João 9
npioncb (NPIONCB) vs VC
1 त्यहाँबाट जाँदै गर्नुहुँदा येशूले एउटा जन्मैदेखिको दृष्टिविहीनलाई देख्नुभयो।
1 Caminhando, viu Jesus um cego de nascença.
2 उहाँका चेलाहरूले उहाँलाई सोधे, “गुरुज्यू, कसले पाप गर्यो, यो मानिसले कि यसका आमाबुबाले, जसको कारण यो दृष्टिविहीन जन्म्यो?”
2 Os seus discípulos indagaram dele: Mestre, quem pecou, este homem ou seus pais, para que nascesse cego?
3 येशूले भन्नुभयो, “न यसले, न त यसका आमाबुबाले पाप गरे, तर यस मानिसमा परमेश्वरको काम प्रकट होस् भन्ने हेतुले यसो भएको हो।
3 Jesus respondeu: Nem este pecou nem seus pais, mas é necessário que nele se manifestem as obras de Deus.
4 दिन छँदा नै हामीले मलाई पठाउनुहुनेको काम गर्नुपर्छ। रात आउँदैछ, जब कसैले काम गर्न सक्दैन।
4 Enquanto for dia, cumpre-me terminar as obras daquele que me enviou. Virá a noite, na qual já ninguém pode trabalhar.
5 म संसारमा रहुन्जेल संसारको ज्योति म नै हुँ।”
5 Por isso, enquanto estou no mundo, sou a luz do mundo.
6 यी कुराहरू भनेर उहाँले भुइँमा थुक्नुभयो, र सो थुकले माटो मुछेर त्यस मानिसको आँखामा लगाइदिनुभयो।
6 Dito isso, cuspiu no chão, fez um pouco de lodo com a saliva e com o lodo ungiu os olhos do cego.
7 उहाँले त्यसलाई भन्नुभयो, “जाऊ, सिलोआमको पोखरीमा गएर पखाल” (सिलोआमको अर्थ “पठाइएको” हो)। त्यो मानिस गयो र पखाल्यो, र देख्ने भएर घर फर्किआयो।
7 Depois lhe disse: Vai, lava-te na piscina de Siloé {esta palavra significa emissário}. O cego foi, lavou-se e voltou vendo.
8 त्यसका छिमेकीहरू र त्यसलाई भीख मागिरहेको देख्ने अरूहरूले आपसमा सोध्न लागे, “बसेर भीख माग्ने मानिस के यही होइन र?”
8 Então os vizinhos e aqueles que antes o tinham visto mendigar perguntavam: Não é este aquele que, sentado, mendigava?
9 कतिले ऊ त्यही मानिस हो भन्ने दाबी गरे।
9 Respondiam alguns: É ele. Outros contestavam: De nenhum modo, é um parecido com ele. Ele, porém, dizia: Sou eu mesmo.
10 तिनीहरूले त्यसलाई सोधे, “तेरा आँखा कसरी खोलिए त?”
10 Perguntaram-lhe, então: Como te foram abertos os olhos?
11 त्यसले जवाफ दियो, “येशू भन्ने एक जना मानिसले माटो मुछेर मेरा आँखामा लगाइदिनुभयो। उहाँले मलाई सिलोआममा गएर पखाल्न अह्राउनुभयो। तब म गएँ, र पखालेँ, र म देख्न सक्ने भएँ।”
11 Respondeu ele: Aquele homem que se chama Jesus fez lodo, ungiu-me os olhos e disse-me: Vai à piscina de Siloé e lava-te. Fui, lavei-me e vejo.
12 तिनीहरूले त्यसलाई सोधे, “ती मानिस कहाँ छन् त?”
12 Interrogaram-no: Onde está esse homem? Respondeu: Não o sei.
13 पहिले दृष्टिविहीन भएको त्यस मानिसलाई तिनीहरूले फरिसीहरूकहाँ ल्याए।
13 Levaram então o que fora cego aos fariseus.
14 येशूले माटो मुछेर त्यस मानिसको आँखा खोलिदिनुभएको त्यो शब्बाथ दिन थियो।
14 Ora, era sábado quando Jesus fez o lodo e lhe abriu os olhos.
15 त्यसकारण फरिसीहरूले कसरी आँखा देख्ने भइस् भनी त्यसलाई पनि सोधपुछ गरे। त्यस मानिसले जवाफ दियो, “उहाँले माटो मुछेर मेरा आँखामा लगाइदिनुभयो, र मैले पखालेँ; अनि अहिले म देख्न सक्ने भएको छु।”
15 Os fariseus indagaram dele novamente de que modo ficara vendo. Respondeu-lhes: Pôs-me lodo nos olhos, lavei-me e vejo.
