Gênesis 26
npioncb (NPIONCB) vs ARA
1 अब अब्राहामको समयमा परेको अनिकालबाहेक त्यस देशमा फेरि अर्को अनिकाल पनि पर्यो; अनि इसहाक गरारमा भएका पलिश्तीहरूका राजा अबीमेलेककहाँ गए।
1 Sobrevindo fome à terra, além da primeira havida nos dias de Abraão, foi Isaque a Gerar, avistar-se com Abimeleque, rei dos filisteus.
2 याहवेह इसहाककहाँ देखा पर्नुभयो र भन्नुभयो, “तल इजिप्टमा नजा; तर मैले तँलाई भनेकै देशमा गएर बस्।
2 Apareceu-lhe o Senhor e disse: Não desças ao Egito. Fica na terra que eu te disser;
3 यस देशमा केही समय परदेशी भएर बस्, र म तँसित हुनेछु र तँलाई आशिष् दिनेछु। किनकि म तँलाई र तेरा सन्तानहरूलाई यी सबै देशहरू दिनेछु; र मैले तेरा पिता अब्राहामसित खाएको शपथ पूरा गर्नेछु।
3 habita nela, e serei contigo e te abençoarei; porque a ti e a tua descendência darei todas estas terras e confirmarei o juramento que fiz a Abraão, teu pai.
4 म तेरा सन्तानहरूलाई आकाशमा भएका ताराझैँ असंख्य तुल्याउनेछु; अनि तिनीहरूलाई यी सबै देशहरू दिनेछु; र तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिले आशिष् पाउनेछन्;
4 Multiplicarei a tua descendência como as estrelas dos céus e lhe darei todas estas terras. Na tua descendência serão abençoadas todas as nações da terra;
5 किनकि अब्राहामले मेरो आज्ञापालन गर्यो, र मेरा आज्ञाहरू, मेरा उर्दीहरू र मेरा निर्देशनहरू पालन गर्दै मैले चाहेका सबै कुरा गर्यो।”
5 porque Abraão obedeceu à minha palavra e guardou os meus mandados, os meus preceitos, os meus estatutos e as minhas leis.
6 यसकारण इसहाक गरारमै बसे।
6 Isaque, pois, ficou em Gerar.
7 त्यस ठाउँका मानिसहरूले तिनलाई रिबेकाको विषयमा सोधपुछ गर्दा तिनले भने, “यिनी मेरी बहिनी हुन्; किनकि रिबेकाको कारण त्यस ठाउँका मानिसहरूले तिनलाई मार्लान् भन्ने सोचेर रिबेकालाई आफ्नी पत्नी भन्न तिनी डराए; किनकि रिबेका अत्यन्तै राम्री थिइन्।”
7 Perguntando-lhe os homens daquele lugar a respeito de sua mulher, disse: É minha irmã; pois temia dizer: É minha mulher; para que, dizia ele consigo, os homens do lugar não me matem por amor de Rebeca, porque era formosa de aparência.
8 जब इसहाक त्यहाँ बसेको धेरै भइसकेको थियो, तब पलिश्तीहरूका राजा अबीमेलेकले झ्यालबाट तल हेरे, र तिनले इसहाकलाई आफ्नी पत्नी रिबेकासित प्रेमलाप गरिरहेका देखे।
8 Ora, tendo Isaque permanecido ali por muito tempo, Abimeleque, rei dos filisteus, olhando da janela, viu que Isaque acariciava a Rebeca, sua mulher.
9 यसकारण अबीमेलेकले इसहाकलाई बोलाएर भने, “यिनी त वास्तवमा तिम्री पत्नी रहिछिन्! मलाई तिमीले किन ‘यिनी मेरी बहिनी हुन्’ भन्यौ?”
9 Então, Abimeleque chamou a Isaque e lhe disse: É evidente que ela é tua esposa; como, pois, disseste: É minha irmã? Respondeu-lhe Isaque: Porque eu dizia: para que eu não morra por causa dela.
10 तब अबीमेलेकले भने, “तिमीले हामीसँग यो के गर्यौ? यी मानिसहरूमध्ये कोही तिम्री पत्नीसित सुतेको भए तिमीले हामीमाथि दोष ल्याउनेथियौ।”
10 Disse Abimeleque: Que é isso que nos fizeste? Facilmente algum do povo teria abusado de tua mulher, e tu, atraído sobre nós grave delito.
