Gênesis 20
npioncb (NPIONCB) vs VC
1 अब अब्राहाम त्यहाँबाट अगि बढेर दक्षिणका इलाकातिर गए, र कादेश र शूरको बीचमा बसोबास गर्न थाले। तिनी केही समयका लागि गरारमा बसे;
1 Abraão partiu dali para região do Negeb. Estabeleceu-se entre Cadés e Sur, e viveu algum tempo em Gerara.
2 अनि त्यहाँ अब्राहामले आफ्नी पत्नी साराको विषयमा, “यिनी मेरी बहिनी हुन्” भने, तब गरारका राजा अबीमेलेकले सारालाई झिकाए र तिनलाई लगे।
2 Ele dizia de Sara, sua mulher, que ela era sua irmã. Abimelec, rei de Gerara, arrebatou-lha.
3 तर एक रात सपनामा परमेश्वर अबीमेलेककहाँ आउनुभयो, र तिनलाई भन्नुभयो, “तैँले ल्याएको त्यस स्त्रीको कारण, तँ मरेतुल्य भएको छस्; त्यो विवाहित स्त्री हो।”
3 Mas Deus apareceu em sonhos a Abimelec e disse-lhe: Vais morrer, por causa da mulher que roubaste, porque é casada.
4 अबीमेलेक तिनको नजिक गएका पनि थिएनन्; अनि तिनले भने, “प्रभु, के तपाईंले एउटा निर्दोष जातिलाई नष्ट गर्नुहुनेछ?
4 Abimelec, que não a tinha tocado {ainda}, disse: Senhor, fareis perecer mesmo inocentes?
5 के तिनले मलाई ‘यिनी मेरी बहिनी हुन्’ भनेनन् र? अनि के साराले पनि ‘यिनी मेरा दाजु हुन्’ भनिन र? त्यसैले यो मैले शुद्ध विवेक र शुद्ध हातले नै गरेको हुँ।”
5 Não me disse ele que ela era sua irmã? E ela mesma me disse: É meu irmão. É na simplicidade de meu coração e com as mãos puras que fiz isso.
6 तब परमेश्वरले सपनामा अबीमेलेकलाई भन्नुभयो, “हो, तैँले यो शुद्ध विवेकले गरेको हो भनी म जान्दछु; यसकारण मैले तँलाई मेरो विरुद्धमा पाप गर्नदेखि रोकेँ। यसैकारण मैले तँलाई त्यसलाई छुन दिइनँ।
6 Deus disse-lhe em sonhos: Sei que é na simplicidade do teu coração que agiste assim; por isso, preservei-te de pecar contra mim, e não deixei que a tocasses.
7 अब त्यस मानिसकी पत्नी फर्काइदे; किनकि ऊ एउटा अगमवक्ता हो; र उसले तेरो निम्ति प्रार्थना गर्नेछ, र तँ बाँच्नेछस्। तर यदि तैँले सारालाई फर्काइदिइनस् भने यो निश्चय जानिराख्, तँ र तेरा जे जति छन्, ती सबै मर्नेछन्।”
7 Devolve agora a mulher deste homem, que é profeta, e ele rogará por ti para que conserves a vida. Mas, se não a devolveres, sabes que morrerás seguramente, tu e todos os teus.
8 भोलिपल्ट बिहानै अबीमेलेकले आफ्ना सबै कर्मचारीहरूलाई बोलाए, र जे भएको थियो, सो तिनीहरूलाई सबै सुनाए; तब तिनीहरू साह्रै डराए।
8 Ao romper da manhã, Abimelec convocou todos os seus servos e referiu-lhes essas coisas. Todos ficaram muito atemorizados.
