João 7
npioncb (NPIONCB) vs ARC
1 यसपछि येशू गालीलमा नै घुमफिर गरिरहनुभयो। उहाँले यहूदियाबाट अलग्गै रहने मनसायले नै यसो गर्नुभयो। किनकि त्यहाँका यहूदी अगुवाहरूले उहाँलाई मार्न पर्खिरहेका थिए।
1 E, depois disso, Jesus andava pela Galileia e já não queria andar pela Judeia, pois os judeus procuravam matá-lo.
2 तर यहूदीहरूको छाप्रोबासको चाड नजिकै थियो।
2 E estava próxima a festa dos judeus chamada de Festa dos Tabernáculos.
3 येशूका भाइहरूले उहाँलाई भने, “तपाईं यो ठाउँ छोडेर यहूदिया जानुहोस्, जसबाट तपाईंले गर्नुभएका शक्तिशाली कामहरू तपाईंका चेलाहरूले पनि देखून्।
3 Disseram-lhe, pois, seus irmãos: Sai daqui e vai para a Judeia, para que também os teus discípulos vejam as obras que fazes.
4 समाजमा ख्याति प्राप्त गर्न चाहने कसैले पनि गुप्तमा काम गर्दैन। तपाईंले यी कामहरू गर्दै हुनुहुन्छ, त्यसकारण आफूलाई संसारमा प्रकट गराउनुहोस्।”
4 Porque não há ninguém que procure ser conhecido que faça coisa alguma em oculto. Se fazes essas coisas, manifesta-te ao mundo.
5 किनकि उहाँका आफ्नै भाइहरूले पनि उहाँमाथि विश्वास गर्दैनथिए।
5 Porque nem mesmo seus irmãos criam nele.
6 त्यसकारण येशूले तिनीहरूलाई भन्नुभयो, “मेरो लागि अझै ठिक समय आएको छैन, तर तिमीहरूका निम्ति सबै समय ठिकै हुन्छ।
6 Disse-lhes, pois, Jesus: Ainda não é chegado o meu tempo, mas o vosso tempo sempre está pronto.
7 संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन, तर मलाई घृणा गर्दछ। किनकि यसले जे गर्दैछ, त्यो दुष्ट काम हो भनी मैले त्यसको साक्षी दिन्छु।
7 O mundo não vos pode odiar, mas ele me odeia a mim, porquanto dele testifico que as suas obras são más.
8 तिमीहरू चाडमा जाओ, म अहिले यस चाडमा जान्नँ। किनकि मेरो निम्ति ठिक समय अझै आएको छैन।”
8 Subi vós a esta festa; eu não subo ainda a esta festa, porque ainda o meu tempo não está cumprido.
9 यी कुराहरू भन्नुभएपछि उहाँ गालीलमा नै रहनुभयो।
9 E, havendo-lhes dito isso, ficou na Galileia.
10 तर उहाँका भाइहरू चाडमा गए, यसैले उहाँ पनि खुल्लमखुल्ला होइन, तर गुप्त रूपमा त्यहाँ जानुभयो।
10 Mas, quando seus irmãos já tinham subido à festa, então, subiu ele também não manifestamente, mas como em oculto.
11 चाडमा यहूदीहरूले उहाँलाई खोज्दै, “ती मानिस कहाँ छन्?” भनी सोधिरहेका थिए।
11 Ora, os judeus procuravam-no na festa e diziam: Onde está ele?
12 भीडहरूका बीचमा उहाँको विषयमा व्यापक खासखुस भइरहेको थियो। कतिले भन्थे, “तिनी असल मानिस हुन्।”
12 E havia grande murmuração entre a multidão a respeito dele. Diziam alguns: Ele é bom. E outros diziam: Não; antes, engana o povo.
13 तर यहूदी अगुवाहरूका डरको कारणले गर्दा कसैले पनि उहाँको विषयमा खुल्लमखुल्ला केही भन्दैनथिए।
13 Todavia, ninguém falava dele abertamente, por medo dos judeus.
14 अब चाड आधा-आधी भइसकेपछि येशू मन्दिरका चोकहरूमा जानुभयो, र शिक्षा दिन थाल्नुभयो।
14 Mas, no meio da festa, subiu Jesus ao templo e ensinava.
15 यहूदीहरूले छक्क परेर सोधे, “केही अध्ययन नै नगरी पनि यिनले यस्तो ज्ञान कसरी प्राप्त गरे?”