11 यसकारण अबीमेलेकले सबै मानिसहरूलाई यसो भनी आदेश दिए: “यी मानिस अथवा यिनकी पत्नीलाई हानि गर्ने व्यक्तिले निश्चय नै मृत्युदण्ड पाउनेछ।”
11 E deu esta ordem a todo o povo: Qualquer que tocar a este homem ou à sua mulher certamente morrerá.
12 इसहाकले त्यस देशमा अन्नबाली लगाए; अनि त्यही वर्ष तिनले सय गुणा कटनी गरे; किनकि याहवेहले तिनलाई आशिष् दिनुभएको थियो।
12 Semeou Isaque naquela terra e, no mesmo ano, recolheu cento por um, porque o Senhor o abençoava.
13 तिनी धनी भए, र तिनी अति धनाढ्य नहुन्जेल तिनको सम्पत्ति बढिरह्यो।
13 Enriqueceu-se o homem, prosperou, ficou riquíssimo;
14 तिनीसित यति धेरै बगाल, गाईबस्तु र सेवक-सेविकाहरू थिए, कि पलिश्तीहरूले तिनीसित डाह गर्न लागे।
14 possuía ovelhas e bois e grande número de servos, de maneira que os filisteus lhe tinham inveja.
15 यसकारण तिनका पिता अब्राहामको समयमा, तिनका पिताका सेवकहरूले खनेका सबै इनारहरू पलिश्तीहरूले माटोले पुरिदिए।
15 E, por isso, lhe entulharam todos os poços que os servos de seu pai haviam cavado, nos dias de Abraão, enchendo-os de terra.
16 तब अबीमेलेकले इसहाकलाई भने, “हामीदेखि टाढा गइहाल; किनकि तिमी हाम्रो निम्ति अति शक्तिशाली भएका छौ।”
16 Disse Abimeleque a Isaque: Aparta-te de nós, porque já és muito mais poderoso do que nós.
17 यसकारण इसहाक त्यहाँबाट टाढा सरे र गरारको बेँसीमा पाल टाँगेर त्यहीँ बसोबास गरे।
17 Então, Isaque saiu dali e se acampou no vale de Gerar, onde habitou.
18 इसहाकका पिता अब्राहामको समयमा खनिएका इनारहरू तिनले फेरि खने, जुन अब्राहामको मृत्युपछि पलिश्तीहरूले पुरिदिएका थिए; अनि ती इनारहरूलाई तिनका पिताले दिएकै नामहरू दिए।
18 E tornou Isaque a abrir os poços que se cavaram nos dias de Abraão, seu pai (porque os filisteus os haviam entulhado depois da morte de Abraão), e lhes deu os mesmos nomes que já seu pai lhes havia posto.
19 इसहाकका सेवकहरूले बेँसीमा खने, र त्यहाँ स्वच्छ पानीको एउटा इनार पत्ता लगाए।
19 Cavaram os servos de Isaque no vale e acharam um poço de água nascente.
20 तर गरारका गोठालाहरूले इसहाकका गोठालाहरूसित झगडा गरेर भने, “यो पानी हाम्रो हो!” यसकारण तिनले त्यस इनारको नाम एसेक राखे; किनकि तिनीहरूले उनीहरूसित झगडा गरेका थिए।
20 Mas os pastores de Gerar contenderam com os pastores de Isaque, dizendo: Esta água é nossa. Por isso, chamou o poço de Eseque, porque contenderam com ele.
21 तब तिनीहरूले अर्को इनार खने, तर तिनीहरूले त्यसका निम्ति पनि झगडा गरे; यसकारण तिनले त्यसको नाम सित्ना राखे।
21 Então, cavaram outro poço e também por causa desse contenderam. Por isso, recebeu o nome de Sitna.
22 तिनी त्यहाँबाट अझ अगि बढे, र अर्को इनार खने; अनि कसैले पनि त्यसका निम्ति झगडा गरेन। तिनले त्यसको नाम यसो भनेर रहोबोत राखे, “अब याहवेहले हामीलाई ठाउँ दिनुभएको छ र हामी यस देशमा उन्नति गर्नेछौँ।”
22 Partindo dali, cavou ainda outro poço; e, como por esse não contenderam, chamou-lhe Reobote e disse: Porque agora nos deu lugar o Senhor , e prosperaremos na terra.
