Gênesis 29
npioncb (NPIONCB) vs ARA
1 तब याकोबले आफ्नो यात्रा जारी गर्दैगए, र पूर्वका जातिहरूको देशमा आए।
1 Pôs-se Jacó a caminho e se foi à terra do povo do Oriente.
2 तब उनले त्यहाँ खुला मैदानमा एउटा इनार देखे, जसको छेउमा तीन बगाल भेडाबाख्राहरू बसिरहेका थिए। किनकि गोठालाहरूले त्यही इनारबाट आफ्ना बगाललाई पानी पियाउने गर्थे। इनारको मुखमा राखिएको ढुङ्गा ठूलो थियो।
2 Olhou, e eis um poço no campo e três rebanhos de ovelhas deitados junto dele; porque daquele poço davam de beber aos rebanhos; e havia grande pedra que tapava a boca do poço.
3 जब सबै बगालहरू त्यहाँ भेला हुन्थे; गोठालाहरूले इनारको मुखबाट ढुङ्गा हटाइदिन्थे, र भेडाहरूलाई पानी पियाउँथे। त्यसपछि तिनीहरूले त्यस ढुङ्गालाई फेरि गुडाउँदै ल्याएर इनारको मुख छोपिदिन्थे।
3 Ajuntavam-se ali todos os rebanhos, os pastores removiam a pedra da boca do poço, davam de beber às ovelhas e tornavam a colocá-la no seu devido lugar.
4 याकोबले ती गोठालाहरूलाई सोधे, “मेरा भाइहरू हो, तपाईंहरू कुन ठाउँबाट आउनुभएको हो?”
4 Perguntou-lhes Jacó: Meus irmãos, donde sois? Responderam: Somos de Harã.
5 तिनले तिनीहरूलाई भने, “के तपाईंहरू नाहोरका नाति लाबानलाई चिन्नुहुन्छ?”
5 Perguntou-lhes: Conheceis a Labão, filho de Naor? Responderam: Conhecemos.
6 तब याकोबले तिनीहरूलाई सोधे, “के उहाँ कुशलै हुनुहुन्छ?”
6 Ele está bom? Perguntou ainda Jacó. Responderam: Está bom. Raquel, sua filha, vem vindo aí com as ovelhas.
7 तिनले भने, “हेर्नुहोस्, घाम अझसम्म आकाशमाथि नै छ। यतिखेर बगाललाई भेला गराउने समय भएको छैन। भेडाबाख्राहरूलाई पानी पियाउनुहोस्; र फेरि चराउन लानुहोस्।”
7 Então, lhes disse: É ainda pleno dia, não é tempo de se recolherem os rebanhos; dai de beber às ovelhas e ide apascentá-las.
8 तिनीहरूले भने, “सबै बगाल भेला नभएसम्म इनारको मुखबाट हामी ढुङ्गा हटाउन सक्दैनौँ। त्यसपछि हामी भेडाबाख्राहरूलाई पानी पियाउँछौँ।”
8 Não o podemos, responderam eles, enquanto não se ajuntarem todos os rebanhos, e seja removida a pedra da boca do poço, e lhes demos de beber.
9 याकोब उनीहरूसित कुरा गर्दैगर्दा राहेल आफ्ना पिताका भेडाहरू लिएर आइपुगिन्; किनकि तिनी भेडा गोठाल्नी थिइन्।
9 Falava-lhes ainda, quando chegou Raquel com as ovelhas de seu pai; porque era pastora.
10 जब याकोबले आफ्नी आमाका दाजु लाबानकी छोरी राहेल र लाबानका भेडाहरू देखे, तब तिनी गएर इनारको मुखबाट ढुङ्गा हटाएर आफ्ना मामाका भेडाहरूलाई पानी पियाए।
10 Tendo visto Jacó a Raquel, filha de Labão, irmão de sua mãe, e as ovelhas de Labão, chegou-se, removeu a pedra da boca do poço e deu de beber ao rebanho de Labão, irmão de sua mãe.
11 तब याकोबले राहेललाई म्वाइँ खाए, र डाँको छोडेर रुन लागे।
11 Feito isso, Jacó beijou a Raquel e, erguendo a voz, chorou.
12 याकोबले राहेललाई आफू तिनका पिताका नातेदार र रिबेकाको छोरो हुँ भनेर बताए। त्यसैले राहेल दगुरेर गइन्, र आफ्ना पितालाई भनिन्।
12 Então, contou Jacó a Raquel que ele era parente de seu pai, pois era filho de Rebeca; ela correu e o comunicou a seu pai.
