Gênesis 19

npioncb (NPIONCB) vs NVI

Sair da comparação
NVI Nova Versão Internacional
1 ती दुई स्वर्गदूतहरू साँझतिर सदोममा आइपुगे; अनि लोतचाहिँ सहरको मूलढोकामा बसिरहेका थिए। जब लोतले तिनीहरूलाई देखे, तब तिनी तिनीहरूलाई भेट्न उठे; अनि भुइँसम्मै घोप्टो परेर दण्डवत् गरे।
1 Os dois anjos chegaram a Sodoma ao anoitecer, e Ló estava sentado à porta da cidade. Quando os avistou, levantou-se e foi recebê-los. Prostrou-se, rosto em terra,
2 अनि तिनले भने, “हे मेरा प्रभुहरू हो, कृपया आफ्नो सेवकको घरमा पाल्नुहोस्। तपाईंहरू आफ्ना पाउ धुनुहोस् र रात यहीँ बिताउनुहोस्; अनि भोलि बिहानै आफ्नो बाटो लाग्नुहोस्।”
2 e disse: "Meus senhores, por favor, acompanhem-me à casa do seu servo. Lá poderão lavar os pés, passar a noite e, pela manhã, seguir caminho. Não, passaremos a noite na praça", responderam.
3 तर लोतले धेरै कर गरिरहे, त्यसैले तिनीहरू लोतसित गए, र तिनको घरभित्र पसे। तिनले तिनीहरूका निम्ति खमिर नमिसाइएको रोटी पकाएर भोजन तयार पारे; अनि तिनीहरूले खाए।
3 Mas ele insistiu tanto com eles que, finalmente, o acompanharam e entraram em sua casa. Ló mandou preparar-lhes uma refeição e assar pão sem fermento, e eles comeram.
4 तिनीहरू सुत्नुभन्दा अगि त्यस सदोम सहरका सबै ठाउँहरूबाट जवानदेखि वृद्ध, सबै मानिसहरू हुल बाँधेर आए, र त्यस घरलाई घेरे।
4 Ainda não tinham ido deitar-se, quando todos os homens de toda parte da cidade de Sodoma, dos mais jovens aos mais velhos, cercaram a casa.
5 तिनीहरूले लोतलाई बोलाएर भने, “आज राति तिमीकहाँ आएका ती मानिसहरू कहाँ छन्? तिनीहरूलाई हामीकहाँ बाहिर ल्याऊ, र हामी तिनीहरूसित सम्भोग गर्न चाहन्छौँ।”
5 Chamaram Ló e lhe disseram: "Onde estão os homens que vieram à sua casa esta noite? Traga-os para nós aqui fora para que tenhamos relações com eles".
6 लोत तिनीहरूलाई भेट्न बाहिर निस्के, र तिनले आफ्नो पछिल्तिर भएको ढोका थुनिदिए,
6 Ló saiu da casa, fechou a porta atrás de si
7 अनि भने, “हे मेरा दाजुभाइहरू हो, म बिन्ती गर्दछु, यस्तो दुष्‍ट काम नगर्नुहोस्!
7 e lhes disse: "Não, meus amigos! Não façam essa perversidade!
8 हेर्नुहोस्, कुनै पनि मानिसले कहिल्यै नछोएका मेरा दुई छोरीहरू छन्। बरु म तिनीहरूलाई तपाईंहरू सामु बाहिर ल्याउँछु, र तपाईंहरूलाई जस्तो इच्छा लाग्छ, तिनीहरूसित त्यस्तै व्यवहार गर्नुहोस्। तर बिन्ती छ, यी मानिसहरूलाई केही नगर्नुहोस्; किनकि तिनीहरू मेरो संरक्षण र छानामुनि आएका मेरा पाहुना हुन्।”
8 Olhem, tenho duas filhas que ainda são virgens. Vou trazê-las para que vocês façam com elas o que bem entenderem. Mas não façam nada a estes homens, porque se acham debaixo da proteção do meu teto".