23 त्यहाँबाट तिनी बेर्शेबासम्म गए।
23 Dali subiu para Berseba.
24 त्यस रात याहवेह तिनीकहाँ देखा परेर भन्नुभयो, “म तेरा पिता अब्राहामको परमेश्वर हुँ। नडरा, किनकि म तँसित छु; म तँलाई आशिष् दिनेछु र मेरा सेवक अब्राहामको खातिर म तेरो सन्तानको संख्या बढाउनेछु।”
24 Na mesma noite, lhe apareceu o Senhor e disse: Eu sou o Deus de Abraão, teu pai. Não temas, porque eu sou contigo; abençoar-te-ei e multiplicarei a tua descendência por amor de Abraão, meu servo.
25 इसहाकले त्यहाँ एउटा वेदी बनाए अनि याहवेहको आराधना गरे। त्यहाँ तिनले आफ्नो पाल टाँगे; अनि त्यहाँ तिनका सेवकहरूले एउटा इनार खने।
25 Então, levantou ali um altar e, tendo invocado o nome do Senhor , armou a sua tenda; e os servos de Isaque abriram ali um poço.
26 त्यसै बेला गरारबाट अबीमेलेक आफ्ना व्यक्तिगत सल्लाहकार अहुज्जत र आफ्ना सेनाका सेनापति पीकोलसित तिनीकहाँ आए।
26 De Gerar foram ter com ele Abimeleque e seu amigo Ausate e Ficol, comandante do seu exército.
27 इसहाकले तिनीहरूलाई सोधे, “तपाईंहरूले मसित दुश्मनी गरेर मलाई धपाउनुभयो। अहिले तपाईंहरू किन मकहाँ आउनुभयो?”
27 Disse-lhes Isaque: Por que viestes a mim, pois me odiais e me expulsastes do vosso meio?
28 तिनीहरूले जवाफ दिए, “तपाईंसित याहवेह हुनुभएको हामीले प्रष्टसँग देख्यौँ, र हामीले भन्यौँ, ‘तपाईंसित हाम्रो शपथसहितको वाचा गरिएको सम्झौता हुनुपर्नेथियो—हामी र तपाईंबीच।’ हामी तपाईंसँग एउटा सन्धि गर्न चाहन्छौँ,
28 Eles responderam: Vimos claramente que o Senhor é contigo; então, dissemos: Haja agora juramento entre nós e ti, e façamos aliança contigo.
29 ताकि हामीले तपाईंलाई हानि नगरी सधैँ तपाईंसित राम्रो व्यवहार गरेर शान्तिसित तपाईंलाई पठाइदिएझैँ, तपाईंले पनि हामीलाई कुनै हानि गर्नुहुनेछैन। अनि अहिले तपाईंले याहवेहद्वारा आशिष् पाउनुभएको छ।”
29 Jura que nos não farás mal, como também não te havemos tocado, e como te fizemos somente o bem, e te deixamos ir em paz. Tu és agora o abençoado do Senhor .
30 तब इसहाकले तिनीहरूका निम्ति भोज तयार पारे, र तिनीहरूले खाए र पिए।
30 Então, Isaque lhes deu um banquete, e comeram e beberam.
31 अर्को दिन बिहानै ती मानिसहरूले एक-अर्कासित शपथ खाए। तब इसहाकले तिनीहरूलाई आफ्नो बाटो लगाइदिए; अनि तिनीहरू शान्तिसित गए।
31 Levantando-se de madrugada, juraram de parte a parte; Isaque os despediu, e eles se foram em paz.
32 त्यस दिन इसहाकका सेवकहरूले तिनलाई उनीहरूले खनेको इनारको विषयमा बताए। तिनीहरूले भने, “हामीले पानी भेट्टाएका छौँ!”
32 Nesse mesmo dia, vieram os servos de Isaque e, dando-lhe notícia do poço que tinham cavado, lhe disseram: Achamos água.
33 तब तिनले त्यसको नाम शिबा राखे। आजसम्म नै त्यस नगरको नाम बेर्शेबा भनिन्छ।
33 Ao poço, chamou-lhe Seba; por isso, Berseba é o nome daquela cidade até ao dia de hoje.
34 एसाव चालीस वर्षको हुँदा हित्ती बेरीकी छोरी यूदीतलाई र हित्ती एलोनकी छोरी बासमतलाई पनि विवाह गरे।
34 Tendo Esaú quarenta anos de idade, tomou por esposa a Judite, filha de Beeri, heteu, e a Basemate, filha de Elom, heteu.
35 तर यी स्त्रीहरू इसहाक र रिबेकाका निम्ति सन्तापको स्रोत भए।
35 Ambas se tornaram amargura de espírito para Isaque e para Rebeca.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Gênesis 26, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.