15 E os judeus maravilhavam-se, dizendo: Como sabe este letras, não as tendo aprendido?
16 येशूले जवाफ दिनुभयो, “मेरो शिक्षा मेरो आफ्नै होइन। यो त उहाँबाट आउँछ, जसले मलाई पठाउनुभयो।
16 Jesus respondeu e disse-lhes: A minha doutrina não é minha, mas daquele que me enviou.
17 यदि कसैले परमेश्वरको इच्छा पालन गर्न चाहन्छ भने मेरो शिक्षा परमेश्वरतर्फबाट आएको हो, अथवा म आफैँले बोलेको हुँ, सो उसले थाहा पाउनेछ।
17 Se alguém quiser fazer a vontade dele, pela mesma doutrina, conhecerá se ela é de Deus ou
18 जसले आफ्नै तर्फबाट बोल्छ, त्यसले आफ्नै आदर खोज्न त्यसो गर्छ। तर जसले उसलाई पठाउनुहुनेको आदरको निम्ति काम गर्छ, त्यो सत्यको मानिस हो। उसमा केही झूट हुँदैन।
18 Quem fala de si mesmo busca a sua própria glória, mas o que busca a glória daquele que o enviou, esse é verdadeiro, e não há nele injustiça.
19 के मोशाले तिमीहरूलाई व्यवस्था दिएका छैनन् र? तापनि तिमीहरूमध्ये एउटैले पनि व्यवस्था पालन गर्दैनौ। तिमीहरू मलाई किन मार्न खोज्छौ?”
19 Não vos deu Moisés a lei? E nenhum de vós observa a lei. Por que procurais matar-me?
20 भीडले जवाफ दियो, “तिमीलाई भूत लागेको छ। कसले तिमीलाई मार्न खोज्दैछ र?”
20 A multidão respondeu e disse: Tens demônio; quem procura matar-te?
21 येशूले तिनीहरूलाई भन्नुभयो, “मैले एउटा अचम्मका काम गरेँ, र तिमीहरू सबै छक्क पर्दछौ।
21 Respondeu Jesus e disse-lhes: Fiz uma obra, e todos vos maravilhais.
22 तर मोशाले तिमीहरूलाई खतनाको रीति दिए। (हुन त त्यो मोशाबाट होइन, तर पितापुर्खाहरूबाट हो।) यसकारण तिमीहरूले शब्बाथ दिनमा बालकको खतना गर्दछौ।
22 Pelo motivo de que Moisés vos deu a circuncisão (não que fosse de Moisés, mas dos pais), no sábado circuncidais um homem.
23 अब यदि मोशाको व्यवस्था भङ्ग नहोस् भनेर शब्बाथको दिनमा समेत बालकको खतना गर्न सकिन्छ भने मैले एक जना मानिसलाई शब्बाथ दिनमा निको पारेको कारण तिमीहरू मसँग किन रिसाउँछौ?
23 Se o homem recebe a circuncisão no sábado, para que a lei de Moisés não seja quebrantada, indignais-vos contra mim, porque, no sábado, curei de todo um homem?
24 केवल मुख हेरेर न्याय गर्न छोड, र ठिक न्याय गर।”
24 Não julgueis segundo a aparência, mas julgai segundo a reta justiça.
25 तब यरूशलेमका बासिन्दाहरूमध्ये कतिले भन्न लागे, “के तिनीहरूले मार्न खोजेका व्यक्ति यिनी नै होइनन् र?
25 Então, alguns dos de Jerusalém diziam: Não é este o que procuram matar?
26 अनि यिनी त त्यहीँ छन्, र खुल्लमखुल्ला बोल्दैछन्। तर तिनीहरूले यिनलाई एक शब्द पनि भन्दैनन्। के अधिकार प्राप्त मानिसहरूले पनि यिनी नै ख्रीष्ट हुन् भनी साँच्चै ठहर गरे कि कसो?
26 E ei-lo aí está falando abertamente, e nada lhe dizem. Porventura, sabem, verdadeiramente, os príncipes, que este é o Cristo?
