João 17

npioncb (NPIONCB) vs NVT

Sair da comparação
NVT Nova Versão Transformadora
1 यी कुराहरू येशूले भनिसक्नुभएपछि उहाँले स्वर्गतिर हेर्नुभयो र प्रार्थना गर्नुभयो:
1 Depois de dizer todas essas coisas, Jesus olhou para o céu e orou: “Pai, chegou a hora. Glorifica teu Filho, para que ele te glorifique,
2 किनकि तपाईंले दिनुभएका हरेकलाई उसले अनन्त जीवन दिन सकोस् भनेर तपाईंले उसलाई यस पृथ्वीका सबै मानिसहरूमाथि अधिकार दिनुभएको छ।
2 pois tu lhe deste autoridade sobre toda a humanidade. Ele concede vida eterna a cada um daqueles que lhe deste.
3 अनन्त जीवन यही हो: तिनीहरूले तपाईं एक मात्र सत्य परमेश्‍वरलाई र तपाईंले पठाउनुभएको येशू ख्रीष्‍टलाई चिनून्।
3 E a vida eterna é isto: conhecer a ti, o único Deus verdadeiro, e a Jesus Cristo, a quem enviaste ao mundo.
4 तपाईंले मलाई अह्राउनुभएको प्रत्येक काम गरेर मैले तपाईंलाई पृथ्वीमा महिमा दिएको छु।
4 Eu te glorifiquei aqui na terra, completando a obra que me deste para realizar.
5 हे पिता, तपाईंको सामु मलाई त्यो महिमाले महिमित गराउनुहोस्, जुन महिमा संसारको सृष्‍टिअगि तपाईंमा मेरो निम्ति थियो।
5 Agora, Pai, glorifica-me e leva-me para junto de ti, para a glória que tive a teu lado antes do princípio do mundo.
6 “संसारबाट तपाईंले मलाई दिनुभएका मानिसहरूका बीचमा तपाईंलाई मैले प्रकट गरेको छु। ती तपाईंकै थिए, र ती तपाईंले फेरि मलाई दिनुभयो; अनि तिनीहरूले तपाईंको वचन पालन गरेका छन्।
6 “Eu revelei teu nome àqueles que me deste do mundo. Eles sempre foram teus. Tu os deste a mim, e eles obedeceram à tua palavra.
7 मसित जे जति छन्, ती सबै तपाईंबाट नै आएका हुन् भनेर अब तिनीहरूले थाहा गरेका छन्।
7 Agora eles sabem que tudo que eu tenho vem de ti,
8 किनकि तपाईंले मलाई दिनुभएका वचनहरू मैले तिनीहरूलाई पनि दिएँ; र तिनीहरूले पनि ती सबै ग्रहण गरेका छन्। म तपाईंबाटै आएको हुँ भनेर पक्‍कै जानेका छन्, र तपाईंले मलाई पठाउनुभयो भनी विश्‍वास पनि गरेका छन्।
8 pois lhes transmiti a mensagem que me deste. Eles a aceitaram e sabem que eu vim de ti, e creem que tu me enviaste.
9 म तिनीहरूका लागि प्रार्थना गर्दछु। संसारको लागि म प्रार्थना गर्दिनँ, तर तपाईंले मलाई दिनुभएकाहरूको लागि म प्रार्थना गर्छु; किनकि तिनीहरू तपाईंकै हुन्।
9 “Minha oração não é por este mundo, mas por aqueles que me deste, pois eles pertencem a ti.
10 मेरा सबै थोक तपाईंकै हुन्, र तपाईंका सबै थोक मेरा हुन्; अनि तिनीहरूद्वारा महिमा मकहाँ आएको छ।
10 Tudo que é meu pertence a ti, e tudo que é teu pertence a mim, e eu sou glorificado por meio deles.
11 म यस संसारमा अब रहँदिनँ, तर तिनीहरू यही संसारमा रहन्छन्, र म तपाईंकहाँ आउँदैछु। हे पवित्र पिता, तपाईंको नामको शक्तिले तिनीहरूलाई जोगाइराख्नुहोस्, जुन नाम तपाईंले मलाई दिनुभएको छ, जसद्वारा तिनीहरू पनि हामीजस्तै एक होऊन्।
11 Agora deixo este mundo; eles ficam aqui, mas eu vou para tua presença. Pai santo, tu me deste teu nome; agora protege-os com o poder do teu nome para que eles estejam unidos, assim como nós estamos.
12 म तिनीहरूसँग हुँदा, तपाईंले मलाई दिनुभएको नामले तिनीहरूलाई जोगाइराखेँ। तिनीहरूमध्ये एउटाबाहेक अरू कोही पनि नष्‍ट भएनन्। तर धर्मशास्त्र पूरा होस् भनेर एक जनाचाहिँ विनाशको पुत्र नै भयो।
12 Durante meu tempo aqui com eles, eu os protegi com o poder do nome que me deste. Eu os guardei de modo que nenhum deles se perdeu, exceto aquele que estava a caminho da destruição, como as Escrituras haviam predito.
