João 11
npioncb (NPIONCB) vs VC
1 लाजरस नामको एक जना मानिस बिरामी भएका थिए। उनी मरियम र तिनकी दिदी मार्थाको गाउँ बेथानीका थिए।
1 Lázaro caiu doente em Betânia, onde estavam Maria e sua irmã Marta.
2 यी तिनै मरियम हुन्, जसले येशूका पाउमा अत्तर खन्याएर आफ्नो कपालले पुछिदिएकी थिइन्। तिनकै भाइ लाजरस बिरामी परेका थिए।
2 Maria era quem ungira o Senhor com o óleo perfumado e lhe enxugara os pés com os seus cabelos. E Lázaro, que estava enfermo, era seu irmão.
3 यसकारण ती दुई दिदीबहिनीले येशूकहाँ यसो भन्ने खबर पठाए, “प्रभु, तपाईंले माया गर्नुहुने व्यक्ति बिरामी छन्।”
3 Suas irmãs mandaram, pois, dizer a Jesus: Senhor, aquele que tu amas está enfermo.
4 यो खबर सुनेर येशूले भन्नुभयो, “यो बिरामीले मृत्युमा पुर्याउँदैन, तर परमेश्वरको महिमाका लागि होस् भनेर यो भएको हो; अनि यसद्वारा परमेश्वरको पुत्रले पनि महिमा पाउनेछ।”
4 A estas palavras, disse-lhes Jesus: Esta enfermidade não causará a morte, mas tem por finalidade a glória de Deus. Por ela será glorificado o Filho de Deus.
5 येशूले मार्था, तिनकी बहिनी र लाजरसलाई प्रेम गर्नुहुन्थ्यो।
5 Ora, Jesus amava Marta, Maria, sua irmã, e Lázaro.
6 लाजरस बिरामी छन् भनेर सुन्नुभए तापनि उहाँ जहाँ हुनुहुन्थ्यो, त्यही ठाउँमा अझै दुई दिन बस्नुभयो।
6 Mas, embora tivesse ouvido que ele estava enfermo, demorou-se ainda dois dias no mesmo lugar.
7 त्यसपछि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “अब हामी यहूदियामा फर्केर जाऔँ।”
7 Depois, disse a seus discípulos: Voltemos para a Judéia.
8 तर उहाँका चेलाहरूले भने, “गुरुज्यू, केही दिन अगि मात्र यहूदियाका यहूदी अगुवाहरूले तपाईंलाई ढुङ्गाले हान्न खोजेका थिए, र के फेरि तपाईं त्यहीँ जान चाहनुहुन्छ?”
8 Mestre, responderam eles, há pouco os judeus te queriam apedrejar, e voltas para lá?
9 येशूले भन्नुभयो, “दिनमा बाह्र घण्टा उज्यालो हुँदैन र? दिनको उज्यालोमा हिँड्डुल गर्ने मानिसले ठेस खाँदैन; किनकि त्यसले संसारको ज्योतिद्वारा देख्छ।
9 Jesus respondeu: Não são doze as horas do dia? Quem caminha de dia não tropeça, porque vê a luz deste mundo.
10 तर राति हिँड्दा त्यसले ठेस खान्छ; किनकि त्यसले ज्योति पाउँदैन।”
10 Mas quem anda de noite tropeça, porque lhe falta a luz.
11 त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “हाम्रा मित्र लाजरस सुतेका छन्, र अब म गएर तिनलाई उठाउनेछु।”
11 Depois destas palavras, ele acrescentou: Lázaro, nosso amigo, dorme, mas vou despertá-lo.
12 उहाँका चेलाहरूले भने, “प्रभु, तिनी निदाएका मात्र छन् भने निको हुनेछन्।”
12 Disseram-lhe os seus discípulos: Senhor, se ele dorme, há de sarar.
13 येशूले चाहिँ लाजरसको मृत्युको विषयमा भन्नुभएको थियो, तर उहाँका चेलाहरूले भने उनी सुतेकै छन् भनी ठानेका थिए।
13 Jesus, entretanto, falara da sua morte, mas eles pensavam que falasse do sono como tal.
14 त्यसपछि येशूले तिनीहरूलाई स्पष्टसँग भनिदिनुभयो, “लाजरस मरेका छन्।
14 Então Jesus lhes declarou abertamente: Lázaro morreu.
15 अनि तिमीहरूका निम्ति म त्यहाँ नभएको पनि राम्रै भयो। किनकि यसले तिमीहरूलाई ममाथि विश्वास गर्ने तुल्याउनेछ। अब हामी लाजरस भएका ठाउँमा जाऔँ।”