27 तर यी मानिस कहाँबाटका हुन् भनी हामीलाई थाहा छ; तर ख्रीष्ट आउनुहुँदा उहाँ कहाँबाट हुनुहुन्छ भनी कसैलाई थाहा हुनेछैन।”
27 Todavia, bem sabemos de onde este é; mas, quando vier o Cristo, ninguém saberá de onde ele é.
28 तब अझै पनि मन्दिरको चोकमा शिक्षा दिँदै रहनुहुँदा येशूले उच्च सोरले भन्नुभयो, “तिमीहरू मलाई पक्कै चिन्दछौ, र म कहाँको हुँ भनी तिमीहरू जान्दछौ; म यहाँ आफ्नै इच्छाले आएको होइनँ, तर जसले मलाई पठाउनुभयो उहाँ सत्य हुनुहुन्छ। तिमीहरूले उहाँलाई चिन्दैनौ।
28 Clamava, pois, Jesus no templo, ensinando e dizendo: Vós me conheceis e sabeis de onde sou; e eu não vim de mim mesmo, mas aquele que me enviou é verdadeiro, o qual vós não conheceis.
29 तर म उहाँलाई चिन्दछु। किनकि म उहाँबाट आएको हुँ, र उहाँले मलाई पठाउनुभएको हो।”
29 Mas eu conheço-o, porque dele sou, e ele me enviou.
30 यो सुनेर तिनीहरूले उहाँलाई पक्रन खोजे, तर कसैले पनि उहाँमाथि हात हालेन। किनकि उहाँको समय अझै आइपुगेको थिएन।
30 Procuravam, pois, prendê-lo, mas ninguém lançou mão dele, porque ainda não era chegada a sua hora.
31 तर पनि भीडका धेरै मानिसहरूले उहाँमाथि विश्वास गरे। तिनीहरूले भने, “जब ख्रीष्ट आउनुहुन्छ, के उहाँले यी मानिसले भन्दा पनि बढी अलौकिक चिन्हहरू गर्नुहोला र?”
31 E muitos da multidão creram nele e diziam: Quando o Cristo vier, fará ainda mais sinais do que os que este tem feito?
32 भीडले उहाँको विषयमा यस्तो चर्चा गरेको कुरा फरिसीहरूले सुने। त्यसपछि मुख्य पुजारीहरू र फरिसीहरूले उहाँलाई पक्रनका लागि मन्दिरका पहरेदारहरूलाई पठाए।
32 Os fariseus ouviram que a multidão murmurava dele essas coisas; e os fariseus e os principais dos sacerdotes mandaram servidores para o prenderem.
33 येशूले भन्नुभयो, “म अब केही समयको निम्ति मात्र तिमीहरूसँग रहन्छु, र त्यसपछि मलाई पठाउनुहुनेकहाँ जानेछु।
33 Disse-lhes, pois, Jesus: Ainda um pouco de tempo estou convosco e, depois, vou para aquele que me enviou.
34 तिमीहरूले मलाई खोज्नेछौ, तर भेट्टाउनेछैनौ। म जहाँ हुन्छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।”
34 Vós me buscareis e não
35 यहूदीहरूले आपसमा भने, “यी मानिस कहाँ जान लाग्दैछन्, र हामी यिनलाई भेट्टाउनेछैनौँ? के यिनी ग्रीकहरूका बीचमा छरिएर बसेका हाम्रा मानिसहरूकहाँ जान, र ग्रीकहरूलाई शिक्षा दिन चाहन्छन्?
35 Disseram, pois, os judeus uns para os outros: Para onde irá este, que o não acharemos? Irá, porventura, para os dispersos entre os gregos e ensinará os gregos?
36 यिनले यसो भन्नुको अर्थ के हो? ‘तिमीहरूले मलाई खोज्नेछौ, तर भेट्टाउनेछैनौ’ र ‘म जहाँ हुन्छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ?’ ”
36 Que palavra é esta que disse: Buscar-me-eis e não me achareis; e: Aonde eu estou, vós não podeis ir?
37 चाडको अन्तिम र प्रमुख दिनमा येशू उभिएर उच्च सोरमा भन्नुभयो, “यदि कोही तिर्खाउँछ भने ऊ मकहाँ आओस् र पिओस्।
37 E, no último dia, o grande dia da festa, Jesus pôs-se em pé e clamou, dizendo: Se alguém tem sede, que venha a mim e beba.