13 लाबानले जब आफ्नी बहिनीको छोरा याकोबको विषयमा खबर सुने, तब तिनी उनलाई भेट्न हतारसाथ गए। तिनले उनलाई अङ्कमाल गरे, र म्वाइँ खाए, र तिनलाई घरमा ल्याए; अनि याकोबले तिनलाई त्यहाँ यी सबै कुराहरू भनिदिए।
13 Tendo Labão ouvido as novas de Jacó, filho de sua irmã, correu-lhe ao encontro, abraçou-o, beijou-o e o levou para casa. E contou Jacó a Labão os acontecimentos de sua viagem.
14 तब लाबानले भने, “तिमी मेरै मासु र रगत हौ।”
14 Disse-lhe Labão: De fato, és meu osso e minha carne. E Jacó, pelo espaço de um mês, permaneceu com ele.
15 लाबानले याकोबलाई भने, “हुन त तिमी मेरा नातेदार हौ, तर यसो भन्दैमा तिमीले सित्तैँमा मेरो सेवा गर्नुपर्छ र? तिम्रो ज्याला कति हुनुपर्ने हो, मलाई भन।”
15 Depois, disse Labão a Jacó: Acaso, por seres meu parente, irás servir-me de graça? Dize-me, qual será o teu salário?
16 लाबानका दुई छोरीहरू थिए; जेठीको नाम लेआ, र कान्छीको नाम राहेल थियो।
16 Ora, Labão tinha duas filhas: Lia, a mais velha, e Raquel, a mais moça.
17 लेआका आँखा कमजोर थिए, तर राहेलचाहिँ राम्रो बनोट भएकी र सुन्दरी थिइन्।
17 Lia tinha os olhos baços, porém Raquel era formosa de porte e de semblante.
18 याकोबले राहेललाई प्रेम गर्थे, त्यसैले उनले लाबानलाई भने, “म तपाईंकी कान्छी छोरी राहेलका निम्ति तपाईंसित सात वर्ष सेवा गर्नेछु।”
18 Jacó amava a Raquel e disse: Sete anos te servirei por tua filha mais moça, Raquel.
19 लाबानले भने, “मैले यसलाई अरू मानिसलाई दिनुभन्दा त तिमीलाई दिनु नै असल हो। मसित यहीँ बस।”
19 Respondeu Labão: Melhor é que eu ta dê, em vez de dá-la a outro homem; fica, pois, comigo.
20 यसकारण राहेललाई पाउनका लागि याकोबले सात वर्षसम्म सेवा गरे; तर तिनले उनलाई प्रेम गरेको कारण याकोबका लागि ती थोरै दिनजस्तो मात्र लाग्यो।
20 Assim, por amor a Raquel, serviu Jacó sete anos; e estes lhe pareceram como poucos dias, pelo muito que a amava.
21 तब याकोबले लाबानलाई भने, “मलाई मेरी पत्नी दिनुहोस्। मेरो समय पूरा भयो, र म तिनीसँग सहवास गर्न चाहन्छु।”
21 Disse Jacó a Labão: Dá-me minha mulher, pois já venceu o prazo, para que me case com ela.
22 यसकारण लाबानले त्यस ठाउँका सबै मानिसहरूलाई एकसाथ बोलाएर भोज दिए।
22 Reuniu, pois, Labão todos os homens do lugar e deu um banquete.
23 तर जब साँझ भयो, तिनले आफ्नी छोरी लेआलाई ल्याएर याकोबलाई दिए। अनि याकोबले तिनीसित सहवास गरे।
23 À noite, conduziu a Lia, sua filha, e a entregou a Jacó. E coabitaram.
24 अनि लाबानले आफ्नी दासी जिल्पालाई आफ्नी छोरी लेआकी सेविका हुनलाई दिए।
24 (Para serva de Lia, sua filha, deu Labão Zilpa, sua serva.)
25 जब बिहान भयो, राहेलको सट्टा लेआ पो त्यहाँ रहिछिन्! यसकारण याकोबले लाबानलाई भने, “यो तपाईंले मलाई के गर्नुभयो? के मैले राहेलका निम्ति तपाईंको सेवा गरेको होइनँ र? तपाईंले मलाई किन धोका दिनुभयो?”