15 Alegro-me por vossa causa, por não ter estado lá, para que creiais. Mas vamos a ele.
16 तब थोमा, जसलाई दिदुमस भनेर पनि चिनिन्थ्यो, उनले अरू चेलाहरूलाई भने, “हामी पनि जाऔँ, र उहाँसँगै मरौँ।”
16 A isso Tomé, chamado Dídimo, disse aos seus condiscípulos: Vamos também nós, para morrermos com ele.
17 येशू आइपुग्नुहुँदा लाजरस मरेर चिहानमा राखेको चार दिन भइसकेको थियो भनेर उहाँले थाहा पाउनुभयो।
17 À chegada de Jesus, já havia quatro dias que Lázaro estava no sepulcro.
18 यरूशलेमदेखि बेथानी लगभग तीन किलोमिटर टाढामा थियो।
18 Ora, Betânia distava de Jerusalém cerca de quinze estádios.
19 धेरै यहूदीहरू, मार्था र मरियमलाई तिनीहरूका भाइको मृत्युमा सान्त्वना दिन त्यहाँ आएका थिए।
19 Muitos judeus tinham vindo a Marta e a Maria, para lhes apresentar condolências pela morte de seu irmão.
20 येशू आउँदैहुनुहुन्छ भन्ने सुनेर मार्था उहाँलाई भेट्न गइन्। तर मरियमचाहिँ घरमै बसिरहिन्।
20 Mal soube Marta da vinda de Jesus, saiu-lhe ao encontro. Maria, porém, estava sentada em casa.
21 मार्थाले येशूलाई भनिन्, “प्रभु, तपाईं यहाँ हुनुभएको भए मेरो भाइ मर्नेथिएन।
21 Marta disse a Jesus: Senhor, se tivesses estado aqui, meu irmão não teria morrido!
22 हुन त अहिले पनि तपाईंले परमेश्वरसँग जस्तोसुकै बिन्ती गर्नुभयो भने पनि उहाँले दिनुहुन्छ भनी म जान्दछु।”
22 Mas sei também, agora, que tudo o que pedires a Deus, Deus to concederá.
23 येशूले तिनलाई भन्नुभयो, “तिम्रो भाइ फेरि जीवित हुनेछ।”
23 Disse-lhe Jesus: Teu irmão ressurgirá.
24 मार्थाले भनिन्, “म जान्दछु, अन्तिम दिनमा मरेकाहरूको पुनरुत्थान हुँदा ऊ पनि जीवित पारिनेछ।”
24 Respondeu-lhe Marta: Sei que há de ressurgir na ressurreição no último dia.
25 येशूले तिनलाई भन्नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ। ममाथि विश्वास गर्ने मर्यो भने पनि ऊ जीवित हुनेछ।
25 Disse-lhe Jesus: Eu sou a ressurreição e a vida. Aquele que crê em mim, ainda que esteja morto, viverá.
26 जो ममाथि विश्वास गरेर बाँच्दछ, ऊ कहिल्यै मर्नेछैन। मार्था के तिमी यो विश्वास गर्छ्यौ?”
26 E todo aquele que vive e crê em mim, jamais morrerá. Crês nisto?
27 “निश्चय गर्छु, गुरुज्यू,” तिनले भनिन्, “यस संसारमा आउने परमेश्वरको पुत्र, ख्रीष्ट तपाईं नै हुनुहुन्छ भनी म विश्वास गर्छु।”
27 Respondeu ela: Sim, Senhor. Eu creio que tu és o Cristo, o Filho de Deus, aquele que devia vir ao mundo.
28 अनि यति भनेर मार्था फर्केर गइन्, र मरियमलाई सुटुक्क बोलाएर भनिन्, “गुरुज्यू आउनुभएको छ, र तिमीलाई भेट्न चाहँदैहुनुहुन्छ।”
28 A essas palavras, ela foi chamar sua irmã Maria, dizendo-lhe baixinho: O Mestre está aí e te chama.
29 यो सुनेर मरियम तुरुन्तै उठेर येशूकहाँ गइन्।
29 Apenas ela o ouviu, levantou-se imediatamente e foi ao encontro dele.
30 येशू अझै पनि त्यस गाउँमा पसिसक्नुभएको थिएन। उहाँ मार्थासँग भेट भएको ठाउँमा नै हुनुहुन्थ्यो।
30 {Pois Jesus não tinha chegado à aldeia, mas estava ainda naquele lugar onde Marta o tinha encontrado.}
31 मरियम झट्टै उठेर गएको देखेपछि तिनलाई सान्त्वना दिन आएका यहूदीहरूले तिनी लाजरसको चिहानमा रुन गएकी हुन् भनी ठानेर तिनीहरू मरियमको पछि लागे।
31 Os judeus que estavam com ela em casa, em visita de pêsames, ao verem Maria levantar-se depressa e sair, seguiram-na, crendo que ela ia ao sepulcro para ali chorar.