38 जसले ममाथि विश्वास गर्छ, धर्मशास्त्रले भनेअनुसार तिनीहरूका अन्तस्करणबाट जिउँदो पानीका नदीहरू बगेर निस्कनेछन्।”
38 Quem crê em mim, como diz a Escritura, rios de água viva correrão do seu ventre.
39 यो कुरा उहाँले पवित्र आत्माको विषयमा भन्नुभएको थियो, जसलाई उहाँमाथि विश्वास गर्नेहरूले प्राप्त गर्न लागेका थिए। त्यस बेलासम्म पवित्र आत्मा दिइएको थिएन। किनकि येशू अझैसम्म महिमित हुनुभएको थिएन।
39 E isso disse ele do Espírito, que haviam de receber os que nele cressem; porque o Espírito Santo ainda não fora dado, por ainda Jesus não ter sido glorificado.
40 उहाँका वचन सुनेर भीडमा भएका मानिसहरूमध्ये कतिले भने, “निश्चय नै यी मानिस अगमवक्ता हुन्।”
40 Então, muitos da multidão, ouvindo essa palavra, diziam: Verdadeiramente, este é o Profeta.
41 अरूहरूले भने, “उहाँ ख्रीष्ट हुनुहुन्छ।”
41 Outros diziam: Este é o Cristo; mas diziam outros: Vem, pois, o Cristo da Galileia?
42 के धर्मशास्त्रमा ख्रीष्ट दावीदको वंशबाट र दावीदकै सहर बेथलेहेमबाट आउनेछन् भनी लेखिएको छैन र?”
42 Não diz a Escritura que o Cristo vem da descendência de Davi e de Belém, da aldeia de onde era Davi?
43 यसरी येशूका कारण मानिसहरूका बीचमा फाटो आयो।
43 Assim, entre o povo havia dissensão por causa dele.
44 कति मानिसहरूले उहाँलाई पक्रन चाहन्थे, तर उहाँमाथि कसैले पनि हात हालेन।
44 E alguns deles queriam prendê-lo, mas ninguém lançou mão dele.
45 अन्त्यमा मन्दिरका पहरेदारहरू मुख्य पुजारीहरू र फरिसीहरूकहाँ फर्केर गए। तिनीहरूले यिनीहरूलाई सोधे, “तिमीहरूले त्यसलाई किन ल्याएनौ?”
45 E os servidores foram ter com os principais dos sacerdotes e fariseus; e eles lhes perguntaram: Por que o não trouxestes?
46 पहरेदारहरूले जवाफ दिए, “यस मानिसले जस्तो त कुनै पनि मानिसले कहिल्यै बोलेन।”
46 Responderam os servidores: Nunca homem algum falou assim como este homem.
47 फरिसीहरूले खिसी गर्दै भने, “त्यसको मतलब तिमीहरू पनि बहकिन पुग्यौ, होइन त?
47 Responderam-lhes, pois, os fariseus: Também vós fostes enganados?
48 के शासकहरू अथवा फरिसीहरूमध्ये कसैले येशूमाथि विश्वास गरेको छ र?
48 Creu nele, porventura, algum dos principais ou dos fariseus?
49 तर यो भीड, जसले व्यवस्था जान्दैनन्, तिनीहरू श्रापित छन्।”
49 Mas esta multidão, que não sabe a lei, é maldita.
50 निकोदेमस, जो पहिले येशूकहाँ गएका थिए, जो तिनीहरूमध्येकै एक थिए; तिनले भने,
50 Nicodemos, que era um deles (o que de noite fora ter com Jesus ), disse-lhes:
51 “के हाम्रो व्यवस्थाले कसैलाई उसले के गरिरहेको छ भनी जान्नको लागि नजाँची र सुनुवाइ नै नगरी दोषी ठहराउँछ र?”
51 Porventura, condena a nossa lei um homem sem primeiro o ouvir e ter conhecimento do que faz?
52 तिनीहरूले जवाफ दिए, “के तिमी पनि गालीलकै हौ? धर्मशास्त्रमा खोजेर हेर, र तिमीले थाहा पाउनेछौ। किनभने गालीलबाट कुनै अगमवक्ता निस्कँदैन।”
52 Responderam eles e disseram-lhe: És tu também da Galileia? Examina e verás que da Galileia nenhum profeta surgiu.
53 त्यसपछि सबै जना आ-आफ्ना घरतिर गए।
53 E cada um foi para sua casa.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar João 7, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.