Jeremias 11

npioncb (NPIONCB) vs NVI

Sair da comparação
NVI Nova Versão Internacional
1 यर्मियाकहाँ आएको याहवेहको वचन यही हो:
1 Esta é a palavra que veio a Jeremias da parte do Senhor:
2 “यस करारका शर्तहरू सुन्। अनि ती यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरूलाई भन्।
2 "Ouçam os termos desta aliança; e, você, repita-os ao povo de Judá e aos habitantes de Jerusalém.
3 याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ भनी तिनीहरूलाई भन्: ‘यस करारका शर्तहरू पालन नगर्ने मानिस श्रापित होस्,
3 Diga-lhes que assim diz o Senhor, o Deus de Israel: ‘Maldito é aquele que não obedecer aos termos desta aliança,
4 अर्थात् ती शर्तहरू, जुन मैले तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट, फलाम पगाल्ने भट्टीबाट निकालेर ल्याउँदा तिनीहरूलाई आज्ञा गरेको थिएँ।’ मैले भनेँ, ‘मलाई र मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुराहरू पालन गर्‍यौ भने तिमीहरू मेरा मानिसहरू हुनेछौ, र म तिमीहरूका परमेश्‍वर हुनेछु।
4 os quais ordenei aos antepassados de vocês, quando eu os tirei do Egito, da fornalha de fundir ferro’. Eu disse: Obedeçam-me e façam tudo o que lhes ordeno, e vocês serão o meu povo, e eu serei o seu Deus.
5 तब तिमीहरूका पितापुर्खाहरूलाई दूध र मह बग्ने देश दिनेछु’ भनी मैले तिनीहरूसित शपथ खाएर बाँधेको प्रतिज्ञा पूरा गर्नेछु; त्यही देश, जुन आज तिमीहरूको अधिकारमा छ।”
5 Então cumprirei a promessa que fiz sob juramento aos antepassados de vocês, de dar-lhes uma terra onde manam leite e mel, a terra que vocês hoje possuem". Então respondi: "Amém, Senhor".
6 याहवेहले मलाई भन्‍नुभयो, “यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा यी सबै वचनहरू घोषणा गर्: ‘करारका यी वचनहरू सुन र ती वचनहरू पालन गर।
6 O Senhor me disse: "Proclame todas estas palavras nas cidades de Judá e nas ruas de Jerusalém: ‘Ouçam os termos desta aliança e cumpram-nos.
7 “मेरो आज्ञापालन गर,” भनेर मैले तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट ल्याएको समयदेखि आजसम्म मैले तिनीहरूलाई बारम्बार चेतावनी दिँदैआएको छु।
7 Desde a época em que tirei os seus antepassados do Egito até hoje, repetidas vezes os adverti, dizendo: Obedeçam-me.
8 तर तिनीहरूले सुनेनन्, अथवा ध्यानै दिएनन्; बरु तिनीहरू आफ्नै दुष्‍ट हृदयको हठीपनामा लागिरहे। त्यसैले तिनीहरूले पालन नगरेको हुनाले मैले तिनीहरूलाई पालन गर्नलाई दिएको करारका सबै सरापहरू तिनीहरूमाथि ल्याएँ।’ ”
8 Mas eles não me ouviram nem me deram atenção; pelo contrário, seguiram os seus corações duros e maus. Por isso eu trouxe sobre eles todas as maldições desta aliança, que eu tinha ordenado que cumprissem, mas que eles não cumpriram’ ".
9 तब याहवेहले मलाई भन्‍नुभयो, “यहूदाका मानिसहरू र यरूशलेममा बस्‍नेहरूले मेरो विरुद्धमा एउटा षड्यन्त्र रचेका छन्।
9 Então o Senhor me disse: "Há uma conspiração entre o povo de Judá e os habitantes de Jerusalém.
10 तिनीहरू आफ्ना पितापुर्खाहरूका पापमा फर्किगएका छन्, जसले मेरो वचन सुन्‍न इन्कार गरेका थिए। तिनीहरू अन्य देवताहरूका पछि लागेका छन् र तिनीहरूको सेवा गरेका छन्। मैले तिनीहरूका पितापुर्खाहरूसित बाँधेको करारलाई इस्राएल र यहूदा दुवैले भङ्ग गरेका छन्।
10 Eles retornaram aos pecados de seus antepassados, que recusaram das ouvidos às minhas palavras e seguiram outros deuses para prestar-lhes culto. Tanto a comunidade de Israel como a de Judá quebraram a aliança que eu fiz com os antepassados deles".
11 यसकारण याहवेह यसो भन्‍नुहुन्छ: ‘म तिनीहरू उम्कनै नसक्ने गरी तिनीहरूमाथि विपत्ति ल्याउनेछु। तिनीहरूले सहायताका निम्ति पुकार गरे तापनि म तिनीहरूको पुकार सुन्‍नेछैनँ।
11 Por isso, assim diz o Senhor: "Trarei sobre eles uma desgraça da qual não poderão escapar. Ainda que venham a clamar a mim, eu não os ouvirei.
