João 12

npioncb (NPIONCB) vs ARA

Sair da comparação
ARA Almeida Revista e Atualizada 1993
1 निस्तार चाड सुरु हुनुभन्दा छ दिन अगि येशू लाजरस बस्‍ने ठाउँ बेथानीमा आइपुग्नुभयो। तिनै लाजरस, जसलाई येशूले मरेकाबाट जीवित पार्नुभएको थियो।
1 Seis dias antes da Páscoa, foi Jesus para Betânia, onde estava Lázaro, a quem ele ressuscitara dentre os mortos.
2 येशूको सम्मानमा त्यहाँ भोज तयार गरिएको थियो। मार्थाले भोजनको तयार गरिन्, लाजरस पनि येशूसँग खान बस्‍नेहरूमध्ये एक थिए।
2 Deram-lhe, pois, ali, uma ceia; Marta servia, sendo Lázaro um dos que estavam com ele à mesa.
3 मरियमले जटामसीबाट बनेको आधा लिटर जति सुगन्धित र अति मूल्यवान् अत्तर ल्याइन्। अनि येशूको पाउमा मलिदिइन् र उहाँको पाउहरू आफ्नै कपालले पुछिन्। अत्तरको सुवास्‍नाले घर भरियो।
3 Então, Maria, tomando uma libra de bálsamo de nardo puro, mui precioso, ungiu os pés de Jesus e os enxugou com os seus cabelos; e encheu-se toda a casa com o perfume do bálsamo.
4 उहाँका चेलाहरूमध्ये उहाँलाई पछि गएर विश्‍वासघात गर्ने यहूदा इस्करियोतले विरोध गर्दै भन्यो,
4 Mas Judas Iscariotes, um dos seus discípulos, o que estava para traí-lo, disse:
5 “बरु यो अत्तर बेचेर गरिबहरूलाई पैसा किन बाँडिएन?” यसको मोल एक वर्षको ज्याला बराबर थियो।
5 Por que não se vendeu este perfume por trezentos denários e não se deu aos pobres?
6 तर त्यसले गरिबहरूको चिन्ता गरेर यसो भनेको थिएन। तर त्योचाहिँ चोर थियो; र चेलाहरूको पैसाको थैलो बोक्ने र समय-समयमा आफ्नै निम्ति त्यहाँबाट सुटुक्‍कै खर्च चलाउने गरेको हुनाले त्यसले यसो भनेको थियो।
6 Isto disse ele, não porque tivesse cuidado dos pobres; mas porque era ladrão e, tendo a bolsa, tirava o que nela se lançava.
7 तब येशूले जवाफ दिनुभयो, “यिनले जे गर्दैछिन्, सो गर्न देऊ। यिनले मेरो अन्तिम संस्कारको निम्ति यो अत्तर जोगाउनैपर्ने थियो।
7 Jesus, entretanto, disse: Deixa-a! Que ela guarde isto para o dia em que me embalsamarem;
8 गरिबहरू त सधैँ तिमीहरूसँग हुन्छन्, तर म त सधैँ तिमीहरूसँग हुँदिनँ।”
8 porque os pobres, sempre os tendes convosco, mas a mim nem sempre me tendes.
9 यसै बीचमा यहूदीहरूको एउटा ठूलो भीडले येशू बेथानीमा हुनुहुन्छ भन्‍ने थाहा पाए। अनि उहाँलाई मात्र होइन, तर उहाँले मरेकाबाट जीवित पार्नुभएको लाजरसलाई समेत हेर्न भनी त्यो भीड त्यहाँ आए।
9 Soube numerosa multidão dos judeus que Jesus estava ali, e lá foram não só por causa dele, mas também para verem Lázaro, a quem ele ressuscitara dentre os mortos.
10 त्यसकारण मुख्य पुजारीहरूले लाजरसलाई पनि मार्ने योजना गरे।
10 Mas os principais sacerdotes resolveram matar também Lázaro;
11 किनकि लाजरसकै कारण धेरै यहूदीहरू येशूलाई पछ्याउन र उहाँमाथि विश्‍वास गर्न थालेका थिए।
11 porque muitos dos judeus, por causa dele, voltavam crendo em Jesus.