9 तब तिनीहरूले जवाफ दिए, “हाम्रो बाटो छोड्।” अनि तिनीहरूले भने, “यो मानिस परदेशी भई यहाँ रहनको लागि आएको हो, र यो त बडो न्यायकर्ता पो हुन खोज्दैछ! अब हामी यी मानिसहरूसँग भन्दा तिमीसँग खराब व्यवहार गर्नेछौँ।” त्यसपछि तिनीहरूले लोतलाई जोडले ठेल्न थाले, र ढोका भत्काउन अगि बढे।
9 "Saia da frente! ", gritaram. E disseram: "Este homem chegou aqui como estrangeiro, e agora quer ser o juiz! Faremos a você pior do que a eles". Então empurraram Ló com violência e avançaram para arrombar a porta.
10 तर लोतका पाहुनाहरूले हात बढाएर लोतलाई भित्र ताने, र ढोका थुनिदिए।
10 Nisso, os dois visitantes agarraram Ló, puxaram-no para dentro e fecharam a porta.
11 तब तिनीहरूले त्यस घरको ढोकाबाहिर भएका सानादेखि ठूला सबैलाई अन्धा पारिदिए; त्यसकारण तिनीहरूले ढोका भेट्टाउन सकेनन्।
11 Depois feriram de cegueira os homens que estavam à porta da casa, dos mais jovens aos mais velhos, de maneira que não conseguiam encontrar a porta.
12 त्यसपछि ती दुई मानिसहरूले लोतलाई भने, “के यहाँ तिम्रा अरू पनि कोही छन् कि? जुवाइँहरू, छोराहरू, छोरीहरू, अथवा यस सहरमा तिम्रा आफ्ना जो-जो छन्, तिनीहरू सबैलाई लिएर यहाँबाट गइहाल;
12 Os dois homens perguntaram a Ló: "Você tem mais alguém na cidade — genros, filhos ou filhas, ou qualquer outro parente? Tire-os daqui,
13 किनकि अब हामी यस ठाउँलाई नाश गर्न लागेका छौँ। किनभने याहवेहको अगि उठेको यहाँका मानिसहरूको विरुद्धमा आएको आरोप यति ठूलो भएको छ कि उहाँले हामीलाई यस ठाउँलाई नाश गर्न पठाउनुभएको छ।”
13 porque estamos para destruir este lugar. As acusações feitas ao Senhor contra este povo são tantas que ele nos enviou para destruir a cidade".
14 यसकारण लोत बाहिर गए, र आफ्ना छोरीहरूसित मगनी भएका जुवाइँहरूलाई यो कुरा बताए। तिनले भने, “चाँडो गरी यस ठाउँबाट निस्केर जाओ; किनकि याहवेहले यस सहरलाई नाश गर्न लाग्नुभएको छ।” तर तिनका जुवाइँहरूलाई तिनले ठट्टा गरेजस्तो लाग्यो।
14 Então Ló foi falar com seus genros, os quais iam casar-se com suas filhas, e lhes disse: "Saiam imediatamente deste lugar, porque o Senhor está para destruir a cidade! " Mas eles pensaram que ele estava brincando.
15 झिसमिसे उज्यालो हुन लाग्दा ती दूतहरूले लोतलाई यसो भनेर हतार गराए, “चाँडो गर! यहाँ भएका तिम्री पत्नी र दुई छोरीहरू लिएर गइहाल, नत्रता यस सहरले दण्ड पाउँदा तिमीहरू पनि भस्म हुनेछौ।”
15 Ao raiar do dia, os anjos insistiam com Ló, dizendo: "Depressa! Leve daqui sua mulher e suas duas filhas, ou vocês também serão mortos quando a cidade for castigada".
16 जब तिनले आनाकानी गरे, तब याहवेह तिनीहरूप्रति कृपालु हुनुभएकोले ती मानिसहरूले तिनकी पत्नी र दुई छोरीहरूका हात समाते, र तिनलाई सुरक्षित सहरबाहिर पुर्‍याए।
16 Tendo ele hesitado, os homens o agarraram pela mão, como também a mulher e as duas filhas, e os tiraram dali à força e os deixaram fora da cidade, porque o Senhor teve misericórdia deles.
17 तिनीहरूलाई बाहिर निकालेर ल्याउनसाथ ती दुईमध्ये एकले भने, “आफ्नो ज्यान जोगाउनलाई भागिहाल! आफ्नो पछिल्तिर फर्केर नहेर, र समथल भूमिमा कतै नरोकिनू! पहाडहरूतिर भागेर जाऊ, नत्रता तिमीहरू भस्म हुनेछौ!”
