Gênesis 42

npioncb (NPIONCB) vs ARA

Sair da comparação
ARA Almeida Revista e Atualizada 1993
1 जब इजिप्टमा प्रशस्त अन्‍न छ भनी याकोबलाई थाहा भयो, तब उनले आफ्ना छोराहरूलाई भने, “तिमीहरू एक-अर्कालाई किन टुलुटुलु हेरेर बस्छौ?”
1 Sabedor Jacó de que havia mantimento no Egito, disse a seus filhos: Por que estais aí a olhar uns para os outros?
2 उनले भने, “इजिप्टमा अन्‍न छ भनी मैले सुनेको छु। जाओ, गएर अन्‍न किनेर ल्याओ, ताकि हामीहरू जीवितै रहन सकौँ, नत्रता हामी मर्नेछौँ।”
2 E ajuntou: Tenho ouvido que há cereais no Egito; descei até lá e comprai-nos deles, para que vivamos e não morramos.
3 तब योसेफका दश जना दाजुहरू अन्‍न किन्‍नलाई इजिप्टमा गए।
3 Então, desceram dez dos irmãos de José, para comprar cereal do Egito.
4 तर याकोबले योसेफका भाइ बेन्यामीनलाई उनीहरूसित पठाएनन्; किनकि त्यसमाथि कुनै जोखिम आइपर्ला कि भनी तिनी डराए।
4 A Benjamim, porém, irmão de José, não enviou Jacó na companhia dos irmãos, porque dizia: Para que não lhe suceda, acaso, algum desastre.
5 यसकारण अन्‍न किन्‍न जानेहरूमा इस्राएलका छोराहरू पनि थिए; किनकि कनानमा पनि अनिकाल परेको थियो।
5 Entre os que iam, pois, para lá, foram também os filhos de Israel; porque havia fome na terra de Canaã.
6 त्यस समय योसेफचाहिँ इजिप्टका राज्यपाल थिए; अनि त्यहाँका सबै मानिसहरूलाई अन्‍न बेच्ने तिनी नै थिए। यसकारण योसेफका दाजुहरू आइपुगे, र उनीहरूले भुइँसम्म निहुरेर तिनलाई दण्डवत् गरे।
6 José era governador daquela terra; era ele quem vendia a todos os povos da terra; e os irmãos de José vieram e se prostraram rosto em terra, perante ele.
7 योसेफले आफ्ना दाजुहरूलाई देख्नासाथै उनीहरूलाई चिने; तर तिनले नचिनेको भान पारेर रुखो सोरमा उनीहरूसित बोले। तिनले सोधे, “तिमीहरू कहाँबाट आएका हौ?”
7 Vendo José a seus irmãos, reconheceu-os, porém não se deu a conhecer, e lhes falou asperamente, e lhes perguntou: Donde vindes? Responderam: Da terra de Canaã, para comprar mantimento.
8 योसेफले आफ्ना दाजुहरूलाई चिने, तर उनीहरूले चाहिँ तिनलाई चिनेनन्।
8 José reconheceu os irmãos; porém eles não o reconheceram.
9 अनि तिनले उनीहरूको बारेमा आफूले देखेका सपनाहरू सम्झे, र उनीहरूलाई भने, “पक्‍कै पनि तिमीहरू जासुस हौ! हाम्रो देशको कमजोरी पत्ता लगाउन आएका हौ।”
9 Então, se lembrou José dos sonhos que tivera a respeito deles e lhes disse: Vós sois espiões e viestes para ver os pontos fracos da terra.