12 भोलिपल्ट निस्तार चाडमा आउने ठूलो भीडले येशू यरूशलेमतिर जाँदैहुनुहुन्छ भन्‍ने खबर सुने।
12 No dia seguinte, a numerosa multidão que viera à festa, tendo ouvido que Jesus estava de caminho para Jerusalém,
13 तिनीहरू खजूरका हाँगाहरू लिएर उहाँलाई भेट्न जयजयकार गर्दैगए।
13 tomou ramos de palmeiras e saiu ao seu encontro, clamando: Hosana! Bendito o que vem em nome do Senhor e que é Rei de Israel!
14 त्यहाँ येशूले एउटा गधाको बछेडा भेट्टाउनुभयो, र त्यसमाथि बस्‍नुभयो। उहाँको यस सवारीबाट धर्मशास्त्रमा लेखिएको यो अगमवाणी पूरा भयो:
14 E Jesus, tendo conseguido um jumentinho, montou-o, segundo está escrito:
15 “ए यरूशलेमका मानिसहरू हो, नडराओ,
15 Não temas, filha de Sião, eis que o teu Rei aí vem, montado em um filho de jumenta.
16 त्यस समय उहाँका चेलाहरूले यस घटनाका कुराहरू बुझेनन्। तर येशू आफ्नो महिमामा प्रवेश हुनुभएपछि मात्र तिनीहरूले यी सबै कुराहरू उहाँको बारेमा लेखिएका थिए र त्यसकारण तिनीहरूले उहाँका निम्ति यी सबै गरेका रहेछन् भनी बुझे।
16 Seus discípulos a princípio não compreenderam isto; quando, porém, Jesus foi glorificado, então, eles se lembraram de que estas coisas estavam escritas a respeito dele e também de que isso lhe fizeram.
17 अब उहाँले लाजरसलाई चिहानबाट बोलाउनुहुँदा र तिनलाई मृत्युबाट जीवित पार्नुहुँदा उहाँसँग रहने भीडले यो खबर फैलाइ नै रहे।
17 Dava, pois, testemunho disto a multidão que estivera com ele, quando chamara a Lázaro do túmulo e o levantara dentre os mortos.
18 यसैले गर्दा यति धेरै मानिसहरू उहाँलाई हेर्न आएका थिए। किनकि उहाँले यो अलौकिक चिन्ह गर्नुभएको छ भनेर तिनीहरूले सुनेका थिए।
18 Por causa disso, também, a multidão lhe saiu ao encontro, pois ouviu que ele fizera este sinal.
19 त्यसकारण फरिसीहरूले आपसमा भने, “हेर! हामीले केही गर्न सकेनौँ; हामी असफल भयौँ! हेर त, सारा संसार नै त्यसको पछि लाग्दैछ!”
19 De sorte que os fariseus disseram entre si: Vede que nada aproveitais! Eis aí vai o mundo após ele.
20 चाडमा यरूशलेममा आराधना गर्न आएका मानिसहरूमध्ये कति ग्रीकहरू थिए।
20 Ora, entre os que subiram para adorar durante a festa, havia alguns gregos;
21 तिनीहरू गालीलको बेथसेदामा बस्‍ने फिलिपकहाँ आए, र यसो भनेर बिन्ती गरे, “हजुर, हामी येशूलाई भेट्न चाहन्छौँ।”
21 estes, pois, se dirigiram a Filipe, que era de Betsaida da Galileia, e lhe rogaram: Senhor, queremos ver Jesus.
22 फिलिपले गएर अन्द्रियासलाई भने; अनि अन्द्रियास र फिलिप दुवै गएर येशूलाई भनिदिए।
22 Filipe foi dizê-lo a André, e André e Filipe o comunicaram a Jesus.
23 येशूले भन्‍नुभयो, “मानिसको पुत्र महिमित हुने समय आइपुगेको छ।
23 Respondeu-lhes Jesus: É chegada a hora de ser glorificado o Filho do Homem.
24 म तिमीहरूलाई साँच्‍चै भन्दछु, गहुँको दाना माटोमा परेर मरेन भने त्यो एकलो रहन्छ; तर यदि त्यो मर्‍यो भने त्यसले धेरै फल फलाउँछ।
24 Em verdade, em verdade vos digo: se o grão de trigo, caindo na terra, não morrer, fica ele só; mas, se morrer, produz muito fruto.