16 फरिसीहरूमध्ये कसैले भने, “यो मानिस परमेश्वरबाट आएको होइन; किनकि यसले शब्बाथ दिन पालन गर्दैन।”
16 Diziam alguns dos fariseus: Este homem não é o enviado de Deus, pois não guarda sábado. Outros replicavam: Como pode um pecador fazer tais prodígios? E havia desacordo entre eles.
17 अन्त्यमा तिनीहरूले फेरि त्यस दृष्टिविहीनलाई सोधे, “उसको विषयमा तँ के भन्छस्? उसले खोलिदिएको आँखा त तेरो हो।”
17 Perguntaram ainda ao cego: Que dizes tu daquele que te abriu os olhos? É um profeta, respondeu ele.
18 यहूदी अगुवाहरूले त्यस दृष्टि पाउनेको आमाबुबालाई बोलाएर नसोधेसम्म, त्यो मानिस दृष्टिविहीन थियो र त्यसले दृष्टि पायो भन्ने अझै पनि विश्वास गरेनन्।
18 Mas os judeus não quiseram admitir que aquele homem tivesse sido cego e que tivesse recobrado a vista, até que chamaram seus pais.
19 तिनीहरूले त्यसका आमाबुबालाई सोधे, “के यो तिमीहरूको छोरा हो? तिमीहरूले दृष्टिविहीन जन्मेको भनी यसैलाई भनेको हो? यसले अब कसरी देख्न सक्ने भयो त?”
19 E os interrogaram: É este o vosso filho? Afirmais que ele nasceu cego? Pois como é que agora vê?
20 त्यसका आमाबुबाले जवाफ दिए, “यो हाम्रै छोरा हो, र यो दृष्टिविहीन नै जन्मेको थियो भनेर हामी जान्दछौँ।
20 Seus pais responderam: Sabemos que este é o nosso filho e que nasceu cego.
21 तर अहिले यो कसरी देख्न सक्ने भयो, अथवा कसले यसका आँखा खोलिदियो, सो हामी जान्दैनौँ। यसको उमेर पुगिसकेको छ, यसैलाई सोध्नुहोस्। आफ्नो विषयमा यो आफैँ भन्न सक्छ।”
21 Mas não sabemos como agora ficou vendo, nem quem lhe abriu os olhos. Perguntai-o a ele. Tem idade. Que ele mesmo explique.
22 यहूदी अगुवाहरूसँग डराएका हुनाले त्यसका आमाबुबाले यसो भनेका थिए; किनकि यहूदी अगुवाहरूले यदि कसैले येशूलाई उहाँ ख्रीष्ट हुनुहुन्छ भनी स्वीकार गर्यो भने त्यसलाई सभाघरबाट निकालिनेछ भनी पहिल्यै निर्णय गरिसकेका थिए।
22 Seus pais disseram isso porque temiam os judeus, pois os judeus tinham ameaçado expulsar da sinagoga todo aquele que reconhecesse Jesus como o Cristo.
23 त्यसैले त्यसका आमाबुबाले भने, “यसको उमेर पुगिसकेको छ, यसैलाई सोध्नुहोस्।”
23 Por isso é que seus pais responderam: Ele tem idade, perguntai-lho.
24 तिनीहरूले त्यस दृष्टिविहीन मानिसलाई दोस्रोपल्ट फेरि बोलाएर भने, “परमेश्वरलाई महिमा दे। हामी जान्दछौँ, त्यो मानिस पापी हो।”
24 Tornaram a chamar o homem que fora cego, dizendo-lhe: Dá glória a Deus! Nós sabemos que este homem é pecador.
25 त्यसले जवाफ दियो, “उहाँ पापी हुनुहुन्छ वा हुनुहुन्न, त्यो म जान्दिनँ। तर एउटा कुरा म जान्दछु। म दृष्टिविहीन थिएँ, तर अब देख्ने भएको छु!”
25 Disse-lhes ele: Se esse homem é pecador, não o sei... Sei apenas isto: sendo eu antes cego, agora vejo.
26 तब तिनीहरूले त्यसलाई सोधे, “उसले तँलाई के गर्यो? उसले कसरी तेरा आँखा खोलिदियो?”
26 Perguntaram-lhe ainda uma vez: Que foi que ele te fez? Como te abriu os olhos?
27 त्यसले भन्यो, “मैले तपाईंहरूलाई अगि नै भनिसकेँ, तर तपाईंहरूले सुन्नुभएन। अब फेरि किन सुन्न चाहनुहुन्छ? के तपाईंहरू पनि उहाँका चेला बन्न चाहनुहुन्छ?”
27 Respondeu-lhes: Eu já vo-lo disse e não me destes ouvidos. Por que quereis tornar a ouvir? Quereis vós, porventura, tornar-vos também seus discípulos?...