10 उनीहरूले जवाफ दिए, “होइन, हे प्रभु, हामी तपाईंका सेवकहरू अन्‍न किन्‍न आएका हौँ।
10 Responderam-lhe: Não, senhor meu; mas vieram os teus servos para comprar mantimento.
11 हामी सबै एकै मानिसका छोराहरू हौँ। तपाईंका सेवकहरू इमानदार मानिसहरू हौँ, हामी जासुस होइनौँ।”
11 Somos todos filhos de um mesmo homem; somos homens honestos; os teus servos não são espiões.
12 तिनले उनीहरूलाई भने, “होइन! पक्‍कै पनि तिमीहरू हाम्रो देशका कमजोरी पत्ता लगाउन आएका हौ।”
12 Ele, porém, lhes respondeu: Nada disso; pelo contrário, viestes para ver os pontos fracos da terra.
13 तर उनीहरूले जवाफ दिए, “हामी तपाईंका सेवकहरू बाह्र जना दाजुभाइहरू छौँ; कनान देशमा बस्‍ने एकै मानिसका छोराहरू हौँ। कान्छोचाहिँ अहिले हाम्रा पितासित छ, र एउटाचाहिँ मरिसक्यो।”
13 Eles disseram: Nós, teus servos, somos doze irmãos, filhos de um homem na terra de Canaã; o mais novo está hoje com nosso pai, outro já não existe.
14 योसेफले उनीहरूलाई भने, “मैले तिमीहरूलाई भनेझैँ तिमीहरू जासुसहरू हौ!
14 Então, lhes falou José: É como já vos disse: sois espiões.
15 अनि तिमीहरू यसरी जाँचिनेछौ: फारोको जीवनको शपथ खाएर म भन्छु, तिमीहरूको कान्छो भाइ यहाँ नआएसम्म तिमीहरू यस ठाउँबाट जान पाउनेछैनौ।
15 Nisto sereis provados: pela vida de Faraó, daqui não saireis, sem que primeiro venha o vosso irmão mais novo.
16 तिमीहरूमध्ये एक जनालाई आफ्नो भाइ ल्याउन पठाओ; अनि अरूलाईचाहिँ थुनामा राखिनेछ, ताकि तिमीहरूले भनेको कुरा साँचो हो कि होइन भनेर पत्ता लगाउन सकियोस्। यदि होइन भने फारोको जीवनको शपथ खाएर म भन्छु, तिमीहरू जासुस हौ!”
16 Enviai um dentre vós, que traga vosso irmão; vós ficareis detidos para que sejam provadas as vossas palavras, se há verdade no que dizeis; ou se não, pela vida de Faraó, sois espiões.
17 अनि तिनले उनीहरू सबैलाई तीन दिन थुनामा राखे।
17 E os meteu juntos em prisão três dias.
18 तेस्रो दिनमा योसेफले उनीहरूलाई भने, “म परमेश्‍वरको भय मान्दछु; यदि तिमीहरूले यसो गर्‍यौ भने तिमीहरू बाँच्नेछौ।
18 Ao terceiro dia, disse-lhes José: Fazei o seguinte e vivereis, pois temo a Deus.
19 तिमीहरू इमानदार मानिसहरू हौ भने तिमीहरूका दाजुभाइहरूमध्ये एक जना थुनामा रहोस्; अनि अरूचाहिँ अन्‍न लिएर भोकले ग्रस्त भएका तिमीहरूका घरानाकहाँ जाऊन्।
19 Se sois homens honestos, fique detido um de vós na casa da vossa prisão; vós outros ide, levai cereal para suprir a fome das vossas casas.
20 तर तिमीहरूले आफ्नो कान्छो भाइलाई मकहाँ ल्याउनुपर्छ, ताकि तिमीहरूका कुराहरू साँचो ठहरियोस् र तिमीहरू मर्न नपरोस्।” तब उनीहरूले त्यसै गरे।
20 E trazei-me vosso irmão mais novo, com o que serão verificadas as vossas palavras, e não morrereis. E eles se dispuseram a fazê-lo.
21 उनीहरूले आपसमा भने, “साँच्‍चै नै हामीले आफ्नो भाइलाई नराम्रो व्यवहार गरेको कारण दण्ड पाएका हौँ। त्यसले आफ्नो जीवनको निम्ति बिन्ती गर्दा हामीले त्यसलाई कति दुःखित भएको देखेका थियौँ, तर पनि हामीले सुनेनौँ; त्यसैकारण यो विपत्ति हामीमाथि आएको छ।”
21 Então, disseram uns aos outros: Na verdade, somos culpados, no tocante a nosso irmão, pois lhe vimos a angústia da alma, quando nos rogava, e não lhe acudimos; por isso, nos vem esta ansiedade.