25 आफ्नो प्राणलाई माया गर्ने मानिसले त्यो गुमाउनेछ; तर आफ्नो प्राणलाई यस संसारमा घृणा गर्नेले त्यो अनन्त जीवनका लागि बचाउनेछ।
25 Quem ama a sua vida perde-a; mas aquele que odeia a sua vida neste mundo preservá-la-á para a vida eterna.
26 मेरो सेवा गर्नेले मलाई पछ्याउनैपर्छ। अनि म जहाँ छु, मेरो सेवक पनि त्यहाँ हुनेछ। मेरो सेवा गर्नेहरूलाई मेरा पिताले आदर गर्नुहुनेछ।
26 Se alguém me serve, siga-me, e, onde eu estou, ali estará também o meu servo. E, se alguém me servir, o Pai o honrará.
27 “अहिले मेरो हृदय अति व्याकुल भएको छ। के म यसरी प्रार्थना गरूँ, ‘पिता, जे हुन आँटेको छ, त्यसदेखि मलाई बचाउनुहोस्?’ होइन, यसैको लागि म यहाँसम्म आएँ।
27 Agora, está angustiada a minha alma, e que direi eu? Pai, salva-me desta hora? Mas precisamente com este propósito vim para esta hora.
28 हे पिता, तपाईं आफ्नो नामको महिमा गर्नुहोस्!”
28 Pai, glorifica o teu nome. Então, veio uma voz do céu: Eu já o glorifiquei e ainda o glorificarei.
29 त्यो भीडमा यो सोर सुन्‍नेहरूमध्ये कतिले यसलाई गर्जन हो भनी ठाने, तर अरूले स्वर्गदूत उहाँसँग बोल्नुभएको हो भनी भने।
29 A multidão, pois, que ali estava, tendo ouvido a voz, dizia ter havido um trovão. Outros diziam: Foi um anjo que lhe falou.
30 येशूले भन्‍नुभयो, “यो आवाजचाहिँ तिमीहरूका फाइदाको निम्ति थियो, मेरो निम्ति थिएन।
30 Então, explicou Jesus: Não foi por mim que veio esta voz, e sim por vossa causa.
31 अब संसारको न्यायको समय आइपुगेको छ। अब यस संसारको शासक बाहिर फालिनेछ।
31 Chegou o momento de ser julgado este mundo, e agora o seu príncipe será expulso.
32 यदि म पृथ्वीबाट माथि उचालिएँ भने मैले सबै मानिसहरूलाई मकहाँ खिँच्नेछु।”
32 E eu, quando for levantado da terra, atrairei todos a mim mesmo.
33 उहाँको मृत्यु कुन प्रकारको हुनेछ भन्‍ने सङ्केत गर्न उहाँले यसो भन्‍नुभएको थियो।
33 Isto dizia, significando de que gênero de morte estava para morrer.
34 भीडले प्रश्न गर्‍यो, “ख्रीष्‍ट सदासर्वदा जीवित रहनुहुनेछ र कहिल्यै मर्नुहुनेछैन भनेर व्यवस्थाबाट हामीले सुनेका थियौँ। त्यसो हो भने, ‘मानिसको पुत्र उचालिनैपर्छ’ भनेर तपाईं कसरी भन्‍न सक्नुहुन्छ? अनि ‘मानिसको पुत्र’ चाहिँ को हो त?”
34 Replicou-lhe, pois, a multidão: Nós temos ouvido da lei que o Cristo permanece para sempre, e como dizes tu ser necessário que o Filho do Homem seja levantado? Quem é esse Filho do Homem?
35 येशूले तिनीहरूलाई भन्‍नुभयो, “अब केही बेर मात्र तिमीहरूले ज्योति पाउनेछौ। तिमीहरूसँग ज्योति भएकै बेला र अन्धकारले ढाक्नुभन्दा अगि नै हिँड्‍डुल गर। अन्धकारमा हिँड्ने मानिसले ऊ कहाँ जाँदैछ भन्‍ने थाहा पाउँदैन।
35 Respondeu-lhes Jesus: Ainda por um pouco a luz está convosco. Andai enquanto tendes a luz, para que as trevas não vos apanhem; e quem anda nas trevas não sabe para onde vai.
36 तिमीहरूसँग ज्योति हुँदा नै आफ्नो भरोसा त्यसमा राख, तब तिमीहरू ज्योतिका सन्तान बन्‍नेछौ।” यति भनिसक्नुभएपछि येशू त्यहाँबाट जानुभयो, र फेरि तिनीहरूबीचमा देखा पर्नुभएन।
36 Enquanto tendes a luz, crede na luz, para que vos torneis filhos da luz. Jesus disse estas coisas e, retirando-se, ocultou-se deles.
