Gênesis 3

npioncb (NPIONCB)

1 अब याहवेह परमेश्‍वरले बनाउनुभएका सबै जङ्गली पशुहरूमध्ये सर्प सबैभन्दा बढी धूर्त थियो। त्यसले स्त्रीलाई भन्यो, “के याहवेह परमेश्‍वरले ‘यस बगैँचाको कुनै पनि रूखका फल तिमीहरूले नखानू’ भनी साँच्‍चै भन्‍नुभएको हो?”

2 तब स्त्रीले सर्पलाई भनिन्, “बगैँचामा भएका रूखहरूका फल हामी खान सक्छौँ,

3 तर परमेश्‍वरले यो पनि भन्‍नुभएको छ, ‘तिमीहरूले बगैँचाको बीचमा भएको रूखको फल खाँदै नखानू, र तिमीहरूले त्यो नछुनू; नत्रता तिमीहरू मर्नेछौ।’ ”

4 तब सर्पले स्त्रीलाई भन्यो, “तिमीहरू कदापि मर्नेछैनौ!”

5 “किनकि परमेश्‍वर जान्‍नुहुन्छ कि जब तिमीहरूले यो खान्छौ, तिमीहरूका आँखा खुल्नेछन्; अनि असल र खराब थाहा पाएर तिमीहरू पनि परमेश्‍वरजस्तै हुनेछौ।”

6 जब स्त्रीले त्यस रूखको फल खानका निम्ति असल, हेर्नमा रहरलाग्दो र बुद्धि प्राप्‍त गर्न चाह गर्नुपर्ने रहेछ भनी देखिन्, तब तिनले केही फल टिपेर खाइन्। तब तिनले आफ्ना पतिलाई पनि दिइन्; जो तिनीसँगै थिए, र तिनले पनि खाए।

7 तब ती दुवैका आँखा खुले, र आफू नाङ्गा भएका तिनीहरूले थाहा पाए। यसकारण तिनीहरूले ढाक्नका लागि नेभाराका पातहरू गाँसेर आफ्ना निम्ति वस्त्र बनाए।

8 जब याहवेह परमेश्‍वर दिनको शीतल समयमा बगैँचामा हिँड्दैहुनुहुन्थ्यो, तब मानिस र तिनकी पत्नीले उहाँको सोर सुने, र तिनीहरू याहवेह परमेश्‍वरदेखि बगैँचाका रूखहरूका बीचमा लुके।

9 तर याहवेह परमेश्‍वरले मानिसलाई, “तँ कहाँ छस्?” भनी बोलाउनुभयो।

10 तिनले जवाफ दिए, “मैले बगैँचामा तपाईंको सोर सुनेँ, र मलाई डर लाग्यो, किनकि म नाङ्गो थिएँ; त्यसैले म लुकेँ।”

11 अनि उहाँले भन्‍नुभयो, “तँ नाङ्गै छस् भनी कसले भन्यो? मैले नखानू भनी आदेश दिएको त्यस रूखबाट तैँले खाइस्?”

12 आदमले भने, “तपाईंले मसँगै रहन भनी दिनुभएको स्त्रीले त्यस रूखबाट मलाई केही फल दिई, र मैले खाएँ।”

13 तब याहवेह परमेश्‍वरले स्त्रीलाई भन्‍नुभयो, “तैँले यो के गरिस्?”

14 यसकारण याहवेह परमेश्‍वरले सर्पलाई भन्‍नुभयो, “तैँले यसो गरेको कारण,

15 अनि तेरो र स्त्रीको बीचमा,

16 स्त्रीलाई उहाँले भन्‍नुभयो,

17 आदमलाई उहाँले भन्‍नुभयो, “किनकि तैँले तेरी पत्नीको कुरा सुनेको र मैले तँलाई ‘खाँदै नखानू भनी आदेश दिएको रूखको फल खाएको हुनाले,’

18 भूमिले तेरा निम्ति काँडा र सिउँडी उमार्नेछ;

19 जबसम्म तँ माटोमा फर्किजाँदैनस्,

20 आदमले आफ्नी पत्नीको नाम हव्वा राखे; किनकि तिनी नै सबै जीवितहरूकी आमा थिइन्।

21 याहवेह परमेश्‍वरले आदम र तिनकी पत्नीका निम्ति छालाको वस्त्र बनाएर पहिर्‍याइदिनुभयो।

22 अनि याहवेह परमेश्‍वरले भन्‍नुभयो, “मानिस अब हामीजस्तै असल र खराबको ज्ञान जान्‍ने भएको छ। अब उसो त्यसले आफ्नो हात बढाउन नपाओस् र जीवनको रूखबाट टिपेर पनि नखाओस्, र अनन्तसम्म बाँच्न नपाओस्।”

23 यसकारण जुन भूमिबाट तिनी बनाइएका थिए, त्यसैको खनजोत गरोस् भनेर याहवेह परमेश्‍वरले तिनलाई अदनको बगैँचाबाट निकालिदिनुभयो।

24 उहाँले मानिसलाई धपाइदिनुभएपछि, अदनको बगैँचाको पूर्वपट्टि जीवनको रूखमा जाने बाटोको रक्षा गर्नलाई करूबहरू अनि चारैतिर चम्किरहने ज्वालामय तरवार राखिदिनुभयो।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Gênesis 3, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.