9 तब अबीमेलेकले अब्राहामलाई भित्र बोलाएर भने, “तपाईंले हामीलाई यो के गर्नुभयो? मैले तपाईंको के बिगार गरेँ, र तपाईंले म र मेरो राज्यमाथि यस्तो दोष ल्याउनुभयो? तपाईंले मसँग कहिल्यै गर्नै नहुने कामहरू गर्नुभएको छ।”
9 Depois, Abimelec chamou Abraão e disse-lhe: Que nos fizeste? Em que te ofendi para que nos expusesses, a mim e ao meu reino, ao castigo de um tão grande pecado. Fizeste-me o que não devias fazer.
10 अनि अबीमेलेकले फेरि अब्राहामलाई सोधे, “यसो गर्नुको कारण के थियो?”
10 E ajuntou: Que tiveste em vista agindo assim?
11 अब्राहामले जवाफ दिए, “ ‘यस ठाउँमा पक्कै पनि परमेश्वरको भय छैन, र मेरी पत्नीको कारण तिनीहरूले मलाई मार्लान् भनी मैले सोचेँ।’
11 Abraão respondeu: Eu pensava comigo que não havia certamente nenhum temor a Deus nesta terra, e que me matariam por causa de minha mulher.
12 यसबाहेक यिनी मेरी साक्खै बहिनी पनि हुन्; अर्थात् मेरा पिताकी छोरी हुन्, तर मेरी आमाकी छोरीचाहिँ होइनन्; अनि यिनी मेरी पत्नी भईन्।
12 Aliás, ela é realmente minha irmã, filha de meu pai, mas não de minha mãe; ela tornou-se minha mulher.
13 अनि जब परमेश्वरले मलाई मेरा पिताको घरानाबाट विदेशीझैँ घुम्नलाई निकाल्नुभयो, तब मैले सारालाई भनेँ, ‘तिमीले यसरी मलाई आफ्नो प्रेम देखाउन सक्छ्यौ: हामी जहाँ गए तापनि मेरो विषयमा “यिनी मेरा दाजु हुन् भन्नू।” ’ ”
13 Quando Deus me tirou da casa de meu pai, eu disse-lhe: Faze-me esta graça: onde quer que formos, dirás de mim que sou teu irmão.
14 तब अबीमेलेकले भेडाबाख्रा, गाईबस्तु र दास-दासीहरू ल्याए, र ती अब्राहामलाई दिए; अनि तिनकी पत्नी सारालाई पुनः तिनीकहाँ फर्काइदिए।
14 Tomou então Abimelec ovelhas, bois, servos e servas, e deu-os a Abraão, ao mesmo tempo que lhe devolvia Sara, sua mulher.
15 अनि अबीमेलेकले भने, “मेरो देश तपाईंको सामु छ; तपाईंलाई जहाँ मन पर्छ, त्यहीँ बस्नुहोस्।”
15 E disse-lhe: Minha terra está à tua disposição: fixa-te onde quiseres.
16 सारालाई तिनले भने, “म तिम्रा दाजुलाई एक हजार शेकेल चाँदी दिँदैछु। योचाहिँ तिमीसित भएका सबैको सामु तिमीप्रति लागेको अभियोगको हर्जानास्वरूप हो; तिमी सम्पूर्ण तवरले सत्य ठहरिएकी छ्यौ।”
16 Disse também a Sara: Dou a teu irmão mil moedas de prata: isto te será um véu sobre os olhos para todos aqueles que estão contigo; eis-te justificada.
17 तब अब्राहामले परमेश्वरसित प्रार्थना गरे; अनि परमेश्वरले अबीमेलेक, तिनकी पत्नी र तिनकी दासीहरूलाई तिनीहरूले फेरि पनि सन्तान जन्माउन सकून् भनी निको पार्नुभयो;
17 Abraão intercedeu junto de Deus, que curou Abimelec, sua mulher e suas servas, e deram novamente à luz.
18 किनकि याहवेहले अब्राहामकी पत्नी साराको कारण अबीमेलेकको घरानाका सबै स्त्रीहरूका कोख बन्द गरिदिनुभएको थियो।
18 Porque o Senhor tinha ferido de esterilidade todas as mulheres da casa de Abimelec, por causa de Sara, mulher de Abraão.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Gênesis 20, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.