17 Assim que os tiraram da cidade, um deles disse a Ló: "Fuja por amor à vida! Não olhe para trás e não pare em lugar nenhum da planície! Fuja para as montanhas, ou você será morto! "
18 तर लोतले तिनीहरूलाई भने, “हे मेरा प्रभुहरू हो, त्यस्तो नहोस्!
18 Ló, porém, lhes disse: "Não, meu senhor!
19 तपाईंहरूका सेवकले तपाईंहरूका दृष्‍टिमा निगाह पाएको छ, र मेरो ज्यान जोगाउनमा तपाईंहरूले मलाई ठूलो दया देखाउनुभएको छ। तर म भागेर पहाडतिर जान सक्दिनँ; त्यहाँ पुग्नुभन्दा अगि नै यो प्रकोप ममाथि आइलाग्नेछ, र म मर्नेछु।
19 Seu servo foi favorecido por sua benevolência, pois o senhor foi bondoso comigo, poupando-me a vida. Não posso fugir para as montanhas, se não esta calamidade cairá sobre mim, e morrerei.
20 हेर्नुहोस्, त्यतातिर दौडेर पुग्न सकिने एउटा नगर नजिकै छ, र यो सानो छ। मलाई त्यहाँ भागेर जान दिनुहोस्—यो सानो पनि छ, होइन र? तब मेरो ज्यान बाँच्नेछ।”
20 Aqui perto há uma cidade pequena. Está tão próxima que dá para correr até lá. Deixe-me ir para lá! Mesmo sendo tão pequena, lá estarei a salvo".
21 अनि तिनले भने, “ठिकै छ, म यो अनुरोधलाई पनि मान्दछु; तिमीले भनेको यस नगरलाई म नाश गर्नेछैनँ।
21 "Está bem", respondeu ele. "Também lhe atenderei esse pedido; não destruirei a cidade da qual você fala.
22 तर चाँडो गरी त्यहीँ भागेर जाऊ; किनकि तिमी त्यहाँ नपुगुन्जेल म केही गर्न सक्दिनँ।” (त्यसैकारण त्यस नगरलाई सोअर भनियो।)
22 Fuja depressa, porque nada poderei fazer enquanto você não chegar lá". Por isso a cidade foi chamada Zoar.
23 लोत सोअरमा आइपुग्दा त्यस ठाउँमा सूर्य उदाइसकेको थियो।
23 Quando Ló chegou a Zoar, o sol já havia nascido sobre a terra.
24 तब याहवेहले स्वर्गबाट गन्धकको आगो सदोम र गमोरामाथि बर्साउनुभयो।
24 Então o Senhor, o próprio Senhor, fez chover do céu fogo e enxofre sobre Sodoma e Gomorra.
25 यसरी उहाँले ती सहरहरू र त्यस सहरहरूका बासिन्दाहरूसमेत, समस्त समथल भूमिहरू र त्यस ठाउँका वनस्पति सबै नाश गरिदिनुभयो।
25 Assim ele destruiu aquelas cidades e toda a planície, com todos os habitantes das cidades e a vegetação.
26 तर लोतकी पत्नीले पछिल्तिर फर्केर हेरिन्, र तिनी नुनको खाँबो भइन्।
26 Mas a mulher de Ló olhou para trás e se transformou numa coluna de sal.
27 अब्राहाम भोलिपल्ट बिहानै उठे, र त्यस ठाउँमा गए, जहाँ तिनी याहवेहको सामु पहिले उभिएका थिए।
27 Na manhã seguinte, Abraão se levantou e voltou ao lugar onde tinha estado diante do Senhor.
28 तिनले सदोम, गमोरा र समथल भूमिका सबै ठाउँतिर हेरे; अनि तिनले भट्टीबाट धुवाँ उठेझैँ, त्यस ठाउँबाट बाक्लो धुवाँको मुस्लो उँभोतिर उठिरहेको देखे।
28 E olhou para Sodoma e Gomorra, para toda a planície, e viu uma densa fumaça subindo da terra, como fumaça de uma fornalha.