12 तब यहूदाका र यरूशलेमका मानिसहरू जानेछन् र तिनीहरूले धूप बालेका देवताहरूकहाँ पुकार्नेछन्, तर विपत्ति आइपर्दा ती देवताहरूले कुनै पनि सहायता गर्न सक्दैनन्।
12 Então as cidades de Judá e os habitantes de Jerusalém clamarão aos deuses, aos quais queimam incenso, mas eles não poderão salvá-los quando a desgraça os atingir.
13 हे यहूदा, तँसित जति सहरहरू छन्, त्यति नै देवताहरू छन्; अनि तैँले त्यस लाजमर्दो बाल-देवताको निम्ति धूप बाल्न खडा गरेका वेदीहरू त्यति नै छन्, जति यरूशलेमका सडकहरू छन्।’
13 Você tem tantos deuses quantas são as suas cidades, ó Judá; e os altares que você construiu para queimar incenso àquela coisa vergonhosa chamada Baal são tantos quantas são as ruas de Jerusalém.
14 “यी मानिसहरूका निम्ति प्रार्थना नगर्, न त कुनै विलौना अथवा बिन्ती नै गर्; किनकि तिनीहरूको विपत्तिको समयमा तिनीहरूले सहायताका निम्ति मेरो पुकार गर्दा म सुन्‍नेछैनँ।
14 "E você, Jeremias, não ore em favor desse povo nem ofereça súplica ou petição alguma por eles, porque eu não ouvirei quando clamarem a mim na hora da desgraça. "
15 “मेरो मन्दिरमा मेरी प्रिय के गर्दैछे,
15 "O que a minha amada faz no meu templo, com intenção enganosa? Será que os votos e a carne consagrada evitarão o castigo? Poderá você, então, exultar? "
16 याहवेहले तँलाई मौलाएको
16 O Senhor a chamou de oliveira verdejante, ornada de belos e bons frutos. Mas com o estrondo de um grande tumulto, ele a incendiará, e os seus ramos serão quebrados.
17 सेनाहरूका याहवेह, जसले तँलाई रोप्नुभयो, उहाँले तेरो विरुद्धमा विपत्तिको आदेश दिनुभएको छ; किनकि इस्राएल र यहूदाका मानिसहरूले बाल-देवतालाई धूपहरू बालेर दुष्‍ट काम गरेका छन् र मलाई रिस उठाएका छन्।
17 O Senhor dos Exércitos, que a plantou, anunciou-lhe desgraça, porque a comunidade de Israel e a comunidade de Judá fizeram o que é reprovável e provocaram a minha ira, queimando incenso a Baal.
18 किनभने याहवेहले मलाई तिनीहरूको षड्यन्त्र प्रकट गरिदिनुभयो; अनि मैले त्यो थाहा पाएँ; किनकि त्यस बेला तिनीहरूले जे गरिरहेका थिए, उहाँले मलाई देखाउनुभयो।
18 Fiquei sabendo porque o Senhor me revelou; tu me mostraste o que eles estavam fazendo.
19 तर म त मारिनलाई लगिएको एउटा सुधो थुमाजस्तो थिएँ; तिनीहरूले मलाई यसो भन्दै षड्यन्त्र रचेको मलाई थाहै थिएन,
19 Eu era como um cordeiro manso levado ao matadouro; não tinha percebido que tramavam contra mim, dizendo: "Destruamos a árvore e a sua seiva, vamos cortá-lo da terra dos viventes para que o seu nome não seja mais lembrado".
20 तर तपाईं सेनाहरूका याहवेह, जसले धार्मिकतासाथ न्याय गर्नुहुन्छ;
20 Ó Senhor dos Exércitos, justo juiz que provas o coração e a mente, espero ver a tua vingança sobre eles, pois a ti expus a minha causa.
21 यसकारण “याहवेहको नाममा अगमवाणी नगर्, नत्रता तँ हाम्रो हातबाट मर्नेछस्,” भन्दै तेरो प्राण लिन खोज्ने अनातोतका मानिसहरूको बारेमा याहवेह यसो भन्‍नुहुन्छ:
21 Em vista disso, assim diz o Senhor a respeito dos homens de Anatote que querem tirar a sua vida, e que dizem: "Não profetize em nome do Senhor, se não nós o mataremos";
22 यसकारण सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “म तिनीहरूलाई दण्ड दिनेछु। तिनीहरूका जवान मानिसहरू तरवारले र तिनीहरूका छोरीहरूचाहिँ अनिकालले मर्नेछन्।
22 assim diz o Senhor dos Exércitos: "Eu os castigarei. Seus jovens morrerão à espada; seus filhos e suas filhas, de fome.
23 अनातोतका मानिसहरू कोही पनि बाँकी रहनेछैनन्; किनकि तिनीहरूलाई दण्ड दिने वर्षमा म अनातोतका मानिसहरूमाथि सर्वनाश ल्याउनेछु।”
23 Nem mesmo um remanescente lhes restará, porque trarei a desgraça sobre os homens de Anatote no ano do seu castigo".

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jeremias 11, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.