28 तब तिनीहरूले त्यसलाई निन्दा गर्दै भने, “तँ पो त्यसको चेलो होस्! हामी त मोशाका चेला हौँ!
28 Então eles o cobriram de injúrias e lhe disseram: Tu que és discípulo dele! Nós somos discípulos de Moisés.
29 परमेश्वर मोशासँग बोल्नुभएको कुरा हामीलाई थाहा छ; तर यस मानिसको विषयमा यो कहाँबाट आएको हो भन्ने कुरासमेत हामी जान्दैनौँ।”
29 Sabemos que Deus falou a Moisés, mas deste não sabemos de onde ele é.
30 त्यस मानिसले भन्यो, “कस्तो अचम्मको कुरा! तपाईंहरूले उहाँ कहाँबाट आउनुभएको हो भनेर पनि जान्नुहुन्न; तापनि उहाँले मेरा आँखा खोलिदिनुभयो।
30 Respondeu aquele homem: O que é de admirar em tudo isso é que não saibais de onde ele é, e entretanto ele me abriu os olhos.
31 हामी जान्दछौँ, परमेश्वरले पापीहरूका कुरा सुन्नुहुन्न, तर उहाँले परमेश्वरका भक्त र उहाँको इच्छा पालन गर्ने मानिसका कुरा सुन्नुहुन्छ।
31 Sabemos, porém, que Deus não ouve a pecadores, mas atende a quem lhe presta culto e faz a sua vontade.
32 आजसम्म कसैले जन्मैको दृष्टिविहीनको आँखा खोलिदिएको कुरा कहिल्यै सुनिएको छैन।
32 Jamais se ouviu dizer que alguém tenha aberto os olhos a um cego de nascença.
33 यदि उहाँ परमेश्वरबाट नआउनुभएको भए उहाँले केही गर्न सक्नुहुनेथिएन।”
33 Se esse homem não fosse de Deus, não poderia fazer nada.
34 यस कुरामा तिनीहरूले त्यसलाई यसरी जवाफ दिए, “तँ त पूर्णतया पापमा जन्मिएको थिइस्, र पनि अब के हामीलाई सिकाउन खोज्छस्?” त्यसपछि तिनीहरूले त्यसलाई बाहिर निकालिदिए।
34 Responderam-lhe eles: Tu nasceste todo em pecado e nos ensinas?... E expulsaram-no.
35 तिनीहरूले त्यसलाई बाहिर निकालिदिए भनी येशूले सुन्नुभयो, र त्यसलाई भेट्टाएपछि भन्नुभयो, “के तिमी मानिसको पुत्रमाथि विश्वास गर्दछौ?”
35 Jesus soube que o tinham expulsado e, havendo-o encontrado, perguntou-lhe: Crês no Filho do Homem?
36 त्यस मानिसले सोध्यो, “हजुर, उहाँ को हुनुहुन्छ? मलाई भनिदिनुहोस्, र म उहाँमाथि विश्वास गर्नेछु।”
36 Respondeu ele: Quem é ele, Senhor, para que eu creia nele?
37 येशूले भन्नुभयो, “तिमीले उसलाई देखेका छौ, वास्तवमा तिमीसँग बोलिरहने म उही नै हुँ।”
37 Disse-lhe Jesus: Tu o vês, é o mesmo que fala contigo!
38 तब त्यस मानिसले भन्यो, “प्रभु, म विश्वास गर्दछु,” अनि त्यसले उहाँलाई दण्डवत् गर्यो।
38 Creio, Senhor, disse ele. E, prostrando-se, o adorou.
39 येशूले भन्नुभयो, “म न्यायका लागि यस संसारमा आएँ, ताकि दृष्टिविहीनहरूले देखून्, र जसले देख्छन्, तिनीहरूचाहिँ दृष्टिविहीन होऊन्।”
39 Jesus então disse: Vim a este mundo para fazer uma discriminação: os que não vêem vejam, e os que vêem se tornem cegos.
40 उहाँसँगै हुने कोही-कोही फरिसीहरूले उहाँले यसो भन्नुभएको सुनेर सोधे, “के भन्यौ? के हामी पनि दृष्टिविहीन हौँ?”
40 Alguns dos fariseus, que estavam com ele, ouviram-no e perguntaram-lhe: Também nós somos, acaso, cegos?...
41 येशूले भन्नुभयो, “यदि तिमीहरू दृष्टिविहीन भएका भए तिमीहरू पापको दोषी हुने थिएनौ; तर तिमीहरूले हामी देख्छौँ भनी दाबी गरेका कारण तिमीहरूको दोष रहिरहन्छ।
41 Respondeu-lhes Jesus: Se fôsseis cegos, não teríeis pecado, mas agora pretendeis ver, e o vosso pecado subsiste.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar João 9, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.