22 रूबेनले भने, “के मैले तिमीहरूलाई त्यस केटाको विरुद्धमा पाप नगर भनेको थिइनँ? तर तिमीहरूले सुनेनौ! अब त हामीले त्यसको रगतको हिसाब दिनुपर्नेछ।”
22 Respondeu-lhes Rúben: Não vos disse eu: Não pequeis contra o jovem? E não me quisestes ouvir. Pois vedes aí que se requer de nós o seu sangue.
23 योसेफले दोभासेलाई प्रयोग गरेका हुनाले तिनले उनीहरूका कुरा बुझ्दैछन् भनेर उनीहरूले थाहा पाएनन्।
23 Eles, porém, não sabiam que José os entendia, porque lhes falava por intérprete.
24 तब तिनी उनीहरूदेखि अलि पर गएर रुन थाले; तर फेरि तिनले आफूलाई सम्हाले र आएर उनीहरूसित कुरा गरे। तिनले शिमियोनलाई उनीहरूकै आँखाको सामु बाँध्न लाए।
24 E, retirando-se deles, chorou; depois, tornando, lhes falou; tomou a Simeão dentre eles e o algemou na presença deles.
25 योसेफले उनीहरूका बोराहरूमा अन्‍न भर्न र हरेकको बोरामा तिनीहरूका आ-आफ्नै चाँदीका पैसा हालिदिन र यात्राका निम्ति खानेकुराको प्रबन्ध गर्न हुकुम गरे। उनीहरूका निम्ति यी सबै गरिसकेपछि,
25 Ordenou José que lhes enchessem de cereal os sacos, e lhes restituíssem o dinheiro, a cada um no saco de cereal, e os suprissem de comida para o caminho; e assim lhes foi feito.
26 उनीहरूले आफ्ना गधाहरूमाथि आफ्ना अन्‍नहरू लादे, र त्यहाँबाट गए।
26 E carregaram o cereal sobre os seus jumentos e partiram dali.
27 उनीहरू राति बास बस्‍ने ठाउँमा रोकिएपछि तिनीहरूमध्ये एक जनाले आफ्नो गधालाई खानेकुरा दिनलाई आफ्नो बोरा खोले, तब बोराको मुखैमा आफ्नो पैसा देखे।
27 Abrindo um deles o saco de cereal, para dar de comer ao seu jumento na estalagem, deu com o dinheiro na boca do saco de cereal.
28 तिनले आफ्ना दाजुभाइहरूलाई भने, “मेरो पैसा फर्काइएको रहेछ। हेर, त्यो त मेरो बोरामै छ।”
28 Então, disse aos irmãos: Devolveram o meu dinheiro; aqui está na boca do saco de cereal. Desfaleceu-lhes o coração, e, atemorizados, entreolhavam-se, dizendo: Que é isto que Deus nos fez?
29 जब उनीहरू कनान देशमा आफ्ना पिता याकोबकहाँ आइपुगे, तब उनीहरूले आफूमाथि जे घटना भएको थियो, ती सबै बताए;
29 E vieram para Jacó, seu pai, na terra de Canaã, e lhe contaram tudo o que lhes acontecera, dizendo:
30 अनि भने, “त्यस देशका मालिकले हामीसित रुखो बोली बोले, र हामी त्यस देशमा जासुसी गर्न गएझैँ व्यवहार गरे।
30 O homem, o senhor da terra, falou conosco asperamente e nos tratou como espiões da terra.
31 तर हामीले तिनलाई भन्यौँ, ‘हामी जासुसहरू होइनौँ; तर इमानदार मानिसहरू हौँ।
31 Dissemos-lhe: Somos homens honestos; não somos espiões;
32 हामी बाह्र जना दाजुभाइहरू एकै पिताका छोराहरू हौँ। एउटा भाइ मरिसक्यो, र कान्छोचाहिँ अहिले कनानमा हाम्रा पितासित छ।’
32 somos doze irmãos, filhos de um mesmo pai; um já não existe, e o mais novo está hoje com nosso pai na terra de Canaã.