29 यसरी परमेश्‍वरले समथल भूमिका सहरहरू नाश गर्नुभएपछि, उहाँले अब्राहामलाई सम्झनुभयो, तब उहाँले लोत बसिरहेका ती सहरहरूलाई नाश गर्नुभन्दा अगि लोतलाई त्यस ठाउँबाट सकुशल बाहिर निकाल्नुभयो।
29 Quando Deus arrasou as cidades da planície, lembrou-se de Abraão e tirou Ló do meio da catástrofe que destruiu as cidades onde Ló vivia.
30 लोत र तिनका दुई छोरीहरूले सोअर छोडे, र पहाडी इलाकातिर बसोबास गर्न थाले; किनकि लोत सोअरमा बस्‍न डराउँथे। तिनी र तिनका छोरीहरू एउटा ओडारमा बस्‍न थाले।
30 Ló partiu de Zoar com suas duas filhas e passou a viver nas montanhas, porque tinha medo de permanecer em Zoar. Ele e suas duas filhas ficaram morando numa caverna.
31 एक दिन जेठी छोरीले कान्छीलाई भनिन्, “हाम्रा बुबा वृद्ध भइसक्नुभएको छ; अनि सारा संसारको रीतिबमोजिम हामीलाई सन्तान दिन कुनै मानिस पृथ्वीमा छैन।
31 Um dia, a filha mais velha disse à mais jovem: "Nosso pai já está velho, e não há homens nas redondezas que nos possuam, segundo o costume de toda a terra.
32 यसैले हामी आफ्ना बुबालाई दाखमद्य पियाऔँ, र वंश जोगाउन उहाँसँग सुतौँ।”
32 Vamos dar vinho a nosso pai e então nos deitaremos com ele para preservar a linhagem de nosso pai".
33 त्यसैले त्यस रात तिनीहरूले आफ्ना बुबालाई मद्य पियाए; अनि जेठीचाहिँ गएर आफ्ना बुबासित सुती। आफ्नी छोरी आफूसँग सुत्न कहिले आई र कतिखेर उठेर गई, सो कुरा तिनलाई पत्तै भएन।
33 Naquela noite deram vinho ao pai, e a filha mais velha entrou e se deitou com ele. E ele não percebeu quando ela se deitou nem quando se levantou.
34 भोलिपल्ट जेठीले आफ्नी बहिनीलाई भनी, “हेर, हिजो राति म आफ्नो बुबासित सुतेँ। आज पनि उहाँलाई मद्य पियाऔँ, र हाम्रो वंश जोगाउन आज रातिचाहिँ तिमी भित्र गएर उहाँसित सुत।”
34 No dia seguinte a filha mais velha disse à mais nova: "Ontem à noite deitei-me com meu pai. Vamos dar-lhe vinho também esta noite, e você se deitará com ele, para que preservemos a linhagem de nosso pai".
35 यसरी त्यस रात पनि तिनीहरूले आफ्ना बुबालाई मद्य पियाए; अनि कान्छी छोरी गएर तिनीसित सुती। अनि आफ्नी कान्छी छोरी आफूसँग सुत्न कतिखेर आई र कतिखेर उठेर गई, सो कुरा तिनलाई पत्तै भएन।
35 Então, outra vez deram vinho ao pai naquela noite, e a mais nova foi e se deitou com ele. E ele não percebeu quando ela se deitou nem quando se levantou.
36 यसरी लोतका दुवै छोरीहरू आफ्ना पिताबाट गर्भवती भए।
36 Assim, as duas filhas de Ló engravidaram do próprio pai.
37 जेठी छोरीले एउटा छोरा जन्माई, र उसले त्यस बालकको नाम मोआब राखी; आजका मोआबीहरूका पिता तिनी नै हुन्।
37 A mais velha teve um filho, e deu-lhe o nome de Moabe; este é o pai dos moabitas de hoje.
38 कान्छी छोरीले पनि एउटा छोरा जन्माई, र उसले त्यसको नाम बेन-अम्मी राखी; आजका अम्मोनीहरूका पिता तिनी नै हुन्।
38 A mais nova também teve um filho, e deu-lhe o nome de Ben-Ami; este é o pai dos amonitas de hoje.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Gênesis 19, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.