25 Ao amanhecer, viu que era Lia. Por isso, disse Jacó a Labão: Que é isso que me fizeste? Não te servi eu por amor a Raquel? Por que, pois, me enganaste?
26 लाबानले जवाफ दिए, “यहाँ हाम्रो परम्पराअनुसार कान्छीको विवाह जेठीभन्दा पहिले गर्नुहुँदैन।
26 Respondeu Labão: Não se faz assim em nossa terra, dar-se a mais nova antes da primogênita.
27 यस छोरीसित एक साता वैवाहिक उत्सव पूरा गर, र तिमीले अर्को सात वर्ष मेरो सेवा गर; तब तिमीलाई कान्छी छोरी पनि दिनेछौँ।”
27 Decorrida a semana desta, dar-te-emos também a outra, pelo trabalho de mais sete anos que ainda me servirás.
28 अनि याकोबले त्यस्तै गरे। तिनले लेआसित एक हप्ता बिताए; अनि लाबानले आफ्नी छोरी राहेललाई तिनकी पत्नी हुनलाई दिए।
28 Concordou Jacó, e se passou a semana desta; então, Labão lhe deu por mulher Raquel, sua filha.
29 अनि लाबानले आफ्नी सेविका बिल्हालाई आफ्नी छोरी राहेलकी सेविका हुनलाई दिए।
29 (Para serva de Raquel, sua filha, deu Labão a sua serva Bila.)
30 याकोबले राहेलसित सहवास गरे; अनि तिनले लेआलाई भन्दा राहेललाई बढी प्रेम गरे। अनि तिनले अर्को सात वर्ष लाबानको सेवा गरे।
30 E coabitaram. Mas Jacó amava mais a Raquel do que a Lia; e continuou servindo a Labão por outros sete anos.
31 जब याहवेहले लेआलाई प्रेम नपाएकी देख्नुभयो, तब उहाँले तिनको कोख खोलिदिनुभयो; तर राहेलचाहिँ बाँझी रहिन्।
31 Vendo o Senhor que Lia era desprezada, fê-la fecunda; ao passo que Raquel era estéril.
32 लेआ गर्भवती भइन् र तिनले एउटा छोरा जन्माइन्। तिनले उसको नाम रूबेन राखिन्; किनकि तिनले भनिन्, “योचाहिँ याहवेहले मेरो कष्ट देख्नुभएको कारणले हो। निश्चय नै मेरा पतिले अब मलाई प्रेम गर्नुहुनेछ।”
32 Concebeu, pois, Lia e deu à luz um filho, a quem chamou Rúben, pois disse: O Senhor atendeu à minha aflição. Por isso, agora me amará meu marido.
33 तिनी फेरि गर्भवती भइन्, र अर्को छोरा जन्माउँदा तिनले भनिन्, “किनकि मैले प्रेम पाइनँ भनेर याहवेहले सुन्नुभएको छ; र उहाँले मलाई यो छोरा पनि दिनुभयो।” यसकारण तिनले त्यसको नाम शिमियोन राखिन्।
33 Concebeu outra vez, e deu à luz um filho, e disse: Soube o Senhor que era preterida e me deu mais este; chamou-lhe, pois, Simeão.
34 तिनी फेरि गर्भवती भइन्, र अर्को छोरा जन्माउँदा तिनले भनिन्, “अब यस पटक त मेरा पति मसँगै मिल्न आउनुहुनेछ; किनकि मैले उहाँका निम्ति तीन वटा छोरा पाइसकेँ।” यसकारण त्यसको नाम लेवी राखियो।
34 Outra vez concebeu Lia, e deu à luz um filho, e disse: Agora, desta vez, se unirá mais a mim meu marido, porque lhe dei à luz três filhos; por isso, lhe chamou Levi.
35 तिनी फेरि गर्भवती भइन्, र त्यो छोरा जन्माउँदा तिनले भनिन्, “यस पटक म याहवेहको प्रशंसा गर्नेछु।” यसकारण तिनले त्यसको नाम यहूदा राखिन्। त्यसपछि तिनले छोराछोरी जन्माउन छोडिन्।
35 De novo concebeu e deu à luz um filho; então, disse: Esta vez louvarei o Senhor . E por isso lhe chamou Judá; e cessou de dar à luz.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Gênesis 29, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.