37 येशूले तिनीहरूका अगि यतिका धेरै अलौकिक चिन्हहरू गर्नुभएको थियो, तापनि तिनीहरूले उहाँलाई विश्‍वास गरेनन्।
37 E, embora tivesse feito tantos sinais na sua presença, não creram nele,
38 यो कुरा यशैया अगमवक्ताले गरेका यो अगमवाणी पूरा हुनलाई भएको थियो:
38 para se cumprir a palavra do profeta Isaías, que diz: Senhor, quem creu em nossa pregação? E a quem foi revelado o braço do Senhor?
39 यसैकारणले गर्दा तिनीहरूले विश्‍वास गर्न सकेनन्, किनकि यशैयाले फेरि भनेका छन्:
39 Por isso, não podiam crer, porque Isaías disse ainda:
40 “तिनीहरूका आँखाले नदेखून्,
40 Cegou-lhes os olhos e endureceu-lhes o coração, para que não vejam com os olhos, nem entendam com o coração, e se convertam, e sejam por mim curados.
41 यशैयाले यो कुरा येशूको बारेमा भनेका थिए; किनकि उहाँको महिमाको दर्शन तिनले पाएका थिए।
41 Isto disse Isaías porque viu a glória dele e falou a seu respeito.
42 तर यस्तै समयमा पनि धेरै यहूदी अगुवाहरूले समेत उहाँलाई विश्‍वास गरे, तर सभाघरहरूबाट तिनीहरूलाई फरिसीहरूले निकालिदिनेछन् भन्‍ने डरले तिनीहरूले आफ्नो विश्‍वासलाई खुल्‍लमखुल्‍ला स्वीकार गरेनन्।
42 Contudo, muitos dentre as próprias autoridades creram nele, mas, por causa dos fariseus, não o confessavam, para não serem expulsos da sinagoga;
43 किनकि परमेश्‍वरको प्रशंसाभन्दा मानिसहरूको प्रशंसा तिनीहरूले रुचाए।
43 porque amaram mais a glória dos homens do que a glória de Deus.
44 येशूले उच्‍च सोरमा भन्‍नुभयो, “मलाई विश्‍वास गर्नेले मलाई मात्र होइन, तर मलाई पठाउनुहुनेलाई पनि विश्‍वास गर्दछ।
44 E Jesus clamou, dizendo: Quem crê em mim crê, não em mim, mas naquele que me enviou.
45 जसले मलाई हेर्छ, त्यसले मलाई पठाउनुहुनेलाई देख्छ।
45 E quem me vê a mim vê aquele que me enviou.
46 म संसारमा ज्योति भएर आएको हुँ। यसकारण ममाथि विश्‍वास राख्नेहरू कोही पनि अब अन्धकारमा रहनेछैन।
46 Eu vim como luz para o mundo, a fim de que todo aquele que crê em mim não permaneça nas trevas.
47 “मेरो वचन सुनेर पनि मेरो आज्ञापालन नगर्नेलाई, म न्याय गर्दिनँ; किनकि म संसारलाई बचाउन आएँ, यसलाई न्याय गर्नलाई होइनँ।
47 Se alguém ouvir as minhas palavras e não as guardar, eu não o julgo; porque eu não vim para julgar o mundo, e sim para salvá-lo.
48 तर मलाई र मेरो वचनलाई अस्वीकार गर्नेहरू सबैको निम्ति एउटा न्यायकर्ता हुनुहुन्छ। अन्त्यको दिनमा मैले बोलेको यही वचनले त्यसलाई दोषी ठहराउनेछ।
48 Quem me rejeita e não recebe as minhas palavras tem quem o julgue; a própria palavra que tenho proferido, essa o julgará no último dia.
49 किनकि मैले आफ्नै विचारले बोलिनँ, तर मलाई पठाउनुहुने पिताले नै के बोल्ने, र कसरी बोल्ने भनी मलाई आज्ञा दिनुभयो।
49 Porque eu não tenho falado por mim mesmo, mas o Pai, que me enviou, esse me tem prescrito o que dizer e o que anunciar.
50 अनि उहाँका आज्ञाहरूले अनन्त जीवनमा पुर्‍याउँछन् भनेर म जान्दछु। त्यसकारण म जे भन्दछु, ती सबै पिताले मलाई भन्‍न लगाउनुभएका कुराहरू नै हुन्।”
50 E sei que o seu mandamento é a vida eterna. As coisas, pois, que eu falo, como o Pai mo tem dito, assim falo.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar João 12, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.