33 “तब त्यस देशका मालिकले हामीलाई भने, ‘तिमीहरू इमानदार मानिसहरू हौ भनी म यसरी जान्‍नेछु: तिमीहरूका दाजुभाइहरूमध्ये एक जनालाई यहाँ मसित छोड, र बाँकीचाहिँ भोकले ग्रस्त भएको आफ्ना घरानाका निम्ति अन्‍न लिएर जाओ।
33 Respondeu-nos o homem, o senhor da terra: Nisto conhecerei que sois homens honestos: deixai comigo um de vossos irmãos, tomai o cereal para remediar a fome de vossas casas e parti;
34 अनि तिमीहरूको कान्छो भाइलाई मकहाँ ल्याओ, र तिमीहरू जासुस होइन रहेछौ, तर इमानदार मानिसहरू रहेछौ भनी म जान्‍नेछु। तब म तिमीहरूको भाइलाई तिमीहरूकहाँ फर्काइदिनेछु, र तिमीहरूले यस देशमा स्वतन्त्र भएर लेनदेन गर्न सक्नेछौ।’ ”
34 trazei-me vosso irmão mais novo; assim saberei que não sois espiões, mas homens honestos. Então, vos entregarei vosso irmão, e negociareis na terra.
35 उनीहरूले जब आफ्ना बोराहरू खाली गर्दैथिए; हरेकको बोराभित्र आ-आफ्नो पैसाको थैली रहेछ! जब उनीहरूले र उनीहरूका पिताले पैसाको थैलीहरू देखे, तब उनीहरू भयभीत भए।
35 Aconteceu que, despejando eles os sacos de cereal, eis cada um tinha a sua trouxinha de dinheiro no saco de cereal; e viram as trouxinhas com o dinheiro, eles e seu pai, e temeram.
36 उनीहरूका पिता याकोबले उनीहरूलाई भने, “तिमीहरूले मलाई मेरा छोराहरूदेखि वञ्चित गरायौ। योसेफ छैन; अनि अब यहाँ शिमियोन पनि छैन। अनि अझै तिमीहरू बेन्यामीनलाई लैजान खोज्दैछौ। यी सबै कुरा मेरा विरुद्धमा छन्!”
36 Então, lhes disse Jacó, seu pai: Tendes-me privado de filhos: José já não existe, Simeão não está aqui, e ides levar a Benjamim! Todas estas coisas me sobrevêm.
37 तब रूबेनले आफ्ना पितालाई भने, “यदि मैले यसलाई फर्काएर ल्याउन सकिनँ भने तपाईंले मेरा दुवै छोराहरूलाई मारिदिन सक्नुहुन्छ। यसलाई मेरो जिम्मामा छोडिदिनुहोस्, म यसलाई फर्काएर ल्याउनेछु।”
37 Mas Rúben disse a seu pai: Mata os meus dois filhos, se to não tornar a trazer; entrega-mo, e eu to restituirei.
38 तर याकोबले भने, “मेरो छोरा तँसित त्यहाँ जानेछैन; यसको दाजु मरेर गयो, अब ऊ एउटा मात्र बाँकी रहेको छ। तिमीहरूसित यात्रामा यदि यसमाथि कुनै जोखिम आइपर्‍यो भने तिमीहरूले मलाई यो सेतै फुलेको अवस्थामा शोकसितै चिहानमा लैजानेछौ।”
38 Ele, porém, disse: Meu filho não descerá convosco; seu irmão é morto, e ele ficou só; se lhe sucede algum desastre no caminho por onde fordes, fareis descer minhas cãs com tristeza à sepultura.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Gênesis 42, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.