13 “अब म तपाईंकहाँ आउँदैछु। मेरो आनन्दले तिनीहरू पूरा भरपूर होऊन् भनेर मैले यी कुराहरू म संसारमा हुँदा नै भनिदिएको छु।
13 “Agora vou para tua presença. Enquanto ainda estou no mundo, digo estas coisas para que eles tenham minha plena alegria em si mesmos.
14 मैले तिनीहरूलाई तपाईंको वचन दिएको छु। संसारले तिनीहरूलाई घृणा गरेको छ; किनकि जसरी म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन्।
14 Eu lhes dei tua palavra. E o mundo os odeia, porque eles não são do mundo, como eu também não sou.
15 संसारबाट तिनीहरूलाई लैजानुहोस् भनेर म तपाईंसँग बिन्ती गर्दिनँ, तर दुष्‍टको शक्तिबाट तिनीहरूलाई जोगाइराख्नुहोस् भनी बिन्ती गर्छु।
15 Não peço que os tires do mundo, mas que os protejas do maligno.
16 म यस संसारको नभएजस्तै, तिनीहरू पनि अब यस संसारका होइनन्।
16 Eles não são deste mundo, como eu também não sou.
17 सत्यताद्वारा तिनीहरूलाई पवित्र गर्नुहोस्; तपाईंको वचन सत्य छ।
17 Consagra-os na verdade, que é a tua palavra.
18 तपाईंले मलाई संसारमा पठाउनुभएझैँ, मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु।
18 Assim como tu me enviaste ao mundo, eu os envio ao mundo.
19 तिनीहरू पनि साँचो रूपले पवित्र होऊन् भनेर म आफूलाई तिनीहरूका लागि पवित्र गर्दछु।
19 E eu me entrego como sacrifício santo por eles, para que sejam consagrados na verdade.
20 “तिनीहरूका निम्ति मात्र म प्रार्थना गर्दिनँ, तर तिनीहरूका साक्षीद्वारा पछि मलाई विश्‍वास गर्नेहरू सबैका लागि पनि म प्रार्थना गर्दछु।
20 “Não te peço apenas por estes discípulos, mas também por todos que crerão em mim por meio da mensagem deles.
21 हे पिता, जस्तो म तपाईंमा छु र तपाईं ममा हुनुहुन्छ; त्यसरी नै तिनीहरू पनि हामीमा एक होऊन्। तिनीहरू पनि हामीमा रहन सकून्; ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी संसारले विश्‍वास गरोस्।
21 Minha oração é que todos eles sejam um, como nós somos um, como tu estás em mim, Pai, e eu estou em ti. Que eles estejam em nós, para que o mundo creia que tu me enviaste.
22 तिनीहरू पनि हामीजस्तै एक होऊन् भनेर तपाईंले मलाई दिनुभएको महिमा मैले तिनीहरूलाई पनि दिएको छु:
22 “Eu dei a eles a glória que tu me deste, para que sejam um, como nós somos um.
23 म तिनीहरूमा अनि तपाईं ममा, तपाईंले मलाई संसारमा पठाउनुभएको हो, र मलाई प्रेम गर्नुभएझैँ तिनीहरूलाई पनि गर्नुहुन्छ भन्‍ने कुरा संसारलाई थाहा दिन तिनीहरूमा पूरा एकता आओस्।
23 Eu estou neles e tu estás em mim. Que eles experimentem unidade perfeita, para que todo o mundo saiba que tu me enviaste e que os amas tanto quanto me amas.
24 “हे पिता, म इच्छा गर्दछु जो जति तपाईंले मलाई दिनुभएको छ, तिनीहरू पनि म जहाँ छु, मसितै त्यहीँ रहून् र मेरो महिमा तिनीहरूले देखून्, जुन महिमा तपाईंले संसारको सृष्‍टिभन्दा पहिलेदेखि नै मलाई प्रेम गर्नुभएको हुनाले मलाई दिनुभयो।
24 Pai, quero que os que me deste estejam comigo onde estou. Então eles verão toda a glória que me deste, porque me amaste antes mesmo do princípio do mundo.
25 “हे धार्मिक पिता, संसारले तपाईंलाई नचिने तापनि म तपाईंलाई चिन्दछु। अनि तपाईंले मलाई पठाउनुभएको हो भनेर तिनीहरूले जान्दछन्।
25 “Pai justo, o mundo não te conhece, mas eu te conheço; e estes discípulos sabem que tu me enviaste.
26 मैले तपाईंलाई तिनीहरूकहाँ प्रकट गरेको छु। अनि मलाई तपाईंले गर्नुभएको त्यो गहिरो प्रेम तिनीहरूमा पनि रहोस् र म आफू पनि तिनीहरूमा रहूँ भनेर तिनीहरूकहाँ तपाईंलाई म प्रकट गरिरहनेछु।”
26 Eu revelei teu nome a eles, e continuarei a fazê-lo. Então teu amor por mim estará neles, e eu estarei neles”.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar João 17, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.