32 जब येशू हुनुभएको ठाउँमा मरियम आइपुगिन्, तब उहाँलाई देखेपछि पाउमा परेर भनिन्, “प्रभु, तपाईं यहाँ हुनुभएको भए मेरो भाइ मर्नेथिएन।”
32 Quando, porém, Maria chegou onde Jesus estava e o viu, lançou-se aos seus pés e disse-lhe: Senhor, se tivesses estado aqui, meu irmão não teria morrido!
33 मरियम रोइरहेकी र तिनीसँगै आएका अरू यहूदीहरूलाई पनि तिनीसँग रोइरहेका देख्नुभएर येशू आत्मामा दुःखित र अति विचलित हुनुभयो।
33 Ao vê-la chorar assim, como também todos os judeus que a acompanhavam, Jesus ficou intensamente comovido em espírito. E, sob o impulso de profunda emoção,
34 “लाजरसलाई तिमीहरूले कहाँ राखेका छौ?” उहाँले तिनीहरूलाई सोध्नुभयो।
34 perguntou: Onde o pusestes? Responderam-lhe: Senhor, vinde ver.
35 येशू रुनुभयो।
35 Jesus pôs-se a chorar.
36 यो देखेर यहूदीहरूले भने, “हेर, उहाँले तिनलाई कति माया गर्नुहुन्थ्यो!”
36 Observaram por isso os judeus: Vede como ele o amava!
37 तर कतिले भने, “दृष्टिविहीनलाई दृष्टि दिने यी मानिसले लाजरसलाई पनि मर्नदेखि बचाउन सक्नेथिएनन् र?”
37 Mas alguns deles disseram: Não podia ele, que abriu os olhos do cego de nascença, fazer com que este não morresse?
38 येशू फेरि ज्यादै दुःखित भएर चिहानमा जानुभयो। यो चिहान एउटा ओडारमा थियो। अनि यसको मुखमा ठूलो ढुङ्गा राखिएको थियो।
38 Tomado, novamente, de profunda emoção, Jesus foi ao sepulcro. Era uma gruta, coberta por uma pedra.
39 येशूले तिनीहरूलाई भन्नुभयो, “ढुङ्गा हटाओ।”
39 Jesus ordenou: Tirai a pedra. Disse-lhe Marta, irmã do morto: Senhor, já cheira mal, pois há quatro dias que ele está aí...
40 येशूले भन्नुभयो, “विश्वास गर्यौ भने तिमीले परमेश्वरको महिमा देख्नेछौ भनी मैले तिमीलाई भनेको थिइनँ र?”
40 Respondeu-lhe Jesus: Não te disse eu: Se creres, verás a glória de Deus? Tiraram, pois, a pedra.
41 त्यसकारण तिनीहरूले ढुङ्गा एकातिर हटाइदिए। त्यसपछि येशूले स्वर्गतिर हेरेर भन्नुभयो, “पिता! मेरो बिन्ती सुनिदिनुभएको लागि धन्यवाद।
41 Levantando Jesus os olhos ao alto, disse: Pai, rendo-te graças, porque me ouviste.
42 तपाईंले मेरो कुरा सधैँ सुन्नुहुन्छ भनी मलाई थाहा थियो। तर मलाई तपाईंले नै पठाउनुभएको हो भनी यिनीहरूले विश्वास गरून् भनेर यी वरिपरि उभिरहेका मानिसहरूका कारण मैले यसो भनेको हुँ।”
42 Eu bem sei que sempre me ouves, mas falo assim por causa do povo que está em roda, para que creiam que tu me enviaste.
43 यो कुरा भन्नुभएपछि येशू चर्को सोरले कराउनुभयो, “लाजरस, बाहिर निस्केर आऊ!”
43 Depois destas palavras, exclamou em alta voz: Lázaro, vem para fora!
44 अनि मरेको लाजरस हात र खुट्टा कात्रोले बेह्रिएकै र अनुहारमा लुगाले छोपिएकै अवस्थामा बाहिर निस्की आयो।
44 E o morto saiu, tendo os pés e as mãos ligados com faixas, e o rosto coberto por um sudário. Ordenou então Jesus: Desligai-o e deixai-o ir.
