefes para a raça de Abraão, de Isaac e de Jacó! Pois hei de lhes melhorar a sorte, e deles me apiedarei.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Jeremias 33, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.