45 जब मरियमलाई भेट्न आएका धेरै यहूदीहरू, जसले येशूले गर्नुभएको यो अचम्मको काम देखे, तब तिनीहरूले उहाँमाथि विश्वास गरे।
45 Muitos dos judeus, que tinham vindo a Marta e Maria e viram o que Jesus fizera, creram nele.
46 कति जनाचाहिँ फरिसीहरूकहाँ गएर येशूले गर्नुभएको कुरा तिनीहरूलाई सुनाइदिए।
46 Alguns deles, porém, foram aos fariseus e lhes contaram o que Jesus realizara.
47 त्यसपछि मुख्य पुजारीहरू र फरिसीहरूले एउटा महासभा बोलाए।
47 Os pontífices e os fariseus convocaram o conselho e disseram: Que faremos? Esse homem multiplica os milagres.
48 अब हामीले यसलाई त्यसै छोडिदियौँ भने सबै मानिसहरूले यसमाथि विश्वास गर्नेछन्। अनि रोमीहरू हामीमाथि आइलाग्नेछन् र हाम्रो पवित्रस्थान र जातिलाई कब्जा गर्नेछन्।”
48 Se o deixarmos proceder assim, todos crerão nele, e os romanos virão e arruinarão a nossa cidade e toda a nação.
49 तिनीहरूमध्ये त्यस वर्षको प्रधान पुजारी कैयाफाले भने, “तिमीहरूलाई केही पनि थाहा छैन!
49 Um deles, chamado Caifás, que era o sumo sacerdote daquele ano, disse-lhes: Vós não entendeis nada!
50 मानिसहरूका निम्ति सम्पूर्ण जाति नाश हुनुभन्दा यो एउटा मानिस मर्नु नै असल हुन्छ भनी तिमीहरू महसुस गर्दैनौ?”
50 Nem considerais que vos convém que morra um só homem pelo povo, e que não pereça toda a nação.
51 कैयाफा आफूले सोचेर यसो भनेका थिएनन्, तर उनी प्रधान पुजारी भएको हुनाले येशू सम्पूर्ण यहूदी राष्ट्रका निम्ति मर्नुपर्छ भन्ने अगमवाणी तिनको मुखबाट निस्केको थियो।
51 E ele não disse isso por si mesmo, mas, como era o sumo sacerdote daquele ano, profetizava que Jesus havia de morrer pela nação,
52 अनि त्यस राष्ट्रका लागि मात्र होइन, तर संसारभरि छरिएर बसेका परमेश्वरका सन्तानका निम्ति तिनीहरूलाई जम्मा गर्न र एउटै बनाउनलाई येशू मर्नुहुनेछ भन्ने यो भविष्यवाणी भएको थियो।
52 e não somente pela nação, mas também para que fossem reconduzidos à unidade os filhos de Deus dispersos.
53 यसकारण त्यही समयदेखि तिनीहरूले येशूलाई मार्ने षड्यन्त्र रच्न थाले।
53 E desde aquele momento resolveram tirar-lhe a vida.
54 त्यसकारण येशू यहूदीहरूका बीचमा खुल्लमखुल्ला हिँड्नुभएन। उहाँ उजाडस्थानको छेउमा भएको एफ्राइम गाउँ जानुभयो र त्यहाँ आफ्ना चेलाहरूसँग बस्नुभयो।
54 Em conseqüência disso, Jesus já não andava em público entre os judeus. Retirou-se para uma região vizinha do deserto, a uma cidade chamada Efraim, e ali se detinha com seus discípulos.
55 यहूदीहरूको निस्तार चाड नजिकै थियो। निस्तार चाड सुरु हुनुअगि शुद्धी-संस्कार पालन गर्न भनेर गाउँ-बस्तीबाट धेरै मानिसहरू यरूशलेम आएका थिए।
55 Estava próxima a Páscoa dos judeus, e muita gente de todo o país subia a Jerusalém antes da Páscoa para se purificar.
56 तिनीहरू सबैले येशूलाई खोजे, र मन्दिरमा उभिरहेका बेला तिनीहरूले आपसमा यसरी सोधखोज गरे, “तिम्रो के विचार छ? उहाँ निस्तार चाडको लागि आउनुहुन्न होला र?”
56 Procuravam Jesus e falavam uns com os outros no templo: Que vos parece? Achais que ele não virá à festa?
57 तर मुख्य पुजारीहरू र फरिसीहरूले चाहिँ येशूलाई पक्रन सकियोस् भनेर कसैले येशूलाई देख्यो भने त्यसले तिनीहरूलाई खबर गर्नू भन्ने आज्ञा दिएका थिए।
57 Mas os sumos sacerdotes e os fariseus tinham dado ordem para que todo aquele que soubesse onde ele estava o denunciasse, para o prenderem.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar João 11, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.